हिजोका नेता र आजका नेता
डा.डिआर उपाध्याय,
देशका धेरै जसो मानिसले राजनीति गरेपछि उत्पादनको काम कसले गर्ने ? नेकपा एमाले भित्रको विवाद र त्यसले निम्ताएको राजनीतिक संकट नै अहिले सबैको चिन्ता, चासो र जिज्ञाशाको विषय बनेको छ । नेकपा एमाले मिलेर जानु पर्छ भन्ने कुरा देशको हितमा छ । दल र तिनका नेताहरु फुटेर कसैलाई फाइदा छैन । राजनीति भनेको जनताको सेवा गर्ने चिज हो । पद,पैसा र शक्तिको दुरुपयोग गरेर राजनीति गनु हुदैन । यसले मुलुकलाई पछाडी लैजान्छ ।
अहिले जुन किसिमको राजनीति दृश्य देखिएको छ । त्यो जनतालाई मन परेको छैन । हामीले बुझेको राजनीति भनेको त समाजसेवा हो । राजनीतिक दलका नेताहरु बेइमानी भए । जनताको भबिश्य भन्दा पनि आफनो भबिश्य बनाउने तिर नेताहरु लागे । सवै भन्दा ठूलो समस्या यो हो । हाम्रो देशमा राजनीतिको नाममा अरबौँपति बनेका नेता प्रशस्त छन् । हिजोका दिन सम्म राम्रो सँग चप्पल लगाउन नसक्ने अधिकांश ती नेताहरुको अ...
