Friday, November 20

राजनीति

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने एमालेको निर्णय
राजनीति, समाचार

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने एमालेको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्च अदालतको सोमबारको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले फैसला त्रुटीपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठकले सर्वोच्चको फैसलाले संसदीय प्रणालीको आधारभूत संरचनालाई खल्बल्याउने विश्लेषणसमेत गरेको छ। प्रवक्ता ज्ञवालीले सर्वोच्चको फैसलाले संसदीय व्यवस्थाका आधारभूत संरचना खल्बल्याउने बताए। मंगलबार स्थायी कमिटीको बैठक बसेर सर्वोच्चको फैसलाबारे थप धारणा बनाउने ज्ञवालीले जानकारी दिए। सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। बालुवाटार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्षहरु वामदेव गौतम र भीम रावल, महासचिब ईश्वर पोखर...
प्रतिनिधिसभा विघटन मुद्दा र सरकारबारेआजै फैसला
राजनीति, समाचार

प्रतिनिधिसभा विघटन मुद्दा र सरकारबारेआजै फैसला

 सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ । यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् । दुवै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने सहमति गरेको छ ।...
विपक्षी गठबन्धन र सत्तापक्ष दुवै बेलैमा सच्चिन जरुरी
राजनीति, समाचार

विपक्षी गठबन्धन र सत्तापक्ष दुवै बेलैमा सच्चिन जरुरी

-डा.डिआर उपाध्याय, आज मुलुक सवै हिसावले तहस नहस छ । सरकारी जागिर र सरकारी तलव भत्ता खाने बाहेक अरु सवैको दिल खुसि छैन । किन भने असार सुरु भएदेखि बाढी, पहिरो र डुबानले देशलाई क्षतविक्षत बनायो । अर्कोतर्फ विश्वव्यापी महामारी कोभिडले सवैलाई थिलै थिलो बनाएको छ । अहिले सम्म आर्थिक रुपमा कोही माथि उठन सकेको छैन । पछिल्लो दुई वर्षलाई हेर्ने हो भने कोभिडले जनजीवन नै अस्तव्यस्त बनाएको छ । यस्तो अवस्थामा सरकार गम्भिर बन्नु पर्ने हो त्यस्तो देखिदैन । जनप्रतिनिधिले जनताको गुनासो सुन्नुपर्ने बेलामा कता कता अलमल्लिए जस्तो देखिन्छ । यसरी जनताको सेवा हुदैन । देश संकटमा परेको बेला सवै गम्भिरतापूर्वक लाग्नु पर्ने हो । कोही मुलुक प्रति गम्भिर भएको देखिदैन । सबै आआफ्नो स्वार्थ पूर्ति गर्नेतर्फ लागेका छन । जनताको सेवाका लागी भनेर निर्वाचनमा जनताले मत दिएर जनप्रतिनिधि चुनेका हुन । उनको ब्यक्तिगत स्वार्थका...
नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित
राजनीति, समाचार

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज आकस्मिक रुपमा बोलाइएको स्थायी कमिटी बैठक भोलि बस्नेगरी स्थगित भएको हो । बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको थियो । एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।  पार्टी एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि हालसम्म सहमति जुट्न सकिरहेको छैन। कार्यदलको बैठकमा कुनै निर्णय हुन नसकेका कारण आजको बैठक बस्न नसकेको बतायएको छ ।...
एमाले विवादः कार्यदलको अन्तिम बैठक जारी
राजनीति, समाचार

एमाले विवादः कार्यदलको अन्तिम बैठक जारी

नेकपा एमालेको आन्तरिक विवाद समाधान गर्न गठन गरिएको सँयुक्त कार्यदलको ‘फाइनल’ बैठक सिंहदरबारमा शुरु भएको छ। आजको बैठकबाट सहमति जुटाउने नेताहरुले बताएका छन्। सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन तथा काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन माग गर्दै दायर रिटमाथिको फैसला आउनु अगावै सहमति जुटाउने प्रयास भइरहेको छ। शुक्रबार भएको कार्यदल बैठकपछि अध्यक्ष केपी शर्मा ओली पक्षका कार्यदलका संयोजक सुवास नेम्वाङले आइतबार सुख्द समाचार सुनाउने बताएका थिए। उनले सबै विषय मिलिसकेकोसमेत दावी गरेका थिए। यस्तै वरिष्ठ नेता माधवकुमार नेपाल निकट कार्यदलका सदस्य गोकर्ण विष्टले पनि आइतबार सहमति जुट्ने बताएका थिए। उनले केही विषयमा कुरा मिलाउन बाँकी रहेको बताएका थिए। तर, के के कुरा मिल्यो के के बाँकी भन्ने विषयमा भने दुबै नेताहरुले खुलाउन चाहेका थिएनन्। सर्वोच्च अदालतले सोमबार फैसला गर्न सम्भावन...
एमाले विवादः कार्यदलमा आज पनि सहमति जुटेन
राजनीति, समाचार

एमाले विवादः कार्यदलमा आज पनि सहमति जुटेन

एमालेको विवाद समाधान गर्न गठन गरिएको कार्यदलले शनिबार सहमति जुटाउने भनिए पनि शनिबार भने सहमति हुन सकेन। शनिबार ढिलागरी बसेको कार्यदल बैठकमा सहमति जुट्न नसकेको कार्यदल सदस्य वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता सचिव गोकर्ण विष्टले जानकारी दिए। यसअघि शुक्रबारको बैठकपछि कार्यदलका सदस्यहरुले शनिबारको बैठकबाट सहमति जुट्ने सहमतिको मस्यौदा सार्वजनिक गर्ने बताएका थिए। तर, शनिबार सहमति हुन नसकेको र केही कुरा मिलाउन बाँकी रहेको सचिव विष्टले जानकारी दिए। उनले अब छिटै गूड न्यूज सुनाउनेसमेत बताए। उनले आइतबार नै सुखद् समाचार सुन्न पाइने बताए। तर, के के कुरा मिल्यो र के के बाँकी हो भन्ने विषयमा केही खुलाइएको छैन। शनिबारको बैठक करिब १ घण्टामात्र बसेको थियो।...
पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति
राजनीति, समाचार

पार्टी एकताका लागि एमाले कार्यदलमा सहमति

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (एमाले) भित्रको विवाद निष्कर्ष उन्मुख भएको छ । सिंहदरबारमा शुक्रबार बसेको विवाद समाधानका लागि गठित कार्यदलको बैठकले पार्टी एकताका लागि तयार गरेको मस्यौदामा सहमति जुटाएको हो । सहमति जुटेको मस्यौदालाई शनिबार अन्तिम रुप दिने नेताहरुले जनाएका छन् । बैठकपछि कार्यदलका सदस्य प्रदिप ज्ञवालीले पार्टीमा एकता कायम गर्ने विषय टुंगोमा पुगेको बताए । त्यस्तै एमाले नेता गोकर्ण बिष्टले लामो छलफलपछि धेरै विषयमा सहमति जुटेको बताए । उनले केही विषयमा शनिबार छलफल हुने बताए ।  उनले लगभग सहमतिमा पुगेको जानकारी दिए । कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिनेछ । एमालेको विवाद समाधानका लागि कार्यदल विगत केही दिनदेखि निरन्तर छलफलमा जुट्दै आएको छ ।...
एमाले कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रूप दिँने छलफल
राजनीति, समाचार

एमाले कार्यदलले सहमतिको मस्यौदालाई अन्तिम रूप दिँने छलफल

नेकपा एमालेको विवाद समाधान कार्यदलमा सहमतिका लागि तयार गरिएको मस्यौदालाई अन्तिम रुप दिन छलफल भइरहेको छ । कार्यदलको दुवै पक्ष शुक्रबार मध्याह्नदेखि सिंहदरबारमा सहमतिको मस्यौदामा छलफलमा जुटिरहेका छन् । बैठकबाट मस्यौदामा दुवै पक्षको सुझाव समेटेर अन्तिम रुप दिने गृहकार्य भइरहेको जानकारी जानकारी आएको छ। कार्यदलको मस्यौदाले अन्तिम रुप पाएपछि एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव कुमार नेपालसमक्ष पेश गरिने र आजै मस्यौदालाई अन्तिम रुप दिने प्रयास भइरहेको जानकारी आएको छ। पार्टीको एकतालाई कसरी प्रभावकारी बनाउन सकिन्छ भनेर केही बुँदामा थप धारणा राखेको र त्यसलाई समेटेर मस्यौदालाई अन्तिम रुप दिइने छ। एमालेको विवाद समाधानका लागि कार्यदल केही दिनदेखि निरन्तर छलफलमा छ । तर ठोस सहमति भने हुन सकेको छैन ।...
एमाले एकतामा सकस
राजनीति, समाचार

एमाले एकतामा सकस

डा.डिआर उपाध्याय, नेकपा एमाले भित्रको बिवाद अझै सुल्झन सकेको छैन । एमाले एकतामा सकस देखिएको छ । तर पनि बिवाद मिलाउन बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको छ । तर सार्थक परिणाम भने कार्यदलले अझै निकाल्न सकेको छैन । एमाले विवादलाई समाधान गरेर अघि बढदा नै राम्रो हुन्छ । ओली, माधव बीच करा मिल्दा बित्तिकै समस्या हल हुन्छ । माधव नेपाल समूह एकताका लागी गम्भिर बन्नु पर्छ । समस्या काहाँ हो मिलेर समाधान गर्नु पर्छ ।माधव नेपाल समूहभित्रका केही युवानेता पार्टी विभाजन गर्नु हँुदैन भन्ने पक्षमा छन । एमालेभित्र जुन प्रकारको गुटबन्दी र अराजकता देखिएको छ, त्यो राम्रो कुरा होइन । आम नेता कार्यकर्ता नेकपा एमाले मिलेको देख्खन चाहान्छन । पार्टीभित्रको अन्तरसंघर्षलाई पार्टीको विधि र प्रक्रियाबाट हल गरेर जानु पर्छ । पार्टी भित्र दुस्मनीपूर्ण ब्यवहार देखाउनु पनि राम्रो होइन । एमालेको नवौं महाधिवेशनमा माधव...
विवादित विषय  समाधानका लागि एमाले कार्यदलको बैठक बस्दै
राजनीति, समाचार

विवादित विषय समाधानका लागि एमाले कार्यदलको बैठक बस्दै

सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (एमाले)भित्र देखिएको विवाद समाधानका लागि गठन भएको कार्यदलको बैठक आज पनि बस्दैछ । पछिल्ला केही दिन यताको लगातारको बैठकमा छलफल ‘सकारात्मक’ भनिए पनि ठोस निष्कर्ष निस्किन सकेको छैन । कार्यदल सदस्यहरु विगत चार दिनदेखि निरन्तर छलफलमा जुटिरहेका छन् । अन्तिम निष्कर्ष निकाल्ने भन्दै सिंहदरबारमा बिहीबार (हिजो) कार्यदलको बैठक दुईपटक बसे पनि निष्कर्षविहीन बन्यो । पार्टी एकताका लागि गम्भीर छलफल भए पनि अझै कुनै सहमति हुन नसकेको कार्यदलकै सदस्यहरूले जनाएका छन् । नेता घनश्याम भुसालले  भने,‘१० दिनअघि जुन एजेण्डा तयार गरेका थियौँ। गएको १० दिनदेखि खास काम गर्न सकेका छैनौँ । अब बस्ने बैठकबाट निष्कर्ष निस्कन्छ भन्नेमा विश्वास छ ।’ कार्यदल सदस्य सुभाषचन्द्र नेम्वाङले भने छलफल सकारात्मक र गम्भीर रहेकाले कार्यदलले विवाद निष्कर्षमा पुर्‍याउनका जोड गरिरहेको ब...