स्वार्थको राजनीति मौलाउँदै
-डा.डिआर उपाध्याय,
अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । नेताहरुको आचरण र व्यवहारमा कुनै परिवर्तन आउन सकेको छैन । जनताको विश्वास जित्न निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशलाई अघि बढाउछ । राजनीति भनेको समाजसेवा हो । तर नेपालमा राजनीतिलाई ब्यापार जस्तो बनाइएको छ । यसले गर्दा देश बिग्रिएको हो । देशको बिकास हुन नसकेको कारण पनि यो हो । समाजको बिकास नभइ देशको बिकास हुन सक्दैन ।
राजनीतिक दल र तिनका नेताहरु सवै भन्दा पहिला इमान्दार हुनु पर्छ । इमानको राजनीतिले नै देशलाई अघि बढाउन सकिन्छ । इमानको राजनीति भनेको सफलताको कडी हो । जनविश्वासमा आधारित बनेर गरेको राजनीति टिकाउ र दिगो हुन्छ । राजनीतिक दल र तिनका नेताहरु देश प्रति संवेदनशील बन्नु पर्छ । अनि मात्र देशले प्रगति गर्छ । निष्ठाको राजनीति नहुनाले राजनीति दूषित बनेको छ । दूषित राजनीति व्यक्तिको लाभ र स्वार्थसँग सम्बन्धित ह...
