Saturday, November 21

मनोरन्जन

‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक(भिडियो)

चलचित्र ‘प्रेमगन्ज’को गीत ‘मज्जा आउँदै छ’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतले निकै शशक्त प्रेम भाव प्रकट गरेको छ । गीतमा पुरुषोत्तम ढुङ्गेलको शब्द र किरण भुषालको स्वर र संगीत रहेको छ । परिच्छेद सेन निर्देशित चलचित्रको गीतमा सुप्रिया खनाल र राइडर प्रशन फिचर छन् । परिच्छेदकै लेखन रहेको चलचित्रमा तेज गिरी, बेनिशा हमाल, सम्पदा बानिया लगायतका कलाकारको पनि अभिनय रहेको छ । सञ्जय लामाको छायाँकन रहेको चलचित्रका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । स्पट व्यायका रूपमा लामो समय काम गरेका राजु फुयाँलको प्रस्तुति रहेको चलचित्र चलचित्र चौतारीको ब्यानरमा बनेको हो । चलचित्र भदौ ३ गतेबाट प्रदर्शन हुनेछ । https://youtu.be/ez18SWwiPx0...
सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणका लागि आवेदन खुल्ला
मनोरन्जन, समाचार

सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणका लागि आवेदन खुल्ला

ज्योति विकास बैंकको प्रस्तुति रहेको सगरमाथा म्युजिक अवार्डको चौथो संस्करणको लागि आवेदन खुल्ला गरिएको छ । अर्थ नेपाल प्रा.लि.को आयोजनामा हुने अवार्डमा राइड सेयरिङमा लोकप्रिय रहेको साहारा एपले टाइटल स्पोन्सर गरेको छ भने ज्योति विकास बैंक प्रस्तुतकर्ताको रुपमा रहेको छ । अवार्डमा २०७८ वैशाखदेखी २०७८ चैत्रसम्म बजारमा आएका गीत सङगीतले सहभागीता जनाउन सक्ने कार्यक्रम प्रमुख पुरुषोत्तम बस्नेतले जानकारी गराउनुभएको छ । जुरी र भोटको आधारमा अवार्डको अन्तिम निर्णय हुने अवार्ड संयोजक मनोज थापाले बताउनुभएको छ । ‘नेपाली कला र स्रष्टाको सम्मान, नेपाली संस्कृति संरक्षण र प्रवद्र्धन हाम्रो अभियान’ भन्ने मूल नाराको साथ हुन लागेको चौथो सगरमाथा म्युजिक अवार्ड २०७९ मा राष्ट्रिय, चलचित्र, आधुनिक, लोक दोहोरी र पप विधामा देशभरका कलाकर्मीहरूले सहभागी हुन सक्ने कार्यक्रम निर्देशक कुशल खत्रीले जानकारी दिनुभएको छ ...
जिनियस म्यूजिक अवार्ड २०७९ हुँदै, डा.भोला रिजाललाई दिर्घ साधना सम्मान
मनोरन्जन, समाचार

जिनियस म्यूजिक अवार्ड २०७९ हुँदै, डा.भोला रिजाललाई दिर्घ साधना सम्मान

काठमाडौं, साउन १७ ग्यालेक्सी दैनिक यस वर्षको जिनियस म्यूजिक अवार्डमा वरिष्ठ गीतकार डा.भोला रिजाललाई दिर्घ साधना सम्मान प्रदान गरिने भएको छ । वरिष्ठ स्त्री रोग विशेषज्ञ समेत रहेका डा.रिजालका शव्दमा तयार भएका थुप्रै गीतहरु लोकप्रिय रहेका छन । लामो समयदेखि गीत संगित क्षेत्रमा सक्रिय गीतकार डा.रिजाललाई नेपाल सरकारका संस्कृति,पर्यटन तथा नागरिक उडड्यन मन्त्री जिवन राम श्रेष्ठ तथा वरिष्ठ संगितकार शम्भूजीत बासकाेटाको हातबाट नगद सहित दिर्घ साधना सम्मान प्रदान गरिन लागेको आयोजक संस्थाका प्रमुख रमेश पाठकले जानकारी दिएका छन । आउदो शनिवार राष्ट्रिय नाचघरको हलमा दिउसो २ बजेबाट अवार्ड कार्यक्रम शुरु हुनेछ । संस्थाको आफ्नो अफिसियल वेबसाईट मार्फत उत्कृष्ट टप ५ मा परेका कलाकर्मीहरुको नाम र प्रमाण पत्र सार्वजनिक तथा बितरण भैसकेको छ । मनोनयनमा परेका कलाकारहरुले संस्थाको वेबसाईट www.geniusmusic.com.np ब...
पाल्पाको रानी महलमा धिरेन शाक्य र मन्जु थापाको जोडी(भिडियो)
मनोरन्जन, समाचार

पाल्पाको रानी महलमा धिरेन शाक्य र मन्जु थापाको जोडी(भिडियो)

सदावहार नायक धीरेन शाक्य र हङकङ निवासी मोडेल तथा गायिका मञ्जु थापा अभिनित ‘माया लाउँदै जाऊ’ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत विशिष्ट व्यक्तित्व, कलाकार तथा सञ्चारकर्मीमाझ सो कार्यक्रम सम्पन्न गरिएको हो । गीत गायक आनन्द कार्की र गायिका साधना सरगमको सुमधुर स्वरले सजिएको छ भने संगीत सचिन सिंहको संगीत रहेको छ । ऐतिहासिक नगरि पाल्पाको रानीमहल लगायतको मनमोहक स्थानहरु समेटिएको यस् भिडियोमा मञ्जु थापाको निर्माण, कमल राईको निर्देशन तथा कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, राजेश महर्जनको निर्माण व्यवस्थापन, सुरज बास्तोलाको ध्वनि नियन्त्रण र आर्या गुरुङको शृङार रहेको छ। हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’द्वारा सञ्चालित कार्यक्रममा समाजसेवी अशोक महर्जन, लाजिम्प...
‘बर्खे झरी’सार्वजनिक
मनोरन्जन, समाचार

‘बर्खे झरी’सार्वजनिक

काठमाडौं, साउन १६ ग्यालेक्सी दैनिक 'बर्खे झरी' बोल रहेको गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा गायक निशान भट्टराई र गायीका रानु निरौलाको आवाज सुन्न सकिन्छ । किरण भण्डारीको शव्द, संगीत तथा संगीत संयोजन रहेको गीतको मिक्सिङ तथा मास्टरिङ अनिल नकर्मीले गरेका हुन् । गौरव गिरीले निर्दशन गरेको म्युजिक भिडीयोमा प्रियाना आचार्य, दिवस नाथ, निशा खतुन र राज टाईगरको अभिनय देख्न सकिन्छ । म्युजिक भिडियोमा बसन्त कुँवरको छायाँकन,बलभद्र कुवँरको सम्पादन र सरस्वती श्रेष्ठको मेकअप समाबेस रहेको छ । म्युजिक भिडीयोलाई सदिक्षा फिल्म्स अफिसियलबाट सार्वजनिक गरिएको हो । https://youtu.be/Xqd4UhFecxA...
सञ्चाकर्मी गीता अधिकारीले ल्याइन तीज गीत “छम्म छम्म नाचौ न”
मनोरन्जन, समाचार

सञ्चाकर्मी गीता अधिकारीले ल्याइन तीज गीत “छम्म छम्म नाचौ न”

काठमाडौं, साउन १६ ग्यालेक्सी दैनिक कुशल सञ्चाकर्मी तथा गीतकार गीता अधिकारीको शब्द रचनामा रहेको मौलिक तीज गीत "छम्म छम्म नाचौ न"को भिडियो सार्वजनिक भएको छ । नारायण रिजालको निर्देशन रहेको तिज गीतको भिडियोमा सारिका घिमिरे, रश्मी भट्ट, रेनुका रिजाल, सुस्मिता लामा, संगीता श्रेष्ठ, आरती थापा मगर, सुस्मिता पौडेल सहित ६० जनाभन्दा बढी कोरस प्रयोग गरिएको छ । शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत एवं एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियोमा सात दिदी, बहिनीको कथा प्रस्तुत गर्न खोजिएको छ जसमा रोशन बुढाथोकीको कोरियोग्राफी रहेको छ । वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र वरिष्ठ संगीतकार राजु सिंहको सभापतित्वमा भएको कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, कृष्ण भुषाल...
धीरेन र मञ्जु अभिनित ‘माया लाउँदै जाऊ’ सार्वजनिक
मनोरन्जन, समाचार

धीरेन र मञ्जु अभिनित ‘माया लाउँदै जाऊ’ सार्वजनिक

काठमाडौं, साउन १६ ग्यालेक्सी दैनिक सदावहार नायक धीरेन शाक्य र हङकङ निवासी मोडेल तथा गायिका मञ्जु थापा अभिनित ‘माया लाउँदै जाऊ’ गीतको भिडियो सार्वजनिक भएको छ । केही समयअघि लाजिम्पाटस्थित नेपाली चुलो रेस्टुरेन्टमा एक कार्यक्रम मार्फत विशिष्ट व्यक्तित्व, कलाकार तथा सञ्चारकर्मीमाझ सो कार्यक्रम सम्पन्न गरिएको हो । गीत गायक आनन्द कार्की र गायिका साधना सरगमको सुमधुर स्वरले सजिएको छ भने संगीत सचिन सिंहको संगीत रहेको छ । ऐतिहासिक नगरि पाल्पाको रानीमहल लगायतको मनमोहक स्थानहरु समेटिएको यस् भिडियोमा मञ्जु थापाको निर्माण, कमल राईको निर्देशन तथा कोरियोग्राफी, उत्तम हुमागाईको छायांकन, प्रवीण श्रेष्ठको सम्पादन सुन्दर श्रेष्ठको पोस्टर डिजाइन, राजेश महर्जनको निर्माण व्यवस्थापन, सुरज बास्तोलाको ध्वनि नियन्त्रण र आर्या गुरुङको शृङार रहेको छ। हास्यकलाकार गोपाल ढकाल ‘छन्दे’द्वारा सञ्चालित कार्यक्र...
प्रसुन, जेसिका र लसता टिन स्टार इन्टरनेशनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै
मनोरन्जन, समाचार

प्रसुन, जेसिका र लसता टिन स्टार इन्टरनेशनलमा नेपालको तर्फबाट प्रतिनिधित्व गर्दै

काठमाडौं, साउन १५ ग्यालेक्सी दैनिक नेपाली बालकलाकार प्रसुन जंग पोखरेलले थाइल्याण्डमा हुने अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धा गर्ने भएका छन् । ब्राइट फ्युचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत प्रसुन जंगसंगै जेसीका ठकुरी र लसता महर्जनले बैंककमा हुने टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्न लागेका हुन् । परिवर्तन इभेन्ट हाउसले १० वर्ष अघिदेखि राजधानीमा नृत्य, गायन तथा अभिनय सम्बन्धी प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए स्टार (डान्स, सिंगिङ एन्ड एक्टिङ स्टार) सञ्चालन गर्दै आएको छ । जस मध्यबाट डि एस् ए स्टार २०१९ र ट्यालेन्ट स्टार २०२० को विजेताले सो प्रतियोगीतामा भाग लिन लागेका हुन् । प्रसुन र लसता डिएसए स्टर २०१९ का बिजेता हुन भने जेसीका ट्यालेन्ट स्टार २०२० को बिजेता हुन । उक्त अन्तर्राष्ट्रिय प्रतियोगितामा ५५ देशका ११ देखि १९ वर्ष उमेर समूहका प्रतिस्पर्धीमाझ प...
टि एन आचार्यको मौलिक तीज गीत ‘हा बरै हा हा’ सार्वजनिक
मनोरन्जन, समाचार

टि एन आचार्यको मौलिक तीज गीत ‘हा बरै हा हा’ सार्वजनिक

काठमाडौं, साउन १५ ग्यालेक्सी दैनिक महिलाहरुको महान चाड तीज नजिकिए संगै यससंग सम्बन्धित गीत र भिडियोहरु आउने क्रम पनि जारी छ । यसै क्रममा शान्ती श्री परियारको आवाजमा सजिएको 'हा बरै हा हा' बोल रहेको तीज गीत सार्वजनिक भएको छ । गीतमा टी एन आचार्यको शब्द, लक्ष्मण पोखरेलको संगीत, अशोक थापाको संगीत संयोजन, मनोज डङ्गोलको रेकर्डिङ मिक्सिङ र मास्टरिङग रहेको छ । बहुप्रतिभाका धनी कोरियाग्राफर तथा निर्देशक सुरेन्द्र बसेलको निर्देशन तथा अभिनय रहेको यस् भिडियोमा अभिनयमा उनलाई अहिले कि व्यस्त मोडेल बिना राउतले साथ दिएकी छिन । भिडियोलाई पवन सुस्लिङ एण्ड टिमको सिनेमाटोग्राफी तथा सम्पादन रहेको छ असिस्टेन्ट कोरियोग्राफी देव दोर्जे लामाको रहेको छ । भिडियोलाई दि टिम प्रोडक्सनको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ । https://youtu.be/5ewqk2aoarE...
गीताको शव्दमा शान्तिश्री र सारिकाको स्वरमा ‘छम्म छम्म नाचौँ न’ (भिडियो)
मनोरन्जन, समाचार

गीताको शव्दमा शान्तिश्री र सारिकाको स्वरमा ‘छम्म छम्म नाचौँ न’ (भिडियो)

हिन्दू महिलाहरूको महान् पर्व तीजलाई लक्षित गर्दै यस वर्षका तीज गीत सार्वजनिक हुने क्रममा छन् । यही मेसोमा नारायण रिजालको निर्देशन रहेको तीज गीत ‘छम्म छम्म नाचौँ न’ सार्वजनिक भएको छ । सञ्चारकर्मी गीता अधिकारीको शब्द, शान्तिश्री परियार र सारिका घिमिरेको स्वर, योगेशकाजीको संगीत/एरेञ्ज, पवन विश्वकर्माको मिक्सिङ तथा मास्टरिङ रहेको गीतको भिडियो शुक्रबार राजधानीमा एक कार्यक्रमको आयोजना गरी सार्वजनिक गरिएको हो । वरिष्ठ गायिका ज्ञानु राणाको प्रमुख आतिथ्यता र वरिष्ठ गायक राजु सिंहको सभापतित्वमा भएको कार्यक्रममा विश्व कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठ, साहित्यकार शैलेन्द्र चापागाईं, सञ्चारकर्मी सानुकाजी श्रेष्ठ, तुलसी गिरी ‘भावुक’ लगायत व्यक्तित्वहरूको आतिथ्यता रहेको थियो । उहाँहरूले तीजको मौलिक गीत बनेकोमा गीत र भिडियोसँग सम्बन्धित सबैलाई बधाई तथा शुभकामना दिनुभएको थियो । ‘तीज गीतमा पछिल्लो समय ...