Saturday, November 21

मनोरन्जन

सिमा सुरक्षाको गम्भीर सन्देश सहित चलचित्र ‘काँडेतार’ निर्माण
मनोरन्जन, समाचार

सिमा सुरक्षाको गम्भीर सन्देश सहित चलचित्र ‘काँडेतार’ निर्माण

काठमाण्डौँ, असार ३२ ग्यालेक्सी दैनिक सीमानामा काँडेतार अभियानका संयोजक तथा राष्ट्रिय भावधारामा निर्माण गरिएको चलचित्र काँडेतारका निर्माता एवं नायक नवल खड्काले नेपाल-भारतबीचको सीमालाई व्यवस्थित गर्न काँडेतार लगाउनु पर्ने प्रस्ताव सहित चलचित्र निर्माण गरिएको बताउनु भयो । शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा यस्तो प्रस्ताव गर्दै फिल्मको निर्माण टिमले विद्यार्थी संगठनका अध्यक्षसँग छलफल पनि गर्‍यो । सीमानामा काँडेतार अभियानका संयोजक तथा निर्देशक खड्काले नेपालका लागि खुला सीमाना घातक भएको बताए । ‘फिल्ममार्फत हामीले काँडेतार लगाउनुपर्छ भन्ने प्रस्ताव गरेका छौं । हामीले फिल्ममार्फत राष्ट्र, राष्ट्रियता र सार्वभौमसत्तालाई रक्षा गर्न चाहेका हौं,’ खड्काले भने । मुलुकमा देशभक्ति भावनामा बनेका फिल्म रक्षात्मक स्थितिमा पुगेको भन्दै खड्काले बजारिया फिल्मको कारण परिस्थिति जटिल अवस्थामा...
जेनिसा गौतम तीजको कोसेली ‘महङगीले मार्‍यो बरी लै’
भिडीयाे, मनोरन्जन, समाचार

जेनिसा गौतम तीजको कोसेली ‘महङगीले मार्‍यो बरी लै’

काठमाण्डौँ, असार ३2 ग्यालेक्सी दैनिक यस पालिको महङगीले तीज मान्न गार्‍हो भो । भांडा बढेर माइत जान गार्‍हो भयो । साडी लाउन सकिएन । यस्तै यस्तै दुखेसो बोकेको यसपालीको तीजको पहिलो गीत सार्वजनिक भएको छ । मुल्य ब्रिद्धी घटाऊन पर्‍यो भन्ने सन्देश दिन खोजिएको भिडियोलाई दिपक प्रसाद आचार्यले निर्देशन गरेका छ्न । जेनिसा गौतमको स्वरले सजिएको तीज गीतको भिडियोमा स्मारिका र समारिका ढकाल बिनु अधिकारी र् रश्मी पाण्डेलाई फिचर्ड गरिएको छ । बाल कलाकारमा काब्या बास्कोटा र क्रिलभा बास्कोटालाई फिचर्ड गरिएको छ । अशोक गुरुङको शब्द, सुबाश भुसालको संगीत उदयराज पौडेलको म्युजिक एरेन्जमेन्ट र कुमार के सि को मिक्सिङ मास्टरिङ्गमा प्रस्तुत गीतलाई तयार पारिएको छ । भिडियोमा पवन सुस्लिङ्को छांयाकन, बिशाल सुस्लिङ र बाल कुमार राईको सहायक छांयाकन र पवन सुस्लिङको सम्पादन र कलरिङ्ग तथा सुरेन्द...
शिव परियारको स्वर चलचित्र चिट्ठीको ‘टुटेको तारा’ गीतको रेकर्डिङ सम्पन्न
मनोरन्जन, समाचार

शिव परियारको स्वर चलचित्र चिट्ठीको ‘टुटेको तारा’ गीतको रेकर्डिङ सम्पन्न

काठमाण्डौ, असार २९ ग्यालेक्सी दैनिक एरा प्रोडक्सन प्रा.लि.को व्यानरमा कमला जोशी निर्माता र माधव राज खरेलको निर्देशन रहेको चलचित्र चिट्ठीको “टुुटेको तारा” बोलको गीत सोमबार राजधानीको फाईन टियुन स्टुडियोमा रेकर्डिङ भएको छ । डा. कृष्णहरी बरालको शब्द, संचारकर्मी एवं गायक, संगीतकार सरोज कोईरालाको संगीत, विश्व अधिकारीको एरेन्ज रहेको गीतलाई चर्चित गायक शिव परियारले गाएका हुन । संञ्जित भण्डारी, कमेडि च्याम्पियनका सेकेण्ड रनअप खड्ग बहादुर पुनमगर (खवपु), गोपाल ढकाल (छन्दे), नबुजंग थापा, मुस्कान लामा, प्रवन भुषाल, कन्चन चालिसेका साथै शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल पौडेल, मोहन निरौला, रश्मि भट्ट, उद्धव भट्टराइर्, कृष्ण भट्टराई, डेविल सिंह राजपुत, राजन थापा, पुरुषोत्तम सानु, पुर्ण राई, राजु कार्की, रज्जु गुरुङ, मुना निरौला, कविन्द्र त्रिपाठी लगायतका कलाकारहरुको चलचित्रमा अभिनय रहेको ...
पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र ‘माया’ सार्वजनिक
मनोरन्जन, समाचार

पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र ‘माया’ सार्वजनिक

काठमाण्डौ, असार २९ ग्यालेक्सी दैनिक प्रज्ञा फिल्मसको ब्यानरमा बनेको टेलिचलचित्र 'माया' सार्वजनिक भएको छ । प्रज्ञा फिल्मस् अफिसियल युट्युब च्यानल मार्फत टेलिचलचित्र माया सार्वजनिक भएको हो। आज भोली सामान्यतया हास्यव्यङ्गय र मनोरञ्जनमा आधारित सिरियल धेरै नै बन्ने गरेका छन् । तर सामाजिक यथार्थलाई चित्रण गरेको टेलिचलचित्र कमै निर्माण हुन्छ । यस्तै सामाजिक यथार्थ बोकेको टेलिचलचित्र मध्यकै एक टेलिचलचित्र 'माया' हो । यो एउटा नितान्त पारिवारिक र सामाजिक यथार्थताको भाव बोकेको टेलिचलचित्र हो। मायामा जातिय विभेद अन्त्य हुनुपर्छ भन्ने मुल सन्देश दिन खोजिएको छ । सिरियलमा प्रज्ञा जोशी, रश्मी भट्ट, आरजे सिंह, सरोज दाहाल, रमेश अधिकारी, राजाराम गौतम, मुना भण्डारी, रबिना बस्ताकोटी, प्रीया वाइबा लगायतका कलाकारको अभिनय रहेको छ। जोन चाम्लिङ राइको छायाकंन र सम्पादन रहेको सिरियल माया को निर्माता...
दर्शकको रोजाईमा पर्यो कृष्ण र शीला अभिनित ‘तोरी पहेंलै‘’ (भिडियो)
मनोरन्जन, समाचार

दर्शकको रोजाईमा पर्यो कृष्ण र शीला अभिनित ‘तोरी पहेंलै‘’ (भिडियो)

केशवराज चौलागाईंको शब्द/सङ्गीत रहेको लोकदोहोरी गीत ‘तोरी पहेंलै…’ सार्वजनिक भएको छ । विनोद दनुवार, सुरज शाह, पार्वती कार्की र रमिला कोइरालाको स्वर रहेको गीतको भिडियो सार्वजनिक भएको हो । टेक लामाको निर्देशन रहेको गीतको भिडियोमा कृष्ण रसाल र शीला गजुरेललाई फिचरिङ गरिएको छ । भिडियोमा राज पोख्रेलको छायाँकन, अच्युत बजगाइँको सम्पादन र कृष्ण रसालको कोरियोग्राफी छ । शुरज शाहले निर्माण गरेको भिडियोलाई ओएसआर डिजिटलमार्फत सार्वजनिक गरिएको हो ।...
सन्देशमुलक भिडियो ‘लिलु’ सार्वजनिक
मनोरन्जन, समाचार

सन्देशमुलक भिडियो ‘लिलु’ सार्वजनिक

काठमाण्डौ, असार २८ ग्यालेक्सी दैनिक सुदुरपश्चिमका जिल्लाहरुमा अहिलेपनि छाउपडी प्रथा देखिएकै कारण गीत संगीतको माधमबाट भएपनि सन्देश प्रवाह गर्नुपर्छ भन्ने उद्देश्यले एल.पी शर्मा र गौरब गिरीको टिमले छाउपडी प्रथाकै बिषयमा ‘लिलु’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । सन् २०१८ को अगष्टमा नेपालले छाउपडीलाई गैरकानुनीघोषणा गरेपनि नेपालमा अझैपनि पुर्णरुपमा छाउपडी प्रथा हट्न सकेको छैन । मुलुकी अपराध (संहिता) ऐनको दफा १६८ (३)ले रजस्वला वा सुत्केरीको अवस्थामा छाउपडीमा राख्ने वा अन्य भेदभाव, छुवाछुत वाअमानवीय व्यवहार गर्न नहुने उल्लेख गरिएको छ । यस्तो कसुर गरेको ठहर भए तीन महिनासम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुनसक्ने व्यवस्था नयाँ कानुनले गरेको छ ।तर यो कानुनले अझैपनि छाउपडी प्रथालाई रोक्न सकेको देखिदैन । ‘लिलु’ अछाम सहित सुदूरपश्चिम तथा कर्णाली प्रदेशको कुप्रथाकारु...
यो वर्षको मिस एसईई स्टार भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

यो वर्षको मिस एसईई स्टार भव्य रुपमा सम्पन्न

ललितपुर । यो वर्षको ‘मिस एसईई स्टार’को चौथों संस्करणको उपाधी ईष्टपोल स्कूलकी रितिका शाहले जित्न सफल भईन । भवानी ईन्टरटेनमेन्ट तथा ग्रेस ईभेन्ट्सको संयुक्त आयोजनामा आयोजित उक्त ग्राण्ड फिनालेमा जोरपाटीकी शाहले एसईई स्टारको ताज सहित विभिन्न संघ संस्थाले उपलव्ध गराएको गिफ्ट ह्याम्परको साथमा मिस टया्लेन्ट र बेष्ट ड्रेसको टाईटल समेत जितेकी छिन । यसै गरि मिस एसईई ग्रेसको उपाधी भने मुस्कान नेवारले हात पार्न सफल भईन । उनले मिस पर्सनालिटी र मिस पपुलरको टाईटल समेत जितेकी छिन । आकृति भट्टराईले फस्ट रनर अपको ताज पहिरिदै मिस मल्टिमिडियोको टाईटल जितिन । सकेण्ड रनर अपको उपाधी सहित विदिस्मा कुंवरले मिस फ्रेण्डसीपको टाईटल प्राप्त गरेकी थिईन । स्नेहा बर्तौलाले थर्ड रनरअपको ताजको साथै बेष्ट स्माईलको टाईटल जितेकी थिईन । भने,आयुषा लामाले मिस डिसिप्लिन र मिस वाकको टाईटल जितेकी थिईन । ग्रिष्मा घिमिरेले मिस फो...
लिटिल आईडल नेपाल २०२२ सिजन–४ को फोटोसुटको पहिलो चरण सम्पन्न
मनोरन्जन, समाचार

लिटिल आईडल नेपाल २०२२ सिजन–४ को फोटोसुटको पहिलो चरण सम्पन्न

काठमाण्डौ, असार २७ ग्यालेक्सी दैनिक ट्रेबल फेशन कन्सर्न प्रालिको आयोजनामा हुन लागेको लिटिल आईडल नेपाल २०२२ सिजन–४ को अडिसन सकिए लगत्तै चरणबद्ध कार्यक्रमहरु शुरु भई सकेको छ जस अन्तर्गत पहिलो कार्यको रुपमा नानीबाबुहरुको फोटोसुटको पहिलो चरणको कार्यक्रम सकिएको छ । विगत दुईदशकदेखि विभिन्न शैक्षिक कार्यक्रम तथा सौन्दर्य प्रतियोगिता, बालबालिका सम्बन्धी शैक्षिक तथा बौद्धिक बिकास कार्यक्रमहरू सञ्चालन तथा आयोजना गर्दै आएको यस् कन्सर्नले अडिसनबाट छनौट भएकाहरूका लागि १५-२० दिने विशेष तालिम, गायन, नृत्य, अभिनय कला तथा मोडलिङ लगायतका प्रशिक्षण, व्यक्तित्व बिकास, कौशल बिकास, आत्मबिश्वास बढाउने सम्बन्धी ज्ञान, ग्रुमिङ तयार हुने उचित वातावरण बनाउने उद्देश्य, विभिन्न क्षेत्रका सेलिब्रेटीहरूको साथमा मोटिभेसन क्लासलगायत अन्य आधारभूत प्रशिक्षण, फोटोसुट, फ्री मेडिकल हेल्थ चेकअप, सामाजिक कार्यमा संलग्नता ग...
श्रेयाकी छोरी तपस्याको गुन्यु चोलीमा कलाकारको बाक्लो उपस्थिति
मनोरन्जन, समाचार

श्रेयाकी छोरी तपस्याको गुन्यु चोलीमा कलाकारको बाक्लो उपस्थिति

काठमाण्डौँ, असार २६ ग्यालेक्सी दैनिक नेपाली समाजमा कन्यालाई दिइने गुन्यु चोलीको विशेष महत्व छ । हालका वर्षहरुमा त यो संस्कार समाजमा पहिला भन्दा अझ बढेको पाइन्छ । आ–आफ्नो गच्छ्य अनुसार के गरीव के धनी सवैले यो संस्कारलाई अपनायका छन् । विशेषत वाहुन, क्षेत्री, नेवार र गुरुङ्ग समुदायमा यो चलन वढि भए पनि अन्य जात जातीका मानिसहरुले पनि विस्तार, विस्तार यसलाई स्किारेका छन् ।\ कन्याहरुलाई गुन्यू चोली कुनै धार्मिक कार्यका विच दिने चलन छ । धेरैले भने कन्यालाई चोखो वनाइ घरमै मन्त्र उच्चारणद्धारा गुन्यू चोलीव्दारा दुलही झै सिर्गाने र विभिन्न देवि देवताको मन्दिरहरुमा लगेर ढोगाउने गर्छन । यसका लागी धार्मिक कार्य जस्तैः सत्यनारायणको पूजा, विवाह, रुद्री लगाएको मौका पार्नु बढि उपयुक्त मानिन्छ । महिलाका सौभाग्य समानहरु जस्तैः चुरा, धागो एवं सोह्र श्रृंङ्गारव्दारा कन्यालाई उक्त बेला दुलहि झै सिंगार्...
हेल्लो अमेरिका विश्वभर
मनोरन्जन, समाचार

हेल्लो अमेरिका विश्वभर

काठमाण्डौँ, असार २६ ग्यालेक्सी दैनिक अमेरिकामा रहनु हुने नेपालीहरुको पिरमर्का, त्यहाँ भएका नेपालीहरुको बस्तुस्थितिका सन्दर्भहरुमात्र नभएर त्यहाँको वास्तबिक जीवन भोगाई र नेपाली कलाकार, श्रष्टाहरुसंगको अन्र्तरंग कुराकानी प्रस्तुत हुने लोकप्रिय कार्यक्रम ‘हेल्लो अमेरिका’ नियमित प्रशारणको २० औं श्रृंखला पुरा भएको छ । आफ्ना कार्यक्रमहरु लिएर अमेरिका पुग्नुभएका चर्चित नेपाली कलाकारहरु र सामाजिक अभियन्ताहरुलाई ‘हेल्लो अमेरिका’ मा स्थान दिदै आईरहेको निर्देशक किशोर सुब्बाले बताउनु भयो । उहाँले भन्नुभोः ‘नेपाली मौलक कला संस्कृतिलाई विश्व जगतमा पहिचान गराउने उव्देश्यले चलचित्रका गीतहरु, टेलि चलचित्रहरु, म्युजिक भिडियो जेपिजे ईन्टरटेनमेन्ट अनलाईन टिभि च्यानल मार्फत प्रशारण हुँदै आईरहेको र यसलाई अझ बृहतढंगले अगाडी बढाउने सोच अनुसारको कार्यलाई निरन्तरता दिइरहेका छौं ।’ १००औं श्रृंखला पुगेपछि डा...