यो बेलामा मनोवल गिराउने खालका कुनै सामग्री पोष्ट गर्ने काम कसैले नगरौं :डा.डी.आर.उपाध्याय
यति बेला हामी कोरोना भाइरसको महामारी र त्यसबाट उत्पन्न समस्याबाट गुर्जिरहेका छौ । अझै कति गुर्जिन पर्ने हो कुनै ठेगान छैन । मुलुकमा निषेधाज्ञा जारी भएको पनि महिनौं बितिसक्यो । घर देखी बाहिर निस्कन नपाउँदा सवैलाई दिग्दार र छटपटि लागेकै छ । के गर्ने यो एउटा बाध्यता हो । आज हामी बाध्यताका बीच गुर्जिरहेका छौं ।
बिहान बेलुकाको छाक टार्न समेत धेरैलाई धौ धौ भइरहेको छ । काम गर्न नपाए पछि पैसा आउँदैन , पैसा नआएपछि बिहान बेलुकाको छाक टार्न समस्या हुन्छ । यस्ता समस्या धेरैले भोग्दै पनि आएका छौं । दिन भरी काम गरेर बिहान बेलुकाको छाक टार्ने श्रमजीवि बर्गको त यति बेला झन बिजोक छ । राजनीतिक दल र तिनका नेताहरु आफनो दुनो सोझाउन ब्यस्त छन ।
उनीहरुलाई जनताको पिर मर्का बारे कुनै चासो छैन । यदि चासो हुन्थ्यो भने नागरिकको यो बिजोक हुने थिएन । संक्रमणबाट जोगिन हामी नागरिक घरभित्र थुनिएर बस्नु परेको छ। खुल्...









