Saturday, November 21

Blog

मोटरसाइकल टिप्परसँग ठोक्किदा २ जनाको  मृत्यु
समाचार, समाज

मोटरसाइकल टिप्परसँग ठोक्किदा २ जनाको मृत्यु

पोखरा–बाग्लुङ सडकखण्डमा भएको सवारी दुर्घटनामा परी दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा पर्वतको भुकताङले बस्ने ३२ वर्षीय विनोद मल्ल र अर्का अन्दाजी ४४-४५ वर्षीय पुरुषको परिचय खुल्न बाँकी रहेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। पर्वतबाट पोखरातर्फ आउँदै गरेको प्रदेश नं ३–०१–००३ क ५१७३ नम्बरको टिपर र पोखराबाट पर्वत जाँदै गरेको ग२०प ६०३० नम्बरको मोटरसाइकल आइतबार साँझ कास्कीको अन्नपूर्ण गाउँपालिका–३ स्थित पोखरा–बाग्लुङ सडकखण्डको लक्ष्मीदेउराली पत्थरढुङ्गामा एकापसमा ठक्कर खाँदा दुर्घटना भएको जिल्ला प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए। दुर्घटनामा गम्भीर घाइते मोटरसाइकलमा सवार दुवैजनालाई उपचारका लागि पोखरा ल्याइएकोमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। टिपर चालक सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका–१० बस्ने २५ वर्षीय सुरेश माझी र दुवै सवारी साधनलाई नियन्त्रणमा ...
भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ५३ हजार संक्रमित फेला
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ५३ हजार संक्रमित फेला

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   भारतमा पछिल्लो २४ घण्टामा १ हजार ११३ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८८ हजार १६४ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ५३ हजार ९ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९९ लाख ३४ हजार ३६१ जना पुगेको छ । हालसम्म २ करोड ८८ लाख ३६हजार ५ सय २९ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
युरोपेली च्याम्पियनसिप, इटालीको जित
खेलकुद, समाचार

युरोपेली च्याम्पियनसिप, इटालीको जित

युरोपेली च्याम्पियनसिप अन्तर्गत भएको खेलमा इटालीले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा इटालीले वेल्सलाई १-० गोलले पराजित गरेको हो ।  उक्त खेलको ३९ औं मिनेटमा इटालीका म्याटियो पेस्सिनाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दुवै टिमले गोल गर्ने मौका पाउँदा पनि गर्न सकेनन् ।  जितसँगै इटाली समूहको अन्तिम चरणको खेल समाप्त भको छ भने ३ खेलमा ९ अंक जोड्दै शीर्षस्थानमा रहेको छ। वेल्स र स्विट्जरल्यान्डको समान ४-४ अंक भएपनि गोलअन्तरको आधारमा वेल्स दोस्रो स्थानमा रहँदै अन्तिम १६ मा प्रवेश गरेको छ । ...
संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने
समाचार

संक्रमणदर घट्नेबित्तिकै निषेधाज्ञा खुकुलो बनाउँदा पुनः ह्वात्तै बढ्न सक्ने

नेपालमा कोरोना संक्रमणदर घट्दै गएको पछिल्ला तथ्यांकले देखाएका छन्। अस्पतालमा सिकिस्त बिरामीको संख्या पनि घट्दै गएको छ। तर लकडाउन खुलेपछि कोरोना संक्रमण फेरि बढ्न सक्ने विज्ञहरूले औंल्याएका छन्। धुलिखेल अस्पतालका जनस्वास्थ्यविद् डा. विराज कर्माचार्यले लकडाउन खुलेपछि संक्रमण बढ्न सक्ने सम्भावना औंल्याए। ‘तर यसअघिकै दरमा भने बढ्दैन’, उनले थपे। अहिले पनि केही जिल्लामा संक्रमणदर बढिरहेको र लकडाउनपछि ती ठाउँबाट मानिस सहरतिर प्रवेश गरेमा बढ्न सक्ने डा. कर्माचार्यको विश्लेषण छ। दोस्रो लहरमा एकै परिवारका धेरै जनाको मृत्यु भएकाले मानिसहरू थप सचेत बन्दा संक्रमणदर घटेको वीर अस्पतालका फिजिसियन डा. ध्रुव गैरे बताउँछन्। ‘लकडाउन गरेको तीन सातादेखि संक्रमण घट्दै गएकाले लकडाउन खुलेपछि बढ्ने सम्भावना रहन्छ’, उनले भने। ठूला शहरहरूमा एक साता लकडाउन बढाउनुपर्ने डा. गैरेको सुझाव छ। ‘लकडाउन खुल्नेबित्तिकै ह...
आज निर्जला एकादशी, घरको मठमा तुलसीको दल राखिँदै
राष्ट्र, समाचार

आज निर्जला एकादशी, घरको मठमा तुलसीको दल राखिँदै

वैदिक सनातन धर्मावलम्बीले आज आआफ्ना घरको मठमा तुलसीको दल राख्दै छन् । प्रत्येक वर्ष ज्येष्ठ शुक्ल एकादशीका दिन घर घरमा तुलसीको बीउ रोपिन्छ । आज निर्जला एकादशीमा रोपिएको बीउ एक महीनापछि आषाढ शुक्ल एकादशी अर्थात् हरि शयनी एकादशीका दिन रोपिन्छ ।  आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा गरिन्छ । यसलाई तुलसी हुर्काई बढाई दामोदरसँग विवाह गरिने भन्ने पनि बुझिन्छ । यो चार महीनालाई चतुर्मास भनिन्छ । स्नान, पूजन र दान गर्नाले मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । आज पानीसमेत नपिई व्रत गर्नाले अभीष्ट फल पाइने शास्त्रीय वचन रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले   जानकारी दिनुभयो । आयुर्वेदिक रुपमा पनि लाभकारी औषधि तुलसी विभिन्न रोगको उपचारमा प्रयोग गरिन्छ । तुलसीमा धेरै अक्सिजन पाइने आधुनिक विज्ञानले समेत प्रमाणित गरे...
नेपालमा कोरोना भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन पुष्टी
राष्ट्र, समाचार

नेपालमा कोरोना भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन पुष्टी

नेपालमा कोरोना भाइरसको भेरियन्ट डेल्टाको नयाँ म्यूटेसन देखिएको छ । ४७ जनाको नमुना परिक्षण गर्दा ९ जनामा डेल्टाको परिवर्तित रुप र एउटा नमुनामा अल्फा भेरियन्ट पुष्टि भएकोे स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका प्रवक्ताडा. कृष्ण पौडेलका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले वैशाख २६ देखि जेठ २० गतेसम्म देशका विभिन्न स्थानबाट फरक फरक उमेर समूहको ४८ वटा नमुना संकलन गरि परीक्षणका लागि डब्ल्यूएचओद्वारा मान्यता प्राप्त इन्स्टिच्यूट अफ जिनोमिक्स एण्ड इन्टग्रेटिभ बायोलोजी प्रयोगशाला दिल्ली पठाइएको पठाएको थियो । जसमा ९ वटा नुमनामा के४१७ एन नयाँ म्यूटेसन (भाइरसको परिवर्तित रुप) पुष्टि भएको छ । साथै के४१७एन भेरियन्ट अमेरिका, जापान, क्यानडा, रसिया, पोर्चुगल, भारत, स्विजरल्याण्ड लगायतका देशमा देखिसकेको प्रवक्ता पौडेलले जानकारी दिए । के४१७एन म्युटेसनले भाइरसको स्पाइक ...
उपत्यकामा थप एक साता निषेधाज्ञा  सवारीसाधनमा जोरबिजोर, पसल बारको आधारमा खोल्न पाइने
समाचार

उपत्यकामा थप एक साता निषेधाज्ञा सवारीसाधनमा जोरबिजोर, पसल बारको आधारमा खोल्न पाइने

काठमाडौं उपत्यकामा कोरोनाभाइरस संक्रमण नियन्त्रण तथा रोकथामका लागि लगाइएको निषेधाज्ञा एक साता थप गरिएको छ ।  आइतबार बसेको उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले खुकुलो बनाउँदै निषेधाज्ञा असार १४ गते मध्यरातसम्म गर्ने निर्णय गरेको हो । थपिएको निषेधाज्ञाको मोडालिटी केही परिवर्तन भएको छ । प्रशासनले बारको आधारमा व्यवसाय सञ्चालन गर्न दिने भएको छ ।  सपिङ मल, खेलकुद सामग्री पसल, कपडा, जुत्ता पसल खोल्न सोमबार, बुधबार र शुक्रबार पाइने भएको छ । यस्तै सुनचाँदी, भाँडा, विद्युतीय,  घरायसी सामान आइतबार, मंगलबार र बिहीबार खोल्न पाइने भएको छ ।  यस्तै तरकारी, खाद्यान्न र फलफूलका पसल बिहान ११ बजेसम्म खोल्न पाइने भएको छ । उपत्यकामा गत वैशाख १६ गतेबाट लगाइएको निषेधाज्ञा भोलि सोमबारबाट सकिँदैछ । यस्तै सवारीसाधनमा जोरबिजोर प्रणालीको आधारमा सञ्चालन गर्न पाइने भएको छ । ...
गत २४ घण्टामा थप २४४२ जना कोरोना संक्रमण, ५१ जनाको मृत्यु
समाचार, स्वास्थ्य

गत २४ घण्टामा थप २४४२ जना कोरोना संक्रमण, ५१ जनाको मृत्यु

गत २४ घण्टामा नेपालमा २४४२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३४५६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६६७७ पीसीआर परीक्षण गर्दा १४२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४२४९ परीक्षण गर्दा १२१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ५१ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५५ हजार ५३२ जना आइसोलेसनमा रहेका छन् ।...
तामाकोशीको तटीय क्षेत्रमा जोखिम कायमै, सतर्कता अपनाउन आग्रह
राष्ट्र, समाचार

तामाकोशीको तटीय क्षेत्रमा जोखिम कायमै, सतर्कता अपनाउन आग्रह

जिल्ला प्रशासन कार्यालय दोलखाले तिब्बतको टिङ्ग्री काउन्टीको रोङ्सी खोलामा थुनिएको तामाकोशी पूर्णरूपमा नखुलेसम्म तामाकोशी क्षेत्रमा जोखिम कायमै रहने जनाएको छ । जिल्ला प्रशासन कार्यालयका अनुसार रोङ्सी खोला थुनिएर तालको रूप लिएपछि शनिबार दिउँसोदेखि चिनियाँ टोलीले ताल खुलाएर सीमित जल प्रवाह शुरू भएर तत्कालको तरा टरेको छ तर जोखिम पूर्णरूपमा टरेको छैन । थुनिएको नदी खुलाइएको तर अनुमानित एक लाख घनमिटर पानी जम्मा भएकाले बिस्तारै कम गर्ने प्रयास भइरहेको चिनियाँ पक्षले जानकारी गराएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ । जलाशयको पानी पूर्ण रुपमा खाली नभएसम्म सीमावर्ती क्षेत्र तथा तामाकोशी नदीको तटीय क्षेत्रमा सतर्कता अपनाउन प्रशासनले आग्रह गरेको छ ।...
महाकालीमा पानीको बहाव यस वर्षकै उच्च
राष्ट्र, समाचार

महाकालीमा पानीको बहाव यस वर्षकै उच्च

महाकाली नदीमा पानीको बहाव आज दुई लाख २३ हजार २०० क्युसेक पुगेको छ । इलाका प्रहरी कार्यालय गड्डाचौकीका अनुसार शनिबारदेखि महाकाली नदीमा पानीको बहावमा उतारचढाव आइरहेको छ । “मध्यरातमा पानीको बहाव दुई लाख ६७ हजार क्युसेकसम्म पुगेको थियो”, इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब निरीक्षक जीवन गुरुङले भने, “यो यस वर्षकै उच्च बहाव हो ।” महाकालीमा आएको बाढीले भीमदत्त नगरपालिका–१२ ऐरीघाटमा स्थानीय छ सोनाह परिवार विस्थापित भएका छन् । “विस्थापितलाई हामीले जनता प्राविमा आश्रय दिएर राखेका छौँ”,  गुरुङले भने, “स्थानीय खोला थुनिदा छेउछाउका बस्ती जलमग्न भएका छन् ।” स्थानीय प्रशासनले तटीय क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन आग्रह गरेको छ । त्यसैगरी महाकालीमा आइरहेको बाढीले दुई दिनदेखि नदीमा निर्माणाधीन चार लेनको पक्की पुलका संरचना भत्काउन थालेको छ । तीन अर्ब ६७ करोडको लागतमा निर्माण...