Saturday, November 21

Author: Galaxy Dainik

घट्यो सुनको मुल्य, प्रतितोला कतिमा कारोबार ?
अर्थ/व्यापार

घट्यो सुनको मुल्य, प्रतितोला कतिमा कारोबार ?

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। ्त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार रुपैयाँ कायम छ । चाँदीको मूल्य भने आज स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।...
शहीदको बलिदानलाई बिर्सन सकिँदैन: प्रधानमंत्री ओली
राजनीति, समाचार

शहीदको बलिदानलाई बिर्सन सकिँदैन: प्रधानमंत्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताए। “हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन। विस्मृतिमा जान दिनु हुँदैन। शहीदको बलिदानलाई बिर्सन सकिँदैन। बिर्सिन मिल्दैन”, उनले भने। प्रधानमन्त्रीले मुलुक कोरोनाको त्रास र पीडामा रहेका बेला खुसियालीका साथ मनाउने समय यस पटकका लागि कम भए पनि गणतन्त्र दिवसको महत्त्व, गरिमा तथा यसले ल्याएका परिवर्तनको स्मरण र सम्मान गर्नैपर्नेसमेत बताए। “त्यसैले गणतन्त्रको अर्थ र महत्त्वका सम्बन्धमा अन्तक्र्रिया र परिसंवादजस...
परीक्षणको दायर बढाउँदै काठमाडाैं महानगरपालिका
समाचार, स्वास्थ्य

परीक्षणको दायर बढाउँदै काठमाडाैं महानगरपालिका

कोभिड–१९ सङ्क्रमण फैलिने क्रम बढिरहेको भन्दै काठमाडौँ महानगरपालिकाले परीक्षणको दायर बढाएको छ। यही जेठ १४ देखि १८ सम्म पाँच दिनमा ५० हजार व्यक्तिको एन्टिजेन परीक्षण गर्ने तयारी रहेको छ। परीक्षणका लागि हरेक दिन १० वटा केन्द्रबाट एन्टिजेन विधिबाट नमूना सङ्कलन गरिने छ। यसका लागि इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखासँगको सहकार्य रहने कामपा जनस्वास्थ्य विभागका प्रमुख हरिबहादुर कुँवर जानकारी दिए। प्रमुख कुँवरका अनुसार समुदायमा यस विधिबाट तत्काल नतिजा आउने हुँदा पोजिटिभ देखिएका बिरामीलाई थप परीक्षण र आइसोलेशनका माध्यमबाट समुदायबाट छुट्याउँदै लान सजिलो हुनेछ। कामपाका प्रायः सबै वडामा मानिसको बाक्लो बस्ती रहेकाले पछिल्लो समय हरेक दिन कामपामा सङ्क्रमण बढिरहेका छन्। नयाँ भेरियन्टको कोभिड–१९ सङ्क्रमणबाट मानिस थला पर्न थालेपछि महानगरले सम्पर्क चक्र टुटाउन यस किसिमको अभ्यास गर्न लागेको हो । ठूलो...
उपत्यकाका सिडियाे बैठक बस्दै, निषेधाज्ञा एक हप्ता अझै कडाई गरिने
समाचार

उपत्यकाका सिडियाे बैठक बस्दै, निषेधाज्ञा एक हप्ता अझै कडाई गरिने

कोभिड १९ संकट व्यवस्थापन अध्यादेश जारी भएपछि त्यसमा भएका प्रावधान कार्यान्वयन गर्न आज काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्ने भएको छ। निषेधाज्ञालाई थप कडाई गर्ने र उल्लंघन गरे जरिवान समेत गर्ने गरी जारी गरिएको अध्यादेशको प्राब्धानलाई कार्यान्वनको विषयमा छलफल गर्न तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठक बस्न लागेको हो। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार सरकारले केही दिन अघि जारी गरेको अध्यादेशको बारेमा छलफल हुनेछ। निषेधाज्ञामा सरकारले जारी गरेको कोभिड १९ संकट व्यवस्थापन अध्यादेशमा गरिएका व्यवस्थालाई प्रभावकारी रुपमा बुधबारबाट लागू गर्ने तयारी गरेको पनि जिल्ला प्रशासन कार्यालय स्रोतले जनाएको छ। काठमाडौ उपत्यकामा पहिलाको भन्दा संक्रमणदर कम हुदै गएको अवस्थामा एक हप्ता अझै कडाई गर्ने हो भने थप कम हुने बुझाई उपत्याकाका प्रमुख...
महामारीको संकटमा एकले अर्कालाई साथ दिनुपर्छ
समाचार, समाज

महामारीको संकटमा एकले अर्कालाई साथ दिनुपर्छ

-डा.डिआर उपाध्याय, केही समय अघि देखी कोरोना महामारीले देश थलिएको अवस्था छ । कोरोना भाईरसका कारण निषेधाज्ञा जारी गरिएको र त्यसवाट उत्पन्न समस्याले देशको अर्थतन्त्र पनि कमजोर बनेको छ । अहिले सम्म माहामारी नियन्त्रणमा आउन सकेको छैन । जसले गर्दा आम नागरिक चिन्तित बनेर बस्न बाध्य छन । निषेधाज्ञा र यसवाट उत्पन्न समस्याले आज धेरैको रोजीरोटी खोसिएको अवस्था छ । बिहान बेलुकाको हात मुख जोडन समेत धेरैलाई धौ धौ भईरहेको छ । जनताको जनजीवन र अहिलेको अवस्था अत्यन्तै जटिल बन्दै गएको छ । जनताको समस्या समाधान गर्ने भन्दा पनि दलहरु आफनै स्वार्थमा केन्द्रित बनिरहेका छन । आज देशको राजनीति सहि ढंगले अघि बढन सकिरहेको छैन । राजनीति सहि ढंगले अघि बढन नसक्दा देशमा धेरै समस्या उत्पन्न भईरहेका छन । शक्ति र स्वार्थका लागी दल र तिनका नेताहरुले जे मन लाग्यो त्यही गरिरहेका छन । नेताले जे गर्दा पनि नागरिक चुप लागेर...
कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीरः मंत्री आले
समाचार

कोरोना रोकथाम तथा नियन्त्रणमा सरकार गम्भीरः मंत्री आले

वन तथा वातावरणमन्त्री प्रेमबहादुर आले कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकार गम्भिर रहेको बताएका छन् । जिल्ला अस्पताल डोटीमा आज स्वास्थ्य सामग्री प्रदान कार्यक्रममा मन्त्री आलेले सरकारले भरपुर प्रयास गरिरहको बताएका हुन्। जिल्लाका नौवटै स्थानीय तह तथा जिल्ला अस्पताललाई कोरोना रोकथाम तथा नियन्त्रणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री वितरण गर्दै मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने समेत बताए । कोरोनाका कारण मुलुकभर जटिल अवस्थाको सृजना भइरहेका बेला मन्त्री आलेले अक्सिजन र स्वास्थ्य सामाग्रीको अभाव हुन नदिने बताएका हुन्। गृहजिल्ला डोटी र सुदूरपश्चिम प्रदेशिक अस्पताल कैलालीलाई आफ्नै लगानीमा आवश्यक स्वास्थ्य सामाग्री वितरणका लागि डोटी पुग्नुभएका मन्त्री आलेले थप आवश्यक स्वास्थ्य सामाग्री पठाउनका लागि केन्द्रबाट सहजीकरण गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । जिल्ला अस...
माओवादीको निर्णयः सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कूटनीतिक पहल
समाचार

माओवादीको निर्णयः सातै प्रदेशमा अक्सिजन प्लान्ट, खोपका लागि कूटनीतिक पहल

 नेकपा(माओवादी केन्द्र)ले सात वटै प्रदेशका सरकारी र सामुदायिक अस्पतालहरुको वरिपरि सातवटा अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । कोरोना महामारीमा अक्सिजन नपाएर स्वास्थ्य जोखिममा परेका नागरिकका लागि सहज रुपमा अक्सिजन उपलब्ध गराउन त्यस्ता प्लान्ट स्थापना गर्न लागिएको हो । कोरोना नियन्त्रणको लागि माओवादी केन्द्रको स्थायी समितिले पारित गरेको नीति, कार्यक्रम र संरचना सम्बन्धी प्रस्ताव अनुसार अक्सिजन आपूर्तिलाई सहज गर्न यस खालको प्रयास गर्न लागिएको हो । सो पार्टीको यही जेठ ५ र ६ गते स्थायी समितिको बैठक बसेको थियो । आइतबार स्थायी समितिले पारित गरेको कार्ययोजनामाथि केन्द्रीय समितिमा समेत छलफल गरिएको थियो । त्यसका लागि राष्ट्रिय र अन्तर्राष्ट्रिय सहयोग जुटाउन नेतृत्वतहबाट विशेष पहल गरिनेछ । यसका साथै पिपिई देश भित्रै उत्पादनको सम्भावनाका उचित विकल्पको खोजी तथा त्यसका लागि पहल गरिने उक्...
प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न,बुद्ध जयन्तीमा सार्वजनिक गरिने
मनोरन्जन, समाचार

प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न,बुद्ध जयन्तीमा सार्वजनिक गरिने

गीतकार  तथा कलाकार प्रेम गुरुङको “शैलुर्बे ङोल्स्यो” अर्थात शैलुङ्को सोल्टिनी बोलको गुरुङ भाषाको गीतको छायांकन सम्पन्न भएको छ । आउदो बुद्ध जयन्तीको दिनको उक्त गीतको म्यूजिक भिडियो सार्वजनिक हुने भएको छ । आफ्नो जन्म दिन तथा बुद्ध जयन्तीको अवसर पारेर सार्वजनिक गरिन लागेको उक्त भिडियो औपचारिक रुपमा कार्यक्रम गरेर सार्वजनिक गरिने तयारी भए पनि कोराना महामारीका कारण उक्त कार्यक्रमलाई रद्द गरेर बिमोचन कार्यक्रम र जन्म दिनमा खर्चिने खर्च काठमाण्डू स्थित  CWEAF Nepal  बाल आश्रम लाई सहयोग गरिने  गीतकार  गुरुङ्गले जानकारी दिए । गायक मनोज गुरुङ्गको स्वर रहेको गीतको भिडियो नेपालको सुन्दर गाउँ शैलुङ्ग लम्जुङ तथा अमेरिकामा समेत छायांकन गरिएको छ । तेजेन्द्र गुरुङले संगीत र एरेन्ज गरेको भिडियो चक्र पुलामी मगर र मणि कुमार राईको कोरियोग्राफी रहेको छ । ग्लोबल नेपाल इन्टरटेन्टमेन्टल...
‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक (भिडियोसहित)
मनोरन्जन, समाचार

‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ सार्वजनिक (भिडियोसहित)

‘ब्याकुली, तिमी र म घुम्न जाउँ न’ गीत सार्वजनिक भएको छ । मेलिना राई, एलिना चौहान, अजय कार्की र अभिनाश थापा मगरको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । अजय कार्कीकै शब्द, सङ्गीत तथा कम्पोज र सिर्जना खत्री ‘हाउडे माया’को र्‍याप छ गीतमा । किशोर थापाको माष्टरिङ तथा मिक्सिङ रहेको गीतको भिडियोमा रामकुमार केसीको निर्देशन छ । मनोज वलीको कास्टिङ रहेको भिडियोमा राजिव सुनारको कोरियोग्राफि छ । https://www.youtube.com/watch?v=BJf3439_nHM भिडियोमा पल शाह, उशा उप्रेति, सुप्रिया खनाल र रञ्जित सिंजाली मगरको नृत्य तथा अभिनय रहेको छ । रामकुमार केसीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । गीतकार दर्पण राईको टेक्निकल सल्लाह रहेको गीतको भिडियो एमएमएस इन्टरटेन्मेन्टको युट्युव च्यानलमार्फत सार्वजनिक भएको छ । अजय र रञ्जितले निर्माण गरेको गीतको भिडियो उत्कृष्ट बनेको छ । ‘ह...
थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि, मृतकको संख्या ६ हजार ५ सय नाघ्यो
समाचार, स्वास्थ्य

थप ७ हजार ४२५ जनामा कोरोना पुष्टि, मृतकको संख्या ६ हजार ५ सय नाघ्यो

सोमबार नेपालमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर १९ हजार ८४६ पीसीआर र ६०७ एन्टीजेन परिक्षणमा ७ हजार ४२५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा १८५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ६ हजार ५३१ जनाको मृत्यु भएको छ ।...