Saturday, November 21

Author: Galaxy Dainik

विलास खत्रीले थाइलैण्डमा जिते ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड
अर्थ/व्यापार, समाचार

विलास खत्रीले थाइलैण्डमा जिते ‘कर्पोरेट ट्रेनर अफ द इयर’ को अवार्ड

थाईलैण्ड ।  प्रख्यात नेपाली हस्पिटालिटी एक्सपर्ट तथा प्रशिक्षक विलास खत्रीले बैंककमा भएको एशिया शिक्षा सम्मेलनमा आयोजित ‘एशिया एजुकेशन अवार्ड’मा प्रतिष्ठित ‘कर्पोरेट ट्रेनर अफ द इयर’ अवार्ड प्राप्त गरेका छन् । अवार्ड समारोह विलासी होटल अमरीमा भएको थियो, जहाँ खत्रीलाई कर्पोरेट प्रशिक्षण क्षेत्रमा उत्कृष्ट योगदान र आतिथ्य उद्योगमा उनको परिवर्तनकारी प्रभावको लागि सम्मान गरिएको थियो। कर्पोरेट ट्रेनर अफ द इयरको रूपमा खत्रीको मान्यताले कर्पोरेट शिक्षा र विकासमा उनको व्यापक विशेषज्ञता र प्रभावशाली भूमिकालाई झल्काउँछ। हाल हयात रिजेन्सी, नेपालमा लर्निङ एण्ड डेभलपमेन्ट म्यानेजरको रूपमा सेवा गर्दै आएका खत्रीले ३० वर्षभन्दा बढी समय हस्पिटालिटी क्षेत्रमा समर्पित गर्दै नेपाल भित्र र अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण योगदान पुर्याएका छन्। प्रशिक्षण र सार्वजनिक भाषणमा उनको नेतृत्वले आतिथ्यदेखि शिक्षा र...
राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

राज टाइगर र जानु कार्की अभिनित ‘एउटै चाहना’ सार्वजनिक(भिडियो)

राज टाइगर र जानु कार्की अभिनित गीत ‘एउटै चाहना’को भिडियो सार्वजनिक भएको छ । अन्नु चौधरी र जीवन प्रधानङको स्वर, डिबी लामाको शब्द/संगीत, विशाल निरौलको एरेञ्ज र रञ्जित राईको मिक्सिङ एवं माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा आफूले मनपराएको मान्छेसँग सँगैसँगै जिउने एउटै चाहना रहेको भाव व्यक्त गरिएको छ । गीतमा शब्द जति प्रमिल छन् गीत सुन्दर दृष्यहरू कैद गरिएको भिडियो पनि उत्कृष्ट रहेको छ । केशवराज भट्टको कोरियोग्राफी एवं निर्देशन रहेको गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन र प्रकाश दाहालको सम्पादन छ । गीतको भिडियो सदिक्षा फिल्मस्को युट्यूव च्यानलमार्फत सार्वजनिक गरिएको हो ।...
शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

शंकर लामिछानेको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक (भिडियो)

काठमाडौं । शंकर लामिछानेको शब्द र संगीतमा राजेशपायल राईले गाएको ‘चिलिममा गाँजा भरेको’ गीत सार्वजनिक भएको छ । मंगलवार ओएसआर डिजिटलबाट गीत सार्वजनिक गरिएको हो । लामिछानकै शब्द र संगीतमा रहेको गीतको एरेन्ज बाबुल गिरीले गरेका हुन् । यस म्यूजिक भिडियोलाई विकास प्रसाईले निर्देशन गरेका छन् । गीतको भिडियोमा मिस पविको रुपमा चर्चा कमाइरहेकी पवित्रा साकी , शंकर लामिछाने , लगायतका कलाकारको अभिनय रहेको छ । गीतको अन्त्यतिर भिडियोमा समावेश गरिएको संवाद सहितको दृश्यले धेरैको ध्यान तान्ने देखिएको छ । देशप्रेम र इमान्दारितालाई लामिछानेले बलियो रुपमा प्रस्तुत गरेका छन् । सो संवादमा चर्चित कानुन व्यवसायी स्वागत नेपाललाई समेत अतिथी कलाकारका रुपमा देख्न सकिन्छ । लामो समयदेखि अष्ट्रेलियामा बस्दै आएका लामिछानेको यसअघि दर्जनौं गीत बजारमा आएका छन् । छमछम , झुक्कायो ऐनाले जस्ता गीत लोकप्रिय भएका छन् । मेल...
‘सिजल एण्ड सिस्टर’द्वारा सिन्धुपाल्चोक र काभ्रेका ५०० वढि परिवारलाई राहत वितरण
समाचार, समाज

‘सिजल एण्ड सिस्टर’द्वारा सिन्धुपाल्चोक र काभ्रेका ५०० वढि परिवारलाई राहत वितरण

काठमाडौं ।  ‘सिजल एण्ड सिस्टर फाउण्डेसन’ एक पछि अर्को सामाजिक कार्यहरु र गरिव दुखीहरुको सेवामा निरन्तर लागि पर्दै आएको छ । न्यानो कपडा वितरणलाई निरन्तरता दिदै यो साता पनि गत साउन १०,११ र १२ गतेको अविरल वर्षातका कारण सिन्धुपाल्चोक जिल्लाका ३ स्थानीय तह बलेफी गाउपालिका, जुगल गाउपालिका तथा भोटेकोशी गाउपालिकामा पीडित बनेकाहरु र मृतक परिवारलाई सहयोग गरेको छ । अमेरिकी संस्था सिजल एण्ड सिस्टर फाउन्डेसनले  बाढी पहिरोबाट पीडित तथा अति विपन्न परिवारलाई राहत वितरण गर्ने कार्यक्रम अन्तर्गत  बलेफी गाउँपालिका , भोटेकोशी गाउँपालिका , जुगल गाउँपालिका र सुनकोशी गाउँपालिकाकाबाढी पीडित तथा अतिविपन्न परिवारलाई बढ्दै गएको जाडोलाई लक्षित गर्दै प्रत्येक परिवारलाई एकएक वटा ब्ल्याङ्केट तथा मृतक परिवारलाई जनही दश हजारका दरले तथा विपन्न परिवारलाई आर्थिक सहयोग गर्यो । संस्थाले यस अघि पनि रोसी गाउँपालिकाका वडा ९...
‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’अभियानमा ‘एभरेष्ट टुरिज्म अवार्ड’
मनोरन्जन, समाचार

‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’अभियानमा ‘एभरेष्ट टुरिज्म अवार्ड’

काठमाडौं । ‘दिगो पर्यटनका लागि हिमाल बचाऔँ’ भन्ने नाराका साथ नेपालमा पहिलो पटक आयोजना हुन लागेको ‘एभरेष्ट टुरिजम अवार्ड, २०२४’ को तयारी तिव्र पारिएको छ । अवार्ड समारोहलाई व्यबस्थित रुपमा समापन गर्न राजधानीमा एक छलफल कार्यक्रमको आयोजना गरिएको थियो । नेपालका विशिष्ठ पर्यटन व्यबसायी, पर्यटनविज्ञ तथा पर्यटनकर्मीहरुको उपस्थिती रहेको उक्त छलफल कार्यक्रम पूर्व उपराष्ट्रपति एवं अवार्ड समारोहका विशिष्ठ एवं प्रमुख सल्लाहकार नन्द बहादुर पुनको विशेष आतिथ्यतामा सम्पन्न गरिएको थियो । छलफलका क्रममा अवार्डको तयारी तथा अवार्डका विषयमा वृहत छलफल कार्यक्रममा उपस्थितहरुलाई स्वागत गर्दै संस्थाकी अध्यक्ष सत्यकला तामाङ्ग लामाले भनिन् ,’ जसरी निकै चुनौतीका वीच सम्पन्न गरिएको पत्रकार सम्मेलनलाई सवैबाट सहयोग र साथ रह्यो त्यसैगरि अवार्ड समारोहलाई वृहत र भव्य बनाउन पनि सवैबाट साथ सहयोग प्राप्त हुने विश्वास आफुले लिएक...
महिला फिल्म मेकरको सिनेमाटोग्राफी कार्यशाला सम्पन्न
समाचार

महिला फिल्म मेकरको सिनेमाटोग्राफी कार्यशाला सम्पन्न

काठमाडौं। नेपाली फिमेल फिल्म मेकर्स (एनएफएफ) द्वारा कार्तिक २५ देखि मंसिर १ गतेसम्म चावहिलस्थित फिल्म विकास बोर्डमा आयोजित महिला फिल्म मेकरहरूको सिनेमाटोग्राफी कार्यशाला उत्साहजनक रूपमा सम्पन्न भएको छ। कार्यशालाका लागि १३० भन्दा बढी आवेदकहरूको आवेदनबाट, प्राथमिक छनोट प्रक्रियामार्फत १२ जनालाई सहभागी गराइएको थियो। उनीहरूलाई सिनेमाटोग्राफीका विविध पक्षमा प्रशिक्षण दिन अग्रणी विशेषज्ञहरू शिशिर बिसंखे, अमर महार्जन, भारतकी बर्खा मुखिया, उज्जल बस्ताकोटी, चक्र बहादुर महर्जन, रोमी तण्डुकार, सञ्जीव रत्न शाक्य, र मुनमुन धरालियाले मार्गदर्शन गरे। कार्यशालामा सोनी एफएक्स ६ र एफएक्स ९ जस्ता अत्याधुनिक फिल्म क्यामेराको प्रयोग गरी प्रकाश व्यवस्थापन, रंग संयोजन, सम्पादन, र ध्वनि डिजाइनजस्ता महत्त्वपूर्ण पक्षमा व्यावहारिक ज्ञान प्रदान गरियो। सहभागीहरूले चलचित्र निर्माणको हरेक चरणमा आवश्यक पर्ने सीप र...
छैटौं सगरमाथा म्युजिक अवार्ड सम्पन्न
मनोरन्जन, समाचार

छैटौं सगरमाथा म्युजिक अवार्ड सम्पन्न

छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ मा प्रसिद्ध गीतकार कालीप्रसाद रिजाललाई सगरमाथा लाइफ टाइम अचिभमेन्ट अवार्ड अर्पण गरिएको छ । अर्थ नेपाल प्रालिको आयोजनामा थाइल्याण्डको बैंककमा सम्पन्न छैटौं सगरमाथा म्युजिक अवार्ड २०८१ को बाँकी विधाका अवार्ड सम्मान समारोहमा प्रसिद्ध गीतकार रिजाललाई लाइफ टाइम अचिभमेन्ट अवार्ड प्रदान गरिएको हो । “नेपाली कला र श्रष्ठाको सम्मान, नेपाली संस्कृति संरक्षण प्रबद्र्धन हाम्रो अभियान” भन्ने नाराको साथ काठमाडौंको जमलस्थित राष्ट्रिय नाचघरमा आइतबार सम्पन्न समारोहमा गीतकार तथा पूर्वमन्त्री एसपी कोइराला, कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेत, लायन उद्धव सिलवाल, कुशप्रसाद मल्ली, कार्यक्रम संयोजक मनोज थापालगायतले नगद १७ हजार ६९६ रुपैयाँसहित गीतकार रिजाललाई सम्मान प्रदान गरिएको छ । अवार्ड कार्यक्रममा सगरमाथा कला पत्रकारिता रजत सम्मानबाट पत्रकार रमण घिमिरेलाई आठ हजार, ८४८ रु...
वर्ल्ड वाइड मिडिया शुभकामना साँझ : रामकृष्ण र सन्तोषीको गीत सार्वजनिक
मनोरन्जन, समाचार

वर्ल्ड वाइड मिडिया शुभकामना साँझ : रामकृष्ण र सन्तोषीको गीत सार्वजनिक

वर्ल्ड वाइड मिडियाले ज्येष्ठ नागरिक सम्मान तथा शुभकामना साँझ कार्यक्रम सम्पन्न गरेको छ । शंखरापुर नगरपालिकामा एक विशेष कार्यक्रमबीच ज्येष्ठ नागरिक, सानुनानी दंगाल र आशालाल श्रेष्ठ, पत्रकार कृष्ण भुसाल, कलाकार राजकुमार शाह र गायक तथा संगीतकार सुरेन्द्र श्रेष्ठलाई विशेष सम्मान अर्पण गरिएको थियो । कार्यक्रममा नगरप्रमुख रमेश नापित प्रमुख अतिथि हुनुहुन्थ्यो, भने उपनगर प्रमुख समिता श्रेष्ठ, पूर्वनगर प्रमुख सुवर्ण श्रेष्ठ, र विभिन्न समाजसेवीलगायत अन्य अतिथि उपस्थिति थियो । सो अवसरमा कलाकारहरू बिन्दु परियार, चेतन राई, कृष्णराज भण्डारी, रञ्जित लामा, रमेश पाठक, तुलासा बिक, कविता मगर, सोना थापामगर एवं स्थानीय कलाकारहरू आ-आफ्नो प्रस्तुति दिनुभएको थियो । कार्यक्रममा गायक रामकृष्ण श्रेष्ठ, सिम्रन परियार र सन्तोषी कार्कीको नयाँ गीत ‘सिठ्ठी बजाउँदै’ पनि सार्वजनिक गरियो थियो । उक्त गीतका शब्द विष्णु ...
गायीका तृप्ती खड्काको ‘मन को मान्छे’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायीका तृप्ती खड्काको ‘मन को मान्छे’ सार्वजनिक(भिडियो)

गायीका तृप्ती खड्का  ‘मन को मान्छे’  बोलको गित सार्वजनिक भएको छ । गायीका तृप्ती खड्का गुरुङको आवाजमा मनको मान्छे आजभोली बोल्न छोडेको छ मलाई किन अन्तै पाइला मोडेको छ भन्ने बोलको गित तृप्ती खड्का गुरुङ युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो ।   एकदमै मार्मिक रहेको गितको शव्द गण्डकी पुत्राले गर्नु भएको छ भने म्युजिक पनि तृप्ती खड्का गुरुङकै रहेको छ । एरेञ्ज र मिक्सिङमा नरेश पाण्डेले साथ दिनुभएको छ भने सारेगम स्टुडियोमा गितको रेकडिङ गरिएको गायीका तृप्तीले बताउनुभयो ।...
बालपुस्तक ‘साङ्केनको खुलदुली’लाई बालसाहित्य समाजव्दारा सर्वाेत्कृष्ट घोषित
मनोरन्जन, समाचार

बालपुस्तक ‘साङ्केनको खुलदुली’लाई बालसाहित्य समाजव्दारा सर्वाेत्कृष्ट घोषित

काठमाडौं २३ कात्तिक । बालसाहित्यले सामाजिक सद्भाव, सांस्कृतिक अन्तर्घुलन, प्रकृतिसित तादात्म्य, श्रमप्रति सम्मान भाव, आत्मविश्वास जस्ता अनेकौं पाटामा सकारात्मक परिवर्तन ल्याउन सक्छ । उनीहरूको जीवनपद्धति सभ्य शिष्ट भई सोच्ने क्षमता बढाउँछ । प्राणीहरूप्रति सहिष्णु रहेर देशप्रेमी भावना जागृत गराउँछ । सिर्जना र साहित्य कहिल्यै पनि बासी हुन्न, त्यसमाथि बालसाहित्य सदाबहार हुने गर्दछ । यही सदाबहार साहित्यको रूपमा रहेको बालसाहित्य प्रति पछिल्लो पुस्ताकी लेखिका सृर्जना राईको कृति ‘साङ्केनको खुलदुली’ पुरस्कृत घोषणा भएको छ । कोपिला किताबबाट प्रकाशित पुस्तक साङ्केनको खुलदुली ‘चित्रकथार सृजना राई’ कृति २०७९ सालको नेपाल बालसाहित्य समाज सर्वाेत्कृष्ट बालपुस्तक लेखन पुरस्कार घोषणा गरेको हो । गीति लेखनमा समेत आफुलाई अब्बल सावित गरिसकेकी खोटाङकी स्रष्टा सृर्जना राईका शब्द संगीत र स्वरमा लोकप्रिय गायक राज...