विशेष Archives - ग्यालेक्सी दैनिक
शनिबार, मंसिर २९, २०८१

विशेष

नेपाल सरकार र सद्गुरूविच  ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै
विशेष, समाचार

नेपाल सरकार र सद्गुरूविच ‘माटो जोगाऔँ’ अभियानको सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुँदै

काठमाडौं – विश्वप्रसिद्ध सदगुरु, जग्गी वासुदेवको ‘माटो जोगाऔँ’ (Save Soil) अभियान अन्तर्गत नेपाल सरकारसँग यहि भदौ १७ गते अर्थात सेप्टेम्बर २, मा सम्झौता ज्ञापनपत्रमा हस्ताक्षर हुने भएको छ । नेपाल सरकारको तर्फबाट कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र माटो जोगाऔँ (Conscious Planet) बिच ललितपुरस्थित गोदावरी सनराइज सम्मेलन केन्द्रमा हस्ताक्षर हुने निश्चित भएको हो । माटो जोगाऔँ अभियान माटोको विनाशलाई सम्बोधन गर्नको लागि ईशा फाउण्डेशन नामको लाभ रहित मानव सेवी संस्थानका संस्थापक सद्गुरुद्वारा पहल गरिएको विश्वव्यापी अभियान हो । माटोलाई स्वस्थ राखिरहनको लागि विश्वभरिका मानिसहरूलाई एकजुट गर्ने साथै उब्जाउयोग्य माटोमा जैविक पदार्थको मात्रा वृद्धि गर्नको लागि हरेक राष्ट्रमा राष्ट्रिय नीति निर्माण र कार्यान्वयन गर्न सबै राष्ट्रका नेतृत्वकर्ताहरूलाई सहयोग गर्ने अभियानको उद्देश्य रहेको छ । माटोको विनाश...
नायक संजित भण्डारीको पहलमा समाजसेवी मेघ सुवेदीले गरे नेपाल स्नेही काखलाई सहयोगका  २१ लाख सहयोग
विशेष, समाचार, समाज

नायक संजित भण्डारीको पहलमा समाजसेवी मेघ सुवेदीले गरे नेपाल स्नेही काखलाई सहयोगका २१ लाख सहयोग

ललितपुर । अमेरिका निवासी समाजसेवी मेघ सुवेदीले नेपालको एक अस्पताल निर्माणका लागि २१ लाख नगद सहयोग प्रदान गर्नुभएको छ । लामो समयदेखि अमेरिकामा रहेर व्यापार व्यवसायको साथ साथै समाजसेवामा सक्रिय सुवेदीले समाजसेवी श्रीनेहा पोखरेलले असहाय मनोरोगीहरुको निशुल्क उपचारका लागि स्थापना गर्न लागिएको अस्पताल निर्माणका लागि उक्त रकम सहयोग गर्नु भएको हो । कलाकार समेत रहनुभएकी पोखरेलले संचालन गर्दै आउनुभएको ललितपुरको धापाखेल स्थित नेपाल स्नेही काखमा आयोजित एक कार्यक्रमका वीच उक्त रकम संस्थालाई हस्तान्तरण गरिएको छ । समाजसेवी सुवेदी अमेरिकामै रहनुभएकोले उहांको अनुपस्थितीमा उहांको प्रतिनिधित्व गर्दै नायक संजित भण्डारी,व्यबसायी हिरामणी भुसाल लगायतले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा संचारकर्मी राज लुईटेल ,समाजसेवी सपना श्रेष्ठ,अंशु भण्डारी,डिल्लीराम सिग्देल लगायतको उपस्थिती रहेको थियो भन...
कबड्डी-४ की अभिनेत्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा छुटे
विशेष

कबड्डी-४ की अभिनेत्रीमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा छुटे

कबड्डी-४ की अभिनेत्री मिरूना मगरमाथि अभद्र व्यवहार गरेको आरोपमा पक्राउ परेका युवक धरौटीमा रिहा भएका छन्। मंगलबार दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंले उनलाई रिहा गर्न आदेश दिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए। आइतबार दिउँसो साढे २ बजे मुगुको मुगूम कार्मारोङ गाउँपालिका-२ घर भएका २४ वर्षीय फुर्वा तामाङलाई प्रहरीले पक्राउ गरेको थियो। तामाङलाई तीन हजार रुपैयाँ धरौटीमा छाडिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले जानकारी दिए। फिल्म प्रमोशन गर्न जाँदा काठमाडौंको सिभिल मलमा तामाङले आफूमाथि अभद्र व्यवहार गरेको मिरूनाले आरोप लगाएकी थिइन्। उनले तामाङलाई थप्पड समेत हानेकी थिइन्। उक्त घटनाका भिडिओहरू सामाजिक सञ्जालमा आएपछि तामाङमाथि गलत आरोप लगाएको भन्दै विरोध भएको थियो। मंगलबार काठमाडौंको चाबाहिलस्थित केएल टावरमा तामाङ पक्षधरले वि...
तारा एयरको ट्विनअटर बिमान दुर्घटनाग्रस्त अवस्थामा
विशेष

तारा एयरको ट्विनअटर बिमान दुर्घटनाग्रस्त अवस्थामा

काठमाडौं। आइतबार बिहान सम्पर्कविहीन बनेको तारा एयरको ट्विनअटर विमान भेटिएको छ। नेपाली सेनाका प्रवक्ता नारायणप्रसाद सिलवालले मुस्ताङको थासाङ २ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको जानकारी दिए ।‘भीरमा दुर्घटनाग्रस्त भएको फेला परेको छ’, उनले  भने।   सिलवालका अनुसार ल्याङखु खोलाको मुहान नजिकको पहाडमा ठोक्किएर टुक्रा–टुक्रा भएको अवस्थामा जहाज फेला परेको छ । जहाज दुर्घटनाग्रस्त अवस्थामा  मुस्ताङको थासाङ गाउँपालिका वडा नं २ स्थित पटके लेक सानोसोरा भन्ने ठाउँमा क्षतविक्षत अवस्थामा आज बिहान जहाज भेटिएको हो। थासाङ गाउँपालिकाका अध्यक्ष प्रदीप गौचनले लेतेका सुमित गौचन र यार्सागुम्बा खोज्न गएकाले दुर्घटनाग्रस्त अवस्थामा भेटिएको जहाजको तस्बिर पठाएका जानकारी दिए। मानापाथी हिमालको फेदीमा रहेको पहाडमा टुक्राटुक्रा परेको अवस्थामा टाढाबाट जहाज देखिएपछि सुरक्षाकर्मी र स्थानीयवासीको टोली त्यसतर्फ लागेको...
बेपत्ता ताराको जहाजमा १३ नेपाली, ४ भारतीय र थप दुई जर्मन
विशेष

बेपत्ता ताराको जहाजमा १३ नेपाली, ४ भारतीय र थप दुई जर्मन

पोखराबाट आइतवार बिहान मुस्ताङको जोमसोमका लागि उडेको तारा एयरको जहाजमा १९ जना सवार रहेको खुलेको छ। बिहान ९ बजेर ५५ मिनेटमा उठेको नाइन एन एईटी कलसाइनको उक्त जहाजमा १३ नेपाली, चारजना भारतीय र थप दुईजना जर्मनीका यात्रु रहेको नेपाल नागरिक यति एयरलाइन्सले जानकारी दिएको छ। उक्त जहाज क्याप्टेन प्रभाकर प्रसाद घिमिरेको नेतृत्वमा जोमसोम गएको थियो। जहाजमा चालक दलका अन्य सदस्यमा उत्सव पोखरेल र एयर होस्टेस्ट कृष्मि थापा थिइन्। ...
मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान
विविध, विशेष, समाचार

मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान

मिलाप मासिकको आयोजनामा बडादशैँ शुभकामना आदानप्रदान तथा मिलाप सम्मान कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा बुधबार एक विशेष समारोहबीच मिलाप मासिकको कभरमा आउनुभएका व्यक्तित्वहरूलाई मिलाप कभर सम्मान प्रदान गरिएको थियो भने भाषा, साहित्य, कला, संस्कृति र सञ्चारमार्फत समाजमा विशेष योगदान पुर्‍याउनुभएको योगदानको उच्च उच्च प्रशंसा गर्दै मिलाप सम्मान अर्पण गरिएको हो । मिलापका सम्पादक कृष्ण भुसालको अध्यक्षतामा सम्पन्न भएको समारोहमा हिमालय टाइम्स दैनिकका सम्पादक पुरुषोत्तम दाहाल, राजनीतिक विशलेषक प्राडा सुरेन्द्र केसी, नेपाली चलचित्रकी प्रथम नायिका भूवन चन्द, रङ्गीन चलचित्रकी पहिलो नायिका चैत्यदेवी, विश्वकीर्तिमानी गीतकार डा. डीआर उपाध्याय, विशिष्ट कलाकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका उपाध्यक्ष मोहन निरौलालगायतको आतिथ्यता रहेको थियो । अतिथिहरूले मिलाप प्रकाशनसँगै मिलापले गर्दै आ...
६७९ कोरोना संक्रमित थपिए, ७ को मृत्यु
विशेष, समाचार

६७९ कोरोना संक्रमित थपिए, ७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा ६७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ७ हजार ७० जनाको पीसीआर परीक्षणमा ५७४ र ३ हजार ८५० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १०५ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ४०५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।...
१ हजार ३३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु
विशेष, समाचार

१ हजार ३३० कोरोना संक्रमित थपिए, ५ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ६२६ जनाको पीसीआर परीक्षणमा १ हजार ३६ र ३ हजार ९९६ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९४ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८३० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । निको हुने दर ९५.९ प्रतिशत रहेको मन्त्रालयले जानकारी दिएको छ । ...
१७६० कोरोना संक्रमित थपिए, ७ को मृत्यु
विशेष, समाचार

१७६० कोरोना संक्रमित थपिए, ७ को मृत्यु

नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ७६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १२ हजार ५२४ जनाको पीसीआर परीक्षणमा १ हजार ३३२ र ४ हजार ३२० जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ४२८ जनामा कोरोना पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार २२० जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । ...
थप १५६२ मा कोरोना संक्रमण, १९ को मृत्यु
विशेष, समाचार

थप १५६२ मा कोरोना संक्रमण, १९ को मृत्यु

गत २४ घण्टामा नेपालमा १४ हजार ४४३ जनाको परीक्षण गर्दा १ हजार ५६२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ५८९ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा १० हजार २६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार १७७ परीक्षण गर्दा ३८२ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १९ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार मंगलबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेको छ । ...