Saturday, November 21

Author: Galaxy Dainik

श्रीदेव भट्टराईको अभिनयमा ‘जहिले देखि नजर जुध्यो’(भिडियो )
मनोरन्जन, समाचार

श्रीदेव भट्टराईको अभिनयमा ‘जहिले देखि नजर जुध्यो’(भिडियो )

काठमाडौं : चर्चित गायक राजेश पायल राइको स्वर , समिर राई द्वारा लेखिएको त्यसै गरि बलराम राजबन्शिले सङ्गित गर्नु भएको जहिले देखि नजर जुदयो बोलको गीतमा नायक श्रीदेव भट्टराई र मोडल स्नेहा जोशिको रोमान्स देख्न पाइने भएको छ । बिजय भुर्तेलको निर्देशन रहेको गीतमा युदिन योन्जनको छायांकन, अर्चना र अमृताको मेकप रहेको छ। मायापिरति सम्बन्धि गीत जैले देखि नजर जुदयो काभ्रे र सिन्धुलिको रमणीय स्थानमा छायांकन गरिएको छ।...
टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा
अर्थ/व्यापार, समाचार

टान अध्यक्षका उम्मेद्वार सागर पाण्डेले अघि सारे तीन मुख्य एजेण्डा

आसन्न टान नेतृत्वमा अध्यक्षको उमेदवारी घोषणा गरेका सागर पाण्डेले पहिलो चरणमा तीनवटा एजेण्डा अघि सारेका छन् । उनले व्यवसायी तथा मजदुरका विषयलाई लिएर राहत तथा उद्धार अक्षयकोषको स्थापना गर्ने, कानूनी परामर्श इकाईको गठन गर्ने र बैंकिङ तथा भ्याट र ट्याक्स परामर्श इकाई गठनको कार्ययोजना अघि सारेका छन् । उनले आफ्ना ३ बुँदे कार्ययोजनामा सबै कर्मचारी तथा मजदुर साथीहरुका लागि राहत तथा उद्धार अक्षय कोषको स्थापना गर्ने बताएका छन् । पाण्डेले टान सदस्य कम्पनीको कर्मचारी, ट्रेकिङ गाइड वा मजदुर जुनसुकै वेला घाइते हुने, वा मृत्यू सम्म हुने अवस्था आइपर्ने उल्लेख गर्दै त्यस्तो समस्यामा उसलाई सहयोग गर्नुपर्छ भन्ने मान्यतालाई स्थापित र व्यवहारिक बनाउन राहत प्रदान गर्नेगरी अक्षयकोष स्थापना गर्नु महत्वपूर्ण भएको उनले उल्लेख गरेका छन् । त्यसैगरी उनले व्यवसायीहरुलाई कुनै पनि बेला दिर्घकालीन रोग वा महंगो उपचार गर...
युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै
मनोरन्जन, समाचार

युएईमा ‘नेपाल आईडल विथ स्टेण्डअप कमेडी’ हुँदै

नेपाल आईडल सिजन ५ का विजेता करण परियारको उपस्थितिमा युएईमा नेपाल आईडल विथ स्टेन्डअप कमेडी हुने भएको छ । आगामी अगष्ट ३ र ४ तारिख युएईको राजधानी अबुधाबी र दुबईमा आयोजना हुने कार्यक्रममा नेपाल आईडल सिजन ५ का विजेता करण परियार , फष्ट रनरअप सलोनी गुरुङ , सेकेन्ड रनरअप सचिन विश्वकर्मा सहित कमेडियनद्वय सुमन कोईराला (दले दाइ) र सजन श्रेष्ठले प्रस्तुति दिनेछन । अन्तराष्ट्रिय नेपाली कलाकार समाज (ईनास) र द अरनिको ईन्टरटेन्मेन्टको आयोजनामा हुन लागेको यो कार्यक्रम नेपाल आईडल सिजन ५ का विजेता र उपविजेताहरुको पहिलो अन्तराष्ट्रिय कार्यक्रम हो । गन्तव्य ट्राभल एण्ड टुरिजमले मुख्य प्रायोजन गरेको कार्यक्रममा कमेडियन सजन श्रेष्ठले पहिलोपटक युएईमा प्रस्तुति दिन लागेका हुन । दले दाई उपनामबाट प्रख्यात कमेडियन सुमन कोईरालाको भने युएईमा यो दोस्रो शो हो । उनले यसअघि ईनासकै आयोजनामा दुबईमा शो गरिसकेका छन् । ...
कलाकार किरण केसी’इको केयर’को ब्राण्ड एम्बेसडर
अर्थ/व्यापार, समाचार

कलाकार किरण केसी’इको केयर’को ब्राण्ड एम्बेसडर

लोकप्रिय वरिष्ठ कलाकार किरण केसी ‘राता मकै’ इको केयर प्रालिको ब्रान्ड एम्बेस्डरमा नियुक्त भएका छन् । बुधबार बानेश्वरमा एक पत्रकार सम्मेलन गरी उनी ब्रान्ड एम्बेस्डरमा नियुक्त भएको जानकारी दिइएको हो । अत्याधुनिक प्रविधिको बढी प्रयोग गरी इट्टा उत्पादन गर्ने इको केयर प्रालिले केसीलाई पाँच वर्षका लागि ब्रान्ड एम्बेस्डरमा नियुक्त गरेको हो । कुनै पनि प्रकारको जैविक इन्धनको प्रयोग नगरी वातावरणमैत्रीरुपमा इट्टा उत्पादन गर्ने यस कम्पनीको दाबी छ । विगतमा आफूले पनि इँट्टाभट्टा सञ्चालन गरेको बताउँदै केसीले इट्टा पोल्दा प्रदूषण फैलिने भएकाले व्यवसाय छाडेको स्मरण गरे । ‘विना प्रदूषण इट्टा उत्पादन हुन्छ भनेपछि म दूत बन्न राजी भएँ,’ पत्रकार सम्मेलनमा उनले भने । कम्पनीका संस्थापक अध्यक्ष विनोद श्रेष्ठका अनुसार पोलेर इट्टा उत्पादन गर्ने परम्परागत शैलीको विकल्पका रुपमा इको केयरले स्थापना भएको हो...
आराध्य र दीक्षा भए नेशन्स् गट ट्यालेन्ट
मनोरन्जन, समाचार

आराध्य र दीक्षा भए नेशन्स् गट ट्यालेन्ट

गायन र नृत्यको टेलिभिजन रियालिटी शो नेसन्स् गट ट्यालेन्ट केही अघि सम्पन्न भएको छ। देशभरका ८ देखि १३ वर्षका सहभागी नेशन्स गट ट्यालेन्टमा नृत्यतर्फ आराध्य महर्जन विजयी हुँदा दीपशिखा कार्की फस्ट, साम्रगी पन्थी सेकेन्ड, आयु खत्री थर्ड र मोनालिषा धामी फोर्थ रनर्सअप भए। त्यसैगरी गायनतर्फ दीक्षा उप्रेती विजयी भइन् भने अप्सानी डंगोल फस्ट, अर्पण विश्वकर्मा सेकेन्ड, रितिन झा थर्ड र युमी राई फोर्थ रनर्सअप भए। रियालिटी शोका दर्शकको भोटका आधारमा विजयी घोषणा गरिएको थियो । रियालिटी शोमा देशका प्रमुख स्थानबाट गायन तथा नृत्य विधाका सयौँले अडिसन दिएका थिए। त्यसमध्ये निर्णायक मण्डलको निर्णयको आधारमा उत्कृष्ट २६ छनोट गरी दुवै विधाबाट १६–१६ जना अर्को चरणमा प्रवेश गरेका थिए। निर्णायकको निर्णयको आधारमा १२ प्रतिस्पर्धीको प्रिमियर राउन्ड घोषणा गरिएको थियो। रियालिटी शोको गायन विधामा गायक आनन्द कार्की र गायिका...
सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन
मनोरन्जन, समाचार

सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन

काठमाडौं । मोडल सन्ध्या सानु रामेछाप सांस्कृतिक कलाकार समाजको वरिष्ठ उपाध्यक्षमा चयन भएकी छिन ।   उत्तम पौडेल नेतृत्वको  नयाँ कार्यसमिति उनलाई सो पदमा चयन गरिएको हो । समाजको शुक्रवार १५ औँ साधारण सभा तथा पाँचौँ अधिवेशन काठमाडौँको कोटेश्वर स्थित् सुनुवार सेवा समाजको भवनमा भएको थियो | रामेछाप जिल्लाका कलाकारहरु जसले कलाकरिताको बिभिन्न क्षेत्रमा रहेर काम गरि समाज, जिल्ला, देश र राष्ट्रलाइ नै चिनाउने बाटोमा हिडेका छन् ती सबै कलाकारलाई थप सहयोग गर्न, एक जुट भएर कार्य गर्न, परेको बखत कलाकारको संगठनले समाजसेवाका समेत कार्य गर्ने भनि रामेछाप कलाकार समाजको परिकल्पना गरि निरन्तर संचालनमा हाल वरिष्ठ उपाध्यक्ष भएकी सानुले बताईन । लामो समयदेखि कलाकारितामा सक्रिय सानु राजधानीमा रहि नृत्य प्रशिक्षण गराउनुका साथै सौन्दर्यकलाको तालिम समेत प्रदान गर्दै आएकी छिन । राजनीति तथा समाजसेवामा निरन्तर लाग...
गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो)

चर्चित गायिका सुमी पराजुलीको नयाँ नेपाली गीत ‘लुकामारी’ सार्वजनिक भएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो । मिन सागरको शब्द रहेको गीतमा रेखा पौडेलको संगीत रहेको छ । दिपेश एस. केको कोरियोग्राफी रहेको भिडियोमा टेकेन्द्र शाहको निर्देशन तथा संम्पादन रहेको छ । भिडियोमा चर्चित गायिका सुमी पराजुली आफैले अभिनय गरेकी छन् । गीतलाई सन्तोष प्रगाडले एरेन्ज गरेका हुन् । गायीका पराजुलीका यस अघिको गित चुम्मा चपक्कैले २०८०/८१ मा ३ वटा वर्षको सर्वोत्कृष्ट लोक पप गायन महिला अवार्ड पाउन सफल भैसकेका छन् ।...
किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने
मनोरन्जन, समाचार

किरण माइकल घिमिरेको लेखन तथा निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने

किरण माइकल घिमिरेको लेखन निर्देशनमा वेभ सिरिज ‘मोड’ बन्ने भएको छ । सम्पूर्ण छायांकन अष्ट्रेलियामा रहेन यो सिरिजको हाल प्रि प्रोडक्सनको काम भइरहेको निर्देशक घिमिरेले बताए । करियरको दुई दशक लामो समय सांगितिक र फिल्मी क्षेत्रमा खर्चिएका घिमिरे हाल अष्ट्रेलियामा छन् । यो बीचमा उनले दर्जन बढि नेपाली फिल्मको कथा लेखनको काम गरिसकेका छन् । सोहि अनुभवलाई लिएर ‘वेभ सिरिज’ निर्माण निर्देशनमा जुटेको घिमिरेले बताए । ‘मोड’ नाम दिईएको यो सिरिजले वैदेशिक ग्रिनकार्ड, प्रेम र विवाहसम्मको कथावस्तु पेश गर्नेछ । १८ महिना लगाएर लेखिएको भनिएको यो सिरिज आध्या प्रोडक्सन अष्ट्रेलियाको ब्यानरमा तयार हुनेछ । ९ एपिसियोडमा तयार हुने सिरिजमा १२ वटा ओएसटी समावेश हुने घिमिरेले बताएका छन् । सेप्टेम्बर दोस्रो साताबाट छायांकनमा जाने सिरिजमा हालसम्म आकाश पल, अभी सुनार, पवित्रा केसी र रमेश सेन्चुरी प्रमुख कलाकारमा फाइ...
ईण्डो नेपाल सांस्कृतिक समारोह, बलिवुड अभिनेत्री जय प्रदालाई सम्मान
समाचार

ईण्डो नेपाल सांस्कृतिक समारोह, बलिवुड अभिनेत्री जय प्रदालाई सम्मान

काठमाडौं । ‘ईण्डो नेपाल सांस्कृतिक समारोह तथा छैटौं इन्टरनेशनल एक्सिलेन्स अवार्ड’ सम्पन्न भएको छ । नेपाल चेम्बर अफ कमर्श नेपाल महिला चेम्बरको प्रस्तुती, लिडिभाईन,भारतको आयोजना तथा प्याजेन्ट नेपालको एसोसियटमा बिहीवार काठमाडौँको र्‍याडिशन होटेलमा भव्य रुपमा उक्त समारोह सम्पन्न भएको हो । नेपाल चेम्बर अफ कमर्शकी उपाध्यक्ष, महिला चेम्बरकी अध्यक्ष एवं साल्ट ट्रेडिङ् कर्पोरेशनकी प्रमुख कार्यकारी अधिकृत उर्मिला श्रेष्ठको सभापतित्वमा सम्पन्न उक्त समारोहमा विशेष अतिथी प्रख्यात अभिनेत्री जय प्रदा लगायत नेपाल, भारत, युके लगायत देशबाट सहभागिता जनाएका अतिथीजनलाई स्वागत गर्दै समारोहलाई सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गर्ने सवैलाई धन्यवाद दिएकी थिईन । प्रतिनिधि सभाका उप-सभामुख ईन्दिरा रानाको प्रमुख आतिथ्यता तथा लोकप्रिय भारतिय अभिनेत्री जय प्रदाको विशेष आतिथ्यता रहेको उक्त समारोहमा नेपाल ...
गायिका सुजाता केसीको ‘आलु तामाले’ सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

गायिका सुजाता केसीको ‘आलु तामाले’ सार्वजनिक (भिडियो)

गायिका सुजाता केसीको नयाँ लोकदोहोरी गीत ‘आलु तामाले’ सार्वजनिक गरिएको छ । रोमान्टिक शैलीमा तयार गीतमा गायिका केसीलाई गायक अमृत खातीले स्वरमा साथ दिएका छन् । गायक अमृत खातीकै शब्द, दीप शंकर चौलागाइको संगीत रहेको गीतको एरेन्ज विनोद बाजुरेलीले गरेका हुन् । गीतको आकर्षक भिडियो पनि निर्माण भएको छ । जसमा गायिका केसी र काजिस श्रेष्ठको नृत्य देख्न सकिन्छ ।  डान्सिङ शैलीमा तयार गीतको भिडियोमा केही कोरस समेत प्रयोग भएको छ । सुशिल शर्माको निर्माण रहेको  भिडियोमा दुर्गा पौडेलको छायाङ्कन, विकाश ज्ञवालीको सम्पादन छ । भिडियोलाई काजिस श्रेष्ठले निर्देशन गरेका हुन् । गायिका केसीको आफ्नै अफिसियल युट्युब च्यानल सुजाता केसीबाट सार्वजनिक भएको छ । गीत श्रोता तथा दर्शकले रुचाउने विश्वास गायिका केसीले लिएकी छन् ।...