Saturday, November 21

Blog

कक्षा १२ को परीक्षा भदौमा
शिक्षा, समाचार

कक्षा १२ को परीक्षा भदौमा

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को अन्तिम परीक्षा भदौ महिनासम्ममा फरक मोडालिटीमा गर्ने भएको छ । तर कोरोना भाइरस सङ्क्रमण नियन्त्रणमा आई नसकेका कारण अबको केही समय स्थितिको मूल्याङ्कन गरेर परीक्षाबारे निर्णय गरिने बोर्डले जनाएको छ । परीक्षा गत वर्षभन्दा फरक मोडालिटीमा गर्न बोर्डले गृहकार्य समेत थालेको छ । बोर्डका अध्यक्ष प्रा चन्द्रमणि पौडेलले असारभर पर्ख र हेरकै अवस्थामा बोर्ड रहेको भन्दै त्यसपछि मात्र परीक्षाको तयारीका बारेमा छलफल थालिने जानकारी दिए । भदौसम्म परीक्षा हुने सम्भावना देखिएको र त्यो गत वर्षभन्दा फरक मोडालिटीमा हुने उनको भनाइ छ । कक्षा १२ विद्यालय तहको अन्तिम परीक्षा भएकाले बिना परीक्षा विद्यार्थीको प्रमाणीकरण गर्न समस्या हुने भएकाले केही महिना पर्खेरै भए पनि पुरानै मोडेलबाट परीक्षा लिने बोर्डको तयारी छ ।कक्षा १२ को अन्तिम परीक्षा सञ्चालनको सबै अधिकार बोर्डमा नै रहेको ...
निषेधाज्ञा क्रमशः खुकुलो हुँदै
समाचार

निषेधाज्ञा क्रमशः खुकुलो हुँदै

कोरोना सङ्क्रमण महामारीको ‘दोस्रो भेरियन्ट’ फैलिएसँगै असहज बनेको जनजीवन सामान्य बन्दै गएको छ । कोभिड–१९ नियन्त्रण तथा व्यवस्थापनका लागि जारी निषेधाज्ञा क्रमशः खुकुलो बन्दै छ । गृह मन्त्रालयले आर्थिक गतिविधि चलायमान हुने गरी ७७ वटै जिल्लामा शान्तिसुरक्षा तथा कोभिड–१९ नियन्त्रणमा ध्यान दिई गतिविधि सञ्चालन गर्न निर्देशन दिएको छ । योसँगै सार्वजनिक सेवाका कार्यालय, बैङ्क तथा वित्तीय संस्था र होम डेलिभरी सेवाका लागि रेस्टुराँ सञ्चालनलाई खुकुलो बनाइएको छ । कोरोना सङ्क्रमण दर ओरालो लागेसँगै कतिपय जिल्लामा जारी निषेधाज्ञा क्रमशः खुकुलो पार्न थालिएको छ । तर काठमाडौँ उपत्यकाको हकमा भने अझै जारी निषेधाज्ञा खुकुलो बनाउन सक्ने अवस्था आई नसकेको प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए । काठमाडौँ उपत्यकामा असारको सुरुआतसँगै आर्थिक गतिविधि बढाउन सम्बद्ध जिल्ला प्रशासन कार्यालयले घर त...
बाढीले मेलम्ची इलाका प्रहरी कार्यालयको भवन पनि बगायो
समाचार

बाढीले मेलम्ची इलाका प्रहरी कार्यालयको भवन पनि बगायो

मेलम्ची खोलामा आएको बाढीले हेलम्बुको इलाका प्रहरी कार्यालय पनि ढलाएको छ। शुक्रबार राति आएको बाढीका कारण इप्रकाको भवन ढलाएको प्रहरीले जनाएको छ। सुरुको दिनमा आएको बाढीका कारण किचेन र टइलेट ढलाएको थियो। कार्यालयमा रहेका अत्यावश्यक सामग्रीहरु अन्यन्त सारिएको इप्रकाले जनाएको छ। इलाका प्रहरी कार्यालयका अनुसार भवनसँगै केही सामानहरु पनि खोलाले बगाएको छ। इलाका प्रहरी कार्यालय अहिले स्थानीयको घरमा बसेको छ। यसअघि आएको बाढीका कारण ठूलो जनधनको क्षति भएको छ। जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोकका अनुसार अहिले पानीको बहाब कम हुँदै गएको छ।...
सेती नदीले खतराको सतह पार गर्‍यो
समाचार

सेती नदीले खतराको सतह पार गर्‍यो

सेती नदीले यहाँ खतराको सतह पार गरेको छ। सेती नदीस्थित पानकोटमा राखिएको जलमापन केन्द्रमा पानीले खतराको सतह पार गरेको हो। नदीमा पानीको बहाव बढेसँगै किनारामा कटान शुरु गरेको छ। कटानका कारण नदी किनाराका बस्ती र उर्वर भूमि जोखिममा परेका छन्। नदीको बहाव बढी आएकाले भर्खरै निर्माण सम्पन्न गरिएको चैनपुर–पानकोट जोड्ने मोटरेबल पुलसहित पानकोटमा रहेका ओम शान्ति र जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको भवन पनि जोखिममा परेका छन्। पुल र दुवै भवनको मुनिबाट नदीले कटान गरिसकेको छ। केही ठूला ढुङ्गाका कारण मात्रै भवनसम्म पहिरो फुट्न सकेको छैन। जिल्ला प्रशासन कार्यालयले नदीको बहाव बीचमा लगाउन मेशिन खोज्दा नभेटिएको प्रमुख जिल्ला अधिकारी मोहन अधिकारीले बताए। उनका अनुसार जिल्लाका जयपृथ्वी नगरपालिका, छबिसपाथीभेरा गाउँपालिका, थलारा गाउँपालिका, दुर्गाथली गाउँपालिका र केदारस्युँ गाउँपालिकाका नदी किनाराका बस्तीलाई स...
विदेश जानको लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता
समाचार

विदेश जानको लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता

सरकारले विदेश जानको लागि २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता दिने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विदेश जानेलाई पिसिआर परिक्षण गर्ने सम्बन्धमा सबै सरकारी पिसिआर प्रयोगशाला र २२ नीजि अस्पतालको प्रयोगशालाको रिपोर्टलाई मान्यता दिइने भएको हो ।  मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले पिसिआर रिपोर्टलाई मान्यता दिने २२ नीजि अस्पतालको नाम सार्वजनिक गरेका छन् । जसमा ग्राण्डी, कान्तिपुर, स्टार, हेम्स, काठमाडौँ मेडिकल कलेज, नेपाल मेडिसिटी, वी एण्ड वी, अल्का, कान्तिपुर डेन्टल, जनमैत्री, नेपाल मेडिकल कलेज, नेपालगञ्ज मेडिकल कलेज, चितवन मेडिकल कलेज, लुम्बिनी मेडिकल कलेज रहेका छन् ।  यस्तै नेशनल मेडिकल कलेज, युर्निभर्सल मेडिकल कलेज भैरहवा, मनमोहन मेमोरियल, काठमाडौँ युर्निभर्सिटी मेडिकल कलेज धुलिखेल, नोवेल मेडिकल कलेज विराटनगर, न्यूरोकार्डियो अस्पताल विर...
देशका यी स्थानमा ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह
मौसम, समाचार

देशका यी स्थानमा ठुलो पानी पर्ने, सतर्कता अपनाउन आग्रह

शनिबार देशभर आंशिक देखि सामान्य बदली रही  प्रदेश १, र सुदूरपश्चिम प्रदेश, लगायत देशका पहाडी भु-भागका केही स्थानहरुमा हल्का पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल देशको पश्चिमी भू-भाग नजिक मनसुनी न्युन चापिय रेखा रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका धेरै  स्थानहरुमा मेघगर्जनसहित हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश १, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र बागमती प्रदेशका  थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने...
भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ६० हजार ८ सय संक्रमित
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमण दर घट्दै, एकैदिन ६० हजार ८ सय संक्रमित

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण दर घट्दै गइरहेको छ। दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा पछिल्लो समय संक्रमितको दर घट्दै गइरहेको छ ।   भारतमा पछिल्लो २४ घण्टामा १ हजार २६९ संक्रमितको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ लाख ८५ हजार १६७ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ६० हजार ८ सय जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या २ करोड ९८ लाख २२ हजार ७६४ जना पुगेको छ । हालसम्म २ करोड ८६ लाख ७० हजार ८ सय ७९ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ । ...
कोपा अमेरिका : उरुग्वेमाथि अर्जेन्टिनाको जित
खेलकुद, समाचार

कोपा अमेरिका : उरुग्वेमाथि अर्जेन्टिनाको जित

शनिवार बिहान कोपा अमेरिका अन्तर्गत भएको खेलमा अर्जेन्टिनाले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा अर्जेन्टिनाले उरुग्वेलाई १–० गोलले पराजित गरेको हो ।  अमेरिका कपको पहिलो खेलमा अर्जेन्टिना चिलीसँग बराबरीमा रोकिएको थियो । उक्त खेलमा अर्जेन्टिनाका लागि गुइडो रोड्रिग्वेजले निर्णायक गोल गरे । उनले खेलको १३औं मिनेटमा गोल गरेका थिए । त्यसपछि पहिलो र दोस्रो हाफमा दुवै टिमले मौका पाउँदा पनि गोल गर्न सकेनन् । खेलको ८ औं मिनेटमा कप्तान लियोनेल मेस्सीले १८ यार्ड बक्सबाट हानेको बल रुग्वेको गोलरक्षक फर्नान्डो मुस्लेराले डाइभ दिदै बचाए ।  जुन पल निकै रोमान्चक थियो । जितसँगै अर्जेन्टिना समूह ‘ए’ मा दुई खेलमा ४ अंक जोडेर शीर्षस्थानमा उक्लिएको छ भने उरुग्वे चौथो स्थानमा रहेको छ । ...
तामाकोशी नदीमा बाढी आउने भन्दै सतर्क रहन अपील
समाचार

तामाकोशी नदीमा बाढी आउने भन्दै सतर्क रहन अपील

तामाकोशी नदीमा बाढी आउने भन्दै दोलखा जिल्ला प्रशास कार्यालयले सतर्क रहन अपील गरेको छ। नेपाल र चीनको सीमा क्षेत्रमा भारी वर्षा भएको र तामाकोशी नदीको मुहानमा पहिरो जाँदा नदी थुनिएको भन्दै प्रशासनले तामाकोशीको किरानाका बस्तीहरुलाई सचेत रहन अपील गरेको हो। थुनिएको नदी कुने पनि बेला फुटेर बाढी आउन सक्ने जिल्ला प्रशासन कार्यालयले जनाएको छ। प्रशासनले बाढी बढेको जानकारी पाए स्थानीय जनप्रतिनिधि र सुरक्षा निकायलाई खबर गर्नसमेत अपील गरेको छ।...
मेलम्चीको वहाव फेरी बढ्दै
समाचार, समाज

मेलम्चीको वहाव फेरी बढ्दै

मंगलबारदेखि निरन्तर आएको मेलम्चीको बाढीले अझै विश्राम लिएको छैन । आज अपराह्न केही घटेको बाढी फेरि अहिले हेलम्बुबाट बढेर मंगलबारको जस्तै ठूलो आवाजमा आएको इलाका प्रहरी कार्यालय हेलम्बुले जनाएको छ । मेलम्चीको वहाव बढेकाले बजारमा बाँकी रहेका मानिसहरु पनि माथि उक्लेका छन् ।