Saturday, November 21

Author: Galaxy Dainik

प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान
मनोरन्जन, समाचार

प्रतिष्ठानद्वारा स्रष्टाहरूलाई निवासमै पुगेर नगद सहित सम्मान प्रदान

राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानले अनवरत रुपमा आ-आफ्नो क्षेत्रमा विशिष्ठ योगदान पुर्‍याउनुभएका स्रष्टालाई निवासमै पुगेर ‘विशिष्ठ साधक सम्मान २०८०’ प्रदान गरेको छ । विगत तीनदशक भन्दा बढी समयदेखी गीत, सङ्गीतको क्षेत्रमा योगदान पुर्‍याउनुभएका लोकगायक तथा नेपालको मौलिक बाजाबादक खड्ग प्रसादगर्वुजा, विशिष्ठ चित्रकार शशिबिक्रम शाह तथा नेपालको पहिलो रङ्गीन चलचित्र कुमारीकी नायिका विशिष्ठ चलचित्रकर्मी चैत्यदेवी सिंहलाई उहाँहरूकै बासस्थानमा पुगेर  र सम्मान पत्रसहित सम्मान गरेको हो । सो अवसरमा संस्थाका सल्लाहकार वरिष्ठ सङ्गीतकार राजु सिंह, वरिष्ठ सङ्गीतकार सुरेश अधिकारी, समाजसेवी, साहित्यकार नमस्ते लालश्रेष्ठ, चित्रकार ज्योतिप्रकाश साथै सुभम सैजुले यसरी स्रष्टा साधकहरूलाई उहाँहरूकै बास स्थानमा पुगेर सम्मान गर्नुभनेको कला क्षेत्रकै सम्मान हो भन्ने कुरा बताउनुभयो । संस्थाल...
एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ
शिक्षा, समाचार

एसईईमा गोरखा जिल्लाकै उत्कृष्ट बनिन् श्रेष्ठ

गोरखा । गोरखाको विकट गाउँ आरूघाटमा अवस्थित नेप्लिज एडभान्स सेकेण्डरी वोडिङ स्कुलकी छात्रा आयुष्मा श्रेष्ठ एसईई परीक्षामा जिल्ला उत्कृष्ट भएकी छिन्। ४ जीपीए ल्याएकी श्रेष्ठ जिल्लाकै सर्वोत्कृष्ट अंक ल्याउने छात्रा बनेकी हुन्। उनको ब्याचमा १४ जना विद्यार्थी एसईई परीक्षामा सहभागी भएका थिए। राष्ट्रिय परीक्षा बोर्डले बिहीबार एसईई परीक्षाको नतिजा सार्वजनिक गरेको थियो। सो नतिजामा श्रेष्ठले ४ जीपीए ल्याएर उत्कृष्ट भएको प्रधानाध्यापक भोजराज भट्टले जानकारी दिए। आयुष्माले अबका दिनमा विज्ञान संकायमा अध्ययन गरी न्यूरो सर्जन बन्ने लक्ष्य रहेको बताएकी छिन्। आयुस्मा काठमाडौंमा सेन्ट जेभिएरमा छात्रावृत्ति पाएम् अध्ययन गर्न चाहन्छिन्। उनी सानैदेखि विद्यालय उत्कृष्ट हुँदै छात्रवृत्तिमै अध्ययन गर्दै आइरहेकी छिन्। उनले यो सम्पूर्ण सफलताको श्रेय आफ्नो परिवार र दिदीलाई दिएकी छिन्। उनकी दिदी हाल गण्डकी मेडीकल ...
फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न
मनोरन्जन, समाचार

फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२ राजधानीमा सम्पन्न

गोल्डेनहर्स फिल्मस् प्रा.लि.को आयोजनामा “फस्ट गोल्डेनहर्स इन्टरनेशनल अवार्ड–२०२२” राजधानीमा सम्पन्न भएको छ । “राष्ट्रको विकास र समृद्धिमा योगदान–भाषा, कला, गीत, संगीत र चलचित्रकर्मीहरूको सम्मान” भन्ने नाराका साथ नेपाली कला, सँस्कृति, साहित्य, गीतसंगीत र चलचित्र क्षेत्रको प्रवद्र्धन तथा यस क्षेत्रसँग सम्बन्धित कलाकर्मीहरूको प्रोत्साहनका लागि सो अवार्ड कार्यक्रमको आयोजना गरिएको हो । नेपाली चलचित्र क्षेत्रका मूर्धन्य तीन विशिष्ठ चलचित्रकर्मीहरू अर्थात त्रिदेवी भुवन चन्द, चैत्यदेवी सिंह तथा वसुन्धरा भुषालको प्रमुख आतिथ्यमा सम्पन्न सो समारोहको सभापतित्व गोल्डेनहर्स फिल्मस् प्रा.लि.का प्रबन्ध निर्देशक अच्युत बजगाँईंले गर्नु भएको थियो भने कार्यक्रम निर्देशक बरिष्ठ चलचित्र सम्पादक वनिश शाह तथा कार्यक्रम संयोजक गीतकार तथा चलचित्रकर्मी गणेश सुवेदी हुनुहुन्थ्यो । नेपाल पर्यटन बोर्डको सहकार्यमा सम्...
उच्च अदालतद्वारा सर्वोच्चको निर्णयलाई गर्यो सदरःभत्काईयो मार्वल उधोगको संरचना
अर्थ/व्यापार, समाचार

उच्च अदालतद्वारा सर्वोच्चको निर्णयलाई गर्यो सदरःभत्काईयो मार्वल उधोगको संरचना

ललितपुर । गोदावरी नगरपालिका वडा ३ मा रहेको गोदावरी मार्वल इन्डष्ट्रिज प्रा लि को पर्खाल लगायत अन्य संरचना पुनः भत्काईएको छ। वडाअध्यक्ष राज घिमिरेको नेतृत्वमा गएको टोलिले मार्वल कम्पनिको संरचना भत्काएको हो। उच्च अदालत पाटन अदालतको माननीय न्यायाधीश  राजेन्द्र खरेल तथा माननीय न्यायाधीश  गोकर्ण डाँगीको सँयुक्त इजलासले २०८०\०३\१९ गते उच्च पहाड फुलचोकी गोदावरी क्षेत्र पुतली ,चरा,सुन्दर पात भएका रुख प्रणाली पाईने हुँदा जैविक विविधताको संरक्षण गरिनु पर्ने भन्दै सर्वोच्च अदालतको मिति २०७२/०१/०३ मा गरेको फैसला पुनः कायम गरेको छ। यस अघि सर्वोच्च अदालतले गोदावरी मार्वल उधोगले लामो समयसम्म गरेको खानी तथा खनिज कार्यबाट त्यस क्षेत्रको भु-सतहमा परेको प्रतिकुल असर,पर्यावरण र जैविक विविधतामा परेको क्षतिसमेतको यथार्थ र वास्तविक स्थिति पहिचान गरि त्यसबाट सृजित नकारात्मक असरलाई न्यूनीकरण गर्दै सो क्षेत्रलाई...
पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा
समाचार, समाज

पत्रकार बजगाईको जन्मदिन ‘सेवा घर’मा

अग्रज पत्रकार नवराज बजगाईंले बिगत वर्षहरूमा जस्तै यो वर्ष पनि आफ्नो जन्म दिन असहायहरुसँग मनाउनु भएको छ । बजगाईंले काभ्रेको धुलिखेल–१२, मा मानव कल्याण समाजले सञ्चालन गरेको ‘सेवा घर’का बृद्धबृद्धा र असहायलाई खाद्यान्न तथा लत्ता कपडा हस्तान्तरण गरेर सोमबार आफ्नो जन्मदिन मनाउनु भएको हो ।पत्रकार महासंघ काभ्रे, प्रेस चौतारी काभ्रे र अनलाईन मिडिया सञ्जालका सल्लाहकार, नव क्षितिज साप्ताहिकका प्रकाशक÷प्रधान सम्पादक र राम्रो सन्देश डट कमका प्रधान सम्पादक रहनुभएका बजगाईले सोमबार (असार १८ गते) आफ्नो र असार २२ गते धर्मपत्नी तारा भट्टराईको जन्मदिनको अवसर पारी धुलिखेलमा रहेको मानव कल्याण समाज (सेवा घर)को शाखा कार्यालयमा रहेका बृद्धबृद्धा र असाहयलाई खाना खुवाएसँगै खाद्यान्न र लत्ता कपडाहरू सहयोग गर्नुभएको हो । उहाँले गत वर्षका जन्म दिन र अवसरहरूमा पनि सेवा घर र काभ्रेमा रहेका बिभिन्न आश्रमहरूमा सहयोग गर्दै...
रीतु र चोनिफाईले जिते ‘मिस ग्रेस एसइइ’को ताज
मनोरन्जन, समाचार

रीतु र चोनिफाईले जिते ‘मिस ग्रेस एसइइ’को ताज

अन्तरनिहित प्रतिभा उजागर तथा उनीहरुको ब्यक्तित्व विकासमा सहयोग पुर्याउने उदेश्यका साथ साइपाल एकडेमीको प्रस्तुतीमा ग्रेस ईभेन्टले आयोजना गरेको मिस ग्रेस एसइइको शिर्ष ताज  रीतु कार्की तथा चोनिफाई तामाग्ङ ले चुमेका छन् भने फस्ट रनर अपमा मनिषा लामिक्षाने, सेकेण्ड रनर अपमा  स्वस्तिका सिग्देल , ब्राण्ड एम्बेसडरमा  प्रशुना भुजेल  र फेस अफ ग्रेसमा अनुपा हमाल ठकुरीले क्रमशः ताज जितेका छन् । काठमाडौंको जमल स्थित राष्ट्रिय नाचघर मा शनिवार आयोजित प्रतियोगितामा अन्य प्रतिस्पर्धीलाई उछिन्दै उनीहरुले सो ताज पहिरिएका हुन । विधागत तर्फ भने मिस ग्रेस  नेपाल तर्फका बिजेता  रीतु कार्कीले मिस र्याम्प वाक र मिस वेष्ट फिगरको अवार्ड आफ्नो हातमा पार्दा मिस ग्रेस एसइइ तर्फकी बिजेता  चोनिफाई तामाग्ङ ले मिस बव्ली र मिस एथ्लेटको अवार्ड समेत हात पारिन । उक्त प्रतियोगिता को फस्ट रनर अप हुन सफल  मनिषा लामिक्षानेले मिस...
‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला
मनोरन्जन, समाचार

‘पाँचौ मिस गुरुङ्ग इन्टरनेसनल’को आवेदन खुल्ला

भाषा, सभ्यता, संस्कृति, भेष–भुषा आदिको संरक्षण गर्ने उदेश्यले आयोजना हुँदै आइर्रहेको मिस गुरुङ्ग इन्टरनेसनल सौन्दर्य प्रतियोगिताको पाचौँ सस्करण मृगतृष्णा फेसन हाउसले यही भाद्र १० गते देखी सुरु गर्दैछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणको अडिसन काठमाडौं, पोखरा, चितवन, बुटवल, गोरखा, इटहरी र सिक्किममा समेत हुनेकुरा आयोजक संस्थाकि अध्यक्ष तृष्णा गुरुङले जानकारी गराइन | छानेका उल्लेखित शहरहरुबाट छानिएर आएका प्रतियोगिहरुलाई काठमाडौंमा ब्यक्तित्व बिकास, भाषा–संस्कृति, जीवन बिज्ञान लगायतका बिभिन्न बिषयहरुमा सम्बन्धित क्षेत्रका बिशेषज्ञहरुबाट २१ दिने तालिम तथा ज्ञान प्रदान गरिएसँगै उनीहरुलाई बिभिन्न सामाजिक कार्यहरुमा समेत संलग्न गराए पश्चात एक बिशेष समरोहका बीच असोज २९ गते “मिस गुरुङ्ग इन्टरनेसनल” लगायत बिभिन्न शीर्षकका बिजेताहरु घोषणा गरिनेछ । मिस गुरुङ्ग इन्टरनेसनल पाचौँ सस्करणमा सहभागी ...
भारतको हिन्दुस्तान रत्न अवार्ड नेपालका गायक तथा मोडल म्याक्सलाई
मनोरन्जन, समाचार

भारतको हिन्दुस्तान रत्न अवार्ड नेपालका गायक तथा मोडल म्याक्सलाई

मुम्बई । गायक तथा मोडल म्याक्स नेपाललाई भारतको मुम्बईमा भएको एक भव्य कार्यक्रमका वीच ‘हिन्तुस्थान रत्न अवार्ड’ प्रदान गरिएको छ । चर्चित गायक उदित नारायण झा,चर्चित म्यूजिक डाईरेक्टर स्माईल दरवार,भारतिय फाईट डाईरेक्टर टिनु बर्माले संयुक्त रुपमा गायक म्याक्सलाई अवार्ड प्रदान गरेका हुन । मुम्बई ग्लोबल प्रेजेन्ट्स हिन्दुस्तान रत्न अवार्ड २०२३ को द क्लब, मुम्बईमा राजकुमार तिवारीद्वारा भव्य रूपमा आयोजना गरिएको थियो। भारतका चर्चित कलाकार रोनित रोय लगायत धेरै सेलिब्रेटीलाई यस प्रतिष्ठित अवार्डबाट सम्मानित गरिएको थियो । प्रख्यात कोरियोग्राफर तथा निर्देशक रेमो डिसुजा प्रमुख अतिथिको रुपमा उपस्थित थिए भने गेस्ट अफ अनर डा।बु अब्दुल्लाहको उपस्थिति थियो । कार्यक्रमका सह आयोजक वैभव शर्मा थिए, जसले आफ्नो निर्दोष एङ्करिङले पनि सबैलाई मोहित बनाएका थिए । समारोहमा रोनित रोय, रेमो डिसुजा, उदित नारायण, इस्माइल ...
नमिताको ‘परिचय’को मेल भर्सनमा कमल ,नुर र सुवास
मनोरन्जन, समाचार

नमिताको ‘परिचय’को मेल भर्सनमा कमल ,नुर र सुवास

काठमाडौँ । नेपाली गीत संगीत र साहित्यको क्षेत्रमा नमिता दवाडी परिचित नाम हो । लामो समयदेखि न्युजल्याण्डमा बस्दै आएकी गीतकार नमिता दवाडीको ले परिचय बोलको गीतको भिडियोको फिमेल भर्सनको सफलतासँगै मेल भर्सन पनि बजारमा ल्याएकी छिन् । श्रेया अगस्तीको स्वर रहेको सार्वजनिक गीतमा नमिता दवाडीको शब्द शृजना, ज्ञानेन्द्र गिरीको संगीत तथा विशाल निरौलाको एरेन्ज रहेको छ । भिडियोले पुरुष शरीर भित्रको महिला मनोविज्ञानमा आधारित तेस्रो लिंगी (एलजिबिटीक्यूए) हरुको अस्तित्वको खोज र जीवन संघर्षको कथालाई देखाउन खोजेको गीतकार दवाडी बताउँछिन् । समाजमा तेस्रो लिंगीहरुले भोग्नु परेको पिडा र हेयको दृष्टीमाथिको प्रश्न सार्वजनिक गीतको भिडियोमा उठाइएको छ । गीतले तेस्रो लिंगीहरुले पनि समाजमा ससम्मान, समान अधिकार पाएर बाँच्न पाउनु पर्छ भन्ने आशय व्यक्त गरेको गीतकार दवाडी बताउँछिन् । भिडियोमा कमल सिंह मुख्य भूमिकामा रहेका छन...
पिम नेपाल फिल्म फेष्टिवलको पाँचौ संस्करण सम्पन्न
मनोरन्जन, समाचार

पिम नेपाल फिल्म फेष्टिवलको पाँचौ संस्करण सम्पन्न

पहिलो चलचित्र आमाकी अभिनेत्री भुवन चन्दलाई दिर्घसाधना सम्मान प्रदान गर्दै पाँचौ पिम नेपाल फिल्म फेष्टिवल भब्य रुपमा सम्पन्न भएको छ । साँस्कृतिक संस्थानमा तीन दिन सम्म चलेको फेष्टिवलको समापन समारोहमा बिभिन्न बिधाका उत्कृष्ट चलचित्र, कलाकार तथा प्राबिधिकहरूलाई अवार्ड प्रदान गरिएको हो । जहाँ आर्यन सिग्देल र प्रमिला कार्कीले उत्कृष्ट अभिनेता अभिनेत्रीको अवार्ड प्राप्त गरेका छन् । फेष्टिवलमा सिग्देलले चलचित्र डिडेम्बर फल्स र कार्कीले चलचित्र बगानबाट उक्त अवार्ड प्राप्त गरेका हुन् । यस्तै चलचित्र लाखेबाट सम्राट बस्नेतले उत्कृष्ट फिचर फिल्म निर्देशकको अवार्ड प्राप्त गरे भने सर्वोत्कृष्ट फिचर फिल्मको अवार्ड चलचित्र प्रकाशबाट निर्देशक दिनेश राउतले प्राप्त गरेका छन् । चलचित्र प्रकाशबाटै सर्वोत्कृष्ट फिचर फिल्म लेखकको अवार्ड बिकास सुबेदीले प्राप्त गरे भने सर्वोत्कृष्ट भिएफएक्स आर्टिष्टको अवार्ड सम...