Saturday, November 21

मनोरन्जन

अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा’ सार्वजनिक(भिडियो)

गीतकार अमर वान्तुको नयाँ गीत ‘भोजपुरैको बजारैमा…’ सार्वजनिक भएको छ । राज सागरको स्वर र शान्तिराम राईको सङ्गीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । गीतमा भोजपुरको शनिबारे हाट बजारमा मायालाई भेटिएको साथै भोजपुरका बारेमा वर्णन गरिएको छ । थुप्रै लोकप्रिय गीत स्रोता÷दर्शकमाझ पस्किनुभएका गीतकार वान्तुको यो भोजपुरको आफ्नै परिवेशको गीत सार्वजनिक भएको हो ।...
आदिकवी भानुभक्त आचार्य प्रति समर्पित ‘भानुभक्त’ सार्वजनिक
मनोरन्जन, समाचार

आदिकवी भानुभक्त आचार्य प्रति समर्पित ‘भानुभक्त’ सार्वजनिक

काठमाण्डौँ, असार २५ ग्यालेक्सी दैनिक आदिकवी भानुभक्त आचार्य प्रति समर्पित ‘भानुभक्त’ बोल रहेको गीतको भिडियो सार्वजनिक गरिएको छ । किरण गजमेरको स्वरले सजिएको गीतमा सन्च मान राईको शब्द रचना र विश्वास गुरुङको संगीत रहेको छ । बि.स. १८७१ असार २९ गते तनहुँमा जन्मिएका भानुभक्त आचार्य नेपाली साहित्यमा आदिकविको रुपमा परिचित छन् । आचार्यको बि.स. १९२५ असोज ६ गते मृत्यु भएको थियो । उनै आदिकवि आचार्यको जीवनीका बारेमा सोधपत्र तयार गर्न काठमाडौंबाट तनहुँ पुगेका एक युवाले के के पाए भन्ने बिषयवस्तुको कथामा भिडियो तयार गरिएको छ । गीतको भिडियोमा भने कमल सिंहले अभिनय गरेका छन् । उत्सव दाहालले छांयाकन गरेको भिडियोलाई प्रकाश दाहालले निर्देशन गरेका हुन् । भिडियोमा केशव राज भट्टको कोरियाग्राफी रहेको छ । भिडियोको एसोसियट डाइरेक्टरको रुपमा लोकराज अधिकारी रहेका छन् । लोकराजले भिडियोमा पनि अभिन...
दक्षिण काेरिया नेपाल पत्रकार महासंघ अध्यक्षमा सविनाको उम्मेदवारी
मनोरन्जन, समाचार

दक्षिण काेरिया नेपाल पत्रकार महासंघ अध्यक्षमा सविनाको उम्मेदवारी

काठमाण्डौँ, असार २४ ग्यालेक्सी दैनिक नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाकाे अधिवेशन घोषणा भएको छ । आगामी जुलाई १७ तारिख नेपाल पत्रकार महासंघ दक्षिण काेरिया शाखाको ७ औँ अधिवेशन हुने निश्चित भएको हो । अधिवेशन घोषणा भएसँगै अध्यक्ष पदमा पत्रकार सविना कार्कीले उम्मेदवारी दिने भएकी छिन् । कार्कीले आफ्नो फेसबुक एकाउन्ट मार्फत एक स्टाटस लेख्दै अध्यक्ष पदमा उम्मेदवारी दिने जनाएकी हुन् । पत्रकार कार्कीले आफू निर्वाचित भए महासंघ काेरिया शाखालाई अबको कार्यकालमा उदाहरणीय काम गर्ने बताएकी छन् । काेरियामा रहेर पत्रकारिता गर्दै आएकी कार्कीले अब पत्रकार महासंघकाे काेरिया शाखामा गएर शाखाको गरिमालाई उच्चता दिँदै पत्रकारहरूको हकहितका लागि काम गर्ने बताएकी छन् । अबकाे दिनमा पत्रकार महासंघ काेरिया शाखाले प्रत्येक वर्ष उत्कृष्ट पत्रकारलाई सम्मान गर्नु राम्रो हुने र आफू अध्यक्ष पदमा निर्वाचित भए याे ...
नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ हुने
मनोरन्जन, समाचार

नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२ हुने

हिमालयन मुभिजको आयोजनामा श्रावणको अन्तिम सातामा ‘नेपाल फेसन एण्ड इन्टरटेन्मेन्ट अवार्ड २०२२’ सम्पन्न हुने भएको छ । नेपाली चलचित्र, म्युजिक भिडियो, फेसन मोडलिङ एवं ब्युटी पेजेन्टको क्षेत्रमा क्रियाशील व्यक्ति तथा संस्थाहरु सो अवार्डमा समावेश हुने छन् । नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रका करिब ३ दर्जन व्यक्ति तथा संस्थाहरुलाई सो अवार्ड प्रधान गरिने र चाँडै नै अवार्डको नोमिनेसन सार्वजनिक गरिने छ । आयोजक हिमालयन मुभिज नेपाली फेसन एवं मनोरन्जनको क्षेत्रमा क्रियाशील संस्था मानिन्छ । उक्त संस्थाले यसअघि थुप्रै सौन्दर्य प्रतियोगिता, फेसन सो, टेलिचलचित्र निर्माण गर्नुका साथै पेजेन्ट नेपाल फेसन एण्ड मोडल अवार्डको सह–आयोजना समेत गरिसकेको छ । पुरानो पुस्ताको सम्मान र नयाँ पुस्तालाई प्रोत्साहन गर्ने उद्देश्यले सो अवार्ड कार्यक्रम गर्न लागिएको आयोजक सस्थाले जनाएको छ । अवार्डको नोमिनेसनको लागि आवदेन खु...
मिस ब्युटी क्विन नेपालको उपाधि मोनिकाले जितिन्
मनोरन्जन, समाचार

मिस ब्युटी क्विन नेपालको उपाधि मोनिकाले जितिन्

मिस ब्युटी क्विन नेपालको सातौं संस्करणको उपाधि मोनिका लिम्बुले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा शनिबार सम्पन्न युवतीहरुको सो सौन्दर्य प्रतियोगितामा अनिता अर्याल फस्ट रनर अप तथा कृपा भण्डारी सेकेन्ड रनर अप हुन सफल भएका छन् । चर्चित फेसन कोरियोग्राफर हिमानी स्ुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्याटवाक, आत्मविश्वास अभिवृद्धि लगायत विविध विषयमा प्रतियोगीहरुले तालिम लिएका थिए । कार्यक्रममा सवटाइटल अवार्डहरु पनि वितरण गरिएको थियो । जसमा बिजेता मोनिका लिम्बुले मिस स्मार्ट, फस्ट रनर अप अनिता अर्यालले मिस इन्टिलिजेन्ट, सेकेन्ड रनर अप कृपा भण्डारीले मिस कन्फिडेन्ट र मिस पपुलर, ओशिका के.सी.ले मिस फोटोजेनिक, सृजना राई मिस डिसिप्लिन, सबिना मगर मिस ए्याक्टिभ र सहेरा विष्टले मिस डिलिजेन्ट सबटा...
फेशन डिजाइनर अनुको डिजाइनको विदेशमा माग
मनोरन्जन, समाचार

फेशन डिजाइनर अनुको डिजाइनको विदेशमा माग

काठमाण्डौ, असार २१  ग्यालेक्सी दैनिक फेशन डिजाइनरका रुपमा आफूलाई अब्बल प्रस्तुत गर्नुभएको छ अनु श्रेष्ठले । सानैदेखिको रुचीले यो क्षेत्रमा आएको बताउनुहुने अनु ‘अनु श्रेष्ठ डिजाइन’मार्फत आफ्ना क्रियशन पस्किरहनु भएको छ । सामाखुशी रहेको ‘अनु श्रेष्ठ डिजाइन’मार्फत विगत चार वर्षदेखि उहाँले आफ्ना क्रियशन पस्किरहनुभएको हो । द क्रियशन स्कुल अफ फेशन डिजाइनबाट फेशन सम्बन्धि कोर्ष गरेर अनु यो क्षेत्रमा होमिनु भएको हो । विभिन्न फेशन शोमा अवार्डसमेत चुम्न सफल अनु चर्चामा आउन मन नपाराउने र काममा विश्वास गर्ने बताउनुहुन्छ । उहाँले डिजाइन गरेका विभिन्न ड्रेस विदेशका धेरै देशमा मन पराइएको छ । उहाँले अमेरिका, अष्ट्रेलिया, क्यानडा, युकेका साथै खासगरी युरोपियन मुलुकमा डिजाइनर ड्रेस सप्लाइ गर्ने गर्नुभएको छ । उहाँले यसमार्फत धेरै महिला दिदी बहिनीलाई रोजगारी प्रदान गर्न सफल हुनुभएको छ । कोरोना संक्रम...
नेपालमा पहिलोपटक लेखन, सङ्गीत र गायनको प्रतियोगिता सम्पन्न
मनोरन्जन, समाचार

नेपालमा पहिलोपटक लेखन, सङ्गीत र गायनको प्रतियोगिता सम्पन्न

काठमाण्डौ, असार २१ ग्यालेक्सी दैनिक नेपाली सङ्गीतको इतिहासमा लेखन, सङ्गीत र गायनको संयुक्त रूपमा प्रतियोगिता हुँदै आएको भएपनि विशुद्ध सङ्गीत प्रतियोगिता पहिलोपटक सम्पन्न भएको छ । नेपाली सङ्गीतको विकास र विस्तारको अभियानमा नेपालमा पहिलोपटक सङ्गीत प्रतियोगिता राजधानीमा एक समारोहका बीच सम्पन्न भएको छ । प्रसाईसन इन्टरटेनमेन्टले आह्वान गरेको राष्ट्रव्यापी प्रसाईसन सङ्गीत प्रतियोगितामा देशभरीबाट २६ जना सङ्गीत विधाका प्रतिभाहरुले भाग लिएका थिए । गीतकार, गजलकार चन्द्र प्रसाईं परिष्कृतको शब्दमा `म आफैँ रुझेकी जोवनले रुझायो बोकको गीतमा उदयपुरका इन्द्र आर.पी., सङ्खुवासभाका केशव अधिकारी, चितवनका जी.बी. सुनार, सुनसरीका पासङ तामाङ र बाँकेका सुजन थारु रहेका थिए । उत्कृष्ट ५ मध्येका चितवनका जी.बी. सुनार प्रथम भएका छन् । प्रतियोगितामा प्रथम भएका सङ्गीतकारलाई नगद ५० हजार सहित प्रमाणपत्र प्रदान...
सारा संसार मिडियाले गर्‍यो रंगकर्मी माया थापा र प्रेमदेव गिरीलाई सम्मान
मनोरन्जन, समाचार

सारा संसार मिडियाले गर्‍यो रंगकर्मी माया थापा र प्रेमदेव गिरीलाई सम्मान

काठमाण्डौ, असार २१ ग्यालेक्सी दैनिक सारा संसार मिडिया प्रालि ललितपुरले आइतबार वीरेन्द्रनगरमा एक कार्यक्रमकाबीच रंगकर्मी माया थापा र वरिष्ठ कलाकार प्रेमदेव गिरी सम्मानित गरेको छ् । केबी इन्टरटेन्टमेन्ट एण्ड गु्रव प्रालिले आयोजना गरेको चलचित्र कार्यशालाको समापन कार्यक्रममा दुबै जनालाई लामो समयसम्म कलाकारितामा रहेर अतुलनीय योगदान पुर्‍याए वापत सम्मान गरेको हो । दुवैजनालाई पाँच हजार एक सय नगद सहित सम्मान–पत्र दिइएको छ । सारा संसारले अतुलनीय योगदान गरे बापत प्रत्येक कलाकारलाई बर्षेनि विभिन्न कार्यक्रम मार्फत सम्मान प्रदान गर्दै जाने योजना भएको संस्थापक अध्यक्ष सारीका तामाङगले बताउनु भयो । सो सम्मान सारासंसार मिडियाको प्रतिनिधित्व गर्दै शंकर दुलाल र राजु के.सि.ले संयुक्त रुपमा प्रदान गर्नु भएको थियो । थापा र गिरी दुवैजना सुर्खेत निवासी हुन् । प्रेमदेव गिरीको नेपाली लोककला...
केशवराजको निर्देशन रहेको ‘माया’ सार्वजनिक
मनोरन्जन, समाचार

केशवराजको निर्देशन रहेको ‘माया’ सार्वजनिक

काठमाण्डौँ, असार २० ग्यालेक्सी दैनिक म्युजिक भिडियो निर्देशनमा पछिल्लो समय ब्यस्त बन्दै आईरहेका निर्देशक केशव राज भट्टको निर्देशनमा तयार पारिएको रोमान्टिक गीतको भिडियो सार्वजनिक भएको छ । गिता गीरीको शब्द, प्रताप दासको स्वर, मनोज चौलागाईंको म्युजिक एरेन्ज रहेको गीतमा प्रताप दासलाई बिनुसा राईले स्वरमा साथ दिएकी छन् । प्रिन्स चौहान र समारिका ढकालको अभिनय रहेको भिडियो बुध्द थापाले खिचेका हुन् भने सम्पादन दिनसन शाहले गरेका हुन । https://youtu.be/OdxOphKVp_I...
हेमाको शिरमा मिसेस डिभाको ताज
मनोरन्जन, समाचार

हेमाको शिरमा मिसेस डिभाको ताज

मिसेस डिभा नेपालको उपाधि कपन, काठमाडौंकी हेमा योञ्जनले हात पार्न सफल भएकी छिन् । हिमालयन मुभिजको आयोजनामा ललितपुरको म्युजिक सिटी स्टुडियोमा शनिबार सम्पन्न विवाहित महिलाहरुको सो सौन्दर्य प्रतियोगितामा मनु बाठा मगर फस्ट रनर अप तथा भुमिका टमटा सेकेन्ड रनर अप हुन सफल भएका छन् । चर्चित फेसन कोरियोग्राफर हिमानी स्ुब्बाको प्रशिक्षणमा झण्डै दुई साता सम्मको व्यक्तित्व विकास, बोलीचाली अभ्यास, स्टेज प्रस्तुती, क्याटवाक, आत्मविश्वास अभिवृद्धि लगायत विविध विषयमा प्रतियोगीहरुले तालिम लिएका थिए । कार्यक्रममा सवटाइटल अवार्डहरु पनि वितरण गरिएको थियो । जसमा बिजेता हेमा योञ्जनले मिसेस पर्सनालिटी एवं मिसेस पब्लिक भिडियो च्वाइस त्यसैगरी फस्ट रनर अप मनु बाठा मगरले मिसेस डिलिजेन्ट र सेकेन्ड रनर अप भुमिका टमटाले मिसेस स्मार्ट, आस्था गुरुङ मिसेस फोटोजेनिक, अनिता हिताङ्ग मगर मिसेस ए्याक्टीभ एवं मिसेस पपुलर र प्रमि...