Saturday, November 21

Blog

विश्वभर गत २४ घण्टामा साढे ३ लाख संक्रमित थपिए, ५ लाख निको भए
समाचार

विश्वभर गत २४ घण्टामा साढे ३ लाख संक्रमित थपिए, ५ लाख निको भए

विश्वभरमा गत २४ घण्टामा साढे ३ लाख कोरोनाका संक्रमित थपिएका छन्। ५ लाख निको भए भने करिव १० हजार बढीले ज्यान गुमाएका छन्। वल्र्डोमिटरका अनुसार, गत २४ घण्टामा ३ लाख ५३ हजार ६ सय १ जना कोरोनाका संक्रमित थपिएका छन्। भने निको हुनेको संख्या ५ लाख ३१ हजार ५ सय ७२ रहेको छ। यस्तै ९ हजार ९सय ८८ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्। गत २४ घण्टामा सबैभन्दा बढी भारतमा कोरोना संक्रमित थपिए, निको भए र ज्यान गुमाए। भारतमा गत २४ घण्टामा ९१ हजार २ सय २७ संक्रमित थपिए भने १ लाख ५९ हजार ३ सय ९९ जना निको भएर घर फर्केका छन्, २ हजार २ सय १३ जनाले ज्यान गुमाएका छन्। यस्तै ब्राजिलमा गत २४ घण्टामा ५२ हजार ४ सय ४८ संक्रमित थपिए, ८५ हजार ६ सय ७० संक्रमित निको भएर घर फिता भए भने २ हजार ६ सय ९३ जनाले ज्यान गुमाएका छन्। अमेरिकामा १२ हजार ७ सय २२ जना संक्रमित थपिएन, ४२ हजार ५१ जना निको भए भने ३ सय ७९ जनाले क...
नेपाललाई खोप उपलब्ध गराउन आफ्ना विदेशमन्त्रीलाई बेलायतका १६ सांसदको दबाब पत्र
अन्तर्राष्ट्रिय, समाचार

नेपाललाई खोप उपलब्ध गराउन आफ्ना विदेशमन्त्रीलाई बेलायतका १६ सांसदको दबाब पत्र

बेलायतका १६ जना सांसदहरुले नेपाललाई तत्काल कोरोनाभाइरसविरुद्धका खोपसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन आफ्नो विदेशमन्त्रीलाई पत्र लेखेर दबाब दिएका छन् ।  पछिल्लो समय बेलायतको संसदमा नेपाललाई बेलायतले आवश्यकमात्रामा सहयोग नगरेको भन्दै सांसदहरुले सरकारको आलोचना गरेका थिए ।  तर, अहिले बेलायतका १६ जना सांसदले विदेशमन्त्री डोमिनिक रावलाई पत्र लेखेर तत्काल नेपाललाई कोरोनाविरुद्धको खोपसहित स्वास्थ्य सामग्री उपलब्ध गराउन दबाब दिएका हुन् ।  सो पत्रमा नेपाललाई तत्काल खोप आपूर्ति गर्न र अक्सिजन कन्सनट्रेटर, जेनेरेटर र अत्यावश्यकीय औषधि उपलब्ध गराउन भनिएको छ ।  उनीहरुले केही राज्यमा लगाइराखिएको खोपमा कटौती गरेर र विकासशिल मुलुकलाई दिने भनिएको खोप नेपाललाई उपलब्ध गराउन विदेशमन्त्री डोमिनिकलाई भनेका हुन् ।  नेपाली गोर्खाले कठिन समयमा बेलायतलाई साथ दिएको स्मरण गराउ...
प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै
राजनीति, समाचार

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको आज सुनुवाइ हुँदै

सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ आज हुँदैछ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको स्वास्थ्यमा समस्या देखिएपछि आजको लागि उक्त सुनुवाई सारिएको थियो । प्रधानन्यायाधीशको अध्यक्षतामा संवैधानिक इजलासमा सुनुवाइ हुने भएकाले आजको लागि सुनुवाई सारिएको थियो ।  प्रधानन्यायाधीश राणासहित वरिष्ठतम न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईको संवैधानिक इजलास आइतबार गठन गरी सुनुवाइ शुरु गरेर हेर्दाहेर्दैमा सोमबारका लागि राखिएको थियो ।   इजलास गठनकै विषयमा विवाद भएपछि विषयवस्तुमा केन्द्रित भएर अहिलेसम्म सुनुवाइ हुन छैन । उक्त विवादमा ३० रिट निवेदन परेका छन् । प्रतिनिधिसभा विघटन गरी मध्यावधि निर्वाचन तोक्ने गरी राष्ट्रपतिको जेठ ८ गतेको निर्णय बदर गरेर असंवैधानिक र गैरकानूनी घोषणा गर्ने माथ गरिएको छ ।&nbs...
थप ५१५३ जनामा संक्रमण, ६५७० जना निको
समाचार

थप ५१५३ जनामा संक्रमण, ६५७० जना निको

 गत २४ घण्टामा नेपालमा ५ हजार १५३ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार ५७० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार ६५ पीसीआर परीक्षण गर्दा ३ हजार ८७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ६ सय ११ परीक्षण गर्दा १२ सय ८३ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १०८ जनाको कोरोनाका कारण ज्यान गएको छ। नेपालमा हाल ८२ हजार ७३६ जना आइसोलेसनमा रहेका छन् ।...
असार पहिलो साताबाट सवारी साधान जोरबिजोरमा चल्न दिने तयारी
समाचार

असार पहिलो साताबाट सवारी साधान जोरबिजोरमा चल्न दिने तयारी

काठमाडौं उपत्यकासहित मुलुकभर असारबाट निषेधाज्ञा खुकुलो बनाउने विषयमा गृहमन्त्रालय छलफल गरिरहेको छ । गत वैशाख १६ गतेबाट काठमाडौं उपत्यकामा जारी गरिएको निषेधाज्ञा यही जेठ मसान्तसम्म कायम रहनेछ । मुलुकभरका ७५ वटा जिल्लामा निषेधाज्ञा जारी गरिएको छ ।  तर, महिनौँ दिनदेखि जारी गरिएको निषेधाज्ञाले जनजीवनमा असर गरेपछि यसलाई केही खुकुलो बनाउने सरकारको तयारी छ । सोहीअनुसार गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयमार्फत सम्बन्धित् जिल्लाको बस्तुस्थिति बुुझिरहेका बेला काठमाडौं उपत्यकामा असार पहिलो हप्ताबाट जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्ने दिने तयारी गरिएको छ ।  स्वास्थ्य मापदण्ड पालनामा कडाइका साथ जोरबिजोर प्रणालीमा सवारी साधन सञ्चालन अनुमति दिने तयारी गरिएको हो । निजी सवारी साधन र ट्याक्सीलाई चल्न दिने तयारी गरिए पनि सार्वजनिक सवारी साधनका विषयमा भने अन्तिम टुंगो ला...
सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठनका विषयमा  सरकारसँग लिखित जवाफ माग्यो
राजनीति, समाचार

सर्वोच्च अदालतले मन्त्रिपरिषद पुनर्गठनका विषयमा सरकारसँग लिखित जवाफ माग्यो

मन्त्रिपरिषद पुनर्गठनविरुद्ध गरेका रिटहरुमाथि सुनुवाइ गर्दै सर्वोच्च अदालतले आज सरकारसँग मन्त्रिपरिषद पुनर्गठन गर्नुपर्ने कारणसहित लिखित जवाफ माग गरेको छ । न्यायाधीश ईश्वरीप्रसाद खतिवडाको एकल इजलासले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री केपी शर्मा ओलीसहित विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको हो । रिट निवेदनकर्ताले यस विषयमा सरकारको निर्णय बदर गर्न माग गर्दै अन्तरिम आदेश दिन माग गरेका थिए । अदालतले आज नै अन्तरिम आदेश दिएन तर अन्तरिम आदेश दिन अस्वीकार पनि गरेको छैन । अदालतले अन्तरिम आदेशका विषयमा छलफल गर्नको लागि मिति तोकेको छ । अन्तरिम आदेशका लागि दुवै पक्षलाई असार ८ गते छलफलमा बोलाएको छ । मन्त्रिपरिषद गठनका विरुद्धमा सर्वोच्च अदालतमा ६ वटा रिट दर्ता भएका थिए ।...
बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

बढ्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

मंगलबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार तोलामा ३ सय रुपैयाले घटेको सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले बढेको छ ।   सोमबार तोलाको ९३ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर  ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ५५ रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
एक अर्ब ७८ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक
अर्थ/व्यापार, समाचार

एक अर्ब ७८ करोड बराबरको रकम मुद्दती निक्षेपमा लगानी गर्दै राष्ट्र बैंक

नेपाल राष्ट्र बैंकले १ अर्ब ७८ करोड बराबरको मुद्दती निक्षेपका रुपमा लगानी गर्ने भएको छ। बैंकको उपदान तथा पेन्सन कोषमा रहेको उक्त रकम लगानी गर्न लागेको जनाएको छ। यसका लागि केन्द्रीय बैंकले तोकिएको शर्त पूरा गरेका बैंक तथा वित्तीय संस्थालाई आवेदन गर्न आह्वान गरेको छ। केन्द्रीय बैंकका अनुसार ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीलाई ८ करोड ९० लाख, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा २६ करोड ७० लाख र ‘क’ वर्गका वाणिज्य बैंकमा एक अर्ब ४२ करोड ४० लाख लगानी गर्ने उद्देश्यले प्रस्ताव आह्वान गरिएको छ। बैंकले २०७८ असार १ गतेदेखि २०७९ असार १ गतेसम्म उक्त परिमाणको रकम मुद्दती खातामा राख्न चाहेको हो। बैंकले एक सूचना प्रकाशित गर्दै तोकिएको सीमाभित्र रही सिलबन्दी प्रस्ताव पेश गर्न भनेको छ।...
जर्मन सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग
समाचार

जर्मन सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

जर्मन सरकारले नेपाललाई कोभिड-१९ विरुद्ध लड्नका लागि स्वास्थ्य सामग्री सहयोग गरेको छ। ६२ थान भेन्टिलेटर, २७ हजार ५ सय एफपीपीईटु मास्क, ३० हजार सर्जिकल मास्क, १०० थान बुट, २ सय थान बडी ब्याग, ५ थान आइसोलेसन्स टेन्ट र २५ हजार लिटर डिसइफेन्सन लिक्वीड सहयोग गरेको हो। मंगलबार बिहान त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा जर्मनका राजदूत रोलान्ड स्काफेरले स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङ्लाई उक्त सामग्री हस्तान्तरण गरेका हुन्। महामारीको समयमा जर्मन सरकारले स्वास्थ्य सामग्री गरेको मन्त्री तामाङ्ले आभार प्रकट गरेका छन्। नेपाल र जर्मनी नागरिक बिच मैत्रीपूर्ण सम्बन्धर रहेको उनको भनाइ छ । गम्भीर अवस्थामा रहेका संक्रमितको उपचारमा यी स्वास्थ्य सामग्रीले सहयोग गर्ने उनले बताए।...
फिफा विश्वकप छनोट : नेपाल पराजित
खेलकुद, समाचार

फिफा विश्वकप छनोट : नेपाल पराजित

गए राति फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोट अन्तर्गत भएको खेलमा नेपाल पराजित भएको छ । कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा नेपाल जोर्डनसँग ३-० गोलले पराजित भएको हो ।  उक्त खेलको २३ औं मिनेटमा जोर्डनका फैसनले पेनाल्टीमार्फत गोल गरी टिमलाई अग्रता दिलाए। त्यसपछि खेलको ४८ मिनेटमा फैसनले नै अर्को गोल गरे । त्यसपछि खेलको ६७ मिनेटमा जोर्डनका अबोउ अल अरबले गोल गरे ।  समूह बी ६ अंक जोड्दै चौथो स्थानमा रहेको नेपालले अब एक खेल खेल्न बाकीँ छ । अब नेपालले अन्तिम खेल जेठ २८ गते अस्ट्रेलियासँग खेल्नेछ। ...