Friday, November 20

अर्थ/व्यापार

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण
अर्थ/व्यापार, समाचार

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण

समाजवादी ट्रेड युनियन महासंघद्वारा श्रमिकलाई स्वास्थ्य सामाग्री वितरण गरिएको छ । अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)बाट सहयोगार्थ संयुक्त ट्रेड युनियन समन्यव केन्द्र (जेटीयुसीसी)बाट उपलब्ध स्वास्थ्य सामग्री शनिबार भक्तपुरको ठिमीमा एक कार्यक्रमबीच ७० श्रमिकलाई वितरण गरिएको हो । प्रजातान्त्रिक उद्यौगीक कारखाना श्रीमक संगठनको केन्द्रीय अध्यक्ष रामबहादुर गोलेलगायत प्रजातान्त्रिक औद्योगीक श्रमिक संगठनको केन्द्रीय कमिटिको संयोजकत्वमा स्वास्थ्य सामाग्री वितरण कार्यक्रम सम्पन्न भएको छ । समाजवादी ट्रेडयुनियन महासंघ नेपाल स्वतन्त्रको केन्द्रीय अध्यक्ष नवराज दाहालसहित अन्य पदधिकारीहरूको उपस्थिति स्वास्थ्य सामग्री वितरण गरिएको थियो । सो अवसरमा श्रमिकहरूको पनि हक र हित र श्रमिकको निमित सदैव खटेर डटेर सेवा गरिरहने अध्यक्ष गोलेले बताउनुभयो ।उहाँले देशैभरिका श्रमिकहरूको निमित राम्रो भूमिका खेल्नेक...
भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन
अर्थ/व्यापार, समाचार

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो। कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताए। अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ। अघिल्लो वर्ष कार्यालयले रु तीन अर्ब एक करोडमात्र राजस्व सङ्कलन गरेको थियो। उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए।...
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट
अर्थ/व्यापार, समाचार

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्येबाट चार हजार ८०८ जनाको दोहोरो आवेदन तथा अन्य कारणबाट ६५ हजार १७५ जना गरी ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ । योग्य आवेदक २१ लाख १२ हजार ७९९ जनामध्येबाट कम्पनीले गोलाप्रथाबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता शेयर पाएको कम्पनीले जनाएको छ । आवेदन दिएकामध्ये १६ लाख दुई हजार २७५ जना आवेदक हात खाली भएका छन् । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।...
विद्यार्थी आन्दोलनको दबाबमा निगमले घटायो इन्धनको मूल्य
अर्थ/व्यापार, समाचार

विद्यार्थी आन्दोलनको दबाबमा निगमले घटायो इन्धनको मूल्य

विद्यार्थी संगठनको आन्दोलनको दबाबमा नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले लगातार मूल्यवृद्धि गरेपछि नेविसंघ, अनेरास्ववियु क्रान्तिकारी, अनेरास्ववियुलगायतका विद्यार्थी संगठनले आन्दोलन चर्काएपछि निगमले इन्धनको मूल्य एक रुपैयाँले घटाएको हो । निगमले जारी गरेको विज्ञप्तिअनुसार पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एक रुपैयाँ घटाइएको छ । जसअनुसार पेट्रोल अब १२८ रुपैयाँ, डिजेल र मट्टितेलको १११ रुपैयाँ प्रतिलिटर कायम भएको छ ।...
गीतकार तथा समाजसेवी यसु थापाले दिईन ‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी
अर्थ/व्यापार, समाचार

गीतकार तथा समाजसेवी यसु थापाले दिईन ‘एनआरएनए आइसीसी’को सदस्यमा उम्मेदवारी

लामो समयदेखि बेल्जियममा  बस्दै आएकी यसोदा थापा(यसु)ले गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद (एनआरएनए आइसीसी) को सदस्यमा उम्मेदवारी दिने भएकी छन् ।समाजसेवामा सक्रिय थापाले विहीवार एक विज्ञप्ति जारी गर्दै गैरआवासीय नेपाली संघ बेल्जियमको जुलाई २६ मा हुने निर्वाचनमा सो पदमा उम्मेदवारी दिने घोषणा गरेकी हुन् ।उनले एनआरएनए बेल्जियमको महिला संयोजक, उपाध्यक्ष, सल्लाहकार लगायतको पदमा रहेर ५ कार्यकाल काम गरेकी छन् । उनी बेल्जियमका विभिन्न संस्थाहरु इन्द्र धनुष क्लब,क्षेत्री समाज बेल्जियम, कास्की समाज लगायतमा आवद्ध भै समाजसेवामा निरन्तर लागि पर्दै आईरहेकी छिन । साहित्य तथा कला क्षेत्रमा उनको योगदानले राष्ट्रिय अन्तरराष्ट्रिय अवार्ड समेत जित्न सफल भएकी छिन । विगतमा एनआरएनएमा वसेर आफुले गरेका केही योगदानका कारण आफुलाई थप जिम्मेवारी वहन गर्न बेल्जियमवासी गैर आवासीय नेपाली समुदायहरुको मा...
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला
अर्थ/व्यापार, समाचार

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ खुला

युनियन लाइफ इन्स्योरेन्स कम्पनीको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) आजबाट बिक्री खुला भएको छ । आजदेखि बिक्री खुला भएको आइपिओ यही असार २८ गतेसम्म खुला हुने कम्पनीले जनाएको छ । रु ६४ करोड ५० लाख बराबरको आइपिओ निष्काशन तथा बिक्री खुला गरिएको संस्थाको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमारलाल कर्णले जानकारी दिनुभयो । उहाँका अनुसार कम्पनीको जारी पुँजीको ३० प्रतिशत शेयर जारी गरिएको हो । हाल कम्पनीको जारी पुँजी रु दुई अर्ब १५ करोड बराबर रहेको छ । कम्पनीले प्रतिकित्ता र एक सय अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला भएको छ । जसमध्ये तीन लाख २२ हजार ५०० कित्ता कर्मचारीको लागि र तीन लाख २२ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याइएको छ । बाँकी रहेको ५८ लाख पाँच हजार कित्ता सर्वसाधारणको लागि निष्काशन गरिएको हो ।  उक्त शेयर इच्छुक लगानीकर्ताले न्यूनतम दश कित्तादेख...
जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड
अर्थ/व्यापार, समाचार

जीवन विकास लघुवित्तको आईपीओ बाँडफाँड

जीवन विकास लघुवित्तले सर्वसाधरणमा निष्कासन गरेको आईपीओ बुधबार बाँडफाड भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनएमबी क्यापिटल नक्साल, नागपोखरीस्थित कार्यालयमा बुधबार बिहान १० बजे उक्त आईपीओ बाँडफाँड भएको हो । क्यापिटलका अनुसार सीडीएस एण्ड क्लियरिङ लिमिटेडको वेबसाइट, मेरो शेयरको मोबाइल एप, जीवन विकास लघुवित्त र बिक्री प्रबन्धक एनएमबी क्यापिटलको वेबसाइटबाट आईपीओ नतिजा हेर्न सकिन्छ । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम भएको बाँडफाँडमा गोला प्रथाबाट भाग्यमानी १ लाख ८४ हजार ८०१ जना आवेदकले शेयर पाएका छन् । बिक्री प्रबन्धकका अनुसार १ लाख ८४ हजार ८०१ जनालाई १० कित्ताका दरले शेयर बाँडफाँड गरी बाँकी रहेको ५ कित्ता शेयर गोलाप्राथबाट १० कित्ता शेयर पाउनेमध्ये ५ जनालाई थप १/१ कित्ताका दरले बाँडफाँड गरिएको हो । जसअनुसार ५ जना भाग्यमानी आवेदकले थप १ कित्तासहित १...
फेरि बढ्यो सुनचाँदीको मूल्य
अर्थ/व्यापार, समाचार

फेरि बढ्यो सुनचाँदीको मूल्य

बुधबार पनि नेपाली बजारमा सुनको मूल्य बढेको छ । मंगलबार तोलामा ३ सय रुपैयाले बढेको सुनको मूल्य आज तोलामा ४ सय रुपैयाले बढेको हो ।  मंगलबार प्रतितोला ९१ हजार ८ सय रुपैयामा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज बढेर तोलाको ९२ हजार २ सय रुपैयामा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।   त्यस्तै आज तेजावी सुनको मूल्य पनि प्रतितोला ९१ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य बढेर तोलाको १ हजार ३ सय २० रुपैयामा नै कारोबार भइरहेको महासंघले जनाएको छ । ...
क्यूभीसी खारेज गर्न सरकारसँग माग
अर्थ/व्यापार, समाचार

क्यूभीसी खारेज गर्न सरकारसँग माग

 नेपाल वैदेशिक रोजगार व्यवसायी संघले कतार भिसा सेन्टर (क्यूभीसी) खडा गरी एकाधिकार लागु गर्न खोजेको भन्दै आन्दोलनको चेतावनी दिएको छ । कतारमा कामदार पठाउन पहिले नेपाल सरकारबाट मान्यता प्राप्त जुनसुकै स्वास्थ्य संस्थाबाट स्वास्थ्य परीक्षण गरी श्रम स्वीकृतिलगायत प्रक्रिया पूरा गरी कामदार जाने गरिएकामा एकाधिकारका लागि उक्त व्यापारिक संस्था खडा गरिएको भन्दै आन्दोलनमा उत्रने चेतावनी दिएको हो । रिपोर्टर्स क्लब नेपालमा आज पत्रकार सम्मेलन गर्दै संघले सीमित व्यक्तिहरूको अघोषित मिलेमतोमा व्यापक आर्थिक चलखेल भएको र सिन्डिकेट गर्न लागिएकाले कडा कदम चाल्न बाध्य हुनुपरेको जनायो । यसविरुद्ध युवा कामदार र व्यवसायीसहित चरणबद्ध रूपमा आन्दोलनमा उत्रने चेतावनी दिएको छ । नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष कमल तामाङले नेपाली कामदारको चरणबद्ध आन्दोलनमा उत्रिन तयार रहेको बताए । उनले भने, ‘कतार ज...
यस्तो छ आज सुनको मूल्य
अर्थ/व्यापार, समाचार

यस्तो छ आज सुनको मूल्य

सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ५०० मा कारोबार भइरहेको छ । आइतबार २ सयले बढेको सुन आज स्थिर भएको हो । महासंघका अनुसार आज तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबाबार भइरहेको छ । यो मूल्य हिजो आइतबार कारोबार भएको मूल्य हो ।...