बरिष्ठ मेकअप आर्टीस्ट टेकराज पाण्डेको संयोजकत्वमा सौन्दर्य व्यबसायीको भर्चूअल मिटिङ्ग सम्पन्न
कोरोना महामारीका कारण अन्य व्यवसाय जस्तै ब्युटिसियन व्यवसाय पनि धरापमा परेको यस क्षेत्रका व्यवसायीहरुले बताएका छन् । मिडिया इन्टरनेसनलले आयोजना गरेको वेवीनार कार्यक्रममा उनीहरुले कोरोनाका कारण व्यवसाय बन्द हुँदा पेसाबाट नै पलायन हुनुपर्ने अवस्था आएको बताएका छन् । कार्यक्रममा डा.राजेश्वरी श्रेष्ठले कोरोनाका कारण ब्युटिसियन व्यवसाय बन्द हुँदा पार्लर र आफु बसेको घरभाडा तिर्न नसक्ने अवस्थामा व्यवसायीहरु पुगेको बताउनुभयो । उहाँले राज्यले ब्युटिसियन व्यवसायलाई माथि उठाउन विशेष कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।
सरकारले ब्युटिसियन व्यवसायलाई विशेष सावधानी अपनाएर सञ्चालन गर्ने वातावरण बनाइदिनुपर्ने डा.श्रेष्ठको भनाइ छ । व्यवसायी सिता पाठकले सुरक्षा मापदण्ड अपनाएर यो व्यवसाय सञ्चालनको व्यवस्था मिलाइदिन सरकारसँग आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, ‘निषेधाज्ञाका कारण सिक्ने, सिकाउने, लगानी गर्ने...









