Friday, November 20

खेलकुद

लिभरपुलको सानदार जित, सलाहको गोल
खेलकुद, समाचार

लिभरपुलको सानदार जित, सलाहको गोल

इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा लिभरपुलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा मर्सिसाइड क्लब लिभरपुलले र्विच सिटीलाई ३-० गोलले पराजित गरेको हो ।  उक्त खेलको २६औं मिनेटमा लिभरपुलका लागि पोर्चुगिज फरवार्ड डिएगो जोटाले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि खेलको ६५ औं मिनेटमा सब्सिच्युट रोबर्टो फिर्मिनोले गोल गरी लिभरपुललाई अग्रता दोब्बर बनाए ।  त्यसपछि खेलको ७४औं मिनेटमा मोहम्मद सलाहले गोल गरी टिमलाई जित दिलाए । जितसँगै लिभरपुलले ३ अंक जोडेको छ । ...
उद्घाटन खेलमै आर्सनललाई पराजित गर्‍यो ब्रेन्टफर्डले
खेलकुद, समाचार

उद्घाटन खेलमै आर्सनललाई पराजित गर्‍यो ब्रेन्टफर्डले

गएराति इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको उद्घाटन खेलमा ब्रेन्टफर्डले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्रेन्टफर्डले आर्सनललाई २-० गोलले पराजित गरेको हो ।  खेलको २२ औं मिनेटमा ब्रेन्टफर्डका सर्जी कानोसले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि दोस्रो हाफमा खेलको ७३ औं मिनेटमा क्रिस्टियन नोर्गार्डले गोल गर्दै ब्रेन्टफर्डलाई जित दिलाए ।  खेलमा आर्सनलले गोल गर्ने धेरै मौका पाएको थियो । तर गर्न सकेन । जितसँगै प्रिमियर लिगको ५० औं क्लब बनेको ब्रेन्टफर्डले डेब्यु खेलमा ३ अंक जोडेको छ ।...
नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै
खेलकुद, समाचार

नेपाल राष्ट्रिय फुटबल टिमको बन्द प्रशिक्षण शुरू हुँदै

नेपाली राष्ट्रिय पुरुष फुटबल टिमको बन्द प्रशिक्षण आज शुरू हुँदैछ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले पोखरा रंगशालामा टिमको प्रशिक्षण गर्न लागिएको जनाएको छ । प्रशिक्षणमा प्रकाश बुढाथोकी र एरिक विष्ट भने सहभागी हुने छैनन् ।  दुबै खेलाडी चोटका कारण फिट छैनन् । उनीहरुको स्थानमा शिशिर लेखी र सेसेहाङ आङदेम्बे टिममा सामेल हुने एन्फाले जनाएको छ । साफ च्याम्पियनसिप र एसियन कप छनोट अन्तर्गत फाइनल चरणको छनोटका लागि नेपाली टोलीले तयारी गरिरहेको छ  । मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीको नेतृत्वमा ३७ खेलाडी बन्द प्रशिक्षणमा रहेका छन् । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १३ सम्म माल्दिभ्समा हुनेछ  ।...
अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजमा बंगलादेशको शानदार जित
खेलकुद, समाचार

अष्ट्रेलियाविरुद्धको टी-ट्वान्टी सिरिजमा बंगलादेशको शानदार जित

अष्ट्रेलियाविरुद्धको पाँच खेलको टी-ट्वान्टी सिरिजमा घरेलु टिम बंगलादेशले शानदार जित हात पारेको छ । ढाकामा सोमबार भएको अन्तिम तथा पाँचौ टी-ट्वान्टीमा अष्ट्रेलियालाई ६० रनले पराजित गर्दै घरेलु टोलीले सिरिज  ४-१ ले जितेको हो । शेर बंगला नेसनल स्टेडियममा बंगलादेशले दिएको १ सय २३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको अष्ट्रेलिया ६२ रन जोड्दा अलआउट भयो । अष्ट्रेलिया १३ ओभर ४ बलमा अलआउट भएको हो । सीमित ओभरको क्रिकेटमा अष्ट्रेलियाको यो सर्वाधिक कम स्कोर हो । अष्ट्रेलियाका लागि कप्तान म्याथ्यु वेडले २२ रन जोडे । यस्तै बेन म्याकडेरमोटले १७ रन जोड्दा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन् । अष्ट्रेलियालाई सस्तैमा समेट्न शकिब अल हसनले ४ विकेट लिए । मोहमद सैफुदीनले ३ तथा नासुन अहमेदले २ विकेट लिए  । यसअघि पहिले ब्याटिङ गरेको बंगलादेशले २० ओभरमा ८ विकेट गुमाएर १ सय २२ रन ब...
भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी
खेलकुद, समाचार

भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी

२१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् । बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन् । बिदाइमा बोल्दै मेस्सीले आफूले अघिल्लो वर्ष क्लब छाड्न खोज्दा नदिइएको तर यो वर्ष छाड्न नचाहँदा छाड्नु परेको भन्दै भावुक  बने । ‘म यस क्लब छाड्न चाहदैन थिए । यस क्लबलाई म माया गर्थे । मैले यो पलको आशा गरेको थिएन,’ मेस्सीले बिदाइमा भने, ‘गत वर्ष म क्लब छाड्न चाहन्थे । यस वर्ष म बस्न चाहन्छु । त्यसैले म दुखी छु ।’ क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए । ६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमान...
टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न
खेलकुद, समाचार

टिम गोर्खालीको आयोजनामा फ्री फायर टुर्नामेन्ट सम्पन्न

टिम गोर्खालीको आयोजनामा सुरु भएको सैपाल च्याम्पियनसिप फ्री फायर क्लास स्क्वाड ग्युल्ड टुर्नामेन्ट २०२१ सम्पन्न भएको छ । सैपाल एकेडेमीको सहकार्यमा आयोजित २० दिन लामो ईस्पोटर्स प्रतियोगिता बिहीबार सकिएको हो । प्रतियोगितामा देशभरका ९८ टोलीले प्रतिस्पर्धा गरेका थिए । सैपाल एकेडेमीको प्रमुख प्रायोजन तथा क्युपिड स्टुडियो एसोसिएट र जेनिथ एजुकेसनल कन्सल्टेन्सी, के मार्सल आर्ट, हायर मी, ग्रेस ईभेन्ट र सिक्स्टी थ्री स्टुडियोले नेपाली गेमिङ समुदायलाई सहयोग पुर्‍याउन यो प्रतियोगितालाई साथ दिएका थिए । आयोजक टिम गोर्खालीले नेपालको ईस्पोटर्स प्रतिभालाई प्रोत्साहन गर्न यो एउटा ठूलो कदम उठाएको बताएको छ । जुन २७, २०२१ बाट सुरु भएको यो प्रतियोगिता जुलाई १७ सम्म चलेको थियो । जसअन्तर्गत पुरस्कार वितरण कार्यक्रम भने जुलाई २२ मा सैपाल एकेडेमी, धुम्बाराहीमा गरिएको हो । फरक फरक स्तरका टोली सहभाग...
पोखरा रङ्गशालामा खेलकुद प्रशिक्षण शुरु
खेलकुद, समाचार

पोखरा रङ्गशालामा खेलकुद प्रशिक्षण शुरु

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोकिएको खेलकुद अभ्यास र प्रशिक्षण पोखरामा आजदेखि शुरु भएको छ । यसै वर्ष गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद तथा अन्तरराष्ट्रिय प्रतियोगितालाई लक्ष्य गरी प्रशासनको अनुमतिमा आंशिकरुपमा खेलकुद अभ्यास तथा प्रशिक्षण शुरु गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले बताए । सम्बन्धित खेल सङ्घले उपलब्ध गराएको खेलाडीको नामावलीअनुसार सिफ्ट विभाजन गरेर एक सिफ्टमा छदेखि १२ जना खेलाडीले प्रशिक्षण गर्ने‍ उनको भनाइ छ । ‘इनडोर’ खेलका अभ्यास साँझ र बिहानमात्र सञ्चालन हुनेछन् । प्रारम्भमा क्रिकेट, लनटेनिस र मार्सल आर्टस्का प्रशिक्षण शुरु भएको र स्थिति सहज भएको खण्डमा भदौदेखि नै सबै खेलका प्रशिक्षण शुरु गर्ने तयारी गरिएको बताइन्छ । अध्यक्ष बानियाँले भने, “लामो सयम खेलकुद गतिविधि ठप...
विश्व किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारद्वारा अमेरिकाबाट पाँचौँ विश्व किर्तिमान राख्दै गिनिज बुकमा नाम लेखाउन सफल
खेलकुद, समाचार

विश्व किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारद्वारा अमेरिकाबाट पाँचौँ विश्व किर्तिमान राख्दै गिनिज बुकमा नाम लेखाउन सफल

किर्तिमानी नेपाली पार्कर खेलाडी दिनेश सुनारले अमेरिकाबाट पाँचौँ पार्कर विश्व किर्तिमान राख्न सफल भएका छन् । खोटाङको अति विकट गाउँ खाम्तेल कामीडाँडामा जन्मेका दिनेश नेपालको नाम विश्वमा चिनाउँदै पार्कर खेलाडीको रूपमा आफ्नो र देशको नाम इतिहास रच्न सफल भएका छन। चार पटकको आफ्नै रेकर्ड तोड्दै पाँचौँ पटक ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’मा नाम लेखाउन सफल भएका छन् । सानैदेखि गाउँमा उफ्रिने उल्टीमार्ने गर्दै पछि पार्कर खेलाडीका रूपमा आफूलाई विश्वका सामु चिनाउनु सफल भएका हुन। ‘मस्ट ट्वि’स्टिङ ब्याक फिलिप्स अफ द वाल इन वन मिनट’ टाइटलमा पहिलोपटक गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराएका दिनेशले गिनिज बुकमा नाम दर्ता गराउन ‘न्यूनतम १५ पटकसम्म गर्नुपर्ने उल्लेख थियो, तर उनले १८ पटकसम्म गरेको थिए। दिनेशले निरन्तरको रेकर्ड हासिल गर्दै पछिल्लोपटक जीपी फाउन्डेसन र ब्यालेन्स ग्रुप अफ कम्पनी अमेरिकाको सं...
इंग्ल्याण्डलाई हराउँदै इटालीले जित्यो युरोकपको उपाधि
खेलकुद, समाचार

इंग्ल्याण्डलाई हराउँदै इटालीले जित्यो युरोकपको उपाधि

घरेलु टोलि इंग्ल्याण्डलाई स्तब्ध पार्दै इटालीले युईएफए युरो २०२० को उपाधि जितेको छ। वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न खेलमा इंग्ल्याण्डलाई पेनाल्टीमा ३ – २ गोलले हराउँदै इटालीले दोस्रो पटक युरोकपको उपाधि हात पारेको हो। निर्धारित ९० मिनेटको खेल १ – १ गोलको बराबरीमा सकियपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा बाजी मार्दै इटालीले युरोकपको उपाधि हासिल गरेको हो। पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्डो बोनुची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन्। इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे। मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन्। खेल पेनाल्टीमा जानु भन्दा पहिले १ – १ गोलको बराबरीमा सकिएको थियो। ...
ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि
खेलकुद, समाचार

ब्राजिललाई हराउँदै अर्जेन्टिनाले जित्यो कोपा अमेरिकाको उपाधि

अर्जेन्टिनाले कोपा अमेरिका फुटबलको उपाधि जितेको छ । आइतबार बिहान भएको फाइनल खेलमा  ब्राजिललाई १-० गोल अन्तरले पराजित गर्दै अर्जेन्टिनाले उपाधि हात पारेको हो । माराकाना स्टेडियममा अर्जेन्टिनालाई उपाधि दिलाउन एन्जल डी मारियाले गरेको एक गोल नै निर्णायक बन्यो । खेलको २२ औं मिनेटमा डी मारियाले निर्णायक गोल गरेका थिए । यससँगै कप्तान लियोनल मेस्सीले अर्जेन्टिनाका लागि पहिलो अन्तराष्ट्रिय उपाधि जित्न सफल भएका छन् । यस अघि अर्जेन्टिनाले सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टी सुटआउटमा ३-२ ले पराजित गरेको थियो । ब्राजिलले भने पेरुलाई १-० गोल अन्तरले पराजित गर्दै फाइनल यात्रा तय गरेको थियो ।...