Friday, November 20

अर्थ/व्यापार

संघीय सरकारको बजेट आज आउँदै
अर्थ/व्यापार, समाचार

संघीय सरकारको बजेट आज आउँदै

संघीय सरकारको आगामी आर्थिक वर्ष २०७८÷०७९ को बजेट (शनिबार) आज आउँदै छ। जेठ १५ गते बजेट ल्याउने संवैधानिक मान्यता अनुसार आज बजेट आउन लागेको हो। संसद नभएकोले केपी शर्मा ओली नेतृत्वको  कामचलाउ सरकारले आगामी आर्थिक वर्षको बजेट अध्यादेशमार्फत ल्याउन लागेको छ। स्रोतका अनुसार अर्थमन्त्रालयले पूर्ण आकारको बजेट ल्याउने छ। उक्त बजेट चालु आर्थिक वर्षको भन्दा केही ठूलो हुने अर्थमन्त्रालय स्रोतले जानकारी दिएको छ। चालु आर्थिक वर्ष २०७७÷०७८ मा १४ खर्ब ७४ अर्ब रूपैयाँको बजेट विनियोजन भएको थियो। यस अनुसार करिब १५ खर्बको आसपासमा बजेट आउन सक्ने अनुमान गरिएको छ। जसमा अधिकांश कार्यक्रम कोभिडकेन्द्रित हुनेछन्। विश्वव्यापी महामारीको रुपमा फैलिरहेको कोभिड १९ को समस्यालाई केन्द्रमा राखी बजेट ल्याउन लागिएको अर्थमन्त्रालयले बताएको छ। आगामी आर्थिक वर्षमा सरकारलाई कोभिड १९ को महामारी, प्रतिनिधिसभा निर्...
भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने
अर्थ/व्यापार, समाचार

भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने

भोली देखी साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट र खाद्य व्यापार कम्पनीबाट अत्यावश्यक खाद्य वस्तु मगाउन सकिने भएको छ । आज जिल्ला प्रशासन कार्यालयबाट जारी विज्ञप्तीमा उक्त कुरा उल्लेख गरेको छ ।किराना पसल र डिपार्टमेन्टल स्टोर बन्द गर्ने निर्णयबाट आलोचित प्रशासनले कसैलाई खाद्य सामग्री अभाव भए खरिदका लागि वैकल्पिक व्यवस्था गरेको छ । नागरिकमा खाद्य सामग्री नै पाइँदैन भन्ने भ्रम गएको भन्दै उपत्यका प्रशासनले नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडबाट अत्यावश्यक सामग्री मगाउन सक्ने गरी व्यवस्था गरेको हो । नागरिकले खाद्य सामग्री मगाए मोबाइल गाडीबाट घरमै लैजाने व्यवस्था मिलाइएको  छ ।  कोही नागरिक आपतमा परे स्थानीय तहमार्फत वितरणका लागि अनुरोध गर्ने पनि निर्णय भएको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडमा चाम...
महामारीमा पाएको सहयोगको दुरुपयोग, मन्त्री र सांसदहरु प्रतिस्पर्धामा
अर्थ/व्यापार, समाचार

महामारीमा पाएको सहयोगको दुरुपयोग, मन्त्री र सांसदहरु प्रतिस्पर्धामा

कोरोनाभाइरसको महामारी विरुद्ध लड्न विदेशी समुदाय, विकास साझेदार, नेपाली नियोगहरुले नेपाललाई विभिन्न प्रकारका सहयोग गरीररहेका छन। कोभिडका नाममा प्राप्त हुने राहत सहयोगलाई व्यवस्थित गर्न सरकारले अपनाएको एकद्वार प्रणालीसम्बन्धी निर्देशिका कार्यान्वयनमा कडाइ नहुँदा राहतको वितरणमा समेत समस्या र दुरुपयोग देखिएको छ। भाइरसको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित बनेपछि नेपाललाई महामारीविरुद्ध जुध्न आवश्यक पर्ने सामग्रीहरु, उपकरण तथा औषधि सहयोग भइरहेको छ। तर, संकटमा पाएको सहयोगको दुरुपयोग बढ्न थालेको छ। पहुँचको आधारमा कुनै प्रक्रिया र मापदण्ड नबनाई मनलाग्दी वितरण गरेको भन्दै सामाजिक सञ्जालमा व्यापक विरोध बढेको छ। ‘हामीले रुखहरुलाई अक्सिजन दिन्छौं र रुखले कार्बन्डाइडअक्साइड लिन्छ’ भन्ने वाक्यका कारण विवादमा परेका वन मन्त्री प्रेमबहादुर आले अहिले पुनः विवादमा तानिएका छन्। उनी पछिल्लो पटक विवादमा...
उपत्यकामा बैंकका ६ वटा शाखा मात्र खोलिने
अर्थ/व्यापार, समाचार

उपत्यकामा बैंकका ६ वटा शाखा मात्र खोलिने

नेपाल राष्ट्र बैैंकले काठमाडौं उपत्यका भित्र एउटा बैंकको ६ वटा मात्र शाखा खोल्न निर्देशन दिएको छ । राष्ट्र बैंकको अनुसार बाणिज्य बैंकहरुले काठमाडौं जिल्लामा ३, भक्तपुरमा १ र ललितपुरमा २ वाट शाखा खोल्न पाउने छन् । यसैगरी, विकास बैंकहरुले काठमाडौं जिल्लामा २ वटा र भक्तपुर र ललितपुरमा १÷१ वटा शाखा मात्रै खोल्न पाउने भएका छन् । ‘ग’ वर्गका फाइनान्सहरुले तीन वटै जिल्लामा एक÷एक वटा मात्रै शाखा कार्यालय सञ्चालन गर्न पाउने भएका छन् । राष्ट्र बैंकले संस्थाको केन्द्रीय कार्यालयहरु संचालन गर्ने र अत्यावश्क बैंकिङ सेवाको लागि बन्द रहेका शाखा कार्यालयहरुमा सम्पर्क नम्बर, सेवा प्राप्त गर्न सकिने बैकल्पिक शाखा, खुला रहने शाखा समय अवधि सुचना दैनिक प्रकाशन गर्न समेत आग्रह गरेको छ ।...
घट्यो सुनको मुल्य, प्रतितोला कतिमा कारोबार ?
अर्थ/व्यापार

घट्यो सुनको मुल्य, प्रतितोला कतिमा कारोबार ?

साताको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ। मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेर ९३ हजार ५ सय रूपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। ्त्यस्तै तेजाबी सुनको मूल्य ९३ हजार रुपैयाँ कायम छ । चाँदीको मूल्य भने आज स्थिर छ। आज चाँदी प्रतितोला १ हजार ३ सय ५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।...
नेको इन्सोरेन्सको बोनस सेयर घोषणा
अर्थ/व्यापार, समाज

नेको इन्सोरेन्सको बोनस सेयर घोषणा

नेको इन्स्योरेन्सले आर्थिक वर्ष २०७६÷७७ को मुनाफाबाट लाभांश प्रस्ताव गरेको छ। कम्पनीको जेठ ९ गते आइतबार बसेको सञ्चालक समितिको बैठकले लाभांश प्रस्ताव गरेको हो। सञ्चालक समितिको बैठकले १५ दशमलव ५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ८२ प्रतिशत नगद गरी १६ दशमलब ३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो। कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश बीमा समितिको स्वीकृति र आगामी वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीले पाउनेछन्।...
कोरोना महामारी, ५० प्रतिशत कामले पायो निरन्तरता
अर्थ/व्यापार, समाचार

कोरोना महामारी, ५० प्रतिशत कामले पायो निरन्तरता

कोभिड–१९ का कारण काठमाडौँ महानगरपालिकामा सञ्चालित विकास निर्माणको काम ५० प्रतिशतले मात्र निरन्तरता पाएको छ। कामपाले चालु आर्थिक वर्षमा साना ठूला गरी १०५ वटा विकास निर्माणका काम शुरु गरेको भए पनि विश्वभरि फैलिएको दोस्रो लहरको कोरोना महामारीका कारण अहिले ५० वटा कामले मात्र निरन्तरता पाएको छ। “महामारी नियन्त्रणका लागि अहिले देश बन्दाबन्दीको अवस्थामा छ, अत्यावश्यक बाहेकका अन्य काम भएका छैनन्, आवश्यक पर्ने कामदार र निर्माण सामग्रीको पनि अभाव भएको र आयात गर्न समस्या भएकाले निर्माणको काममा समस्या आएको हो”, कामपा भौतिक पूर्वाधार विकास विभागका प्रमुख राम थापाले भने। उनका अनुसार वडा नम्बर २, ३, ६, २२ र २३ मा भइरहेको सडक कालोपत्र गर्ने, ढल व्यवस्थापन, सडक बत्ती राख्ने र उद्यान निर्माणको काम अहिले रोकिएको छ। त्यसैगरी अन्तिम चरणमा पुगेको कमलपोखरी पुनः निर्माणको थोरै काठको काम बाँकी रहेको र त्य...
आइतबार १३१ भन्दा बढीले गरे सगरमाथाको आरोहण
अर्थ/व्यापार, समाचार

आइतबार १३१ भन्दा बढीले गरे सगरमाथाको आरोहण

सगरमाथा एकैदिनमा एक सय ३१ जनाभन्दा बढीले सफलतापूर्वक आरोहण गरेका छन्। पर्यटन विभागकी निर्देशक मीरा आचार्यका अनुसार मौसममा सुधार भएसँगै आइतबारको दिन एक सय ३१ भन्दा बढी आरोहीहरु सगरमाथाको चुचुरोमा पुगेका हुन्। त्यस्तै, एजेन्सीहरुले पर्यटन विभागलाई दिएको जानकारी अनुसार बियुलका २२, सातोरीका ७, हिमालयन गाइटका ३८, पाइनरका १४, ह्यापी फिट्का ३, समिट क्लबका १५, ग्याएसर हिमालय एसेटका ११, हिमालय यज्सेन्टका ११, ट्याग नेपालका ७, सेभेन समिट ट्रेक्सका ३ जनाले सफल आरोहण गरेका हुन्। त्यस्तै, आजै(आइतबार) ल्होत्से हिमाल(८५१६ मिटर) तीन भारतीयसहित ७ आरोहीले सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सले आफ्नो फेस्बुक पेज मार्फत जानकारी गराएको छ।...
हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने
अर्थ/व्यापार, समाचार

हदबन्दीभन्दा बढी पनि जग्गा लिन पाइने

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले उद्योग, कृृषि, जलविद्युत्, शिक्षा, स्वास्थ्य तथा घरजग्गाको व्यवसाय गर्ने प्रयोजनका लागि उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना वा संस्थालाई आवश्यक पर्ने जग्गा हदबन्दी छुट दिने व्यवस्था गरेको छ । त्यसका लागि सरकारले निर्णय गरी राजपत्रमा सूचना जारी गरेको छ । मन्त्रालयका सचिव टेकनारायण पाण्डेका अनुसार ऐनले तोकेको हदभन्दा बढी जग्गा आवश्यक पर्ने भई त्यस्तो जग्गा खरिद गर्न चाहने उद्योग, प्रतिष्ठान, कम्पनी, आयोजना, शिक्षा वा स्वास्थ्य संस्था, कृषि व्यवसायसम्बन्धी फार्म, सङ्घसंस्था र अन्य सार्वजनिक संस्थाले कानुनअनुसार निवेदन दिनुपर्ने हुन्छ । सरकारले कुनै व्यक्ति वा सङ्घसंस्था, कम्पनी वा फार्मले तराईका लागि एक बिघा घडेरीसहित ११ बिघा, पाँच रोपनी घडेरीसहित उपत्यकाका लागि ३० रोपनी, पाँच रोपनीसहित ७५ रोपनी जग्गा राख्न हदबन्दी तोकेको छ । उद्योग, कृृ...
भोकभोकै प्राणत्याग गर्नुपर्ने अवस्था आउन नदिऔं
अर्थ/व्यापार, समाचार

भोकभोकै प्राणत्याग गर्नुपर्ने अवस्था आउन नदिऔं

-डा.डिआर उपाध्याय,अहिले सिंहदरबारको अधिकार गाउँमा गाउँमा छ । स्थानीय तहका जनप्रतिनिधिहरुले अहिले भनेको जनतामा परिरहेको पीर मर्कालाई बुझनु पर्ने बेला हो । यति बेला जनता आपतमा छन । जनता आपत बिपतमा पर्दा जनताका प्रतिनिधिहरुले ख्याल गर्नु पर्ने हुन्छ । यो बेलामा जनताले दैनिकी कसरी चलाइरहेका छन् ? जनताको अवस्था कस्तो छ ? जनताको घरमा चुल्लो बलेको छ की छैन ? निषेधाज्ञाका कारण काम गर्न नपाएर जनता भोक भोकै छन की के छन ? यी सवै कुराको ध्यान दिनुपर्ने बेला आएको छ । निषेधाज्ञाका कारण कोही जनता भोकले मरेको सुन्न नपरोस् । निषेधाज्ञा बढ्दै जाँदा देशभर भोकमरीको आवाज उठ्न थालेको छ । वैशाख दोस्रो साता देखि सुरु भएको निषेधाज्ञाले आम नागरिक समस्यामा छन । नागरिकले जोहो गरेको खाद्यान्न पनि सकिँदै छ । भोकमरीबाट जनतालाई जोगाउँन सवै सचेत बन्नुपर्छ। अघिल्लो चरणको महामारीबाट पाठ सिकेर पूर्व तयारी गर्न अव ढिलाई गर्नु...