Saturday, November 21

Author: Galaxy Dainik

‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको घोषणा
मनोरन्जन, समाचार

‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको घोषणा

निकिला मिडिया नेटवर्कले ‘ग्यालेक्सि एक्सिलेन्स अवार्ड’ तेस्रो संस्करणको औपचारिक घोषणा गरेको छ । कार्यक्रम व्यवस्थापन संघका महासचिव एवं निकिला मिडिया नेटवर्कका अध्यक्ष सोनितराज ढुङ्गेलको अध्यक्षता तथा वरिष्ठ संगीतकार शम्भुजित बाँस्कोटा, नेपाल एयरलाईन्सका प्रमुख कार्यकारी अध्यक्ष युवराज अधिकारीको प्रमुख आतिथ्यतामा काठमाडौँको बालुवाटार स्थित टाइम्स स्क्वायर होटलमा पत्रकार सम्मेलन गरि उक्त समारोह घोषणा गरिएको हो । केही वर्ष यता सौन्दर्य प्रतियोगिता, फेशन शो राष्ट्रिय अन्तराष्ट्रिय शो एवं कार्यक्रमहरु आयोजना गरेर एक सफल ईभेन्ट आयोजकको रूपमा ख्याती कमाउदै आएको निकिला मिडिया नेटवर्कले लामो समयदेखि आ आफ्नो क्षेत्रमा तल्लिन भई समाज र देशका लागि अतुलनीय योगदान दिने अग्रज स्रष्टा, सर्जक, कलाकार, शिक्षाविद, पत्रकार, समाजसेवी, व्यवसायी लगायत विभिन्न क्षेत्रमा आवद्ध पेशाकर्मीहरुलाई उनिहरुले पुर् ...
निर्भाणा एकेडेमीमा  स्टेम प्रदर्शनी हुदै
शिक्षा, समाचार

निर्भाणा एकेडेमीमा  स्टेम प्रदर्शनी हुदै

सीतापाइला, काठमाडौँ स्थित निर्भाणा एकेडेमी स्टिम तथा विज्ञान विभागको आयोजनामा यही फागुन २६ गते शनिबार  विज्ञान, प्रबिधि,  इन्जिनियरिङ्, कला र गणित (STEAM/ स्टेम ) प्रदर्शनी हुने भएको हो ।  निर्भाणा एकेडेमीका  करिब २०५ बिध्यार्थीहरुले तयार गरेका स्टेमसंग सम्बन्धित ५० भन्दा बढी  विभिन्न परियोजना कार्य , मोडेल, चित्रकला,  सृजनात्मक कार्य , बिज्ञान र प्रबिधिका नबिन प्रयोगात्मक कार्यहरुको प्रदशानी हुने बिध्यालयका बिज्ञान बिभागका प्रमुख एबं एकेडेमीक इन्चार्ज लक्ष्मण गौतमले बताउनु भयो। यस प्रर्शनीमा विद्यालयमा अध्ययनरत छात्र छत्राहरूको उल्लेख्य सहभागिता रहने आयोजकले जानकारी गराएको छ ।  काठमाडौँ विश्वविद्यालय, स्कुल अफ एजुकेसनका उपप्राध्यापक एवम् स्टेम विभागका प्रमुख श्री विनोदप्रसाद पन्तबाट उद्घाटन हुने उक्त प्रदर्शनीमा   आयोजक विद्यालयका विद्यार्थी, अभिभावक, उपत्यकाका विभिन्न विद्यालयका प्रधाना...
कुवेरको ‘किन माया गर्यौं’ मा संजित र मेग अभिनय (भिडियो)
मनोरन्जन, समाचार

कुवेरको ‘किन माया गर्यौं’ मा संजित र मेग अभिनय (भिडियो)

काठमाडौं । फोटोग्राफरमा ख्याती कमाएका कुवेर तामाङ म्यूजिक भिडियो निर्देशक हुदै गायक समेत भएका छन । करिव डेढ दशकभन्दा लामो समयदेखि ग्ल्यामर फोटोग्राफरको रुपमा चर्चा कमाएका तामाङले आफ्नो स्वर तथा शव्दमा तयार भएको गीत ‘किन माया गर्यौं’ भिडियो सहित सार्वजनिक गरेका छन । ‘सिजल एण्ड सिस्टर न्यूज एण्ड ईन्टरटेनमेन्ट’ युट्युब च्यानलबाट सार्वजिनक गरिएको उक्त गीतलाई पुस्कर सुनुवारले संगीत दिएका छन भने विप्लव अधिकारीले रेकर्डिङ तथा मिक्सिङ गरेका हुन । सपना श्रेष्ठ तथा सपना कटवालले निर्माण गरेका गीतको भिडियोमा मोडल संजित भण्डारी,समाजसेवी मेग सुवेदी तथा रिचा थापा र प्रनिमा दाहालले अभिनय गरेका छन । बुद्ध थापा टिमको छायांकन रहेको भिडियोलाई सम्पादन विवेक सुनार र कलर श्याम कुवरले गरेका हुन । स्किृप्ट राईटर उत्सव पौडेल, र सहायक निर्देशन मोहन सुनार (नविन)को रहेको भिडियोलाई निर्देशन स्वयं कुवेर तामाङ...
निता आचार्यको स्वरमा ‘चुप चाप’ (भिडियो)
मनोरन्जन, समाचार

निता आचार्यको स्वरमा ‘चुप चाप’ (भिडियो)

गायिका निता आचार्यको स्वरमा रहेको गीत ‘चुप चाप’ सार्वजनिक भएको छ । विश्व साइकल यात्री पुस्कर शाहको शब्द, शंकर थापा ‘स्माइल’को संगीत, विश्व अधिकारीको एरेञ्ज र कुमार केसीको मिक्सिङ/माष्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । किरण श्रेष्ठले निर्देशन गरेको गीतको भिडियोमा अभिनेत्री शर्मिला मल्ल र पुस्कर शाहलाई फिचरिङ गरिएको छ । प्रताप सिंहको छायांकन रहेको भिडियोमा बुद्धि तामाङको शृंगार रहेको छ । गीतको भिडियो निता आचार्यको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । गीत जति राम्रो छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । ‘हामी सबैको मिहिनेतले एउटा राम्रो गीत र यसको भिडियो श्रोता/दर्शकमाझ पस्किएका छौं, आशा छ सबैले मन पराइदिनुहुनेछ’, गायिका आचार्यले भन्नुभयो । आचार्यका ‘जिन्दगी, सँगै जिउने हो भए साथमा नभए यादमा, झिमझिम परेली, गरिदेउ बिदा, मनको धोको’ जस्ता गीत श्रोता/दर्शक...
चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न
मनोरन्जन, समाचार

चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न

काठमाण्डौ – चौथो राष्ट्रिय साधना म्युजिक रिवार्ड २०८० सम्पन्न भएको छ । नियमित रुपमा हरेक वर्ष आयोजना गरिदै आएको राष्ट्रिय साधना म्युजिक रिवार्ड नेपालको पहिलो रिवार्ड हो । पहिलो र दोश्रो अवार्डकै रुपमा रहेपनि तेश्रोबाट रिवार्ड भएको साधना म्युजिक  रिवार्ड, यसपटक विभिन्न २३ विधामा अवार्ड प्रदान गर्दै सकिएको छ । सामना म्युजिक क्रियशनको आयोजनामा गरिदै आएको रिवार्ड कार्यक्रममा सभापतित्व क्रियशनकी अध्यक्ष सामना साहले गरेकि थिईन् भने कार्यक्रमको प्रमुख अतिथि चलचित्र विकाश बोर्डका अध्यक्ष तथा सदावहार नायक भुवन के.सी थिए । रिवार्ड कार्यक्रम २३ विधामा रिवार्ड प्रदान गरिएको छ । कार्यक्रममा लोकदोहोरी विधा तर्फ सर्वोत्कृष्ट लोकगीत शम्भु कुंवरको माईली, शब्दमा सन्तोष केसीको घर कहाँ हो बैनीको, सर्वोत्कृष्ट लय प्रितम पोख्रेलको मुसी, सर्वोत्कृष्ट गायक डाँडैको टुनीबाट अर्जुन सापकोटा, सर्वोत्कृष्ट गायिका  प...
नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा
शिक्षा, समाचार

नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने मानवरचना विश्वविद्यालयको घोषणा

काठमाडौं – भारतको नयाँदिल्ली स्थित मानवरचना इन्टरनेशनल इन्सटिच्युट अफ रिसर्च एन्ड स्टडिजले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गराउने घोषणा गरेको छ। शुक्रबार काठमाडौँमा मानवरचनाले इन्फोसेसन कार्यक्रमको आयोजना गर्दै नेपाली विद्यार्थीलाई ५० प्रतिशतसम्म छात्रवृत्ति उपलब्ध गराउँने र सहुलियत शुल्कमा अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्रदान गर्ने घोषणा गरेको हो। कार्यक्रममा बोल्दै मानवरचनाकी मार्केटिङ डेपुटी जनरल म्यानेजर अञ्जली बालाचन्दरनले मानवरचना गुणस्तरीय शिक्षामा प्रतिवद्ध रहेको र यसले नेपाली विद्यार्थीलाई छात्रवृत्ति कोटामा अध्यापन गर्ने बताइन्। उनले भनिन्, ‘मानवरचना गुणस्तरीय शिक्षासँगै विद्यार्थीलाई अध्ययन पश्चात रोजगारीको अवसर सृजना गर्न पनि तत्पर छ। विद्यार्थीले यहाँ अन्तर्राष्ट्रिय स्तरको गुणस्तरीय शिक्षा प्राप्त गर्न सक्छन्। विद्यार्थीलाई उद्यमशिल हुने ढंगबाट वि...
शाश्वत सत्य
समाचार, समाज

शाश्वत सत्य

- युवराज अधिकारी तिम्रो आगमनले ल्याएको खुशी र मुस्कान यति छिट्टै दैवले चुँडालिदिन्छ सोचेकै थिइन, मेरो खुशी, पिडा र आँशु पनि बुझ्ने तिमीलाई म कसरी पशु भनुँ चाहे दुनियाले तिमीलाई पशु भनोस्, निस्वार्थ मायाको प्रतिमूर्ति तिमी मेरो दुःखको साथी, तिम्रो छुनुमुनु र बाल्यपन यौवनको उन्मादमा पनि शान्त, कोमल र हृदयस्पर्शी, तिमीले म टाढा दूरदेशमा रहेको बेला कसरी चटक्कैै छोडेर गयौ शायद, अन्तिम छट्पटाहटमा मलाई खोज्यौ होला, आँशु बहाएर रोयौ होला मेरो प्रिय फुच्चे । तिम्रो अगाध स्नेह यतिखेर जलाइरहेछ तिमी थियौ र त उज्यालो गरायौ मेरो सानो संसार तिमी थियौ र त मुस्कान थियो मेरो थकित मुहारमा अब सिर्फ तिम्रो सम्झना, तिम्रो मायाको झझल्को तिम्रो लुटुपुटुको याद शायद, अब सशरीर तिमीलाई न म माया गर्न सक्छु, न तिमीले नै मलाई स्नेही आँखा र पाइलाहरुले मल्हम लाउन सक्छौ, म घरबाट...
सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता
अर्थ/व्यापार, समाचार

सिटी पे र एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता

काठमाडौँ– सिटी वालेट प्रा.ली द्वारा सञ्चालित भुक्तानि सेवा सिटी पे र शैक्षिक परामर्श व्यवसायी संघ, नेपाल (एप्क्यान)बीच व्यवसायीक सहकार्य गर्ने सहमति पत्रमा हस्ताक्षर भएको छ। नेपाल राष्ट्र वैँकद्वारा इजाजत प्राप्त संस्था सिटी वालेट र विद्यार्थीहरूलाई शैक्षिक परामर्श सेवा प्रदान गर्ने व्यवसायीहरूको छाता संगठन एप्क्यानबीच व्यवसायीक सहकार्य गर्ने सम्झौता भएको हो। सम्झौता पत्रमा एप्क्यानको तर्फबाट अध्यक्ष प्रज्वल बस्नेत र सिटी पेको तर्फबाट सिइओ विनय रेग्मीले हस्ताक्षर गरेका छन्। विदेशमा शिक्षा लिइरहेका नेपाली विद्यार्थीहरूको भुक्तानी प्रक्रियालाई सहज बनाउने उद्देश्यले सहकार्य गरिएकाे एप्क्यानले जनाएकाे छ। सम्झाैतापछि यसबारे जानकारी दिदैँ अध्यक्ष बस्नेतले भने, ‘सिटी वालेटसँगको हाम्रो साझेदारी हाम्रो लक्ष्यसँग मिल्दोजुल्दो छ। नेपाली विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक का...
रामेछापका ३ वटा विद्यालयमा रन्जिता फाउण्डेसनको सहयोग
शिक्षा, समाचार

रामेछापका ३ वटा विद्यालयमा रन्जिता फाउण्डेसनको सहयोग

रामेछाप । कोभिड १९ तथा देशमा भएको विनाशकारी महाभुकम्पका समयमा समाजसेवाको माध्यमबाट हजारौंलाई राहत वितरण गर्नुका साथै घरवार विहिनहरुका लागि घर निर्माण गरि पिडितहरुको घाउमा मल्हम लगाएर चर्चा कमाएकी समाजसेवी रन्जिता गुरुङ्ग शिक्षा क्षेत्रमा समेत सक्रिय छिन । गुरुङ्गले शिक्षाबाट वन्चित र शिक्षा आर्जन गर्न नसकेकालाई छात्रवृत्ति प्रदान गर्नुका साथै गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण समेत गर्दै आईरहेकी छिन । विगत १ दशक भन्दा लामो समयदेखि नै समाजसेवीको रुपमा ख्याती कमाउदै आएकी गुरुङ्गले औपचारिक रुपमा आफ्नो संस्था दर्ता गरि विशेष गरि शिक्षाबाट वन्चित विद्यार्थीहरुका लागि विभिन्न सामाजिक कार्यहरु गर्दै आईरहेकी छिन । १ वर्ष अगाडी स्थापना भएको रन्जिता फाउण्डेशन मार्फत हाल देशका विभिन्न ग्रामीण भेगमा रहेको गरिव तथा जेहेन्दार विद्यार्थीहरुलाई शैक्षिक सामाग्रीहरु वितरण गर्द...
सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन, कविता वाचन, गजल लेखन,गायन र छायांकन
मनोरन्जन, समाचार

सिद्ध गुफामा डा. उपाध्यायको पुस्तक लोकार्पणसँगै एल्वम विमोचन, कविता वाचन, गजल लेखन,गायन र छायांकन

तनहुँ जिल्लाको विमलनगरमा अवस्थित सिद्ध गुफामा विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायको उपन्यास ‘मझधार’ लोकार्पण गरिएको छ । सोमबार एक कार्यक्रमबीच कीर्तिमानी लेखक तथा उपन्यसाकार डा. उपाध्याय, कीर्तिमानी गायक तथा सङ्गीतकार सागर अधिकारी ‘शरद’, गायिका काव्य आचार्य उपन्यासका सम्पादक कृष्ण भुसाल, निर्देशक सुभाष प्रधान, युथ क्रियशनका अध्यक्ष रमेश थापा, यमबहादुर थापालगायतको आतिथ्यतामा उक्त कृति लोकार्पण गर्नुभएको थियो । नेपालकै ठूलो भनिएको यो गुफा ४३७ मिटर लामो र ५० मिटर उचाइमा छ । यो एसियाको दोस्रो ठूलो गुफासमेत हो । कार्यक्रममा अतिथिले डा. उपाध्यायलाई नयाँ उपन्यासका लागि बधाई तथा शुभकामना दिनुभएको थियो । उपन्यास शिखा बुक्सले बजारमा ल्याएको हो । सो अवसरमा कीर्तिमानी गीतकार तथा उपन्यासकार डा. उपाध्यायले गुफाभित्रै ‘जीवन जगत’, ‘तिलिचो ताल प्रणयनीरले लबालब’, ‘पवित्रा सिर्जना’ र ‘स्वच्छ हराभरा ...