Saturday, November 21

Author: Galaxy Dainik

कोरोना अपडेटः ७२२६ जनाले जिते कोरोना
समाचार, स्वास्थ्य

कोरोना अपडेटः ७२२६ जनाले जिते कोरोना

नेपालमा पछिल्लो २४ घण्टामा ७,२२६ जनाले कोरोना जिथतेका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विहीबार तथ्यांक अपडेट गर्दै संक्रमित हुने भन्दा संक्रमण मुक्त हुनेको संख्या धेरै भएको जानकारी दिएको छ। मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ६,९३९ जना नयाँ संक्रमित भेटिएका छन् भने ७,२२६ जना संक्रमणमुक्त भएका छन् । २० हजार ४१४ पीसीआर परीक्षणमा ६,७३१ र ५७८ एन्टिजेन परीक्षणमा २०८ जना गरी पछिल्लो २४ घण्टामा ६,९३९ नयाँ संक्रमित भेटिएका हुन्। पछिल्ला दिनहरुमा संक्रमण दर पनि घट्दै गएको छ।...
संक्रमित् बढ्दै गएपछी नेपाल भारत सीमा क्षेत्रमा कडाइ
राष्ट्र, समाचार

संक्रमित् बढ्दै गएपछी नेपाल भारत सीमा क्षेत्रमा कडाइ

दोस्रो चरणको कोभिड-१९ संक्रमण बढ्दै गएपछि सशस्त्र प्रहरी बल नेपाल छिनमस्ता गण बाहिनी मुख्यालय प्रदेश २ महोत्तरीले नेपाल भारत सीमा क्षेत्रमा कडाइ गरी उच्च सतर्कता अपनाएको छ। भारतीयलाई सीमा क्षेत्रबाट नेपाल भित्रिन नदिन प्रदेश २ का आठ वटै जिल्लाको दक्षिणी भागमा रहेको सीमानाकामा उच्च सतर्कता अपनाई आवतजावतमा कडाइ गरिएको प्रदेश २ का सशस्त्र प्रहरी नायब महानिरीक्षक चन्द्रप्रकाश गौतमले जानकारी दिए। प्रदेश २ को पूर्वी नाका सप्तरीदेखि पश्चिम पर्साको नाकासम्म ४६४ किलोमिटर सीमा क्षेत्र छ। सो सीमानाकामा ७२ बिओपी र ३९ एफओपिका पोष्ट छन्। ती पोष्टमा तैनाथ सशस्त्र प्रहरीलाई भारतबाट आउने र भारततर्फ जानेलाई कडाइका साथ रोक लगाउन निर्देशन दिइएको डिआजी गौतमले बताए। यस सम्बन्धमा सहयोग गर्न भारतीय समकक्षीसँंग नियमित समन्वय गर्ने गरिएको, जथाभावी नेपाल प्रवेश गर्नेलाई फिर्ता पठाउन लगाइएको जनाइएको छ। त्यस्...
भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने
अर्थ/व्यापार, समाचार

भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने

भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । आज जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरेको छ ।किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको  छ ।  कोही नागरिक आपतमा परे स्थानीय तहमार्फत वितरणका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा चाम...
नागरिकताको विषयलाई देशको हितमा हेरिनु पर्छ
राजनीति, समाचार

नागरिकताको विषयलाई देशको हितमा हेरिनु पर्छ

-डा.डिआर उपाध्याय, राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भएको छ। आज यो अध्यादेशलाई लिएर पक्ष र बिपक्षमा मत बाँझिएको छ । नेकपा एमाले माधव समूहका नेता भिम रावल, राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी , नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लव लगायतका नेताहरुले नागरिकतासम्बन्धी अध्यादेशको चर्को बिरोध गरेका छन । उनीहरुले मुलुक सिक्किमी करण हुने खतरा भएको औलाएका छन । आ आफनो प्रेस बिज्ञप्ती जारी गरेर उनीहरुले अध्यादेश फिर्ता ल्याउन सरकारलाई आग्रह समेत गरेका छन । संविधानको धारा ११४(१) बमोजिम उक्त अध्यादेश जारी भएपछि यसको स्वागत गर्नेहरु पनि छन र विरोध गर्नेहरुको जमात पनि बढेको छ । बाहिरबाट जति सुकै बिरोध आए पनि सरकारले अध्यादेश फिर्ता ल्याउने कुनै छाँटकाट गरेको छैन । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको सक्रियतामा यो अध्यादेश आएको हो । संसद नभएको ...
पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत
समाचार, स्वास्थ्य

पाँचथरमा कोरोनाको सङ्क्रमण दर ३७ र मृत्यु दर ०.६ प्रतिशत

यहाँका दूरदराजका ग्रामीण बस्तीहरुमा फैलिइरहेको कोरोना भाइरसको सङ्क्रमण दर करिब ३७ प्रतिशत रहेको पाइएको छ। जिल्लास्तरीय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रका स्रोत व्यक्ति तेजबहादुर तुम्वापोका अनुसार पाँचथरमा कोरोना भाइरसको यकिन सङ्क्रमण दर ३६.९१ प्रतिशत छ। यस्तै मृत्यु दर ०.६० प्रतिशत रहेको छ। स्वास्थ्य कार्यालय पाँचथरमा प्राप्त तथ्याङ्कअनुसार गत वैशाख १९ गतेदेखि हालसम्म जिल्लामा ४९८ जनामा कोभिड–१९ को सङ्क्रमण देखिएको छ। उक्त अवधिमा यहाँ पिसिआर विधिबाट ३१९ र एन्टिजेन विधिबाट एक हजार ३० जना गरी कूल एक हजार ३४९ को परीक्षण गरिएको छ। तुम्वापोका अनुसार उक्त सङ्ख्याको परीक्षणमा ४९८ जनामा सङ्क्रमण देखिएको हो। यस्तै सङ्क्रमण पुष्टि भएकामध्ये तीन जनाको मृत्यु भएको उनले जानकारी दिए। यहाँ सङ्क्रमण पुष्टि भएकामध्ये एक जनाको जिल्लाबाहिर तथा दुई जनाको जिल्लामै उपचारका क्रममा मृत्यु भएको हो। परीक्षण ...
३६ करोड बराबरको अमेरिकी सहयोग लिएर आएको विमान आज काठमाडौं अवतरण गर्दै
समाचार

३६ करोड बराबरको अमेरिकी सहयोग लिएर आएको विमान आज काठमाडौं अवतरण गर्दै

अमेरिकास्थित अन्तर्राष्ट्रिय सहयोग संस्था डाइरेक्ट रिलिफले नेपालको लागि पठाएको सहयोग सामग्री आज काठमाडौं आउँदैछ । डाइरेक्ट रिलिफले अहिले ३.०९ मिलियन डलर (३६ करोड रुपैयाँ) बराबरको सहयोग सामग्री पठाएको आफ्नो वेबसाइटमार्फत जानकारी दिएको छ । सहयोग सामग्री लिएर अमेरिकी डेलीभरी कम्पनी फेडेक्सले चार्टर्ड जहाजमार्फत लिएर आउँदैछ । जहाज अमेरिकाबाट मे २५ मंगलबारका दिन उडिसकेको छ र आज काठमाडौंमा अवतरण गर्ने कार्यक्रम छ । अमेरिकाको शिकागोबाट उडेको जहाजमा ८६० अक्सिजन कन्सन्ट्रेटर छन् । साथमा १ भेन्टिलेटर, कोभिड १९ को उपचारका प्रयोग गरिने अत्यावश्यक औषधिहरु तथा पीपीइ किट, मास्क लगायतका अन्यस्वास्थ्य सम्बन्धी उपकरणहरु छन् । यसबाहेक डाइरेक्ट रिलिफले नेपालमा मेडिकल अक्सिजनको आपूर्ति सहज बनाउन हेटौंडाको सिद्धस्थली सामुदायिक अस्पताललाई अक्सिजन प्याल्ट स्थापना गर्न आर्थिक सहयोग गर्दैछ । डाइरेक्...
खोप ल्याउन राष्ट्रपति भण्डारीको सक्रियता, चिनियाँ राष्ट्रपतिलाई फोन गरिन्
समाचार

खोप ल्याउन राष्ट्रपति भण्डारीको सक्रियता, चिनियाँ राष्ट्रपतिलाई फोन गरिन्

राष्ट्रपति विद्यादेवी भण्डारीले कोरोनाभाइरस विरुद्ध खोप ल्याउन सक्रिय भूमिका निभाएकी छन् । आमनागरिक कोरोनाभाइरस संक्रमणबाट ज्यान गुमाइरहेका बेला चासो नदिएको आरोप लागिरहेका बेला बुधबार राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी जिनपिङलाई सम्पर्क गरी नेपाललाई आवश्यक खोप खरिदमा सहजीकरण गरिदिन आग्रह गरेकी हुन् ।  करिब पौन घण्टाको फोन वार्ताका क्रममा राष्ट्रपति भण्डारीले कोरोनाबाट नागरिकको जीवन रक्षा गर्नु पहिलो दायित्व भएकाले खोप खरिदमा सहजिकरण गरेर सहयोग गर्न आग्रह गरेकी हुन् ।  चीनबाट कोरोनाविरुद्धको खोप खरिद गर्न नेपाल इच्छुक रहेको र यस कार्यलाई सहयोग गरिदिन राष्ट्रपति भण्डारीले गरेको आग्रहको जवाफ दिँदै चिनियाँ समकक्षी सीले नेपाललाई सहयोग गर्न आफूहरु सधैं तत्पर रहेको भन्दै १० लाख डोज खोप अनुदानमा दिने बताएका छन् ।   राष्ट्रपति सीले चीनको अभिन्न मित्र नेपाललाई सहयोग गर्...
निषेधाज्ञामा कडाई: संक्रमण नियन्त्रण कि आन्दोलनको डर?
समाचार

निषेधाज्ञामा कडाई: संक्रमण नियन्त्रण कि आन्दोलनको डर?

कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले निषेधाज्ञाको अवधि बढाएर जेठ २१ गतेसम्म पुर्याएको छ। कोरोना संक्रमण दर क्रमश घटिरहेको अबस्थामा सरकारको यो निर्णयले संक्रमण नियन्त्रणमा ल्याउन अझ सहयोग पुग्ने अनुमान गरिएको छ। तथापी प्रमुख जिल्ला अधिकारी मार्फत सार्वजनिक गरिएका जानकारीहरुप्रति नागरिकले प्रश्न समेत गर्न थालेका छन्। निषेधाज्ञा शुरु गरिएको चारहप्तापछी संक्रमण बिस्तारै घट्ने क्रममा देखिन्छ भने गरिखाने बर्गको जनजीवन कष्टकर हुदै गइरहेको छ। निषेधाज्ञा कसरी सहज बनाउँदै लाने र प्रभावितहरुको दैनिकी कसरी सहज बनाउने भनेर सरकारी योजना र कार्यक्रमहरु सार्वजनिक गर्नुपर्ने बेलामा उल्टो कडाइले सरकारी कदमप्रति संसय पैदा गरेको छ। सरकार अहिले चौतर्फी आलोचना खेपीरहेको छ। सरकार काम चलाउ छ। अस्पतालमा पर्याप्त शैया छैनन्। भएका शैयाहरु पाउन पनि सर्वसाधारणले ठुला मान्छे वा नेता गुहार्नु पर्ने अवस्था छ। शै...
बुधबार कोरोना संक्रमण हुनेभन्दा निको हुने बढी, थप १४५ जनाको मृत्यु
समाचार, स्वास्थ्य

बुधबार कोरोना संक्रमण हुनेभन्दा निको हुने बढी, थप १४५ जनाको मृत्यु

बुधबार नेपालमा ८ हजार ६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ३० पीसीआर र ३२२ एन्टीजेन परिक्षण गर्दा क्रमशः ६ हजार ६७७ र ३७ जना गरी ७ हजार ७१४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १४५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ८४५ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ६ हजार ७१६ जना निको भएका छन् ।...
चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार
अन्तर्राष्ट्रिय, समाचार

चक्रवातका कारण भारत, बंगलादेशमा ठूलो क्षति, ११ लाखभन्दा बढी मानिसको उद्धार

पूर्वी भारत र छिमेकी बंगलादेशमा भारी वर्षा सहितको चक्रवातका कारण लाखौं मानिस प्रभावित भएका छन्। “यास” नामको उक्त आँधीका कारण बुधबार बिहानसम्म ११ लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थलमा सारिएको अधिकारीहरुले बताएका छन्। प्रारम्भिक विवरणमा आँधीका कारण दुई जनाको मृत्यु भएको छ भने घरहरुमा व्यापक क्षति पुगेको छ। भारतका पूर्वी राज्यहरु पश्चिम बंगाल र उडिसामा शुरुआति प्रभाव पारेको यो आँधी उत्तरतर्फ बढ्दै गएको छ। भारतीय मौसम विज्ञान विभागका अनुसार वर्षा सहितको यस आँधीको सरदर गति १३० देखि १४० किलोमिटर प्रतिघण्टा रहेको छ। समुद्री किनाराबाट उक्त आँधी जमिनमा आउन थालेको र बुधबार साँझसम्म उक्त आँधीको वेग कमजोर हुँदै जाने विभागले जनाएको छ। बंगलादेशमा तटवर्ती २०० गाउँका हजारौं बासिन्दा आँधीको चपेटामा परेका छन्। समुद्रबाट आएका अग्लाअग्ला छालहरुले स्थानीयबासीका घर, पसल र खेतीपाती पुरै जलमग्न बनाएको छ।...