Saturday, November 21

मनोरन्जन

महिला हिंसा र दाईजो बिरुद्ध ‘खेताला’ सार्वजनिक
मनोरन्जन, समाचार

महिला हिंसा र दाईजो बिरुद्ध ‘खेताला’ सार्वजनिक

काठमाडौं, साउन १३ ग्यालेक्सी दैनिक महिलाहरुको महान चाड तीज नजिकएसंगै यस्संग सम्बन्धित तीज गीतहरु बजारमा छ्यापछ्यापती आउन थालेका छन । तीज जस्तो चाडमा कुनै बेला महिला हिंसाका केही एकाद घटनाहरु पनि घट्ने गरेको समाचार सुन्नमा आउँछ । यही महिला हिंसा र दाईजो बिरुद्धको आवाज लगायतका सामाजिक बिषयबस्तुमा आधारित रहेर तयार पारीएको गायक विनोद ढकाल, माया दर्नाल, दिपकला थापा र कृष्ण लामिछानेको स्वरले सुसज्जित तीज गीत 'खेताला' सार्वजनिक गरिएको छ । गीतमा लय शब्द पनि गायक विनोद ढकालकै रहेको छ भने एरेन्ज र मिक्सिङ कृष्ण लामिछनेको रहेको छ । लक्ष्मण श्रेष्ठ निर्देशनमा तयार पारीएको भिडियोमा शुशिला निरौला बिम्लि, विनोद ढकाल, गणेश एसी(क्वाके) लगायतको दमदार अभिनय देख्न सकिन्छ । भिडियोको छाँयाकन मरुभुमी नारायण, मेकअप मोहन लामा तथा सम्पादन रोशन धितालले गरेका हुन । म्युजिक ल्याब प्रा. लि. उत्पादन...
समलिङ्गी प्रेम कथामा आधारित ‘मिरा’ पुन: युट्युबमा अपलोड
मनोरन्जन, समाचार

समलिङ्गी प्रेम कथामा आधारित ‘मिरा’ पुन: युट्युबमा अपलोड

काठमाडौं, साउन १३ ग्यालेक्सी दैनिक समलिङ्गी प्रेम कथामा आधारित सर्ट फिल्म 'मिरा -दी टेल्स अफ लाइफ' पुन: युट्युबमा सार्वजनिक गरिएको छ । यस् अघि सार्वजनिक गरीएको भिडियोमा समस्या आएपछी निर्माण टिमले सो भिडियो हटाइ नयाँ अपलोड गरेका हुन् । युट्युब च्यानल आश्वी फिल्म्सबाट रिलिज गरिएको हो । प्रेम मानव जीवनको भावनात्मक शब्द हो । फिल्ममा दुई युवतीले प्रेम आफैंमा यस्तो सुन्दर शब्द छ जुन शब्दले जीवन नै परिवर्तन बनाइदिन्छ भनेर देखाउन खोजेका छन् । मानिस जुनसुकै प्रेममा पनि खुशी हुन सक्छन, यद्यपि यसलाई परिभाषित गर्न असम्भव छ । मायालाई शब्दमा परिभाषित गर्न उचित पनि हुँदैन् र यो पारस्परिक खुसी र स्नेहको एक विस्तृत रुप रहेको बुझ्न सकिन्छ । दुई व्यक्तिको बीच एक असाधारण सम्बन्ध जुन परस्पर विश्वास, सम्मान र स्नेहसँग जोडिएको हुन्छ । अनिल कटुवालले खिचेको फिल्मको छायांकन पक्ष उत्कृष्ट छ । फिल्म...
विद्यार्थीको जनजीवनमा चलचित्र ‘स्टुडेन्ट’ छाँयाकन क्रममा
मनोरन्जन, समाचार

विद्यार्थीको जनजीवनमा चलचित्र ‘स्टुडेन्ट’ छाँयाकन क्रममा

काठमाडौं, साउन १३ ग्यालेक्सी दैनिक लगभग दुई वर्ष जतिको लकडाउनको मारमा परेका नेपाली चलचित्रहरु अहिले धमाधम छायांकन हुने क्रममा छ भने कोही चलचित्र रिलिज त कोही सार्वजनिक हुने क्रममा छन । यसै बीच लकडाउन अघि नै घोषणा गरिएको चलचित्र 'स्टुडेन्ट' भने लकडाउन सकिए पश्चात धमाधम छायांकन क्रममा रहेको छ । लामो समयदेखि नेपाली चलचित्र प्राविधिकको रुपमा कार्यरत र हाल सेन्सर बोर्डका सदस्य समेत रहेका राजेश महर्जन भने यसै चलचित्र मार्फत निर्माताको रुपमा डेब्यु गर्दैछन । चलचित्रको निर्देशन भने निर्देशक रामकृष्ण बजगाईंले गरिरहेका छन । दुई दशक अघि निकै नै चर्चामा रहेको ‘बाँंझो खेतमा छड्के सलाम’ बोल रहेको गीत छायांकन गर्दै चलचित्रको सुरुवात गरिएको थियो । अहिलेसम्म आधी भन्दा बढी छांयाकनको काम सकिएको र छिट्टै नै चलचित्रको सम्पूर्ण कामा सकेर सार्वजनिक मिति पनि घोषणा गरिने निर्माता महर्जनले बताउनु भयो...
गायिका सुजता केसी सम्मानित
मनोरन्जन, समाचार

गायिका सुजता केसी सम्मानित

काठमाडौं, साउन १३ ग्यालेक्सी दैनिक बिहीबार बालुवाटारमा आयोजित एक समारोहबीच कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाले स्रष्टाहरुलाई सम्मानित गरेका छन् । नेपाल सांस्कृतिक संघले आयोजना गरेको स्रष्टा सम्मान कार्यक्रममा सातै प्रदेशका विभिन्न स्रष्टा सम्मानित भएका छन् । कांग्रेसको शुभेच्छुक भातृ संघ नेपाल सांस्कृतिक संघ केन्द्रिय समितिले पार्टीका गतिविधिमा सक्रिय स्रष्टाहरूलाई सम्मान गरेको हो । २०७९ को स्थानीय तहको निर्वाचनमा खटिएर पार्टीलाई पहिलो बनाउन सक्रिय स्रष्टालाई सम्मान गरिएको सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापाले बताए । कार्यक्रममा सुरत रावत, पूर्ण आचार्य, सुजता केसी, डिल्ली नारायण पाण्डे, चोलेन्द्र पौडेल, जीवनाथ चौधरी, राजेन्द्र खत्रीलगायतका स्रष्टालाई सम्मान गरिएको थियोे ।...
‘आलु जस्तो लव’ सिरिजको ट्रेलर सार्वजनिक
मनोरन्जन, समाचार

‘आलु जस्तो लव’ सिरिजको ट्रेलर सार्वजनिक

काठमाडौं, साउन १३ ग्यालेक्सी दैनिक युवा पुस्तालाई लक्षित गरि तयार पारिएको ‘आलु जस्तो लव’को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ । बिहीबार बानेश्वर थापागाँउमा एक कार्यक्रम बीच ट्रेलर सार्वजनिक गरिएको हो । ट्रेलर सार्वजनिक कार्यक्रममा बोल्दै लेखक निर्देशन देव प्रसाद धिमालले आफनो मेहेनतलाई दर्शकले स्वीकार्ने विश्वास व्यक्त गरेका थिए । ‘सिरिजमा सबै कलाकार युवा र नयाँ छन, कथावस्तु पनि अहिलेको युवाहरुको प्रेममा आउने आरोह अवरोहको विषयमा छ त्यो हुदा युवापुस्ताले मन पराउने बिश्वास लिएको छु । यो मेरो लागि चुनौती र अवसर दुवै हो,’ उनले भने । उनले सिरिजलाई टेलिभिजनमा प्रसारणका लागि कुराकानी भइरहेको र चाँडै टुंगो लाग्ने बताएका थिए । सिरिजको मुख्य भूमिकामा दिवस नाथ, प्रियंका श्रेष्ठ ,प्रियन्सी श्रेष्ठ ,सोनियो रन्जित ,पुनम परियार ,सुमन थोप्रा लिम्बू ,भिमसेन खतिवडा ,राजकुमार शाह,विजय राज भुर्...
उत्तम केसीको निर्देशनमा तीज गीत ‘चौतारीमा लर्के बर’
मनोरन्जन, समाचार

उत्तम केसीको निर्देशनमा तीज गीत ‘चौतारीमा लर्के बर’

काठमाडौं, साउन १२ सारा संसार मिडिया अम्बिका बस्नेत र रामकुमार नेपालीको स्वरमा रहेको तीज गीत ‘चौतारीमा लर्के बर’ सार्वजनिक भएको छ । अम्बिकाकै शब्द, शारदा रसाइलीको लय र नारायण दंगालको एरेञ्ज रहेको गीतको भिडियो सार्वजनिक भएको हो । बरिष्ठ कलाकार उत्तम केसी नेपालको निर्देशन रहेको गीतको भिडियोमा शोभा त्रिपाठी, निक शर्मा, विपना बस्नेत र देवराज बस्नेतको अभिनय तथा नृत्य रहेको छ । निरेन श्रेष्ठको नृत्य निर्देशन रहेको भिडियोलाई देवराज वस्नेतले निर्माण गर्नुभएको हो । राम केसीको छायाँकन रहेको भिडियोमा राजकुमार मगरको सम्पादन छ । ब्राण्ड यु पिक्चर्सको उत्पादन रहेको भिडियो चुईचुई पारेर युट्युवमार्फत सार्वजनिक गरिएको हो । ‘एउटा मौलिक तीज गीत श्रोता/दर्शकमाझ पस्किने जमर्को गरेको र भिडियो पनि त्यसै अनुसार निर्माण गरेको छौ’, निर्देशक केसीले भन्नुभयो, ‘सबैको मेहनतबाट मौलिक तीज गीत बनेको र त्यसै अनु...
सितामाजुको स्मरणमा गायन प्रतियोगिता सम्पन्न
मनोरन्जन, समाचार

सितामाजुको स्मरणमा गायन प्रतियोगिता सम्पन्न

काठमाण्डौ, साउन १२ ग्यालेक्सी दैनिक ह्याउँनिभाः र ग्लोबल नेपाल नेटर्वकको संयुक्त आयोजनामा भएको सितामाजुको स्मरणमा (नेपालभाषा म्येकासा ने.सं. ११४०) गायन प्रतियोगिता सम्पन्न भएको छ । यो कार्यक्रममा संघीय मामीला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्र श्रेष्ठको प्रमुख अतिथि, विशेष अतिथि महिला नेतृ एवम् पूर्वमन्त्रीसमेत रहेका हिसिलाको उपस्थिति रहेको थियो । सामाजिक संजालमा भएको गायन प्रतियोगितामा सहभागिता जनाएकाहरुलाई सबैलाई मायाको चिनो प्रदान गरिएको थियो । कार्यक्रममा नेवार भाषा संगीतको प्रवद्र्धन गर्ने संस्थालाई मायाको चिनो तथा प्रमारण पत्र समेत प्रदान गरिएको थियो । कर्यक्रममा ग्लोबल नेपाल नेटवर्कका संयाेजक सुनिल कुमार शाक्यले संगीत भनेकाे दुखः र सुखमा चाहिने साधन हाे, जसले जीवनमा अघि बढ्नका लागि मद्दत गरेकाे हुन्छ भनी धारणा राखे । एस टेलिभिजनका अध्यक्ष अनुपसिं सुवालले नेपालभाषाकाे सांग...
प्रसुनजंग पोखरेल अन्तराष्ट्रिय गायन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै
मनोरन्जन, समाचार

प्रसुनजंग पोखरेल अन्तराष्ट्रिय गायन प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै

काठमाण्डौ, साउन १२ ग्यालेक्सी दैनिक नेपालको गायन प्रतिभा प्रसुनजंग पोखरेलले थाइल्याण्डमा हुने अन्तराष्ट्रिय प्रतियोगितामा विभिन्न देशका गायन प्रतिभासँग प्रतिस्पर्धा गर्ने अवसर पाएका छन् । ब्राईट फ्युचर सेकेण्डरी स्कुल, नैकापको कक्षा ९ मा अध्ययनरत राजधानीका प्रसुनजंग पोखरेलले आगामी साता थाईल्याण्डको बैंककमा हुने अन्तराष्ट्रिय प्रतियोगीता टिन स्टार इन्टरनेशनलमा नेपालको प्रतिनिधित्व गर्दै आफ्नो गायन कला प्रस्तुत गर्ने अवसर पाएका हुन्। परिवर्तन इभेन्ट हाउसद्वारा १० वर्षदेखि राजधानीमा आयोजना हुँदै आएको नृत्य, गायन तथा अभिनयको प्रतिस्पर्धात्मक कार्यक्रम डीएसए (डान्स, सिंगिङ एन्ड एक्टिङ) सिंगिङ स्टार २०१९ को विजेता भएवापत प्रसुनले सो अन्तराष्ट्रिय प्रतिस्पर्धामा नेपालको प्रतिनिधित्व गर्ने अवसर पाएका हुन्। उक्त प्रतियोगितामा गायनबाट प्रतिनिधित्व गर्ने उनी एक्लो प्रतिस्पर्धी हुन्। देशभरका व...
‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक,करोड बढी भ्युज
मनोरन्जन, समाचार

‘‘कृष्ण–लीला’’ को ‘ए मेरो हजुर’ को चार लाख बढी टिकटक,करोड बढी भ्युज

काठमाण्डौ, साउन १२ ग्यालेक्सी दैनिक भदौ ३ गतेदेखि देशब्यापी प्रदर्शनमा आउने तयारीमा रहेको फिल्म ‘कृष्ण–लीला’ ले अहिले निकै चर्चा पाइरहेको छ । फस्र्टलुक सार्वजनीक सँगै दर्शकको ध्यान तान्न सफल फिल्ममा समाबेश ‘त्यो कथामा एउटा राजा एउटी रानी भैदियोस्..’ अत्याधीक सफल हुदै गर्दा निर्माण युनीटले अर्काे गीत सार्वजनीक गर्यो–‘ए मेरो हजुर..’ । ट्रेलरबाट समेत प्रतिक्षित बनेको फिल्मको यो गीत अहिले सर्वत्र गुन्जिरहेको छ । रबि ओड र सुनीता कार्कीको स्वरमा रहेको ‘ए मेरो हजुर’ छोटो समयमै सम्भवतः सर्वाधिक टिकटक बन्ने पाश्र्व गीतका रुपमा कहलिएको छ । एक महिनाअघि सार्वजनीक भएको गीतको ‘अटल वाचा गरें..’, ‘अघाउदैनन् कहिल्यै आँखा मेरा..’ र ‘मेरो ध्यान त्यतै तानीसक्यौ तिम्ले..’ बोलमा सेलिब्रेटीदेखि लिएर सर्वसाधरणलेसमेत अधिक मात्रामा टिकटक बनाएका छन् । अहिलेसम्म ती बोलमा चार लाख बढी टिकटक बनीसकेका छन् भने एक करो...
आराध्यको ‘घरमा पनि एक्लै’ सार्वजनिक
मनोरन्जन, समाचार

आराध्यको ‘घरमा पनि एक्लै’ सार्वजनिक

काठमाण्डौ, साउन १० ग्यालेक्सी दैनिक वरिष्ठ कवि, गीतकार कालीप्रसाद रिजालको शब्द, सन्तोष श्रेष्ठको सङ्गीतमा आराध्य नाथ प्याकुरेलले पहिलोपटक आफ्नो सुमधुर गायन सार्वजनिक गरेका छन् । नेपाली सुगम सङ्गीतका मानक गीतकार कालीप्रसाद रिजालले आराध्यको स्वर सुनेपछि उनको स्वरमा गायनमा अगाडि बढ्न सक्ने सम्भावनालाई मध्यनजर गरेर यो गीत गाउने स्वीकृति दिएका हुन् । समकालीन पुस्ताका लोकप्रिय सङ्गीतकार सन्तोष श्रेष्ठले पनि आराध्याको स्वर सुनेपछि केही नेपाल आधुनिक सुगम सङ्गीतमा सुमधुर स्वरको आगम भएको महसुस गर्दै यो गीतमा सङ्गीत भारिदिएका हुन् । अडियोमा राजु कार्कीको अरेन्ज, अजय सिंह कार्कीको रेकर्डिङ र प्रकाश मिश्रको मिक्सिङ र मास्टरिङ रहेको गीतमा भिडियोलाई अजय रेग्मीले छायाङ्कन गरेका छन् भने अधिनायकमान शेरचनले सम्पादन गरेका छन् । गोल्डेन क्रियशनको युटुवच्यानलबाट स्टुडियो भिडियोसहितको गीत सार्वजनिक...