Friday, November 20

अन्तर्राष्ट्रिय

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा २४ घण्टामा ३ लाख ८२ हजार संक्रमित भेटिए

भारतमा कोरोनाको दोस्रो लहरमा ब्रेक लाग्ने कुनै छाँटकाँट छैन । ३ दिन लगातार नयाँ संक्रमितमा गिरावट आइरहेकोमा मंगलबार पुनः नयाँ संक्रमितको आँकडामा वृद्धि देखिएको छ ।भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ८२ हजार ८४७ नयाँ व्यक्तिमा कोरोना पुष्टि भयो । यो आँकडा संसारमा सबैभन्दा धेरै संक्रमित भएको देश अमेरिकाका नयाँ बिरामीभन्दा ९ गुणा बढी हो । यहाँ पछिल्लो २४ घण्टामा ४२,३५४ संक्रमितको पहिचान भयो ।यता कोरोनाका कारण ज्यान गुमाउनेको आँकडा लगातार बढिरहेको छ । पछिल्लो २४ घण्टामा यहाँ ३,७८३ व्यक्तिको ज्यान गयो । यो एकै दिन भएको मृत्युको सर्वाधिक संख्या हो । यस्तै, पछिल्लो २४ घण्टामा ३.३७ लाख व्यक्ति कोरोनाद्वारा मुक्त पनि भएका छन् । ...
भुटान ‘सेफजोन’मा
अन्तर्राष्ट्रिय, समाचार

भुटान ‘सेफजोन’मा

कोरोना संक्रमण दर दक्षिण एसियाली मुलुक भारत, नेपाल, पाकिस्तानलगायतमा बढिरहेकै बेला भारतसँगै सीमा जोडिएको भुटान भने ‘सेफजोन’मा देखिएको छ । भारतले दिएको कोरोनाविरुद्धको ‘कोभिडसिल्ड’ नामक खोप लगाएर भुटान ढुक्क भएर बसिरहेको छ । भुटानमा सोमबारसम्म ९४ प्रतिशत नागरिकले कोरोनाविरुद्धको खोप लगाइसकेका छन् । महामारीको दोस्रो लहरले भारतलाई छोपिरहँदा भुटान भने शान्त छ । अहिलेसम्म भुटानमा ९३ प्रतिशत वयस्क जनसंख्यालाई भ्याक्सिनेट गर्ने काम सम्पन्न भइसकेको छ । भारतको सिरम इन्स्टिच्युटमा बनेको अक्सफोर्ड–एस्ट्राजेनेका भ्याक्सिन गत महिना हेलिकोप्टोरमार्फत भुटान पु(याइएको थियो । भुटानको यो अवस्था देखेर अहिले विश्वका धेरै देश चकित छन् । भारतले दिएको कोरोना भ्याक्सिनबाट उसले यो सफलताको कथा लेखेको हो । भुटानमा सोमबारसम्मको रेकर्डअनुसार १ हजार १ सय १९ संक्रमित र ९ सय ९९ जना निको भएर घर फर्किसकेका छन् । क...
संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

संक्रमितको संख्यामा दिनदिनै नयाँ रेकर्ड, बिहीबार थपिए २ लाख १६ हजार

भारतमा कोरोनाभाइरसको संक्रमण दिन दुई गुना रात चौगुनाका दरले बढिरहेको छ। बिहीबार एकैदिन भारतमा २ लाख १६ हजार ९ सय २ जना कोरोनाका संक्रमित थपिएका छन्। कोरोनाभाइरसको महामारी सुरू भएपछि पहिलो पटक भारतमा एकैदिन यति धेरै कोरोना संक्रमित थपिएका हुन्। ११ दिनअघि पहिलो पटक दैनिक संक्रमण १ लाख पार गरेको भारतमा त्यसपछि संक्रमितको संख्या कुनै दिन ओह्रालो लागेन। अहिले भारतमा सक्रिय संक्रमितको संख्या  १५ लाख छ। अप्रिल १ मा  संक्रमितको संख्या ६ लाख १५ हजारमात्र थियो। एकैदिन दुई लाखभन्दा बढी संक्रमित थपिने भारत संसारकै दोस्रो मुलुक हो। भारतभन्दा पहिला संयुक्त राज्य अमेरिकामा एकै दिन ३ लाखभन्दा बढी संक्रमित थपिएका थिए। बिहीबार भारतक १४ राज्य  र केन्द्र प्रशासित क्षेत्रमा कोरोनाको संक्रमण बढेको छ। संक्रमण बढेसँगै मृत्यु हुनेको दैनिक संख्या पनि बढ्न थालेको छ। बिहीबार भारतभर १ हज...
भारतमा एकैदिन थपिए १ लाख ६० हजार कोरोना संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा एकैदिन थपिए १ लाख ६० हजार कोरोना संक्रमित

भारतमा थप १ लाख ६० हजार जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ‍१ लाख ६० हजार ६९४ जनामा कोरोना भाइरसको संक्रमण भएको छ । यो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३६ लाख ८६ हजार ७३ पुगेको छ । भारतमा हालसम्म १ करोड २२ लाख ५० हजार ४४० जना संक्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय संक्रमितको संख्या १२ लाख ६४ हजार ५४४ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ७१ हजार ८९ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८८० जनाको मृत्यु भएको छ ।...
भारतमा सोमबार १ लाख ६८ हजार संक्रमित थपिए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा सोमबार १ लाख ६८ हजार संक्रमित थपिए

 भारतमा एकैदिन १ लाख ६८ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयका अनुसार त्यहाँ सक्रिय संक्रमित संख्या १२ लाख १ हजार पुगेको छ । भारतमा कूल संक्रमित संख्या १ करोड २१ लाख नाघेको छ । मृत्यु संख्या १ लाख ७० हजार पुगेको छ । महाराष्ट्र, छत्तिसगढ, कर्नाटका, उत्तर प्रदेश र केरला कोभिडबाट सबैभन्दा बढी प्रभावित भएका छन् । यी राष्ट्रमा ८६ प्रतिशत कोभिडसँग सम्बन्धित मृत्यु भएको छ ।...
इन्डोनेसियामा शक्तिशाली भूकम्प
अन्तर्राष्ट्रिय, समाचार

इन्डोनेसियामा शक्तिशाली भूकम्प

इन्डोनेसियामा शक्तिशाली भूकम्प गएको छ। एएफपीका अनुसार इन्डोनेसियाको जाभा द्विमा शनिबार ६ म्याग्‍निच्युडको भूकम्प गएको अमेरिकी भौगर्भिक सर्भेले जनाएको छ। सर्भेका अनुसार भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा झन्डै ८२ किलोमिटर मुनि थियो। जुन स्थान इस्ट जाभाको मालाङ सहरनजिक पर्छ। भूकम्पमा परी कम्तीमा ६ जनाको मृत्यु भएको छ भने कैयौं व्यक्ति घाइते भएको त्यहाँको विपत् व्यवस्थापन निकायले प्रारम्भिक जानकारी दिएको छ।...
शुरु भयो आईपीएलको १४ औं संस्करण
अन्तर्राष्ट्रिय, खेलकुद, समाचार

शुरु भयो आईपीएलको १४ औं संस्करण

फ्रेन्चाइज क्रिकेटको सबैभन्दा ठूलो प्रतियोगिता इण्डियन प्रिमियर लिग (आईपीएल) शुक्रबार शुरु भएको छ। १४ औं संस्करणको पहिलो खेल गत सिजनको विजेता मुम्बई इण्डियन्स र रोयल च्यालेन्जर्स बेंगलोर (आरसीबी)बीच भइरहेको छ। कोरोनाका कारण दर्शकबिनाको यो खेलमा आरसीबीका कप्तान विराट कोहलीले टस जितेर मुम्बईलाई पहिला ब्याटिंगको निम्तो दिएका छन्। मुम्बईका लागि रोहित शर्मा र क्रिस लिनले ब्याटिंग शुरु गरेका छन्।पहिलो ओभरको खेल सकिँदा मुम्बईले बिना क्षति ५ रन बनाएको छ।...
बेलायती महारानीका पति राजकुमार फिलिपको निधन
अन्तर्राष्ट्रिय, समाचार

बेलायती महारानीका पति राजकुमार फिलिपको निधन

बेलायती महारानी एलिजाबेथ द्वितीयका पति राजकुमार फिलिपको निधन भएको छ। ९९ वर्षको उमेरमा राजकुमार फिलिपको निधन भएको बकिङ्घम प्यालेसले जनाएको छ। एलिजावेथ गद्दीमा बस्नुभन्दा पाँच वर्षअघि सन् १९४७ मा फिलिपले उनीसँग विवाह गरेका थिए। उनीहरुका चार सन्तान जन्मिएका थिए भने ८ नातिनातिना र १० पनाति–पनातिनी जन्मेका थिए। राजकुमार फिलिप १९२१ मा ग्रिसमा जन्मेका थिए। उनी १८ महिनाको छँदै उनको परिवार ग्रिसबाट विस्थापित भएको थियो। पछि उनी बेलायती नौसेनामा भर्ती भए। दोस्रो विश्वयुद्धकै क्रममा उनले राजकुमारी एलिजावेथलाई भेटेका थिए।...
भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

भारतमा कोरोना संक्रमणको नयाँ रेकर्ड, एकैदिन थपिए १ लाख ३१ हजार बढी संक्रमित

भारतमा थप ‍१ लाख ३१ हजार ८९३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । २४ घण्टामा संक्रमण पुष्टि हुनेको यो संख्या भारतमा अहिलेसम्मकै धेरै हो । यसअघि विहीबार चैत्र २६ मा भारतमा दोस्रो धेरै १ लाख २६ हजार ३१५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ संक्रमितको संख्या १ करोड ३० लाख ७५ हजार ९५४ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा १ करोड १९ लाख १० हजार ७४१ जना संक्रमणमुक्त भएका छन् । हाल भारतमा सक्रिय संक्रमितको संख्या ९ लाख ७९ हजार ५१९ छ । यस्तै भारतमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या १ लाख ६७ हजार ६९४ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ८०२ जनाको मृत्यु भएको छ ।...
ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार, स्वास्थ्य

ब्राजिलमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ लाख ४० हजार नाघ्यो

ब्राजिलमा गत २४ घण्टामा कोभिड–१९ को सङ्क्रमणका कारण तीन हजार ८२९ जनाको मृत्यु भएपछि यस प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ४० हजार ७७६ जना पुगेको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ। सोही अवधीमा थप ९२ हजार ६२५ जनामा कोरोना भाइरस सङ्क्रमण देखिएको मन्त्रालयले जनाएको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएबाट ब्राजिलमा हालसम्म १ करोड ३१ लाख ९३ हजार २०५ जना सङ्क्रमित भएका छन्। हाल ब्राजिलको स्वास्थ्य प्रणालीले कोभिड–१९ को भयानक तनाव खेपिरेहको छ। स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो समय ब्राजिलमा कोरोना भाइरसको सङ्क्रमण निकै तीव्र बन्दै गएको छ। अस्पतालहरूले बिरामीको चाप थेग्न नसकेपछि उपचारमा समस्या भएको जनाएका छन्। देशको जनसङ्ख्याको १० प्रतिशतले पहिलो डोजको खोप लगाएका छन्। तर हाल अत्यधिक रुपमा फैलिएको भाइरसको प्रकोपलाई नियन्त्रण गर्नका लागि एकमात्र उपाय कम्तीमा २० दिनसम्...