Saturday, November 21

मनोरन्जन

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड
मनोरन्जन, समाचार

खरेलको चलचित्र चिट्ठीका लागि “शिवताण्डव” गीत रेकर्ड

एरा प्रोडक्सन प्रा.ली.को ब्यानरमा निर्माण भैरहेको चलचित्र चिट्ठीका लागि गत आइतवार शिवताण्डव गीत रेकर्ड गरिएको छ । संगीतकार राजेन्द्र बजगाईको संगीत संयोजन र बसन्त अर्यालको स्वर रहेको ताण्डव गीतलाई सुरसंगीत डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको थियो । गीतलाई मनोज परियारले मिक्सिङ गर्ने छन् । निर्देशक माधव राज खरेलद्धारा निर्देशित चलचित्र चिट्ठी कमेडी, हरर र थ्रिलर जनारामा रहेको बताइएको छ । चलचित्रको छायाँकनको लगभग ७० प्रतिशत सकिएको र अव ३० प्रतिशत मात्रै बाँकी रहेको निर्देशक खरेलले बताएका छन् । चलचित्र छायाँकनका क्रममा नायक सञ्जित भण्डारी घाईते भएपछि केही सम्मका लागि छायाँकन स्थगित गरिएको थियो । स्वास्थ्यलाभ गरे पश्चात पुनः जोश र जाँगरका साथ काममा फर्कने भण्डारीले बताएका छन् । नायक भण्डारीले भनेका छन् “चिट्ठी, मेरो जिवन कालकै अहिले सम्मकै उत्कृष्ट र लोभ लाग्दो स्कृप्ट हो र यसमा अझ सुगन...
विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक
मनोरन्जन, समाचार

विश्व कीर्तिमानी गीतकार डा. उपाध्यायका फरक शैलीका १३ गीति कविता सार्वजनिक

विश्व कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले आफ्ना फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको छ । बिहीबार राजधानीमा एक पत्रकार सम्मेलन गर्दै डा. उपाध्यायले फरक शैलीका १३ गीति कविता सार्वजनिक गर्नुभएको हो । गिनिज बुक अफ वल्र्ड रेकर्डसहित विश्वका विभिन्न ८० विधामा यसअघि विश्व रेकर्ड कायम गर्नुभएका गीतकार तथा साहित्यकार उपाध्यायले बिहीबार सार्वजनिक गर्नुभएको गीति कवितालाई पनि विभिन्न विश्व रेकर्डमा समावेश गर्ने उद्देश्य रहेको बताउनुभयो । यस पटक उहाँले सार्वजनिक गरेको गीति कवितामा शास्त्रीय संगीतमा प्रयोग भएका ७४ रागको नामबाट, एउटै गीतमा नौबटै रस अभिव्यक्त गरिएको, विश्वका अत्यधिक वेशभूष, संसारमा प्रचलित कमिक्स, संसारका प्रचलित कार्टून फिल्म, विश्व प्रसिद्ध हिरो/अभिनेता, विश्व प्रसिद्ध नायिका/अभिनेत्री, संसारका प्रसिद्ध नदी, संसारका विभिन्न खेल, संसारको ठूलो-साने चर्चित चङ्गा, विभिन्न रङ...
स्टार आरजेको लागि भोटिङ्ग खुल्ला
मनोरन्जन, समाचार

स्टार आरजेको लागि भोटिङ्ग खुल्ला

झापाको दमकमा रहेको रेडियो झापा (१००. ७ मेगाहर्ज) र प्लानेट मल्टिमिडियाको आयोजनामा स्टार आरजे को दोस्रो संस्करण गत पुस २९ गते देखि तालिम सञ्चालन भएको थियोे । दक्ष रेडियोकर्मी तथा संचारकर्मि उत्पादन गर्ने साथै संचार क्षेत्रमा दक्ष्य जनशक्ती उत्पादन गर्ने उदेश्यका साथ शुरु भएको तालिममा खोटाङ, पाँचथर, ईलाम, मोरङ साथै झापा बाट २५ जना सहभागी रहेका थिए । बिभिन्न चरण पश्च्यात टप १५ मा पर्न सफल सहभागीहरु प्रतिस्प्राधाअत्मक ब्यबहारिक प्रतिस्प्राधामा आफ्नो प्रस्तुती दिने चरण रहेका छन । जस अन्तर्गत बिभिन्न विषयमा आफ्नो प्रस्तुतिहरु दिईरहेका छन । उनिहरुको योग्यता र कलालाई पहिचान गरि ग्लोबल अनलाइन पे मार्फत सहभागी प्रतिस्पर्धीहरु लाई भोट गरि जिताउन सक्ने रेडियो झापाका प्रबन्धक निर्देशक कोशिस शिवाकोटिले जानकारी गराए । यस अघी गत बर्ष पनि स्टार आरजे सञ्चालन भएको थियो । स्टार आरजेको यो दोस...
‘बुहारी चहियो घर’को ट्रिजर सार्वजनिक
मनोरन्जन, समाचार

‘बुहारी चहियो घर’को ट्रिजर सार्वजनिक

काठमाण्डौ, फागुन ३ ग्यालेक्सी दैनिक 'बुहारी चाहियो घर' बोलको गीतको म्युजिक भिडियोको ट्रिजर ओएस्आर डिजिटलबाट सार्वजनिक भएको छ । केही दिनअघि काठमाण्डौको चोभारमा छांयाकन सम्पन्न भएको म्युजिक भिडियोको आज ट्रिजर सार्वजनिक गरिएको हो । नेपाली मनोरञ्जन क्षेत्रमा कमै मात्र म्युजिक भिडियोको ट्रिजर सार्वजानिक हुने गरेका छन जसमध्य आज सर्वजनिक भएको ट्रिजर पनि एक हो । निकै मिहिनेत गरेर आफुहरुले यो भिडियो सार्वजनिक गर्न लागेको र सम्पूर्ण टिमले नै भिडियोमा गरेको मिहिनेतका लागि आफुले हृदयदेखी नै धन्यवाद व्यक्त गर्न खोजेको कुरा लिड मेल आर्टिष्ट जयन्द्र साउदले बताए । इन्जोय नेपाल मिडिया प्रा लिको प्रस्तुतिमा तयार पारीएको भिडियोको सम्पूर्ण कार्य सकिएर ट्रिजर रिलिज भईसक्यो, अब यही फागुनको ५ गते सांझ ५ बजे ओएस्आर डिजिटलबाट सार्वजनिक गरिने कुरा भिडियो निर्देशक तथा कोरियोग्राफर सुरेन बसेलले जानकारी...
अभिनेत्री नितुलाई मुम्बईमा ‘दादा साहेब टेलिभिजन अवार्ड’, मिस वल्र्डवाईड ईण्डिया’को ताज उनकी सुपुत्री आश्विनीलाई
मनोरन्जन, समाचार

अभिनेत्री नितुलाई मुम्बईमा ‘दादा साहेब टेलिभिजन अवार्ड’, मिस वल्र्डवाईड ईण्डिया’को ताज उनकी सुपुत्री आश्विनीलाई

नेपालकी मोडल तथा पंचायत चलचित्रकी कलाकार अश्विनी कोईरालाले  भारतको मुम्बईमा सम्पन्न ‘मिस एण्ड मिसेस वोल्ड्वाईड”को ग्राण्ड फिनालेमा  मिस वल्र्डवाईड ईण्डियाको ताज सहित बेष्ट मोडलको टाईटल जित्न सफल भएकी छिन। होटल सि प्रिन्सेस मुम्बईमा आयोजित उक्त कार्यक्रम अखिलेश सिंह संस्थापक अध्यक्ष रहेको संस्था एमडी फिल्मोरा मिडिया नेटवर्कको आयोजनामा दादा साहेब फाल्के ईण्डियन टेलिभिजन अवार्ड ,२०२२ को समेत आयोजना गरिएको थियो । भारतिय चर्चित कलाकारहरु शरद मल्होत्रा,ईरिका फर्डनाण्डेज,आमिर अली, जिशन खान,संजय गगनानी लगायतको उपस्थितीमा आयोजित उक्त कार्यक्रममा नेपालको तर्फबाट सहभागी हुन उनकी माता तथा अभिनेत्री नितु कोईराला समेत पुगेकी थिईन । उनले भारतकै लोकप्रिय अवार्ड दादा साहेब फाल्के इण्डीयन अवार्ड समेत हात पार्न सफल भएकी थिईन । पछिल्लो पटक भारतका विभिन्न शहरमा आयोजीत कार्यक्रममा सम्मानित हुदै आएकी...
‘फेसियल हाउस’को भ्यालेन्टाईन फोटो सुटमा सनम र उषा
फोटो फिचर, मनोरन्जन, समाचार

‘फेसियल हाउस’को भ्यालेन्टाईन फोटो सुटमा सनम र उषा

फेसियल हाउसले विभिन्न पर्व तथा समारोहमा गर्दै आएको फोटो शुटलाई प्रणय दिवस (भ्यालेनटाईन डे )को अवसरमा पनि निरन्तररता दिएको छ । एक दशक देखि सुगम संगीतका म्युजिक भिडियोमा एक क्षत्र राज गरिरहेका मोडल सनम कठायत र चिटिक्क परेको जीउडाल ठुला ठुला आखा भएकी अभिनय र नित्य ले छोटो समयमा नै दर्शकको मन मस्तिकमा बस्न सफल उषा उप्रेतीले प्रणय दिवस फोटो शुटको मोडलीङ गरेका छन् । अहिले सनम र उषा दुवै चलचित्रमा आउने तयारीमा छन् । फोटो शुटमा मेकअप र हेयर स्टाइल फेसियल हाउसको रहेको छ भने कुसुम बुट्टिक को ड्रेस र क्यामरा लेन्समा कुबेर डंगोलको रहेको छ । दुबै मोडलले यस प्रकारको फोटो शुट गर्न पाउँदा खुसिलागको बताएका छन् । उषाले यस भन्दा पहिला पनि फेसियल हाउसको मेकअप र हेयर स्टाइलमा फोटो सुट गरिसकेको बताईन् । उषा भन्छीन् ’ सुषमा महरा दिदी संग काम गर्दा धेरै नै नयाँ कुराहरु सिक्न पाएको छु । उनले फेसियल हाउस क...
भजनमा लोकप्रिय लील बहादुर मगर
मनोरन्जन, समाचार

भजनमा लोकप्रिय लील बहादुर मगर

काठमाण्डौँ, फागुन २ ग्यालेक्सी दैनिक भजनलाई नेपाली समाजमा मौलिक तथा सनातन धर्मको एक अभिन्न अंगको रुपमा लिइन्छ । सर्वसाधरण जो कोहिले गाउन, बुझ्न सक्ने भएकोले पनि यसको महत्व अझै बढि झल्किन्छ । तर, पछिल्लो समय युवा पुस्ताहरु लोक भजनबाटै टाढिदै गएका छन् । केही सिमित उमेर समुहकाले मात्र हालसम्म भजन संस्कृति धान्दै आएका छन् । लिल बहादुर मगर ‘दिनेश बलम्पाकी’ यस्तै समुहमा पर्छन् । स्व. नारायण प्रसाद पोखरेलसंग पोखरा नयाँबजार स्थित दुर्बेशनीमा लागेकाहरुको पुर्नस्थापनाको लागि आयोजित श्रीमद्भागवत महापुराणबाट सुरु भएको उहाँको भजल गायन यात्रा अहिले झण्डै दुई दशक पुग्न थालिसकेको छ । स्व. नारायण प्रसाद पोखरेलसंग उहाँले देशको बिभिन्न स्थानमा आफ्नो प्रस्तुति दिनु भएको छ । नारायण प्रसाद पोखरेलसंग भजन यात्रा सुरु गरेर वहाको देहवसान पछि पं दिनबन्धु पोखरेलसंग दुईसय भन्दा बढी महायज्ञमा भजन गायन गरेको, त्यसै...
पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक
मनोरन्जन, समाचार

पाँचौ राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ को मनोनयन सार्वजनिक

काठमाण्डौ– “नेपाली हुनुमा गर्व गरौ, नेपाली कला र संस्कृतिको जगेर्ना” गरौं भन्ने मुल नाराका साथ आयोजना हुदै आएको नेपालको पहिलो समावेशी म्युजिक अवार्ड राष्ट्रिय समावेशी म्युजिक अवार्ड २०२२ (निम अवार्ड) को उत्कृष्टको मनोनयन सार्वजनिक गरिएको छ । नेपालको पहिलो समावेशी अवार्डको रुपमा परिचित राष्ट्रिय समावेशी म्युजिक अवार्ड को पाँचौ संस्करणको लागि उत्कृष्ट मनोनयन सार्वजनिक गरिएको हो । पावर इन्टरनेशनल मिडिया नेपालको आयोजनामा आयोजना हुदै आएको समावेशी म्युजिक अवार्डमा स्वदेशगान, गजल, आधुनीक, पप, लोकपप र लोकदोहारीका साथै नेपालमा बोलीने काँठे, डेउडा, मैथली, थारु, तामाङ, नेवारी लगायत विभिन्न भाषाभाषीका गीतहरुको भव्य सहभागीता रहेको आयोजक संस्था पिम नेपालका महासिचव तथा अवार्डका संयोजक कमला जोशीले जानकारी दिएकिछन् । शान्ति, भाइचारा र एकताको सन्देश फैलाउने सबै भन्दा छिटो माध्यम भनेकै कला भएको कारण यस...
जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)
मनोरन्जन, समाचार

जीवनको निर्देशनमा ‘मेरो सवाल’ भन्दै सन्दीप र अन्नु (भिडियो)

यतिबेला मौसम प्रेमको छ । हुन त प्रेमका लागि सधैँ मौसम नै हुने गर्दछ । तरपनि प्रेमदिवसका कारण यो समय अझ बढी प्रेममय बनेको छ । प्रेमीहरूले यसलाई महत्वपूर्ण चाडका रूपमा लिएको पाइन्छ । १४ फेब्रुअरी त झन् सबै प्रेमीहरूका लागि विशेष हुने गर्छ । यो विशेष अवसरमा हरेक वर्ष प्रेमिल गीतहरू बन्ने गर्छन् । यसैबीच प्रेमदिवसको छेको पारेर गायक सन्दीप कार्की र अन्नु ढकालको स्वरमा रहेको गीत सार्वजनिक भएको छ । उहाँहरूको स्वरमा रहेको ‘मेरो सवाल…’ गीतको भिडियो सार्वजनिक भएको हो । जीवन शाहीले निर्देशन गरेको गीतको भिडियोमा सुप्रिया खनाल र गायक सन्दीप कार्की नदी किनारमा रोमान्टिक देखिएका छन् । विमला हुमागाईंले शब्द रचना गरेको गीतमा गायक कार्कीले नै संगीत भर्नुभएको छ । दिपेन वस्नयातको छायांकन तथा सम्पादन रहेको गीतको भिडियो साइराम पिक्चर्सको युट्युबमार्फत् सार्वजनिक भएको हो । ‘प्रेमिल जोडीका लागि प्रेमदिव...
बादल थापा मगरको ‘नुनको भारी’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

बादल थापा मगरको ‘नुनको भारी’ सार्वजनिक(भिडियो)

दुर्गम भेगको वास्तविकतालाई चित्रण गरिएको गीत ‘नुनको भारी’ सार्वजनिक भएको छ । बादल थापा मगरको लय, स्वर र लेखराज गिरीको शब्द रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भिडियोमा ‘रेलको बाटो’ गीतका कलाकार लक्ष्मण देवकोटा र सरस्वती खत्रीका साथै वसन्त उदास, रूपचन्द्र बुढा, प्रकाश पहाडीलगायतको अभिनय छ । विनयराज पौडेलको निर्देशनमा १६ दिन लगाएर डोल्पामा गरिएको भिडियोमा भीमसेन कल्याल ठकुरीकोे छायांकन, अनिश घर्तीको ड्रोन अपरेट, पदम सुवेदीको सम्पादन र मिलन विश्वकर्माको रङ संयोजन छ । भिडियोमा दुर्गम भेगको वास्तविकतालाई चित्रणका साथै सुन्दर प्राकृतिक दृश्य कैद गरिएको छ ।...