Friday, November 20

अर्थ/व्यापार

एनआईसी एशिया बैंकले कमायाे ३ अर्ब २५ करोड
अर्थ/व्यापार, समाचार

एनआईसी एशिया बैंकले कमायाे ३ अर्ब २५ करोड

एनआईसी एशिया बैंकले गत आर्थिक वर्ष २०७७/७८ मा ३ अर्ब २५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा करिब ५ प्रतिशतले बढी मूनाफा आर्जन गरेको हो । यस बैंकले कर्जातर्फ करिब रू. ९१ अर्बको वृद्धि गरी कुल कर्जा रकम रू. २६५ अर्ब पु¥याउन सफल भएको छ । जुन २७ वटै वाणिज्य बैंकहरु मध्ये सबैभन्दा धेरै हो । मुलुकका वाणिज्य बैंकहरूमा सोही अवधिमा भएको करिब रू. ७१९ अर्बको कुल कर्जा वृद्धिमा यस बैंकको सर्वाधिक उच्च (१२.६६ प्रतिशत) बजार हिस्सा रहेको छ । आर्थिक वर्ष ०७७÷७८ मा वाणिज्य बैंकहरुमा भएको कुल कर्जा वृद्धिको औसत प्रति बैंक कर्जा वृद्धि रकम करिब रू. २४.१५ अर्बको तुलनामा यस बैंकको वृद्धि करिब ३.७६ गुणा रहेको छ । यसै गरी बैंकको स्वदेशी मुद्राको निक्षेपतर्फ करिब रू. ९० अर्बले वृद्धि गरी कुल स्वदेशी मुद्राको निक्षेप संकलन रू. २९८ अर्ब पु¥याउन बैंक सफल भएको छ । जुन...
सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज
अर्थ/व्यापार, समाचार

सानिमा लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँट आज

साउन २० गतेदेखि २४ गतेसम्म निष्काशन खुला भएको सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडको प्राथमिक शेयर(आईपीओ) आज बाँडफाँट भएको छ । सानिमा लाइफको कार्यालय दरबारमार्गमाआज बिहान आईपीओ बाँडफाँट भएको हो । उक्त कम्पनीको आईपीओ ५ लाख ४० हजार जनाले १०–१० कित्ताका दरले पाएका छन् । लगानीकर्ताले बिक्री प्रबन्धक प्रभु क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । सानिमा लाइफको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आइपीओ रिजल्ट हेर्न बनाएको वेबसाइटबाट पनि रिजल्ट हेर्न सकिने जनाइएको छ । निष्काशन गरिएको ६० लाख कित्ता मध्ये सामुहिक लगानी कोषलाई ५ प्रतिशत तथा कर्मचारीलाई ५ प्रतिशत छुट्याई बाँकी रहेको ५४ लाख कित्ता शेयर सर्वसाधारणलाई निष्काशन गरिएका थियो । उक्त आईपीओमा २४ लाख १९ हजार १ सय २७ जना सर्वसाधारण लगानीकर्ताहरुबाट ३ अर्ब ६९ करोड ४३ लाख ४४ हजार रकम बराबरको ३ ...
राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै
अर्थ/व्यापार, समाचार

राष्ट्र बैंकले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको मौद्रिक नीति आज सार्वजनिक गर्ने भएको छ । राष्ट्र बै‌कले आर्थिक वर्ष २०७८/७९ को मौद्रिक नीति आज ४ बजे सार्वजनिक गर्ने भएको हो । नेपाल राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले सञ्चालक समितिको बैठकपछि मौद्रिक नीति सार्वजनिक तयारी भएको जानकारी दिए । बैंकले यसअघि नै मौद्रिक नीति ल्याउने तयारी गरेपनि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार ढलेपछि रोकिएको थियो । गत वर्ष साउन २ गते मौद्रिक नीति ल्याइएको थियो । तर, यसपटक भने मौद्रिक नीति ल्याउन ढिलाई भएको छ । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले मौद्रिक नीति ल्याउने तयारी साउनको पहिलो साता गरेपनि अर्थमन्त्री जनार्दन शर्माले रोक्न निर्देशन दिएपछि ढिलाई भएको बताइन्छ । यसपटकको मौद्रिक नीतिमा बिग मर्जरमा जाने बैंकहरुलाई राष्ट्र बैंकले स्प्रेड दरमा समेत सहुलियत दिने भएको छ । त्य...
आज पनि बढ्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

आज पनि बढ्यो सुनको मूल्य

केही दिनअघि लगातारजसो घटेको सुनको मूल्य आज फेरि बढेको छ । आज तोलामा ३ सय रुपैयाँले बढेर सुनको मूल्य ८९ हजार ७ सय रुपैयाँमा पुगेको छ । अन्तर्राष्ट्रिय बजार अस्थिर भएकाले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घका पूर्व अध्यक्ष तेजरत्न शाक्यले बताए । शाक्यका अनुसार मूल्य बढ्नुमा अस्थिर बजार नै मुख्य कारण हो । बजार अस्थिर भइरहेकाले अब मूल्य घट्ने या बढ्ने यसै भन्न नसकिने उनको भनाइ छ । आज चाँदीको मूल्य भने थोरैले घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी ११ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ ।...
सेयर बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमान, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो
अर्थ/व्यापार, समाचार

सेयर बजारमा दिन प्रतिदिन नयाँ कीर्तिमान, परिसूचकसँगै कारोबार रकम पनि बढ्यो

साताको अन्तिम कारोबारको दिन बिहीबार सेयर बजार परिसूचक नेप्सेले नयाँ किर्तिमान कायम गरेको छ। बिहीबार सेयर बजार परिसूचक नेप्से १६.४१ अंक बढेर ३१७९.० अकंमा बन्द भएको छ। यो हालसम्मकै उच्च विन्दु हो। दिन प्रतिदिन नयाँ नयाँ कीर्तिमान कायम गर्दै आएको नेप्से परिसूचक बुधबार करिब १ अंकले बढेर हालसम्मकै उच्च विन्दुमा पुगेको थियो। उक्त कीर्तिमान तोड्दै बिहीबार नेप्सेले नयाँ उचाईको कीर्तिमान कायम गरेको हो। बिहीबार कारोबार रकममा पनि वृद्धि भएको छ। यस दिन २२५ कम्पनीको १७ अर्ब ५१ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यसअघि बुधबार १५ अर्ब ४५ करोडको कारोबार भएको थियो। यस दिन समूहगत रुपमा हेर्दा जीवन बीमा, बैंकिङ, ब्यापार, विकास बैंक, फाइनान्स, उत्पादन र म्युचअल फण्ड समूहमा हरियाली छायको छ। अन्य समूहमा गिरावट आएको छ। बिहीबार ७ वटा कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ। महालक्ष्मी वि...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७८ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३८ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २८ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९८ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६३ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५२ पैसा र बिक्रीदर ११९ रुपैयाँ १२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ३१ पैसा र बिक्रीदर १४० रुपैयाँ ०२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ५८ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४१ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३२ रुपैयाँ ७२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
मानुषी लघुवित्तको आईपीओ खुल्दै
अर्थ/व्यापार, समाचार

मानुषी लघुवित्तको आईपीओ खुल्दै

मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ बिक्री गर्ने भएको छ । मानुषीले सर्वसाधारणका लागि ३ लाख ९३ हजार ७५० कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।  यसका अलवा ५ हजार ४६९ कित्ता लघुवित्तको कर्मचारी, १९ हजार ६८८ कित्ता सामुहिक लगानी कोषका लागि छुट्टयाइएकोे छ । आईपीओका लागि यही साउन २७ गतेदेखि ३१ गतेसम्म आवेदन गर्न सक्नेछन् । लगानीकर्ताले न्यूनतम १० देखि बढीमा १ हजार कित्तासम्मका लागि आवेदन दिन पाउनेछन् । आईपीओ बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेड रहेको छ । ...
घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, तोलाको कति पुग्यो ?

मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा ३ सय रुपैयाले घटेको छ।   सोमबार प्रतितोला ९२ हजार १ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज तोलामा ३ सय रुपैयाले घटेर तोलाको ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य स्थिर रहेको छ । आज चाँदीको मूल्य स्थीर रही तोलाको १ हजार २ सय ७० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...