हरेक पार्टीमा गुटबन्दी
डा.डिआर उपाध्याय,
नेपालका हरेक राजनीतिक पार्टीहरु वैचारिक, सैद्धान्तिक तथा नीतिगतरुपमा अघि बढनु पर्छ । त्यसो भयो भने समस्या आउँदैन । पछिल्लो समयमा राजनीतिक दलका नेताहरु व्यक्तिगत स्वार्थमा लिप्त भए । जसले गर्दा मुलुकको बिकास र समृद्धिमा अवरोध खडा भएको छ । नेकपा एमालेका नेताहरु आफ्नो निहित स्वार्थ पूरा गर्न गुट तथा उपगुटको राजनीति गतिविधि गरिरहेका छन । यस्ता गतिविधिले पार्टीलाई घाटा पुयाइरहेको छ । त्यसले पार्टीको एकतामा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा खलल पु¥याउने काम गरेको छ । खै नेताहरुले कुरा बुझेको ? गुट, उपगुटको राजनीतिले नत पार्टीको हित गर्छ नत देशको ।
हरेक राजनीतिक पार्टीहरुले गुटगत परिपाटीको अन्त्य गर्नु जरुरी छ । हरेक पार्टीहरु पार्टीको कार्यदिशा, नीति र सिद्धान्तका आधारमा चल्नु पर्छ । अहिले चलेका गुट तथा उपगुटहरू देश, जनता र पार्टीको हितभन्दा बिपरित छन । हामीले यो कुरा बुझन ...
