Friday, November 20

राजनीति

कोभिड-१९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन काँग्रेसको माग
राजनीति, समाचार

कोभिड-१९ को रोकथाम, उपचार र राहतमा केन्द्रित हुन काँग्रेसको माग

नेपाली कााग्रेसले कोरोना रोकथाम, उपचार र राहतमा केन्द्रित हुन सरकारसँग माग गरेको छ। काँग्रेस सभापति शेरबहादुर देउवाले विहीबार एक विज्ञप्ति जारी गर्दै यस्तो माग गरेका हुन्। देउवाले भनेका छन्, ‘अहिले कोभिड–१९ को संक्रमणले सिर्जना गरेको स्वास्थ्य चुनौती मात्र नभएर निषेधाज्ञाले उद्योग व्यवसाय बन्द भएर खडा गरेको वेरोजगारीका कारण रोजिरोटीको संकट पनि जटिल बन्दै गएको छ।’ उनले काँग्रेसले सरकारलाई गम्भीर हुन पटक पटक भने पनि सरकारले नसुनेको आरोप लगाएका छन्। विज्ञप्तिमा भनिएको छ, ‘नेपाली काँग्रेसले कोभिड–१९ को रोकथाम र उपचारमा गम्भीर हुन सरकारलाई पटक–पटक खबरदारी गर्दै आएको छ। यही जेठ ६ गते पनि मेरो नेतृत्वमा नेपाली कांग्रेसको प्रतिनिधिमण्डलले कोभिड–१९ को महामारीबाट जनतालाई बचाउन १५ बुँदे ज्ञापन–पत्र प्रधानमन्त्रीलाई बुझाउँदै सरकारको गम्भीर ध्यानाकर्षण गराएको हो।’ देउवाको विज्ञप्ति नेपाली क...
नागरिकताको विषयलाई देशको हितमा हेरिनु पर्छ
राजनीति, समाचार

नागरिकताको विषयलाई देशको हितमा हेरिनु पर्छ

-डा.डिआर उपाध्याय, राष्ट्रपति विद्यादेवी भण्डारीबाट नागरिकतासम्बन्धी अध्यादेश जारी भएको छ। आज यो अध्यादेशलाई लिएर पक्ष र बिपक्षमा मत बाँझिएको छ । नेकपा एमाले माधव समूहका नेता भिम रावल, राष्टिय जनमोर्चाका अध्यक्ष चित्र बहादुर केसी , नेकपाका महासचिव नेत्र बिक्रम चन्द बिप्लव लगायतका नेताहरुले नागरिकतासम्बन्धी अध्यादेशको चर्को बिरोध गरेका छन । उनीहरुले मुलुक सिक्किमी करण हुने खतरा भएको औलाएका छन । आ आफनो प्रेस बिज्ञप्ती जारी गरेर उनीहरुले अध्यादेश फिर्ता ल्याउन सरकारलाई आग्रह समेत गरेका छन । संविधानको धारा ११४(१) बमोजिम उक्त अध्यादेश जारी भएपछि यसको स्वागत गर्नेहरु पनि छन र विरोध गर्नेहरुको जमात पनि बढेको छ । बाहिरबाट जति सुकै बिरोध आए पनि सरकारले अध्यादेश फिर्ता ल्याउने कुनै छाँटकाट गरेको छैन । जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतोको सक्रियतामा यो अध्यादेश आएको हो । संसद नभएको ...
शहीदको बलिदानलाई बिर्सन सकिँदैन: प्रधानमंत्री ओली
राजनीति, समाचार

शहीदको बलिदानलाई बिर्सन सकिँदैन: प्रधानमंत्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले ऐतिहासिक महत्वको गणतन्त्र दिवसलाई जनताको चाडका रूपमा मनाउनुपर्ने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार आयोजित गणतन्त्र दिवस मूल समारोह समितिको बैठकलाई सम्बोधन गर्दै उनले प्रजातन्त्र दिवस र गणतन्त्र दिवसलाई कर्मकाण्डी रूपमा नभई जनताको चाडका रूपमा मनाउने र संविधान दिवसलाई अझ असाधारण र विशेष रूपमा मनाउनुपर्ने बताए। “हामीले गणतन्त्र प्राप्ति, त्यसका उपलब्धिलाई ओझेलमा पर्न दिनु हुँदैन। विस्मृतिमा जान दिनु हुँदैन। शहीदको बलिदानलाई बिर्सन सकिँदैन। बिर्सिन मिल्दैन”, उनले भने। प्रधानमन्त्रीले मुलुक कोरोनाको त्रास र पीडामा रहेका बेला खुसियालीका साथ मनाउने समय यस पटकका लागि कम भए पनि गणतन्त्र दिवसको महत्त्व, गरिमा तथा यसले ल्याएका परिवर्तनको स्मरण र सम्मान गर्नैपर्नेसमेत बताए। “त्यसैले गणतन्त्रको अर्थ र महत्त्वका सम्बन्धमा अन्तक्र्रिया र परिसंवादजस...
एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूहमाथि थप कारवाहीको तयारी
राजनीति, समाचार

एमाले स्थायी कमिटी बैठक बस्दै, माधव नेपाल समूहमाथि थप कारवाहीको तयारी

प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटीको बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा चार बजे बस्ने स्थायी कमिटी सदस्य सुवास नेम्वाङले जानकारी दिए। बैठकमा मुलुकको विकसित पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा छलफल हुने बताइएको छ। बैठकमा एजेण्डाका विषयमा केही नबताइएपछि माधव नेपाल समूहका ११ जना सांसदलाई सोधिएको स्पष्टीकरणको जवाफ दिने अन्तिम दिन भएकाले उनीहरुमाथि थप कारवाही हुने संभावना रहेको छ।...
चुनावको घोषणापछि के गर्दै छ निर्वाचन आयोग ?
राजनीति, समाचार

चुनावको घोषणापछि के गर्दै छ निर्वाचन आयोग ?

प्रतिनिधिसभा विघटन भएर निर्वाचन घोषणा भएपछि निर्वाचन आयोग आफ्नो काममा जुटेको छ। कात्तिक २६ गते र मंसिर ३ गते तोकिएको निर्वाचन समयमै सफलता पूर्वक सम्पन्न गर्नका लागि काममा जुटेको निर्वाचन आयोगले जनाएको छ। निर्वाचन आयोगका सहायक–प्रवक्ता, उपसचिव कोमलप्रसाद धमलाले आयोग आफ्नो काममा लागेको जानकारी दिए। डिसी नेपालसँगको कुराकानीमा धमलाले भने, ‘आयोग आफ्नो काममा लागेको छ। सरकारले निर्वाचनको मिति घोषणा गरेपछि आयोग आफ्नो काममा लाग्नुको विकल्प हुँदैन। हामीले तोकिएको समय निर्वाचन सफलतापूर्वक सम्पन्न गर्नु पर्ने हुन्छ।’ उनका अनुसार हाल मतदाता अध्यावधिक गर्ने, विधि र नियमावली बनाउने लगायतका काम सुरु गर्ने आयोगको तयारी छ। ‘पछिल्ला ३ महिना किनमेलको समय हुन्छ। त्यो बेलामा अलि बढी काम भए पनि सुरुवातीमा त्यतिधेरै काम हुँदैन,’ धमलाले भने। यसअघि बैशाखमा तय भएको तर सर्वोच्चको आदेशपछि रोकिएको निर्वाचनलाई ...
राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी
राजनीति, समाचार

राष्ट्रपतिद्वारा नागरिकतासम्बन्धी अध्यादेश जारी

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकतासम्बन्धी अध्यादेश जारी गरेकी छिन् । सरकारको सिफारिसमा संविधानको धारा ११४ को उपधारा १ बमोजिम आइतबार राष्ट्रपति भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश २०७८ जारी गरेकी हुन् ।
निर्वाचन अगाडि सबैलाई खोप लगाइने छःप्रधानमंत्री
राजनीति, समाचार

निर्वाचन अगाडि सबैलाई खोप लगाइने छःप्रधानमंत्री

चुनावका लागि सरकारमा आउन आव्हान प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी निर्वाचनभन्दा अगाडि सबैलाई कोराना भाइरसविरुद्धको खोप लगाइने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज आयोजित पत्रकारसँंगको अन्तरक्रियामा उनले निर्वाचन अगाडि सबैलाई खोप लगाउने प्रयासमा सरकार जुटेको जानकारी दिए । उनका अनुसार खोप ल्याउनका लागि विभिन्न देश र खोप उत्पादकसंँग छलफल भइरहेको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको सिफारिशमा आगामी कात्तिक २६ र मङ्सिर ३ गते प्रतिनिधिसभाको मध्यावधि निर्वाचन तोकिसकेकी छन् । नेपालमा कोभिड–१९ विरुद्धको कोभिशिल्ड र भेरोसेल खोप लगाइएका छन् । अहिलेसम्म २१ लाख १३ हजार ८० जनाले खोपको दोस्रो र पाँच लाख १४ हजार २५३ जनाले पहिलो मात्रा लगाएका छन् । चुनावका लागि सरकारमा आउन प्रधानमन्त्रीको आव्हान प्रधानमन्त्री र्मा ओलीले सबै दलको सहभागितामा चुनावी सरकार गठन गठन गर्न सकिने स्प...
कांग्रेसलाई प्रधानमन्त्री ओलीको प्रश्न : प्रचण्डलाई गुरु मानेर प्रचण्डपथलाई स्वीकार गरेको हो?
राजनीति, समाचार

कांग्रेसलाई प्रधानमन्त्री ओलीको प्रश्न : प्रचण्डलाई गुरु मानेर प्रचण्डपथलाई स्वीकार गरेको हो?

प्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूलाई लोकतान्त्रिक दल भन्ने नेपाली कांग्रेसले प्रचण्डलाई गुरु मानेर प्रचण्डपथमा हिँडेको आरोप लगाएका छन्। आइतबार दिउँसो प्रेस चौतारीआवद्ध पत्रकारहरुसँगको अन्तरक्रियामा प्रधानमन्त्री ओलीले आफूलाई लोकतान्त्रिक भन्ने पार्टी कांग्रेसले प्रचण्डलाई गुरु मानेर पचण्डपथमा हिँडेको टिप्पणी गरेका हुन्। उनले सरकार गठन गरेदेखि नै सरकार संचालनमा अवरोध गरेको र त्यो अवरोध गतवर्षदेखि तीव्र भएको भन्दै सरकारले गरेको राम्रो कामको पनि कामै गरेन भनेर कुप्रचार भएको बताए। उनले कांग्रेसका नेताहरुले केपी ओलीले गराउने निर्वाचनमा भाग नलिने भनेको कुरा आफूले सुनेको भन्दै आपत्ति जनाए। ‘जनताबाट अत्याधिक मतले विजयी भएको प्रधानमन्त्रीले गराएको चुनावमा भाग नलिने भन्ने कस्तो लोकतान्त्रिक चरित्र हो,’ उनले भने, ‘कांग्रेस नेतृत्वले गराएको चुनावमा २३ सिटमा झर...
बादललाई कहाँ व्यवस्थापन गर्ने ?
राजनीति, समाचार

बादललाई कहाँ व्यवस्थापन गर्ने ?

सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकीकरण बदर गर्दै दुवै पार्टीलाई पूर्वावस्थामा फर्कादिएपछि दुवै पार्टीका सांसदहरु आ–आफ्नो पार्टीतिर लागे। नेकपा एमालेका केही सांसदहरु प्रधानमन्त्री केपी ओलीको पक्षमा रहन नचाहेको भए पनि उनीहरुले आफ्नो पार्टी भने छाडेका छैनन्। भलै उनीहरु प्रधानमन्त्रीको विपक्षमा उभिँदै आएका छन् तर उनहिरुको पार्टी भने नेकपा एमाले नै हो र प्रतिनिधिसभा विघटन हुनुअघि उनीहरु एमालेकै सांसद थिए। माओवादीका भने केही सांसद पार्टी नै परित्याग गरेर एमालेमा आए । यसका लागि उनीहरुले सांसद पद नै परित्याग गरे। माओवादीका राष्ट्रिय सभा सांसद रामबहादुर थापा बादल, प्रतिनिधि सभा सांसदहरु लेखराज भट्ट, टोपबहादुर रायमाझी, प्रभु साह र गौरीशंकर चौधरीले सांसद पद नै त्याग गरेर एमालेतिर आए। यसरी आएका सांसदलाई व्यवस्थापन गर्ने जिम्मेवारी प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी श...
माधव नेपाल समूहका नेताले दर्ता गरे नयाँ दल
राजनीति, समाचार

माधव नेपाल समूहका नेताले दर्ता गरे नयाँ दल

निर्वाचन आयोगमा नेकपा (एकीकृत) दर्ताका लागि निवेदन परेको छ। अनेरास्ववीयूका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टी दर्ता भएको तर, माधव नेपाल र झलनाथ खनाल अध्यक्ष भएको पार्टी दर्ता नभएको माधव नेपाल समूहका अनेरास्ववीयूका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए। पराजुलीले भने, ‘हामी नयाँ पार्टीको प्रकृयाका लागि अगाडि बढी सकेका छौं। तर, दर्ता भएको छैन। अहिले जीवनजीको पार्टी मात्र  दर्ता भएको हो।’ अनेरास्ववियुका पूर्व नेता जीवन राई अध्यक्ष रहेको पार्टीको नाम नेकपा (एकीकृत) र चुनाव चिन्ह कमल राखिएको छ। राई माधव कुमार नेपाल निकट नेता हुन्। अनेरास्ववियूको पशुपति क्याम्पसका पूर्व नेता राईले जेठ ७ गते दल दर्ताका लागि निवेदन दिएका हुन्।  पराजुलीले भने, ‘आज सर्वोच्चमा रिट निवेदन दिँदै छौं। दल दर्ताको प्रक्रिया त्यसभन्दा अगाडि गर्ने छौं।’ स्रोतका अनुसार नेकपा एकीकृतको उपाध्यक्षमा कल्...