Saturday, November 21

Blog

फेरि घट्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

फेरि घट्यो सुनको मूल्य

आइतबार पनि नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबारदेखि घट्दै आएको सुनको मूल्य आज पनि तोलामा ८ सय रुपैयाले घटेको हो ।   शुक्रबार प्रतितोला ९० हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर तोलाको ९० हजार रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ८९ हजार ५ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य घटेर तोलाको १ हजार २ सय ९० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।  ...
असार ९ गतेदेखि दुबई–काठमाडौँ उडान, कति छ टिकट मूल्य ?
समाचार

असार ९ गतेदेखि दुबई–काठमाडौँ उडान, कति छ टिकट मूल्य ?

यही असार ९ गते देखि दुबई–काठमाडौँ उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले असार ९ (जुन २३) देखि दुबई–काठमाडौँ एकतर्फी उडान सुरु गर्ने भएको हो । निगमका अनुसार कोरोना भाइरस महामारी नियन्त्रण्का लागि सरकारले गरेको निषेधाज्ञाका कारण दुबईमा रोकिएका श्रमिकलाई उद्धार गर्ने उद्देश्यले सरकारको निर्णय अनुसार उडान सुरु गर्न लागिएको हो । दुबई उडान सम्बन्धमा वैदेशिक रोजगारको लागि रोकिएका तथा भिजिट भिसामा जानको लागि पर्खाईमा रहेकाहरुले भने यूएईका उडानमा युएई जान सक्दैनन् । नेपाल वायुसेवा निगमका अनुसार दुबईको उद्धार उडान असार ९ गते र असार १६ गतेका लागि तय भएको छ । उडान एकातर्फी भएकाले यूएईबाट नेपाल आउनेहरुले महँगो टिकट काट्नुपर्ने भएको छ । निगमका अनुसार यूएईबाट नेपाल आउनका लागि टिकट मूल्य करिव ५० हजारको हाराहारीमा छ । यूएईबाट हुने उडान नियमित उडान नै भएपनि एकतर्फी मात्रै यात्रु ल्याउन पाउने ...
काठमाडौँ उपत्यकामा अझ खुकुलो पार्दै निषेधाज्ञा थप्ने तयारी
समाचार

काठमाडौँ उपत्यकामा अझ खुकुलो पार्दै निषेधाज्ञा थप्ने तयारी

काठमाडौँ उपत्यकामा अझ खुकुलो प्रावधानसहित निषेधाज्ञा थप्ने तयारी भएको छ । यसका लागि आज काठमाडौँ उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरूको बैठक बस्दैछ । सरकारले गत बुधबार निषेधाज्ञाको मोडल परिवर्तन गर्दै अत्यावश्यक वस्तु उत्पादन र आपूर्तिसहित ‘स्मार्ट लकडाउन’ तर्फ जाने निर्णय गरेकाले त्यसैलाई आधार मानेर अघि बढ्ने काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए । काठमाडौँ उपत्यकामा संक्रमण घट्दै गएकाले अब यसअघि प्रतिबन्ध लगाइएका सबैजसो पसललाइ निश्चित समय वा फरक/फरक बार अनुसार सञ्चालन गर्न दिने तयारी भएको छ । यस्तै यातायातमा जोरबिजोर लगाउने, सरकारी कार्यालय सातामा दुई दिन बिदा दिनेजस्ता निर्णय हुन सक्ने प्रजिअ पराजुलीले बताए । काठमाडौँ उपत्यकामा गत वैशाख १६ गतेदेखि जारी निषेधाज्ञा पटक/पटक थपेर असार ७ गतेसम्म पुर्‍याइएको छ । निषेधाज्ञाताका दैनिक ३ हजार वा सोभन्दा बढीमा...
देश भर भारि वर्षा को सम्भावना, सतर्कता अपनाउन आग्रह
मौसम, समाचार

देश भर भारि वर्षा को सम्भावना, सतर्कता अपनाउन आग्रह

आईतबार देशभर सामान्य देखि पूर्णतया बदली रही देशका प्रदेश १, प्रदेश २ र सुदुरपश्चिम प्रदेशको थोरै र बाकी प्रदेशका एक-दुई स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देदेशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको दक्षिणी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै स्थान र बाकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ। यस्तै प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका एक वा दुई स्थानमा धेरै ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । प्रदेश १, प्रदेश २ तथा बागमती प्रदेशका थोरै...
कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन
समाचार

कोरोना संक्रमणबाट पूर्वराज्यमन्त्री बिष्टकाे निधन

पूर्वसञ्चार राज्यमन्त्री तप्तबहादुर बिष्टको कोरोनाभाइरसको संक्रमणबाट निधन भएको छ ।  उनको आइतबार बिहान ६० वर्षको उमेरमा मेडिसिटी अस्पताल काठमाडौंमा उपचारको क्रममा निधन भएको हो । उनलाई एक महिनाअघि कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना पुष्टिपछि उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतमा उपचार भइरहेको थियो ।  स्वास्थ्यमा थप समस्या देखिएपछि उनलाई हेलिकोप्टरमार्फत काठमाडौं उपचारको लागि ल्याइएको थियो । विष्टले २० वर्ष नेपाली कांग्रेस सुर्खेतको सभापति भएर काम गरेका थिए । उनी पूर्व सञ्चार राज्यमन्त्री समेत भएका थिए ।...
भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ५८ हजार संक्रमित
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ५८ हजार संक्रमित

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   भारतमा पछिल्लो २४ घण्टामा १ हजार २३९ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८६ हजार ७४० पुगेको छ ।   पछिल्लो २४ घण्टामा ५८ हजार ५८८ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९८ लाख ८१ हजार ३५२ जना पुगेको छ । हालसम्म २ करोड ८७ लाख ५८ हजार ४ सय ४७ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
महिला चेम्बरको आयोजनामा‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला
अर्थ/व्यापार, समाचार

महिला चेम्बरको आयोजनामा‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला

काठमाडौं-नेपाल महिला चेम्बरको आयोजनामा ‘सेलिङ एण्ड ब्रान्डिङ प्रडक्ट अनलाईन’ बिषयक कार्यशाला सम्पन्न भएको छ । शनिवार वेमिनार मार्फत आयोजित उक्त कार्यशाला जि वि जिको सहयोगमा आयोजनामा आएको हो । कार्यक्रम माझ डिजिटल मार्केटर उल्लेख निरौलाले डिजिटल प्लेटफर्म साना उद्यमीहरुलाई अझ लाभदायिक हुने राय पेश गर्दै बेब साइटबाट मात्र नभई फेसबुक, टिकटक, टुइटर, युटुयुब लगायतका सामाजिक संजालबाट पनि प्रडक्ट मार्केटिङ गर्न सकिने बताए । निरौलाले ब्रान्डिङले उत्पादनको प्रबर्धनमा महत्वपुर्ण भुमिका खेल्ने बताउदै के देखाएर के बेच्ने भन्नेमा प्रस्ट हुनुपर्ने र त्यसका लागि सोसल इण्टरप्रेनरशिप बढाउन फोटोग्राफी, शब्द, ग्राफिक्स्, इमोसनल भ्यालु, अर्जेन्सी, ट्रस्ट आदी बिषय माथि ख्याल राख्नुपर्ने उल्लेख गरे । डिजिटल मार्केटिङका क्रममा विज्ञापन र डेलिभरी दिने बाहय कम्पनीहरुको उपयोगसँगसँगै मुल्य भार बढेता पनि समग...
महामारी र बाढी
राजनीति, राष्ट्र, समाचार

महामारी र बाढी

-डा.डिआर उपाध्याय, पहिरो देश कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् । नागरिकले अकल्पनीय पीडा भोग्नुपरिरहेको छ । यस्तै, महामारीको समयमा फेरि अविरल वर्षाका कारण देशका विभिन्न ठाउँमा बाढीपहिरो आउने र मानवीय तथा भौतिक क्षति हुने क्रम समेत बढेको छ । सरकार जनताको मुख्य अभिभावक हो । सरकारले जनताको पिर मर्का बुझनु पर्छ । त्यसै गरी राजनीतिक दल र तिनका नेताहरू जनता प्रति इमानदार, कर्तव्यनिष्ठ र नैतिकवान हुनु पर्छ । देश र जनताको हितमा काम गर्ने दल र तिनका नेता मात्र लोकप्रिय हुन्छन । जनताको मन मष्तिष्कमा राज जमाउन सक्छन् । तर पछिल्लो समय त्यस प्रकारका नेताको खडेरी पर्दै आइरहेको छ । त्यसैले पनि राजनीतिक दल र तिनका नेताहरूप्रति जनताको आशा र भरोसा मर्दै जान थालेको छ ।कोरोनाको पहिलो लहर आउँदा पनि सरकार र राजनीतिक दलहरू कोरोना नियन्त्रण गर्न र भावी दिनमा आउन सक्ने संकट समाधान ...
बाढी, पहिरो र डुबानमा परी १७ को मृत्यु, २२ बेपत्ता
समाचार

बाढी, पहिरो र डुबानमा परी १७ को मृत्यु, २२ बेपत्ता

अविरल वर्षाको कारण देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र डुबानमा परी गत जेठ ३० गतेदेखि शनिबार दिउँसोसम्म १७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेहरूमा १० जना पुरुष, ४ जना महिला, २ जना बालक र १ जना बालिका रहेका छन् । तीमध्ये सिन्धुपाल्चोकमा ३ जना, डोटीमा ३ जना, सप्तरी, काभ्रे, गोरखा, जुम्ला, अर्घाखाँची, पाल्पा, कास्की, कालिकोट, बाजुरा, बझाङ र प्युठानमा १\१ जना रहेका छन् । बाढी, पहिरो र डुबानमा परी १७ जना घाइते भएका छन् । तीमध्ये १० जना पुरुष, ४ जना महिला, १ जना बालक र २ जना बालिका रहेका छन् । उनीहरुमध्ये सिन्धुपाल्चोकमा ५ जना, म्याग्दी र डोटीमा ३\३ जना, जुम्लामा २ जना, कास्की, स्याङजा, चितवन र सल्यानमा १\१ जना रहेका छन् । घाइतेहरूलाई उपचारको लागि स्थानीय अस्पताल लगिएको छ । बाढी पहिरोमा परी २२ जना बेपत्ता भएका छन् । तीमध्ये १५ जना पुरुष, ५ जना महिला र २ जना बालक रहेका छन् । उनीहरुमध्...
गत २४ घण्टामा थप २४०० कोरोना संक्रमण, ३४ को मृत्यु
समाचार, स्वास्थ्य

गत २४ घण्टामा थप २४०० कोरोना संक्रमण, ३४ को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार ४०१ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ३ हजार ६६० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार १० पीसीआर परीक्षण गर्दा १ हजार ६८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ६८६ परीक्षण गर्दा ७१३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३४ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ५७ हजार ६१८ जना आइसोलेसनमा रहेका छन् ।...