Friday, November 20

अन्तरवार्ता

गायक बिक्की परियारको ‘एकै नजरमा’ सार्वजनिक
अन्तरवार्ता

गायक बिक्की परियारको ‘एकै नजरमा’ सार्वजनिक

काठमाण्डौ, पौष २२  ग्यालेक्सी दैनिक गायक बिक्की परियारको सुमधुर स्वरमा सजिएको ‘एकै नजरमा’ बोलको म्युजिक भिडियो सार्वजनिक भएको छ । गीतमा शब्द बिष्णुबाबु देवकोटाको रहेको छ । टिका दाहालले संगीत तथा राहुल प्रधानको संगीत संयोजन रहेको छ । कालिञ्चोकको रमणीय ठांउहरुमा छायाँकन गरिएको यस भिडियोलाई बुद्ध थापाले खिचेका हुन् भने सम्पादन भिडियोमा दिन्सन शाहको रहेको छ । बिकाश लामिछाने र बिना राउतलाई भिडियोमा रोमान्टिक मुडमा देख्न सकिन्छ । एक युवाले सुन्दर युवती देखेपछि मनमा आएका भावलाई समेटिएको भिडियोलाई केशव राज भट्टले निर्देशनमा गरेका छन । संगीतकार दाहालको आधिकारिक च्यानल ‘टिका दाहाल म्युजिक’ मार्फत भिडियो सार्वजनिक भएको हो । भिडियोले दर्शकको मन जित्ने कुरामा निर्माण टिम आशावादी रहेको छ । https://youtu.be/JwekWGVrY_8...
भिष्माले जितिन मिसेस हिमालयन नेपाल २०२१
अन्तरवार्ता

भिष्माले जितिन मिसेस हिमालयन नेपाल २०२१

काठमाण्डौ, पौष १८ | ग्यालेक्सी दैनिक मिसेज हिमालयन नेपालको हालै सम्पन्न आठौं संस्करणमा इलामकी भिस्मा नेम्वाङ्गले उपाधि हात पारेकी छन् । उनले उपाधिसंगै बैङ्कक थाइल्याण्डमा हुन गईरहेको एसिया फेसन रनवेमा समेत सहभागी हूने अवसर पाएकी छिन् । हिमालयन मुभिजको आयोजनामा सम्पन्न सो प्रतियोगिताको फस्ट रनरअपमा सबिना तामाङ्ग एवम सेकेन्ड रनरअपमा प्रतिक्षा खड्गीले उपाधी जोगाउन सफल भएका छन् । विवाहित महिलाहरुको प्रतिभा प्रदर्शनको राष्ट्रिय स्तरको सो सौन्र्दय प्रतियोगीतामा विविध सबटाइटल अवार्डहरु समेत वितरण गरिएको थियो जसमा भिष्मा नेम्वाङ्गले मोस्ट एट्रयाक्टिभ, सविना तामाङ्ग मोस्ट कन्फिडेन्ट, प्रतिक्षा खड्गी मोस्ट स्मार्ट, इश्वरी श्रेष्ट बेस्ट प्रर्सनालिटी र पपुलर भिडियो अर्वाड, शुसीला कटुवाल मोस्ट डिलिजेन्ट र शर्मिला सिरमालले बेस्ट फोटोजेनिक हात पारेका छन् । हिमानी सुब्बाको कोरियोग्राफी रहेको स...
एड्भेन्चर स्टार गौतम खाती वर्षकै सर्वोत्कृष्ट मोडल पुरूष घोषित
अन्तरवार्ता

एड्भेन्चर स्टार गौतम खाती वर्षकै सर्वोत्कृष्ट मोडल पुरूष घोषित

काठमाण्डौ, पुष १२ ग्यालेक्सी दैनिक एड्भेन्चर स्टार गौतम खातीले यस् वर्षकै सर्वोत्कृष्ट मोडल पुरूष तर्फको हात पारेका छन । लामो समयदेखि मोडलिङमा कृयाशील उनले नवौँ म्युजिक खबर म्युजिक अवार्ड २०२१ मा सबै प्रतिस्पर्धीहरुलाई पछी पार्दै वर्षकै सर्वोत्कृष्ट मोडल पुरूष तर्फको अवार्ड हात पारेका हुन । पर्यटन तथा संस्कृति मन्त्री माननीय प्रेम आलेको प्रमुख आतिथ्यमा आयोजित उक्त कार्यक्रममा उनले “कोरेको छु तिम्रो तस्बिर"बाट सर्वोत्कृष्ट मोडल पुरूष तर्फको अवार्ड ग्रहण गरेका थिए भने कार्यक्रममा मानानीय सांसद कोमल वली, अग्रज कलाकार नीर शाह, पर्यटन बोर्ड्का अध्यक्ष, चलचित्र बिकास बोर्डक अध्यक्ष दयारम दाहाल, चलचित्र कलाकार संघका अध्यक्ष रविन्द्र खडका, नीर शाह, विशिष्ट अतिथि, कलाकार तथा सञ्चारकर्मीको उपस्थीति रहेको थियो । अवार्ड पाएपछी उनी निकै नै हर्षित र खुशी हुंदै आफुमा अझै ठुलो जिम्मेवारी र जोश ...
हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रण ‘डोरी ‘दि रोप” चलचित्र निर्माणको घोषणा
अन्तरवार्ता

हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रण ‘डोरी ‘दि रोप” चलचित्र निर्माणको घोषणा

काठमाण्डौ, पुष २  ग्यालेक्सी दैनिक जी सेवेन प्रोडक्सनको ब्यानरमा बन्न लागेको निर्देशक अरुण लामाको निर्देशन रहने नेपाली कथानक चलचित्र 'डोरी'को घोषणा गरिएको छ । यसअघि केही लघु चलचित्र, शर्ट फिल्म र डकुमेन्ट्रीमा समेत आफुले राम्रो अनुभव बटुलिसकेका निर्द्शक लामाको भने यो डेब्यु चलचित्र हो । उनका अनुसार उनले यस चलचित्रमा सबै नयाँ कलाकारहरु अनुबन्धित गरेका छन । चलचित्रमा उनी स्वयम पनि अभिनय गर्ने तयारीमा छन भने उनीसंगै राज पौडेल, सिद्धार्थ सिंह, सरोज लामिछाने, वीरेन्द्र सिंह, श्रवण क्षेत्री, राज थापा, मिलन राई, सौरभ नुतन, प्रिन्स शेर्पा, विशाल किराती, पूर्ण नेपाली, भीम मगर लगायतका कलाकारहरुको अभिनय रहने छ भने अन्य बांकी कलाकारहरु पनि अडिसनद्वारा छनौटको क्रममा छन । यस् चलचित्रमा अभिनय गर्न लाएका कलाकारद्वय सिद्धार्थ र सरोजले भने केही साता अघि नेपालमा नै छांयाकन सम्पन्न भएको बलिउड चलचित्र ...
काठमाण्डौको मुटु गोंगबुमा सुविधासम्पन्न होटल ह्वाइट हाउस सञ्चालनमा
अन्तरवार्ता

काठमाण्डौको मुटु गोंगबुमा सुविधासम्पन्न होटल ह्वाइट हाउस सञ्चालनमा

काठमाण्डौ, मंसिर २९  ग्यालेक्सी दैनिक काठमाण्डौको मुटुमा अवस्थित एकदमै व्यस्त ठाँउ गोंगबुको बिजी मलको अपोजिटमा नेपालीपन झल्किने सम्पूर्ण सुविधा सम्पन्न ह्वाईट हाउस नामक होटल सञ्चालनमा ल्याइएको छ । होटलको ब्राण्ड एम्बेसडर समेत रहनु भएका बरिष्ठ कलाकार निर्मल शर्मा तथा पूर्व मिस नेपाल उषा खड्गीद्वारा संयुक्त रुपमा एक कार्यक्रमका बीच होटल ह्वाइट हाउसको उद्घाटन गरिएको हो । आन्तरिक तथा बाह्य पर्यटकहरुलाई मध्यनजर गर्दै उक्त क्षेत्रमा हस्तकलादेखि आधुनिक उत्पादनसम्म पाइने एक मात्र होटलको रुपमा स्थापित भएको छ । २४ घण्टा नै सेवा प्रदान गरिने होटल ह्वाइट हाउसमा प्रत्येक रुममा चिसो तातो पानी, फ्री वाई फाई, मिनिबार तथा आरामदायी बेडको ब्यबस्था गरिनुको साथै होटलमा रेस्टुरेण्टको ब्यबस्था पनि गरिएको छ। होटल टुरिजमसँग सम्बन्धित रहेकोले आफू जोडिएको पुर्व मिस नेपाल खडगी सञ्चारकर्मीलाई बताइन् । त्...
नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको शुभारम्भ
अन्तरवार्ता

नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियानको शुभारम्भ

काठमाण्डौँ, मंसिर २६ । तेजनेपाल नेपाली कला, साहित्य, संस्कृति, चलचित्र, चाड पर्व लगायतमा भएको विकृति एवम अतिक्रमणको विरुद्धमा लड्नका लागि ‘नेपाली संस्कृति बचाऔं राष्ट्रिय महाअभियान २०७८’ को घोषणा भएको छ । आइतवार राजधानीमा एक कार्यक्रमका बीच परिवर्तन नेपाल नामक संस्थाले यो अभियानको शुभारम्भ गरेको हो । महाअभियान अन्तर्गत नाटक मञ्चन गर्नेदेखि फिल्म समेत निर्माण हुनेछ । महाअभियानका संयोजक मोहन निरौलाले राजनीनिक दल, सांस्कृतिक सम्पदा, पुरातात्विक सम्पदा, मठ मन्दिरका प्रमुख र विज्ञहरुलाई भेटेर अभियानबारे जानकारी गराउने, उपत्यकाका विभिन्न स्थानहरुमा अभियानका अभियान्ताहरुले मौन प्रदर्शन र अपिल गर्ने, समाजका रहेका विभिन्न व्व्यक्तिहरुसँग अन्तरक्रिया गर्ने लगायत महाअभियानका कार्यक्रमहरु रहेको बताए । उनले यो महाअभियानको कार्यक्रम गैह्र मुनाफा र गैह्र व्यवसायिक रहने जानकारी दिएका छन् । महाअभिया...
आर्यन र करुणा फिचर्ड ‘दौतरी’ सार्वजनिक
अन्तरवार्ता

आर्यन र करुणा फिचर्ड ‘दौतरी’ सार्वजनिक

काठमाण्डौ, मंसिर २१  ग्यालेक्सी दैनिक मेघ पौडेल र मञ्जु लामा गुरुङको स्वर रहेको गीत ‘दौतरी’ सार्वजनिक भएको छ । सारिका घिमिरेको शब्द, योगेशकाजीको सङ्गीत तथा सङ्गीत संयोजन, पवन विकको रेकर्डिङ र योगेशकै मास्टरिङ रहेको गीतको भिडियो सार्वजनिक भएको हो । एसएमएस स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोलाई एसपी गुरुङले निर्माण गर्नुभएको हो । क्रान्ति केसीको निर्देशन र सम्पादन रहेको भिडियोमा आर्यन सिग्देल र करुण श्रेष्ठलाई फिचरिङ गरिएको छ । भिडियोमा अजय रेग्मीको छायाँकन रहेको छ । https://youtu.be/W77TMfyQVDc  ...
रत्न राज्यलक्ष्मी क्याम्पसमा एम.ए. तहमा नेपालभाषाको कक्षा शुरू
अन्तरवार्ता

रत्न राज्यलक्ष्मी क्याम्पसमा एम.ए. तहमा नेपालभाषाको कक्षा शुरू

काठमाण्डौ, मंसिर २१  ग्यालेक्सी दैनिक रत्न राज्यलक्ष्मी क्याम्पसमा शुक्रबार एक सभाहलबाट ओरेन्सतन कार्यक्रम पश्चात हिजाे आइतबारबाट विधिवत् रुपमा एम.ए. तहको नेपालभाषाको कक्षा शुरू भएको छ । शुक्रबार भएको कार्यक्रममा प्रमुख अतिथिका रुपमा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले देशमा रहेका भाषा, संस्कृतिको संरक्षण सम्बर्द्वन गर्नु प्रदेश सरकार, स्थानीय सरकार तथा राज्यकै दायित्व तथा जिम्मेवारी रहेको जनाउँदै काठमाडौं महानगरपालिकाको कार्यपालिकाको बैठकको निर्णय गरी पाँच बर्षको सम्झौता गरिसकेकाले विधिवत रूपमा अगाडि बढाउने प्रतिबद्वर्ता जारी गरे । विशेष अतिथि त्रि वि डिन प्रा.डा. कुसुम शाक्यले नेपाल भाषाले भाषा मात्रै सिकाउँदैन साहित्य, संस्कृति, धर्म सिकाउने भएकाले नेपालभाषा जति चपायो त्यति रस आउने अथाह ज्ञानको भण्डार रहेको जनाउँदै भर्ना भएका सम्पूर्ण विद्यार्थीहरुले आफ्नो दायित्व ...
‘वाई वाई मिसेस नेपाल वर्ल्ड’ हुने
अन्तरवार्ता

‘वाई वाई मिसेस नेपाल वर्ल्ड’ हुने

काठमाण्डौँ, मङ्सिर १ ग्यालेक्सी दैनिक विवाहित महिलाहरूका लागि आयोजना गरिँदै आएको प्रतियोगिता ‘मिसेस नेपाल इन्टरनेसनल’को आयोजक संस्था रिबन इन्टरटेनमेन्टले यस वर्षदेखि ‘मिसेस नेपाल वर्ल्ड’को आधिकारिक फ्रेन्चाईजी पाएसँगै ‘मिसेस नेपाल वर्ल्ड’का रुपमा हुने प्रतियोगिता अब ‘वाई वाई मिसेस नेपाल वर्ल्ड’का नाममा हुने भएको छ । आयोजक संस्थाका अध्यक्ष निशुकान्त झाले ‘मिसेस वर्ल्ड’को फ्रेन्चाइजीमा जोडिएसँगै चौधरी ग्रुपको लोकप्रिय चाउचाउ वाईवाईसमेत यो सोन्दर्य प्रतियोगितामा सामेल भएपछि प्रतियोगिता ‘वाईवाई मिसेस नेपाल वर्ल्ड २०२१’का नाममा हुने बताए । झाका अनुसार ‘मिसेस नेपाल वर्ल्ड’सँगै सोही स्टेजमा ‘मिसेस नेपाल इन्टरनेसनल’ र ‘एमएस इन्टरनेसनल’ उपाधि विजेता पनि चयन गरिनेछ । तीनै प्रतियोगिताका लागि आगामी शनिवार पुरानो वानेश्वरस्थित डाइनिङ पार्कमा अडिसन हुनेछ । आवेदन संस्थाको शंखमूलस्थित कार्यालय त...
अमेरिकामा ‘थेत्लङ’ को सफलतापुर्वक प्रदर्शन
अन्तरवार्ता

अमेरिकामा ‘थेत्लङ’ को सफलतापुर्वक प्रदर्शन

काठमाण्डौँ, मङ्सिर १ ग्यालेक्सी दैनिक अहिलेसम्म सिक्किमको सबै स्थान काठमाण्डौँ, पाँचथर, ईलाम, धरानमा सफल प्रदर्शन भईसकेको लिम्बु भाषाको चलचित्र ‘थेत्लङ’ को अमेरिकाको न्युयोर्क स्थित ज्याक्सनहाईटको ग्याल्सुङ्दो हलमा सोमबार उल्लेखनिय दर्शकहरुको बीचमा सफलतापुर्वक बिशेष शो प्रदर्शन सम्पन्न भएको छ । सिक्किमका स्थापित लिम्बू साहित्यकार देउमान होन्दोक लिम्बुद्वारा लिखित उपन्यासमा आधारित लिम्बू लिपि र भाषामा लिखित पुस्तकलाई यस चलचित्रका प्रस्तुतकर्ता मनि ताम्लिङको सहयोगमा सागर केरुङले पटकथा संवाद तयार गरेका हुन । ओपेरा डिजिटल प्रालिको व्यानरमा निर्मित ‘थेत्लङ’ मा मनि ताम्लिङ र विराज लिम्बुको लगानी रहेको छ । चलचित्रलाई दर्शकहरुले रुचाइएको कारण ‘थेत्लङ’ निर्देशक किशोर सुब्बाका अनुसार क्रमशः अब क्यालिफोर्निया, टेक्सास, ओहायु लगायत क्यानाडा, अष्ट्रेलिया, जापान, कोरिया, वेलायत, मलेसिया, हङकङ आदि ...