Friday, November 20

खेलकुद

लेवान्डोस्कीले पाए ‘फुटबल अफ द इयर अवार्ड’
खेलकुद, समाचार

लेवान्डोस्कीले पाए ‘फुटबल अफ द इयर अवार्ड’

बायर्न म्युनिखका स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले जर्मनी फुटबलर अफ द इयर अवार्ड पाएका छन् । फुटबल म्यागजिन किकरले लेवान्डोस्कीलाई जर्मनी फुटबलर अफ द इयर अवार्ड प्रदान गरेको जनाएको छ । जर्मन बुन्डेसलिगा अन्तर्गत बायर्न र हेर्था बर्लीनबीचको खेल अघि उनलाई अवार्ड प्रदान गरिएको हो ।  लेवान्डोस्कीले ह्याट्रिक गरेपछि बायर्नले बर्लीनलाई ५-० गोल अन्तरले पराजित गरेको थियो ।...
रियल मड्रिडको संघर्षपूर्ण जित
खेलकुद, समाचार

रियल मड्रिडको संघर्षपूर्ण जित

स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले रियल बेटिसमाथि संघर्षपूर्ण जित निकालेको छ । शनिबार राति भएको खेलमा रियलले बेटिस क्लबलाई १–० ले हराएको हो । रियलको जितमा ड्यानी कार्भाजलले ६१औँ मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । जतिसँगै रियल ७ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ । रियल बेटिस २ अंकसहित तालिकाको १४औँ स्थानमा छ ।...
रोनाल्डोले छाडे युभेन्ट्स, अब म्यानचेस्टर युनाइटेडबाट खेल्ने
खेलकुद, समाचार

रोनाल्डोले छाडे युभेन्ट्स, अब म्यानचेस्टर युनाइटेडबाट खेल्ने

क्रिष्टियानो रोनाल्डोले युभेन्ट्स छाडेका छन् । अब उनी फेरि इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडमा देखिने छन् । युनाइटेडले रोनाल्डोलाई क्लब फर्काउने विषयमा युभेन्ट्ससंग सहमती गरेको छ । ‘क्लबको सबै जना क्रिस्टियानोलाई म्यानचेस्टरमा स्वागत गर्नका लागि उत्सुक छन्,’ युनाईटेडले आधिकारिक रुपमा लेखेको छ । युनाइटेडले रोनाल्डोसंग दुई वर्षको सम्झौता गरेको जनाइएको छ । रोनाल्डोले युनाइटेडमा ६ सिजन बिताएका थिए । सो समय उनले तीन प्रिमियर लिग, एक च्याम्पियन्स लिग, दुई लिग कप र एक एफ ए कप जिताएका थिए । पाँच पटकका वालेन डी ओर विजेता खेलाडी रोनाल्डोले करियरमा ३० मुख्य उपाधि जितेका छन् । उनले पाँच युईएफए च्याम्पियन्स लिगका साथै चार फिफा क्लब विश्वकप र सात वटा लिग इङ्ल्याण्ड, स्पेन र इटालीबाट जितेका छन् । उनले युनाइटेडबाट २ सय ९२ खेलमा १ सय १८ गोल गरेका थिए ।...
नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच डेभ ह्वाटमोरले दिए राजीनामा
खेलकुद, समाचार

नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच डेभ ह्वाटमोरले दिए राजीनामा

नेपाली राष्ट्रिय क्रिकेट टिमका कोच डेभ ह्वाटमोरले पदबाट राजीनामा दिएका छन् । उनले शुक्रबार राष्ट्रिय क्रिकेट टिमको कोचबाट राजीनामा दिएका हुन् ।  ओमानको भ्रमणमा रहेका उनले राष्ट्रिय क्रिकेट टिमको कोचबाट राजीनामा दिएको बारे क्रिकेट एशोसिउशन नेपाल ९क्यान०ले सामाजिक सञ्जाल फेसबुमार्फत जानकारी गराएको छ ।  क्यानले प्रशिक्षक ह्वाटमोरले इमेल मार्फत राजीनामा पठाएको बताएको छ । ह्वाटमोरले आफ्नो घरायसी कारणले राजीनामा दिएको क्यानले फेसबुकमा जनाएको छ । ...
नेपाली क्रिकेट टिम ओमान प्रस्थान
खेलकुद, समाचार

नेपाली क्रिकेट टिम ओमान प्रस्थान

नेपाली राष्ट्रिय क्रिकेट टिम मंगलबार ओमान प्रस्थान गरेको छ । क्रिकेट विश्व च्याम्पियनसिप लिग २ र पपुवा न्युगिनीसँगको एक दिवसीय क्रिकेट श्रृंखला खेल्न नेपाली टिम मंगलबार त्यसतर्फ लागेको हो । ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको टिमलाई नेपाल क्रिकेट संघ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्द, सचिब अशोकनाथ प्याकुरेलसहितका पदाधिकारीले बिदाइ गरेका छन्  । ओमानमा रहँदा नेपालले लिग २ मा अमेरिका र ओमानसँग त्रिकोणीय श्रृंखलाका ४ खेल खेल्नेछ । लिगमा तीनवटै देशले एकअर्का विरुद्ध २–२ खेल खेल्ने छन् । लिगभन्दा अघि नेपालले पपुवा न्युगिनीसँग २ खेलको एकदीवसीय क्रिकेट श्रृंखला खेल्ने छ । पूर्व कप्तान पारस खड्काको सन्यासपछि नेपालले पहिलो पटक अन्तर्राष्ट्रिय क्रिकेट खेल्दैछ। नेपाल यो पटक नयाँ जर्सीमा समेत मैदानमा देखिने छ। यो खेलमा पारसको कमी कुन खेलाडीले पूरा गर्छन् भन्ने हेर्न लायक हुनेछ। यस्तै तिब्र गत...
लिभरपुलको लगातार दोस्रो जित
खेलकुद, समाचार

लिभरपुलको लगातार दोस्रो जित

इंग्लिस प्रिमियर लिग फुटबलमा लुभरपुलले लगातार दोस्रो जित निकालेको छ । शनिबार भएको लिगको दोस्रो चरणको पहिलो खेलमा लिभरपुलले बर्नलीलाई २–० ले हरायो । लिभरपुलको जितमा डिएगो जोटा र साडियो मानेले एक एक गोल गरे । लिभरपुलले दुई खेलबाट ६ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । बर्नली अंक विहिन हुदै तालिकाको १७औँ स्थानमा छ ।...
सानदार जित निकाल्दै लाइप्जिग तेस्रो स्थानमा
खेलकुद, समाचार

सानदार जित निकाल्दै लाइप्जिग तेस्रो स्थानमा

गए राति जर्मन बुन्डेसलिगा अन्तर्गत भएको खेलमा लाइप्जिगले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा लाइप्जिगले भिएफबी स्टुटगार्टलाई ४–० गोलले पराजित गरेको हो ।  उक्त खेलमा लाइप्जिगलाई जित दिलाउन डोमिनिक सोबोस्लाईले दुई गा्ेल गरे भने इमिल फोर्सवर्ग र आन्द्रे सिल्भाले एक एक गोल गरे । उक्त खेलको ३८औं मिनेटमा लाइप्जिगका डोमिनिक सोबोस्लाईले गोल गरी टिमलाइए अग्रता दिलाए । त्यसपछि दोस्रो हाफको शुरुमै इमिल फोर्सवर्गले गोल गरी लाइप्जिगलाई अग्रता दोब्बर बनाए ।  त्यसपछि खेलको ५२औं मिनेटमा डोमिनिक सोबोस्लाईले र ६५औं मिनेटमा पोर्चुगिज फरवार्ड आन्द्रे सिल्भाले गोल गरी टिमलाई जित दिलाए । जितसँगै लाइप्जिग दुई खेलबाट ३ अंक जोड्दै तेस्रो स्थानमा उक्लिएको छ ।  ...
जर्मन सुपर कपको उपाधि बायर्नलाई
खेलकुद, समाचार

जर्मन सुपर कपको उपाधि बायर्नलाई

जर्मन सुपर कपको उपाधि बायर्न म्युनिखले जितेको छ । मंगलबार राति भएको फाइनलमा बोरुसिया डर्टमण्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै बायर्नले उपाधि हात पारेको हो । बायर्नलाई उपाधि दिलाउन रोबर्ट लेवान्डोस्कीले दुई गोल गरे । थोमस मुलरको नाममा एक गोल रह्यो । डर्टमण्डका मार्को रिउसले एक गोल फर्काए । खेलको ४१ औं मिनेटमा लेवान्डोस्कीले गोल गर्दै बायर्नलाई सुरुवाती अग्रता दिलाएका थिए । खेलको ४९ औं मिनेटमा मुलरले गोल गर्दै बायर्नको अग्रता २-० को बनाए । ६४ औं मिनेटमा डर्टमण्डका रिउसले गोल गर्दै खेल २-१ को स्थितिमा ल्याए । त्यसपछि खेलको ७४ औं मिनेटमा लेवान्डोस्कीले व्यक्तिगत दोस्रो गोल गर्दै बायर्नलाई ३-१ को जित दिलाए । बायर्नले आठौं पटक सुपर कपको उपाधि जितेको हो । जर्मन सुपर कपको उपाधिका लागि बुन्डेसलिगा च्याम्पियन र जर्मन कप विजेताले प्रतिस्पर्धा गर्ने नियम छ । बायर्नले बुन्डेसलिगा ज...
इंग्ल्यान्डविरूद्धको टेस्ट क्रिकेटमा भारतको शानदार जित
खेलकुद, समाचार

इंग्ल्यान्डविरूद्धको टेस्ट क्रिकेटमा भारतको शानदार जित

भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित फराकिलो रनले हराएको छ । लर्ड्समा सोमबार राति भारतले इंग्ल्यान्डलाई १ सय ५१ रनले पराजित गरेको हो । यस जितसँगै भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो टेस्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो । सोमबार भारतले ८ विकेट गुमाएर २ सय ९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले अलआउट हुँदै १ सय २० रन मात्र बनाउन सक्यो ।...
मेसीले क्लब छाडेपछिको पहिलो खेलमा बार्सिलोनाको जित
खेलकुद, समाचार

मेसीले क्लब छाडेपछिको पहिलो खेलमा बार्सिलोनाको जित

स्पेनिस ला लिगा अन्तर्गत भएको खेलमा बार्सिलोनाले सानदार जित निकालेका छ । निकै रोमान्चक बनेको उक्त खेलमा बार्सिलोनाले रियल सोसीडाडलाई ४-२ गोलले पराजित गरेको हो ।  घरेलु मैदान क्याम्प नोउमा भएको उक्त खेलमा बार्सिलोनाले सजिलै जित निकाल्यो । लिओनेल मेसीले क्लब छाडेपछि बार्सिलोना पहिला पटक मैदान उत्रिएको हो । उक्त खेलको १९ औं मिनेटमा बार्सिलोनाका जेरार्ड पिकेले गोल गरी टिमलाई अग्रता दिलाए । त्यसपछि पहिलो हाफको अन्तिममा र ५९ औं मिनेटमा बार्सिलोनाका ब्रेथवेटले गोल गरे । त्यसपछि ८२ औं मिनेटमा सोसीडाडका लोबेटेले गोल गरे । त्यसको तीन मिनेटमा नै मिकेल ओयाराज्बालले गोल गरे ।  खेलको अन्तिम समयमा सर्जी रोबर्टोले गोल गरी बार्सिलोनालाई जित दिलाए । जितसँगै बार्सिलोना अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको छ । ...