Saturday, November 21

Blog

मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
राजनीति, समाचार

मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै सर्वोच्चमा रिट

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रिपरिषद् विस्तारविरुद्ध सर्वोच्च अदालतमा रिट दायर भएको छ । वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता कञ्चनकृष्ण न्यौपानेलगायतले मन्त्रिपरिषद् विस्तार बदर गर्न माग गर्दै अदालतमा रिट दायर गरेका हुन् ।  प्रधानमन्त्री ओलीले शुक्रबार जसपाका नेतालाई समेल गराएर मन्त्रिपरिषद् विस्तार गरेका थिए । उनले जसपाका १० र नेकपा एमालेका २ जना मन्त्री थपेका थिए ।  रिट निवेदनमा अहिलेको सरकार कामचलाउ रहेको उल्लेख गर्दै त्यस्तो सरकारले मन्त्रिपरिषद् विस्तार गर्नु संविधानको भावना र मर्मविपरीत हुने  जनाइएको छ । साथै रिट निवेदनमा मन्त्रिपरिषद् विस्तार बदर गर्न गर्न माग गरिएको छ। ...
काेराेना विरूद्धकाे भेरोसिल खोप आजबाट लगाइँदै
समाचार

काेराेना विरूद्धकाे भेरोसिल खोप आजबाट लगाइँदै

चीन सरकारले अनुदानमा दिएकाे काेराेना विरूद्धकाे खाेप आज बाट ६० देखि ६४ वर्ष उमेर समूहकालाई लगाइँदै छ। चीनबाट अनुदान प्राप्त भेरोसिल खोप उपत्यकाका काठमाडौं, भक्तपुर र ललितपुरमा ६० देखि ६४ र उपत्यकाबाहिरको हकमा ६२ देखि ६४ वर्ष उमेर समूहका मानिसलाई पहिलो मात्रा लगाउन लागिएको हो। सुरुमा ६० देखि ६५ वर्ष उमेरका सबैलाई खोप लगाउने भनिएकामा संख्या बढ्न सक्ने भएर उपत्यकामा ६० देखि ६४ र बाहिर ६२ देखि ६४ वर्ष उमेर छनोट गरिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप अभियानअन्तर्गत चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोपको पहिलो मात्रा (डोज) का लागि काठमाडौं महानगरपालिका, ललितपुर महानगरपालिका र भक्तपुर नगरपालिकाले आफ्नो सबै वडामा खोप केन्द्र तोेकेका छन्। काठमाडौं महानगरपालिकाले ३२ वटै वडामा खोप केन्द्र तोकेको छ। त्यस्तै, ललितपुर महानगरपालिकाले २९ वटै वडा...
माटोमाथि बेइमानी गर्नु हुदैन
अर्थ/व्यापार, समाचार

माटोमाथि बेइमानी गर्नु हुदैन

-डा.डिआर उपाध्याय, हालै सरकारले खानीजन्य वालुवा, ढुंगा, गिटी भारत निकासी गर्ने नीति सार्वजनिक गरेको छ। यो नीति देशको हितमा छैन । चुरेको लोभ लाग्दा हरियो पहाड र जंगल फाँडेर सीमित ब्यक्तिको त फाईदा होला तर देशको बिकास हुदैन । केही सीमित व्यक्तिको स्वार्थ पूरा गर्न यो नीति ल्याइएको छ। चुरेको दोहोनले संरक्षित चुरे बिनास भएर मधेस मरुभूमी बन्ने खतरा उत्पन्न भएको छ । चुरेको दोहोनले बाढी, डुवानको समस्या अझैं पनि छ। त्यसैले व्यापार घाटा कम गर्ने नाममा खानीजन्य ढुंगा, गिटी, बालुवा निकासी गर्ने बजेट घोषणा राम्रो छैन ।चुरे श्रृंखला भित्र नदीले बनाएका केही खोंचहरु जस्तै सिन्धुलीको मरिण र कमला खोच, डडेलधुराको रङगुन उपत्यकाका साथै भित्री मधेसको दाङ, देउखुरी, सुर्खेत, चितवनको उपत्यकासमेत पर्दछन्। चुरे श्रृंखला नेपालका ७७ जिल्लामध्ये ३७ जिल्लाका केही भाग ओगटने गरी फैलिएको पाइन्छ । सरकारले आफैले लग...
आर एण्ड बि शैलिकोगीत “म हेरिमा रहनेछु  “सार्बजनिक(भिडियो)
मनोरन्जन, समाचार

आर एण्ड बि शैलिकोगीत “म हेरिमा रहनेछु “सार्बजनिक(भिडियो)

नयाँ शैलिको संगित मन पर्नेले सुन्नै पर्ने गीत “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ “म हेरिमा रहनेछु जब तिमी आकाशमा हुनेछौ” अहिलेको समयमा युवा पुस्तामा रुचाइने संगित “आर एण्ड बि” शैलिको गीत हो । हालै मात्र सामाजिक सञ्जाल तथा युट्युब मा सार्बजनिक भएको लिरिकल भिडियो सहित संगितको नयाँ स्वाद पस्किने कोसिस इटहरी निवासी कवी राईले गरेका छन्, उन्लाई सार्बजनिक रुपमा भाईपरको उपनामले पनि चिन्ने गर्दछन । https://youtu.be/329Ux2ukdLw लामो समय देखी भाईपर मनोरञ्जन क्षेत्रमा आफ्नो पहिचान बनाउन संघर्षरत छन । गीत संगितसंगै भाईपर अरु धेरै प्रतिभाका पनि धनी छन ।उनी बिट बक्सिङ, लिरिकल हिप अप डान्स, बिबोईङ डान्समा नि निकै पोख्त छन । स्थानिय लगाएत देशका अन्य धेरै शहरहरुमा उनले आफ्नो प्रतिभा प्रदर्शन गरिसकेका छन भने उन्को प्रस्तुती धेरै रुचाईने पनि गरिएको छ । जस्को कारण उनि प्राय यस्ता कार्यक्रममा ...
देशभर निषेधाज्ञा खुकुुलो बनाउने तयारी, गृह मन्त्रालयले थाल्यो छलफल
समाचार

देशभर निषेधाज्ञा खुकुुलो बनाउने तयारी, गृह मन्त्रालयले थाल्यो छलफल

सरकारले मुलुकभर जारी गरिएको निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको छ । बाँकेमा गत वैशाख १३ गते र काठमाडौं उपत्यकामा वैशाख १६ गतेबाट जारी भएको निषेधाज्ञा ७५ वटा जिल्लामा कायम रहेको छ । जस कारण जनजीवन प्रभावित भइरहेको र कोरोना संक्रमण दर पनि घटिरहेका बेला सरकारले निषेधाज्ञा खुकुलो बनाउने तयारी थालेको हो ।  यसका लागि गृहमन्त्रालयले छलफल गर्न थालेको छ । निषेधाज्ञाको मोडालिटी परिवर्तन गर्न गृहले छलफल थालेको हो । मुलुकभरका जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरेर गृह मन्त्रालयले निषेधाज्ञ खुकुलो बनाउन लागेको हो । यसका लागि जिल्लाको अवस्थाबारे गृहले जानकारी मागिरहेको छ ।  अत्यावश्यकीयबाहेक सेवा अहिले रोकिएका छन् । अब केही क्षेत्रलाई जनस्वास्थ्यका मापदण्ड पालना गरेर निषेधाज्ञा खुकुलो बनाउने तयारी गरिएको हो । अधिकांश जिल्लामा जेठ मसान्तसम्म निषेधाज्ञा जारी गरिएको छ । ...
थप ४ हजार ४७२ जनामा संक्रमण, ६ हजार ९५१ जना निको
समाचार

थप ४ हजार ४७२ जनामा संक्रमण, ६ हजार ९५१ जना निको

गत २४ घण्टामा नेपालमा ४ हजार ४७२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा ६ हजार ९ सय ५१ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १२ हजार २ पीसीआर परीक्षण गर्दा ३ हजार ३७० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ५ हजार ९ सय १ परीक्षण गर्दा ११ सय २ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। कोरोनाको दोश्रो लहर आएपछि नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या पछिल्ला केही दिन घट्दो क्रममा छ। गएको २४ घण्टामा ९२ जनाको कोरोनाका कारण ज्यान गएको छ।...
घट्यो सुनचाँदीको मूल्य
अर्थ/व्यापार, समाचार

घट्यो सुनचाँदीको मूल्य

सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ । आइतबार सुनको मूल्य बढेको थियो तर आज तोलामा ३ सय रुपैयाले घटेको छ ।   आइतबार तोलाको ९४ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज घटेर  ९३ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९३ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि घटेर तोलाको १ हजार ३ सय ५० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ ।  ...
स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै अध्यादेश
समाचार

स्वास्थ्यकर्मीको आत्मबल बढाउँदै अध्यादेश

सरकारले जारी गरेको अध्यादेशले आफूहरुको आत्मबल बढाएको यहाँका स्वास्थ्यकर्मीले प्रतिक्रिया दिएका छन्। अध्यादेशले भौतिक आक्रमणलाई निरुत्साहित गरेको र काम गर्ने वातावरण बनेको उनीहरुको भनाइ छ। नेपाल नर्सिङ सङ्घ चितवनका सचिव विष्णुमाया अधिकारी अध्यादेश पूर्णरूपमा कार्यान्वयनमा आउनेमा विश्वस्त रहँदै आफूहरुको आत्मबल बढेको बताउँछिन्। स्वास्थ्यकर्मीहरुले पनि आफू कर्तव्यबाट कत्ति पनि विचलित हुन नहुने भन्दै उनले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताइन् उनले भनिन्, “यो अध्यादेशले हामीलाई ऊर्जा थपेको छ ।” स्वास्थ्यकर्मीहरुमाथि जिम्मेवारी थपिएको पनि उनले बताइन्। विगतमा भएका घटनामा कतिपयमा स्वास्थ्यकर्मीहरु पनि दोषी भएको भन्दै उनले यस्ता घटनाप्रति सचेत हुनुपर्ने धारणा राखिन्। चिकित्सक सङ्घ चितवनका अध्यक्ष डा लोकबहादुर सेढाईंले अध्यादेशलाई ऐनमा ल्याएर पूर्णरूपमा कार्यान्वयनमा ल्याउनुपर्ने बताए। उनले भने...
विश्वकप छनौट : नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै
खेलकुद, समाचार

विश्वकप छनौट : नेपालले आज जोर्डनसँग प्रतिस्पर्धा गर्दै

फिफा विश्वकप-२०२२ तथा एसियन कप-२०२३ छनोट अन्तर्गत नेपालले सोमबार जोर्डनसँग खेल्दैछ ।  कुवेत सिटीस्थित जाबेर अल अहमद अन्तराष्ट्रिय स्टेडियममा हुने उक्त खेलमा जोर्डनलाई पराजित गर्ने दाउमा नेपाल छ । खेल सोमबार राति पौने १० बजे शुरू हुनेछ ।  यसअघि नेपालले चाईनिज ताईपेलाई २-० गोलले पराजित गरेको थियो । नेपाल अहिले ६ खेलमा ६ अंकसहित चौथो स्थानमा रहेको छ । भने आज प्रतिस्पर्धा  गर्ने टिम जोर्डन ५ खेलमा १० अंकसहित तेस्रो स्थानमा रहेको छ । ...
कोभिशील्ड खोपको दोस्रो मात्रामा एस्ट्राजेनेका खोप दिने
समाचार

कोभिशील्ड खोपको दोस्रो मात्रामा एस्ट्राजेनेका खोप दिने

सरकारले कोभिशील्ड खोपको पहिलो मात्रा लगाएका मानिसका लागि दोस्रो खोप अनिश्चित देखिएपछि एस्ट्राजेनेका खोप दिने भएको छ । अक्सफर्डरआस्ट्राजेनेकाले विकास गरेर सीरम इन्स्टिट्यूट अफ इन्डियाले उत्पादन गरेको खोपको झण्डै १४ लाखले पहिलो मात्रा मात्र लिएको सरकारी विवरण छ। नेपाल सरकारले भारतस्थित सीरम इन्स्टिट्यूट अफ इन्डियासँग अग्रिम भुक्तानी गरेको कोरोनोभाइरसविरुद्ध प्रयोग हुने कोभिशील्ड खोप भारतको निर्यातसम्बन्धी निर्णयले अनिश्चित देखिएपछि उक्त खोपको विकल्पमा उस्तै प्रकृतिको एस्ट्राजेनेका खोप दिने भएको हो ।...