सहमतिको सरकार बनाउन सम्भावना र चुनौति
-डा.डिआर उपाध्याय,
आमनिर्वाचन सम्पन्न भई नतिजा आइसकेको छ। नेपाली जनताको आशा, भरोसालाई मूर्त रूप दिने कार्य अब राजनीतिक दलले गर्नु जरुरी छ। अब देशको बिकास र समृद्धि तर्फ राजनीतिक दलहरुले प्रभावकारी भूमिका निर्वाह गर्नु पर्ने बेला आएको छ । अब कुरा मात्र गरेर हुदैन, ब्यवहारमा देखाउनु पर्ने बेला भएको छ । अहिलेको आमनिर्वाचनमा कुनै पनि पार्टीले बहुमत आर्जन गर्न सकेको छैन । त्यसो भएकोले अब मिलीजुली अर्थात् सहमतिको सरकार गठन गर्नु पर्ने बाध्यता उत्पन्न भएको छ ।
अहिलेको निर्वाचनको जनादेश राजनीतिक दलबीच मिलेर काम गर्नमा केन्द्रित छ। सबै राजनीतिक दल मिलेर जादा देशलाई फाइदा हुने देखिन्छ । दलहरु मिल्न नसके देशलाई ठूलो घाटा हुने अबस्था आउन सक्छ । समृद्धि एवं विकास नै जनताको चाहाना हो । त्यस कारण सबै राजनीतिक दल मिलेर जाँदा राजनीतिक रूपमा राम्रो हुने देखिन्छ। एकता अनि सहमति नै देश विकासको मूल मर्म हो ।...



