Friday, November 20

राजनीति

राजनीतिक दल र तिनका नेताहरु देश प्रति इमान्दार हुन जरुरी
राजनीति, समाचार

राजनीतिक दल र तिनका नेताहरु देश प्रति इमान्दार हुन जरुरी

-डा.डिआर उपाध्याय, राजनीतिमा विसंगति र विकृति मौलाउँदै जादा समस्या उत्पन्न भएको छ । यो समस्या समाधानका लागी जनता पनि जागरुप र सचेत बन्दै जानु पर्ने आबश्यकता देखिएको छ । देश र जनताको पक्षमा खुलेर काम गर्न नसक्दा दलहरू अप्रिय बन्दै गएका छन । राजनीतिक दल र तिनका नेताहरुले देश र जनताको पक्षमा राम्रो काम गर्न नसक्दा जनताले दलभन्दा राजतन्त्र नै ठिक हो की भन्न थाले । तर यो परिस्थिती भने आउन दिनु हुदैन । दल र तिनका नेताहरुले आफ्नो छवि सुधार्दै जानु पर्छ । जे जस्तोसुकै भए पनि जनताका प्रतिनिधि भनेका दलका नेताहरु नै हुन । लोकतन्त्रको बिकल्प लोकतन्त्र नै हो । राजनीतिक दलका नेता भ्रष्टाचारमा लिप्त हुन पुगे । स्वच्छ छवि भएका नेता भेटिन कठिन हुँदै गएको छ । नेताहरुमा रातारात नवधनाढ्य बन्ने प्रतिस्पर्धा चल्दै गयो । यसले राम्रो संकेत देखाएको छैन । सर्वसाधारण जनताले आफ्ना प्रतिनिधिको क्रियाकलाप नजिकबाट...
कम्युनिष्ट पाटी भित्र गम्भीर चुनौती
राजनीति, समाचार

कम्युनिष्ट पाटी भित्र गम्भीर चुनौती

डा.डिआर उपाध्याय, सम्मानित सर्वोच्च अदालतले ऋषि कटेलको नेपाल कम्युनिस्ट पार्र्टीलाई आधिकारिक मान्यता दिएको छ । सत्ता रुढ दल नेकपा लाई पूर्ववत् एमाले र माओवादी केन्द्रको रूपमा नै रहने फैसला गरिदिएको छ । अदालतको फैसला पछि एमाले र माओवादी पार्टी पूर्ववत् अवस्थामा फर्किएका छन । सम्मानित अदालतको फैसला सवैले स्वीकार गर्नु पर्छ । अहिले यो बिषयमा टिका टिप्पणी गर्ने बेला होइन । अहिले देश असहज परिस्थितीबाट गुज्रिरहेको छ । एकताबद्ध भएको नेकपा फुटनु नै मुलुकको लागी दुर्भाग्य हो । ओली प्रचण्डले यो कुरा बुझन जरुरी छ । अव ढिला नगरी पार्टीभित्रको आन्तरिक संघर्ष पार्टीकै नीति र विधानबाट समाधान गरेर व्यवस्थित एवं एकताबद्ध भएर सञ्चालन हुनुपर्दछ । यो आम नेपाली जनताको चाहाना हो । विश्वका थुप्रै देशका कम्युनिस्ट पार्टी र अन्य पार्टीभित्र पनि विवाद, बहस र अन्तरसंघर्ष चल्छन । विवाद, बहस र अन्तरसंघष कम्युनिस...
सत्ता प्राप्ति र शक्ति संघर्षको लडाइँ
राजनीति, समाचार

सत्ता प्राप्ति र शक्ति संघर्षको लडाइँ

डा.डिआर उपाध्याय, नेपालको पछिल्लो राजनीतिक घटनाक्रमले राजनीतिक, आर्थिक, सामाजिक र साँस्कृतिक सवै क्षेत्रमा अन्योल सिर्जना गरेको छ । नेपालको राष्ट्रिय राजनीतिको बिषयमा बिभिन्न कोणवाट फेरि नयाँ खालको बहस सुरु भइरहेको छ । यति बेला नेपालको कम्युनिस्ट आन्दोलनको बिषयमा बिभिन्न खालका टीका–टिप्पणी भइरहेका छन् । अव नेपालको कम्युनिष्ट आन्दोलन के हुन्छ ? भन्ने प्रश्न पनि उठेको छ । प्रतिनिधिसभा पुनःस्थापना हुनु आफैँमा एउटा महत्वपूर्ण कुरा हो । तर संसद विघटनको परिस्थिति किन सिर्जना भयो भन्ने प्रश्न महत्वपूर्ण हो । प्रधानमन्त्रीले प्रतिनिधिसभा किन विघटन गरे ? यो प्रश्नको जवाफ कुनै बेला खोजिएला यो बेग्लै कुरा हो । तर अहिले संसद पुनस्थापना भएको परिस्थिती छ । अहिले जवाफ खोजेर अल्मलिने बेला छैन । देशमा देखिएका तमाम समस्या समाधान गदै अघि बढनु पर्ने बेला हो यो । देशमा कुनै पनि सरकार पाँच वर्षसम्म नटिक्न...
अव नेकपा एमाले सच्चिने की सिद्धिने ?
राजनीति, समाचार

अव नेकपा एमाले सच्चिने की सिद्धिने ?

डा.डिआर उपाध्याय, नेपालको पछिल्लो राजनीति नराम्रो संग गोलचक्करमा फसिरहेको छ । नेपालको प्रमुख राजनीतिक दल नेकपा छिन्न भिन्न भएको छ । अहिलेको राजनीति गतिविधिले खासै राम्रो संकेत देखाइरहेको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते संसद् विघटन गरेयताको राजनीतिक घटनाक्रमले उतारचढाव ल्याएको छ । प्रधानमन्त्रीको संसद् विघटनको कदमलाई सर्वोच्च अदालतले फागुन ११ मा फैसला बदर गरेपछि राजनीतिक निकास निस्कने अपेक्षा गरिएको थियो । त्योअपेक्षा बमोजिम राजनीति चलेन । जसको कारण राजनीतिक संकट झन थपिदै छ । राजनीतिक दल र तिनका नेताहरूले जतिसुकै चर्को कुरा गदै हिडे पनि जनता भने मर्कामा छन । नाफाघाटाको राजनीतिले देशलाई कहाँ पुयाउने हो कुनै ठेगान छैन । देश र जनताको पक्षमा काम गर्ने दल र नेता नै नेपालमा देखिएनन् । यो बडो समस्याको कुरा छ । जनताले ठूलो आशा र भरोसा गरेर तत्कालिन एमाले र माओवादी केन्द्र...
मुलुकको राजनीति बुझीनसक्नु
राजनीति, समाचार

मुलुकको राजनीति बुझीनसक्नु

-डा.डिआर उपाध्याय, मुलुकको राजनीति बुझीनसक्नु छ । कति बेला के हुन्छ केहि भन्न सकिने अवस्था छैन । देशको राजनीतिमा नाटक मन्चन भइरहेको छ । सर्वोच्चको पछिल्लो फैसला पछि राजनीति बाटो आ आफनो बनेको छ । नेकपा माओवादी केन्द्र र एमाले ब्यूँतिए पछि आ आफनो बाटो लाग्नु बाध्यता भएको छ । राजनीति भनेको घुमाउरो बाटो रहेछ , राजनीति बाटो सिधा नहुदो रहेछ , यो शिद्धान्तको कुरा होइन , यो भोगाइ र देखेको कुरा हो । हिजो प्रधानमन्त्री केपी शर्मा ओलीलाई धारे हात लगाएर गाली गर्ने हरु शिर झुकाएर आफनै घर एमालेमा फर्किएका छन । यो सर्वोच्च अदालतको फैसलाको परिणाम हो । अवका आउँदा दिनमा राजनीति कसरी अघि बढछ त्यो हेर्न भने बाँकी नै छ । पछिल्लो सर्वोच्चको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओली अझै बलियो र शक्तिशाली बन्ने संकेत देखिएको छ । यो फैसलाले पुष्पकमल दाहाल लाई भने घाटा पुयाएको छ । दाहालका केहि नेता , कार्यकर्ता ओल...
हतारमा गरिएको पाटी एकताको परिणाम
राजनीति, समाचार

हतारमा गरिएको पाटी एकताको परिणाम

-डा.डिआर उपाध्याय, सर्वोच्च अदालतले ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीलाई आधिकारिकता दिएको छ । यो फैसला पछि तत्कालीन सत्ताधारी दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले नेकपा एमाले र नेकपा माओवादी केन्द्रको पुरानै अवस्थामा फर्कन बाध्य भएका छन । राजनीतिमा ओझेलमा परेका ऋषि कटेल अहिले यो फैसला पछि चर्चित बनेका छन । यसले उनलाई फाइदा नै पुग्ने देखिन्छ । एमाले पृष्ठभूमि भएका एमालेतिरै र माओवादी पृष्ठभूमि भएका माओवादी केन्द्रतिरै फर्कने अवस्था सृजना भएको छ । सर्वोच्चको फैसलापछि दाहाल–नेपाल समूहमा रहेका माधवकुमार नेपाल, झलनाथ खनाललगायतका सबै नेताहरू केपी शर्मा ओली नेतृत्वमा रहेको एमालेमा नै मिसिने बाध्यात्मक अवस्था भयो । पुष्पकमल दाहाल प्रचण्डले पनि माओवादी केन्द्रमार्फत आफ्नो राजनीतिक गतिविधि अघि बढाउने बाटोमा लागेका छन ।हाल नेपालमा उत्पन्न राजनीतिक गतिरोध समाधानका लागि सबै दलहरू म...
महिला दिवस र अधिकारका कुरा
राजनीति, समाचार

महिला दिवस र अधिकारका कुरा

-डा.डिआर उपाध्याय, महिला दिवस र अधिकारका कुरा महिलाहरुले १११ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस धुमधामका साथ हिजो मनाएका छन । श्रमिक महिलाको हकहितका लागि आवाज उठाउँनु उनीहरुको अधिकारको कुरा हो । यो दिवस विश्वस्तरमै मनाउने गरिन्छ । यो दिवसलाई नेपालले पनि विशेष रुपमा मनाउदै आएको छ । महिलाको सुरक्षा, सम्मान र रोजगार; समृद्ध नेपालको आधार’ भन्ने राष्ट्रिय नाराका साथ दिवस मनाइएको हो । नेपालमा महिला दिवस हरेक बर्ष मनाईने गरिन्छ । बिभिन्न संघ संस्थाहरुले पनि यो दिवसमा अन्तरक्रियाका साथ महिलाहरुलाई सम्मान गदै पनि आएका छन । महिलालाई सम्मान गर्न सवैले सिक्नु पर्छ । जहाँ नारीको सम्मान र इज्जत गरिन्छ त्यहाँ लक्ष्मीको बास हुन्छ भन्ने मान्यता छ । महिला दिवस हिजो जसरी उत्साहका साथ मनाइयो त्यसै गरी महिला अधिकारका लागी पनि सवै जुटेर अघि बढनु पर्छ । नेपाल सरकार तथा महिलाका विषयमा काम गर्ने संंघसंस्थाले ...
नेताहरु फुटेर होइन, जुटेर अघि बढ
राजनीति, समाचार

नेताहरु फुटेर होइन, जुटेर अघि बढ

-डा.डिआर उपाध्याय, देशको राजनीति अहिले उतारचढावमा छ । मुलुकमा नयाँ किसिमको राजनीतिक धु्रवीकरण बढेर गएको छ । अब के हुन्छ, कसको सरकार बन्छ ? अहिले यी प्रश्न उठेका छन । अव नेपाली काँग्रेसकोे भूमिका के हुन्छ ? जनता समाजवादी पार्टीले के सोचेको छ ? नेकपाको आधिकारिकता विवादबारे सर्वोच्च अदालतले अन्तिम फैसला सुनाएको छ । नेकपाको आधिकारिकता ऋषि राम कटेलले पाएका छन । सरकार शान्ति, समृद्धि र स्थायित्व कायम गर्ने दिशाामा अघि बढिरहेको छ । पछिल्ल्लो दिनमा नेकपाको विप्लव समूहसँग वार्ताको पहल सफल भयो । प्रचण्ड–माधव समूहको असहयोगले प्रधानमन्त्री ओलीलाई तनाव छ । देशमा विकास निर्माणका कार्यले तीव्रता पाउनु पर्छ । नेपाली जनताले सोचेअनुरूपका विकास निर्माणकार्य अझै हुन सकिरहेका छैनन् । अहिले विगतमा जस्तै सरकार बनाउने र गिराउने फोहोरी खेल फेरि सुरु हुँदै छन । एक–अर्कालाई गालीगलौज गर्ने गलत परम्पराको अन्त्य ...
दलभित्रको आन्तरिक मतभेदले व्यवस्थाप्रति प्रहार नहोस्
राजनीति, समाचार

दलभित्रको आन्तरिक मतभेदले व्यवस्थाप्रति प्रहार नहोस्

डा.डिआर उपाध्याय, देश फेरि विधि र लयमा फर्किए पनि राजनीतिक अस्थिरता हुने संकेत देखिन्छ। राजनीतिमा दलीय स्वार्थ बढेर गएको छ । अप्रत्याशित रूपमा संसद बिघटन भएपछि नेकपा दुइ खेमामा बिभाजित भयो । अहिले संसद पुनस्थापना भएको छ । संसद पुनस्थापना भए पनि नेकपा एक हुन सकेको छैन । सरकार कामचलाउ हैसियतमा छ । प्रधानमन्त्री केपी ओलीका सामु अहिले पुनः विश्वासको मत लिने वा अर्को कदमको सामना गर्ने भन्ने चुनौती छ । अदालतले गरेको निर्णयले विधिको शासनको रक्षार्थ र संविधानवादको सुनिश्चितता गरे पनि अबको राजनीतिक परिणाम के हुने हो भन्ने चिन्ता छ । हाम्रो देश संक्रमणकालीन राजनीतिक उतारचढावबाट ग्रसित हुदै आएको छ । नेपालको राजनीतिक बदलिँदो परिवेशले फेरि पनि राजनीतिक संक्रमणको स्पष्ट संकेत देखाएको छ।नागरिकका चाहना विधिको शासन, विकास र राजनीतिक स्थिरता हो। दलीय स्वार्थले विधि र व्यवस्थाको दुर्घटना नहोस् भन्ने हो...
स्वार्थको राजनीति मौलाउँदै
राजनीति, समाचार

स्वार्थको राजनीति मौलाउँदै

-डा.डिआर उपाध्याय, अहिले पहिला जस्तो निष्ठाको राजनीति छैन । नेताहरुको आचरण र व्यवहारमा कुनै परिवर्तन आउन सकेको छैन । जनताको विश्वास जित्न निष्ठाको राजनीति चाहिन्छ । निष्ठाको राजनीतिले नै देशलाई अघि बढाउछ । राजनीति भनेको समाजसेवा हो । तर नेपालमा राजनीतिलाई ब्यापार जस्तो बनाइएको छ । यसले गर्दा देश बिग्रिएको हो । देशको बिकास हुन नसकेको कारण पनि यो हो । समाजको बिकास नभइ देशको बिकास हुन सक्दैन । राजनीतिक दल र तिनका नेताहरु सवै भन्दा पहिला इमान्दार हुनु पर्छ । इमानको राजनीतिले नै देशलाई अघि बढाउन सकिन्छ । इमानको राजनीति भनेको सफलताको कडी हो । जनविश्वासमा आधारित बनेर गरेको राजनीति टिकाउ र दिगो हुन्छ । राजनीतिक दल र तिनका नेताहरु देश प्रति संवेदनशील बन्नु पर्छ । अनि मात्र देशले प्रगति गर्छ । निष्ठाको राजनीति नहुनाले राजनीति दूषित बनेको छ । दूषित राजनीति व्यक्तिको लाभ र स्वार्थसँग सम्बन्धित ह...