अमेरिका र चीनबाट ५० \५० लाख डोज खोप खरिद गर्ने सरकारको तयारी
सरकारले चीन र अमेरिकाबाट कोरोनाविरुद्धको खोप खरिद गर्ने प्रक्रिया अघि बढाएको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले चीन र अमेरिकाबाट ५० \५० लाख डोज खोप ल्याउने तयारी भइरहेको जानकारी दिएका छन् ।
स्वास्थ्य पत्रकार मञ्चले खोपबारे आयोजना गरेको भर्चुअल अन्तरक्रिया कार्यक्रममा मन्त्री ज्ञवालीले यो वर्षको अन्त्यसम्म लक्षित समूहलाई खोप दिनका लागि खरिद प्रक्रिया अघि बढाइसकेको जानकारी दिए । उनले चीनको सिनोफार्मसँग पहिलो चरणमा ५० लाख र अमेरिकी खोप उत्पादन कम्पनी जोन्सन एन्ड जोन्सन कम्पनीबाट ५० लाख डोज खोप खरिद प्रक्रिया अघि बढाइएको जानकारी दिए ।
यसैगरी कोभिशिल्डको उत्पादनकर्ता सेरमले यो वर्षको अन्त्यसम्म कुनै पनि देशलाई खोप निर्यात नगर्ने घोषणा गरेपनि आफुहरुले १७ लाख डोज कोभिशिल्ड उपलव्ध गराउन भारतसँग आग्रह गरेको उनले बताए।
झण्डै १४ लाख व्यक्तिले कोभिशिल्डको दोस्रो मात्रा लगाउन बाँकी रहेका छन...










