Friday, November 20

राजनीति

माओवादीलाई भारी भयो माओवाद
राजनीति, समाचार

माओवादीलाई भारी भयो माओवाद

सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापना भएको पाँच महीनापछि नेकपा माओवादी केन्द्र संगठन निर्माणको रणनीतिक प्रस्ताव सहित अगाडि बढेको छ । साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विघटन भएर पुनर्स्थापित माओवादीले पार्टी संरचनालाई समावेशी र युवामैत्री बनाउने नीति लिएको देखिन्छ । त्यसका निम्ति पार्टीका सबै संरचनामा महिला ३५ प्रतिशत, दलित १५ प्रतिशत र ४० वर्ष मुनिका युवाको सहभागिता ३० प्रतिशत अनिवार्य गरेको छ । यसपटक पार्टी संरचनामा रहने सदस्य संख्या समेत निर्धारण गरिएको छ । साउनभित्रै सबै वडा (६ हजार ७४३ वडा) संरचना निर्माण गरी पार्टी मुख्यालयमा विवरण पठाउन १८ साउनमा जारी सर्कुलरमा अधिकतम सदस्य संख्या प्रष्ट तोकिएको छ । त्यो सर्कुलर अनुसार, महानगरका वडामा ४५ जना, उपमहानगरका वडामा ३५ जना, नगर/गाउँका वडामा २९ जना, टोल कमिटीमा १९ जना र पार्टी सेलमा १५ जनाभन्दा बढी राख्न पाइने छैन । माओवादी केन्...
एमाले नेता नेपाललाई भट्टराईको सुझाव पार्टीमा नफर्कनोस्
राजनीति, समाचार

एमाले नेता नेपाललाई भट्टराईको सुझाव पार्टीमा नफर्कनोस्

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता नगर्न सुझाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा माधव नेपालको नाम नलिए पनि उनैलाई संकेत गरेका छन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा. भट्टराईले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अतः ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं।’...
एमाले एकताको ‘रोल मोडल’ बन्दै भीम रावल
राजनीति, समाचार

एमाले एकताको ‘रोल मोडल’ बन्दै भीम रावल

लामो समयदेखि आन्तरिक विवादमा फस्दै आएको नेकपा एमालेको एकताका लागि पछिल्लो समय उपाध्यक्ष भीम रावल सक्रिय भएका छन् । अर्का उपाध्यक्ष वामदेव गौतम पनि पार्टी एकताको पक्षमा रहेको बताउँदै आए पनि सोहीअनुसार क्रियाशील हुन नसकेका बेला रावल सक्रिय भएका हुन् ।  माधवकुमार नेपाल समूहमा रहेर अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै आएका उनी पछिल्लो समय सन्तुलित र संयम व्यक्ति दिन थालेका छन् ।  संस्थापन समूह नेपाल समूहलाई पर्खेर नबस्ने भन्दै बैठक राख्न थालेको छ । तर, यसलाई रावलले रोकेका छन् । पार्टी एकताका लागि भन्दै रावलले गरेको आग्रहलाई स्वीकार्दै संस्थापन समूहले आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकसमेत  स्थगित गरेको छ ।  केही हप्ता अघि बालुवाटारमा अध्यक्ष ओलीसँग भेटेपछि रावल आफैँ पार्टी एकताको पक्षमा सक्रिय भएका हुन् । उनीआवद्ध कार्यदलमा गत असार २७ गते १० बुँद...
समृद्धिको यात्रा तय गर्न नागरिकमा आशा जगाउनुपर्छ
राजनीति, समाचार

समृद्धिको यात्रा तय गर्न नागरिकमा आशा जगाउनुपर्छ

बर्तमान सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ । बिभिन्न कारणले यति बेला आम नागरिक निराश छन् । आशा र उत्साहले पनि नागरिकलाई बाँच्न सिकाउँछ । नागरिकको अपेक्षा धेरै छन् । ति अपेक्षा पूरा गर्न सरकार गम्भिरताका साथ लाग्नुपर्ने देखिन्छ । समृद्धिको यात्रा तय गर्न पनि नागरिकमा आशा जगाउनुपर्छ । आशाले नै मान्छेमा एक प्रकारको ऊर्जा दिन्छ । लामो समयदेखिको विकासको सपना पूरा नभएपछि नेपालीहरू निराश छन् । यो निराशाको पृष्ठभूमिमा विकासको व्यग्र चाहना र धैर्यता नेपालीमा छ । नागरिकले राज्यलाई कर तिर्छन तर आपत बिपतमा राज्यले नागरिकको समस्या बुझदैन यो नै हाम्रो देशको प्रमुख समस्या हो । नागरिक प्रति जवाफदेही बन्नु राज्यको कर्तव्य हो । यो कर्तव्य सिद्ध गर्न राज्यप्रणाली निरन्तर चुक्दै आएकोले नागरिकमा निराशा बढेको हो । संविधान निर्माणपछि सर्वसाधारणले आर्थिक सामाजिक रूपान्तरणको ठूलो सपना देखेका थिए । खै त्यो...
मुलुकमा चाहिनेभन्दा धेरै नेता
राजनीति, समाचार

मुलुकमा चाहिनेभन्दा धेरै नेता

-डा.डिआर उपाध्याय, देश बनाउने कुरामा खासै कसैको ध्यान गएको देखिदैन । राजनीतिक दल र तिनका नेताहरुको ब्यबहार र कार्यशैली देख्दा जनता वाक्क दिक्क छन । दल र तिनका नेताहरुले जनतामा खासै आशा जगाउने काम गर्न सकेनन् । नेताहरु धनी बन्दै जाने देश र जनताको अवस्था सधै खोक्रो बन्ने यो पाराले देश बनाउन सकिदैन । जनताको अवस्था दयनीय बन्दै गएको छ । जुन देशमा नेता धनी हुन्छन देश र जनताको अवस्था गरिब हुन्छ त्यो देश कहिले माथि उठदैन । बिश्वको इतिहासवाट यो कुरा पुष्टि हुदै आएको छ । के साच्चै यो देश बनाउने हो भने नेताहरु इमान्दार बन्नै पर्छ । खोक्रो र आर्दशको कुराले मुलुक अघि बढन सक्दैन । सत्ता र कुर्सिका लागी मरिहत्ते गर्ने नेता बाट मुलुक बन्ला भन्ने कुरा नसोचे पनि हुन्छ । हामीले नेताहरुको ब्यबहार र कार्यशैली भोग्दै र देखदै आएका छौं । कुर्सिका लागी एकले अर्कोलाई सिध्याउने खेल बाहेक अरु केहि देखिएन । म...
माधव समूहका नेताहरू पनि सत्तामा सहभागी भएर सरकार टिकाउनुपर्छ
राजनीति, समाचार

माधव समूहका नेताहरू पनि सत्तामा सहभागी भएर सरकार टिकाउनुपर्छ

-डा.डिआर उपाध्याय, मिल्न नसकेको एमाले नेपाल कम्युनिष्ट पार्टी एमाले अझै मिल्न सकेको छैन । पाटी भित्र देखिएको बिवाद झन झन उत्कर्षमा पुगेको छ । ओली पक्ष र नेपाल पक्ष बीच फोर्स गठन गर्ने कुरामा प्रतिस्प्रर्धा नै चलेको छ । दुवै खेमा एकले अर्कोलाई सिध्याउने खेलमा लागी रहेका छन । माधब नेपाल फकाउन ओलीको दूत बनेर कहिले सुवास नेवाङ कोटेश्वर पुगेको समाचार आउँछन कहिले बिष्णु पौडेल । तर पनि माधब नेपाल फकिन सकेका छैनन् । माधब नेपाललाई के कुरामा चित्त दुखेको छ त्यो अझैे बाहिर आउन सकेको छैन । पछिल्लो राजनीतिक बाताबरण निर्माण गर्ने कुरामा नेपालको प्रमुख भूमिका छ । ओली सरकार ढाल्ने काम देखि देउवालाई प्रधानमन्त्री बनाउने सम्म नेपालको ठूलो भूमिका र योगदान छ । पाटी भित्रको बिवाद तत्काल समाधान हुने संकेत अझै केहि देखिएको छैन । एमाले पाटी भित्रको अवस्था जटिल छ । अध्यक्ष ओलीको निरङ्कुश शैलीप्रति नेपालले...
राष्ट्रहित विपरीत कुनै पनि काम गर्न सरकारलाई छुट छैन
राजनीति, समाचार

राष्ट्रहित विपरीत कुनै पनि काम गर्न सरकारलाई छुट छैन

-डा.डिआर उपाध्याय, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा पाँच दलीय गठबन्धनको सानो आकारको सरकार गठन भएको छ । सरकारले पूर्ण आकार अझै पाउन सकेको छैन । अब एक दुई दिनमा सरकारले पूर्णता पाउने आशा गर्न सकिन्छ । वर्तमान सरकारले देश र जनताका पक्षमा ब्यापक लोकप्रिय काम गरेर देखाउनु पर्ने छ । जनता प्रतिको बिश्वास र जनताको मनोभावनालाई बुझेर अघि बढनु पर्ने आबश्यकता पनि देखिएको छ ।विगतमा चारपटक सरकारको नेतृत्व गरिसकेका शेरबहादुर देउवाको आशा र भरोसा जनतामा छ । अघिका कार्याकाल भन्दा यो कार्यकालमा जनताको मन छुने किसिमले काम गरेर देखाउनु पर्ने जिम्मेवारी देउवाको काँध माथि थपिएको छ । सरकारले पूर्णता नपाउँदै किन यो सरकारबारे प्रश्न उठ्न थालेको छ ? खासगरी मन्त्रिमण्डलमा समावेश गरिएका स्वास्थ्य राज्यमन्त्रीको नियुक्ति विषयलाई लिएर जनस्तरबाट प्रश्न उठेको छ ।स्वास्थ्य क्षेत्रमा संलग्न व्यावसा...
प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर
राजनीति, समाचार

प्रधानमन्त्री देउवाका लागी इतिहास बनाउने अवसर

-डा.डिआर उपाध्याय, शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएको पनि धेरै दिन भयो । तर पनि अझै सम्म मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन । मन्त्रिपरिषदले पूर्णता पाइसके पछि यो सरकारले कोरोना महामारीसँग जुधेर जनतामा आशा जगाउन र भरोसा दिन सक्नुपर्ने छ । सरकार कतै पनि चुक्न हुदैन । देउवाले जनताको मन जित्दै इतिहास निर्माणको दिशामा अग्रसर हुन जरुरी छ । देउवाको अघिल्ला कार्यकाल त्यति सन्तोषजनक भएनन् । जुन कारण जनता उनीप्रति निराश छन । प्रधानमन्त्रि देउवाले यो कार्यकालमा पहिलाका गल्ती जनताले भुल्ने गरी काम गरेर देखाउनु पर्छ । यो एउटा अवसर हो । देउवा सरकारसामु अहिले धेरै अवसर पनि छन् । अहिले देउवाका लागी इतिहास बनाउने अवसर छ । बिगतका गल्ति सच्याउदै उनी अव अघि बढनु पर्छ । अहिले देउवालाई धेरै दलको गठबन्धन हाँक्नुपर्ने बाध्यता छ । राजनीतिको वर्तमान परिस्थिति र प्रतिनिधिसभामा उनले पाएको विश्व...
देउवा सरकारले गर्नु पर्ने काम
राजनीति, समाचार

देउवा सरकारले गर्नु पर्ने काम

-डा.डिआर उपाध्याय, प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकको भाग्य र भबिश्य निर्माण गर्ने कुरामा बिशेष ध्यान दिएर काम गर्नु पर्ने आबश्यकता देखिएको छ । अब गफ गरेर समय कटाउने बेला छैन । अव जनताले देखिने गरी काम गर्नु पर्छ । जनताका धेरै आकाँक्षा र माग छन । ति पुरा पर्ने बाटोमा सरकार अग्रसर हुनु पर्छ । जनताको विश्वासलाई अपमान गर्ने र जनता प्रति बिश्वासघात गर्ने काम कसैले पनि गर्नु हुदैन । सर्वभौमसत्ता सम्पन्न प्रतिनिधि सभाबाट जनादेश प्राप्त सरकार हो यो । सरकारसँग नेपाली जनताले ठूलो अपेक्षा राखेका छन । अब प्रधानमन्त्री देउवाले नेतृत्व गरेको यो सरकारले जनअपेक्षा पूरा गर्न कुनै कसर बाँकी छोड्नु हुँदैन । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले ओली समूहले यो सरकार जनताको जनादेशको होइन, सर्वोच्चको परमादेशबाट बनेको कुरा गरिरहेको छ । वास्तवमा संविधानको भावना विपरीत दुई पटक प्रतिनिधि सभा विघटन गरियो । ...
उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगको आधिकारिकता
राजनीति, समाचार

उपेन्द्र यादव पक्षलाई निर्वाचन आयोगको आधिकारिकता

जनता समाजवादी पार्टी (जसपा) को अध्यक्ष उपेन्द्र यादव पक्षले निर्वाचन आयोगबाट आधिकारिकता प्राप्त गरेको छ । यादव पक्षमा केन्द्रीय कार्यकारिणी समितिका बहुमत सदस्य भएकाले आयोगले यादवलाई आधिकारिकता दिएको हो । जसपाका अध्यक्षद्वय यादव र महन्थ ठाकुर पक्षबीच आधिकारिकता सम्बन्धी विवाद भएपछि निर्वाचन आयोगले केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरुलाई आयोगमै बोलाएर सनाखत गराएको थियो । जसपाको ५१ सदस्यीय कार्यकारिणी सदस्यमध्ये ३४ सदस्यले अध्यक्ष यादवको पक्षमा हस्ताक्षर गरेका छन् । पार्टीका अर्का अध्यक्ष महन्थ ठाकुरका पक्षमा १६ सदस्यले हस्ताक्षर गरेका छन् । सनाखतका लागि जेल सजाय भोगिरहेका जसपाका सांसद रेशम चौधरी निर्वाचन आयोग परिसर पुगे पनि तटस्थ बसे । जसपाको आधिकारिकता विवाद निरुपणका लागि आयोगले आवश्यक कागजातसहित आयोगमा आज बिहान ११ बजे उपस्थिति हुन आग्रह गरेको थियो । जसपाका कार्यकारिणी सदस्...