Friday, November 20

राजनीति

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ
राजनीति, समाचार

नवनियुक्त स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त नेपाली कांग्रेसका सांसद तथा निजी विद्यालय सञ्चालक उमेश श्रेष्ठले पद तथा गोपनीयताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा आयोजिक कार्यक्रममा राज्यमन्त्री श्रेष्ठले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष शपथ लिएका हुन् । शपथपछि सञ्चारकर्मीसँग छोटो प्रतिक्रिया दिँदै राज्यमन्त्री श्रेष्ठले कोरोना रोकथाम तथा नियन्त्रणका लागि खोप नै पहिलो प्राथमिकता रहेको बताए । प्रधानमन्त्रीको सिफारिशमा श्रेष्ठलाई राष्ट्रपति विद्यादेवी भण्डारीले आजै राज्यमन्त्रीमा नियुक्त गरेकी थिइन् ।...
स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त
राजनीति, समाचार

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

प्रधानमन्त्री शेरबहादुर देउवाले आइतबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । देउवाले प्रधानमन्त्रीको पदभार ग्रहण गरेको १३औँ दिनको दिन आइतबार प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी हुन् ।  राष्ट्रपति कार्यालयबाट जारी प्रेस विज्ञप्तिअनुसार प्रधानमन्त्री देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई राज्य मन्त्री नियुक्त गरेका हुन् ।श्रेष्ठ नेपाली कांग्रेसका सांसद हुन् ।  नवनियुक्त राज्यमन्त्री श्रेष्ठलाई मन्त्रालयको कार्यभार सम्हाल्ने गरी जिम्मेवारी तोकेको राष्ट्रपति कार्यालयले जनाएको छ । योसँगै मन्त्रिपरिषदको संख्या ६ सदस्यीय भएको छ । कोरोनाभाइरस संक्रमण नियन्त्रणका लागि महत्वपूर्ण भूमिका निर्वाह गर्ने स्वास्थ्यमन्त्रालय नेतृत्वविहीन रहेको भन्दै प्रधानमन्त्री देउवाको आलो...
विकासका लागि राजनीतिक स्थिरता
राजनीति, समाचार

विकासका लागि राजनीतिक स्थिरता

-डा.डिआर उपाध्याय, नेपालको राजनीति सहि बाटोमा जाने र सरकार स्थिर रहने हो भने देश बिकासको गति अघि बढन सक्छ । नेपालको भौगोलिक अवस्था मिलेको छ । देश विकास कसरी गर्न सकिन्छ भन्ने कुरामा सवै दलको एक मत हुन जरुरी छ । नेपालजस्तो भौगोलिक अवस्था र भू–परिवेष्ठित अल्पविकसित देशको विकासका लागि दलहरुमा इच्छा शक्तिको मात्र खाँचो छ । दलहरु देश बिकासका लागी सत्ता स्वार्थको राजनीति छाडेर जानु पर्ने हुन्छ । एकले अर्कोलाई सिध्याउने खेल मात्र खेलेर देश बिकास गर्न सकिन्न । देश बिकास गर्न दलहरु एक आपसमा मिल्नु पर्छ । सबैको प्रयासले मात्र देश बनाउन सकिन्छ । एक्लै केहि गर्छु भनेर मात्र हुदैन । देश बिकासका लागी सवै भन्दा पहिला भष्टाचार अन्त्य हुनु पर्छ । भ्रष्टाचार हुने देशमा बिकास हुन कठिन हुन्छ । भष्टाचार देश बिकासको बाधक हो । कर्मचारी देखि नेता मन्त्री सम्म भष्टाचारी भए पछि कसरी देशको बिकास हुन्छ ? यो नै ...
प्रदिप तरुण विभाग डेनमार्क शाखा प्रमुख
राजनीति, समाचार

प्रदिप तरुण विभाग डेनमार्क शाखा प्रमुख

नेपाली कांग्रेसको तरुण विभागले काभ्रेका प्रदिप तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी प्रदान गरेको छ ।लामो समयदेखि डेनमार्कमा बस्दै आएका तिवारीलाई साउन ४ गते डेनमार्कको शाखा प्रमुखको जिम्मेवारी तोकिएको हो । तरुण विभाग प्रमुख नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री शंकर भण्डारीले तिवारीलाई डेनमार्क शाखा प्रमुखको जिम्मेवारी दिएका हुन ।डेनमार्कमा बस्ने तरुण युवाहरु जो लोकतन्त्र र प्रजातन्त्रप्रति विश्वास राख्छन् उहाँलाई समेट्न अनुरोध गरेको छ ।आगामी दिनमा डेनमार्कमा बस्ने नेपाली कांग्रेसका सुभेच्छुकलाई समेटेर नेपाली कांग्रेस तरुण विभागको पार्टिको नीति नियम ईमान्दारीका साथ पालना गर्दै सक्रिय भएर तरुणहरुको हितका लागि काम गर्ने तिवारीले बताए ।...
नेपाली राजनीति अहिले सहि बाटोमा
राजनीति, समाचार

नेपाली राजनीति अहिले सहि बाटोमा

-डा.डी.आर.उपाध्याय, सत्तारुढ पार्टीमा बढ्दै गएको बिग्रहले राष्ट्रिय राजनीतिले नयाँ गति लिएको छ । पछिल्लो समयमा आइपुग्दा शेर बहादुर देउवा , माधव नेपाल , पुष्पकमल दाहाल, उपेन्द्र यादव , बाबुराम भट्टराई लगायतका नेताहरुको एउटै मन हुन पुगेको छ । राजनीतिमा कति खेर के हुन्छ केहि भन्न सकिदैन । यो त समयको खेल हो । कुनै बेला ओली र दाहालको एउटै मन भएर पाटी सम्म मिल्न पुग्यो । त्यो पनि लामो समय सम्म टिक्न सकेनन् । राजनीति समय अनुसार उल्टो पाल्टो भैरहन्छ । यो इतिहास देखि हुदै आएको छ । दुईतिहाई बहुमतको सरकार पतन भएको छ । यो एउटा ऐतिहासिक घटना बनेको छ । यस घटनामा नायक र खलनायक छन । यो कुरा नेपाली जनताले बुझेर बसेका छन । एकपछि अर्को राजनीतिक र संबैधानिक घटना घटदै आए । नेपाली राजनीतिमा सबै ब्यहोर्नु पर्ने रहेछ । यद्यपि, आफूले गरेको मात्रै सत्य र अरुले गरेजति सबै षड्यन्त्र देख्ने प्रवृत्तिले गर्दा ...
प्रधानमन्त्री देउवाका आगामी यात्रा र दुरदर्शिता
राजनीति, विचार, समाचार

प्रधानमन्त्री देउवाका आगामी यात्रा र दुरदर्शिता

– डा.डी.आर.उपाध्याय , प्रधानमन्त्री शेरबहादुर देउवाले बिश्वासको मत पाएका छन । अव उनले ढुक्कले सरकार संचालन गर्न सक्छन । यो उनका लागी ठूलो अवसर हो । जनादेशबाट भन्दा पनि परिस्थितिका कारण उनी प्रधानमन्त्री भएका हुुन । मुलुकले पाँच वर्षका लागि सरकार चलाउने जनादेश केपी ओली, पुष्पकमल दाहालको बामगठबन्धन दललाई दिएको थियो । तर राजनीतिक घटनाक्रम र परिस्थिती बदलिएको कारण यो अवस्था निर्माण हुन आएको हो । नेपाली कांग्रेसलाई प्रतिपक्षीको भूमिकामा रहन जनादेश प्राप्त थियो । तर, सरकार चलाउन बामगठबन्धन दलले सकेन । सरकार सञ्चालन गर्न कौशलता र पार्टी भित्र एक मत चाहिन्छ । चुनावमा बाम गठबन्धन नभएको भए बहुमत आउने थिएन । चुनाव लगत्तै ओली र दाहाल मिलेर पाटी एकता पनि गरे । पाटीको नाम नेकपा राखे तर पाटी एकता लामो समय सम्म टिक्न सकेन । केपी ओलीलाई प्रधानमन्त्री बनाए । ओलीसँग सरकार हाँक्ने, आफ्नो पार्टी मिलाउ...
एमाले केन्द्रीय कमिटी बैठक बस्दै, २२ जना सांसदमाथि कारवाहीकाे निर्णय हुने
राजनीति, समाचार

एमाले केन्द्रीय कमिटी बैठक बस्दै, २२ जना सांसदमाथि कारवाहीकाे निर्णय हुने

नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ। च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्ने बैठकले पार्टीको निर्णय विपरित प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने २२ जना सांसदमाथि कारवाही गर्ने विषयमा छलफल हुने बताइएको छ। वरिष्ठ नेतासहित २२ जना सांसदलाई सोमबार बसेको केन्द्रीय कमिटीले बैठकले २४ घण्टे स्पष्टीकरण सोधेको थियो। लामो समयदेखि अन्तरसंघर्ष जारी रहेको एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले  साेमबारकाे केन्द्रीय कमिटी बैठकलाइ सम्वाेधन गर्दै नेता नेपाललाई एमाले प्रवेश निषेध भएको संकेत गरेका छन्। प्रधानमन्त्रीमा कांग्रेस सभापतिसमेत रहेका शेरबहादुर देउवालाई विश्वासको मत दिएपछि नेपाल समूहप्रति अहिले संस्थापन पक्ष थप रुष्ट बनेको छ। आफ्नै पार्टीको अध्यक्ष प्रधानमन्त्री रहेको सरकारलाई अपदस्त गरी विपक्षी दलको नेतालाई प्रधानमन्त्री बनाउन ‘धोक...
भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई
राजनीति, समाचार

भारतीय प्रधानमन्त्री मोदीले दिए प्रधानमन्त्री देउवालाई बधाई

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाई दिएका छन्। आइतबार राति देउवा प्रतिनिधिसभाबाट विश्वासको मत लिन सफल भएपछि मोदीले बधाई दिएका हुन्। मोदीले ट्वीट गर्दै देउवाको कार्यकाल सफलताको शुभकामनासमेत दिएका छन्। उनले देउवासँग मिलेर आफूले काम गर्न चाहेकोसमेत बताएका छन्। उनले देउवाको कार्यकालमा दुई देशबीचको सम्बन्ध अझ प्रगाढ हुने र जनता जनताबीच सम्बन्ध स्थापित हुने विश्वास व्यक्त गरेका छन्। देउवा गत असार २९ गते प्रधानमन्त्री नियुक्त भए पनि मोदीले बधाइ दिन ढिला गरेका थिए। तर, आइतबार देउवाले विश्वासको मत पाएको केही मिनेटमै बधाई दिएका हुन्। यसअघि काठमाडौंस्थित भारतीय राजदूत विनय मोहन क्वाक्राले देउवालाई भेटेरे शुभकामना दिएका थिए।...
प्रधानमन्त्री देउवाले पाए विश्वासको मत
राजनीति, समाचार

प्रधानमन्त्री देउवाले पाए विश्वासको मत

प्रधानमन्त्री शेर बहादुर देउवा ले संसद्बाट विश्वासको मत पाएका छन् ।  आइतबार बसेको प्रतिनिधि सभा बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रधानमन्त्री देउवाले विश्वासको मत पाएको जानकारी दिएका हुन् । बैठकमा प्रधानमन्त्री देउवाले आफूलाई विश्वासको मत दिइयोस् भनेर राखेको प्रस्तावको पक्षमा बहुमत सांसदले मत दिएका छन् ।  कूल २४९ खसेको मतमध्ये विश्वासको मतको पक्षमा १६५ र विपक्षमा ८३ मत खसेको सभामुख सापकोटाले जानकारी दिए ।  विश्वासको मत पाएसँगै देउवा सरकारले निरन्तरता पाउने भएको छ । गत असार २९ गते संविधानको धारा ७६ (५)अनुसार नियुक्त प्रधानमन्त्री देउवाले छैटौँ दिनमै संसदबाट विश्वासको मत पाएका हुन् ।  प्रधानमन्त्री देउवालाई कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी, एमालेको नेपाल समूहका केही सांसदसहित राष्ट्रिय जनमोर्चाका सांसदहरुले विश्वासको मत दिएका छन् ।  ...
प्रतिनिधिसभामा १५ वटा अध्यादेश पेश
राजनीति, समाचार

प्रतिनिधिसभामा १५ वटा अध्यादेश पेश

प्रतिनिधिसभामा शपथसम्बन्धी अध्यादेश २०७८, रेल्वे अध्यादेश २०७८ लगायत अध्यादेश पेश भएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले ती अध्यादेश सभासमक्ष पेश गरेका हुन् । बैठकमा औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी (पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरिएको छ । यसैगरी गृहमन्त्री बालकृष्ण खाँणले सामाजिक सुरक्षा (पहिलो संशोधन अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी (कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय) पहिलो संशोधन अध्यादेश २०७८, तेजाब तथा अन्य घातक रासायनिक पदार्थ (नियमन) अध्यादेश २०७८ र नेपाल नागरिकता ( पहिलो संशोधन) अध्यादेश २०७८ पेश गरे । कानून, न्याय तथा संसदीय मामिलामन्त्री कार्की बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्...