Tuesday, November 24

समाचार

विद्यालय खोल्ने निर्णय पुनर्विचार गर्न काठमाडौँका प्रजिअले डाके बैठक
समाचार

विद्यालय खोल्ने निर्णय पुनर्विचार गर्न काठमाडौँका प्रजिअले डाके बैठक

कोरोना महारीको कारण बन्द रहेका काठमाडौंका विद्यालय खोल्ने यसअघिको निर्णयमा पुनर्विचार गरिने भएको छ । कोरोना जोखिम कायमै रहेको बेला विद्यालय खोल्ने कि नखोल्ने भन्ने विषयमा छलफल गर्न जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को बैठक आज बस्दैछ । बैठकले यसअघि असोज १ गतेदेखि विद्यालय खोल्ने निर्णयमा पुनः छलफल गर्ने काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोबिन्दप्रसाद रिजालले जानकारी दिए । ‘दिउसो ३ बजे जिल्ला प्रशासन कार्यालयमा बस्ने बैठकमा असोज १ गतेदेखि विद्यालय खोल्ने की तत्काल नखोल्ने भन्ने विषयमा छलफल हुन्छ’, रिजालले भने, ‘सदस्यहरूले जे सल्लाह दिनुहुन्छ त्यही आधारमा निर्णय गर्छौँ ।’ उनले सम्भवतः आजै ललितपुर र भक्तपुरमा पनि डिसिसिएमसीको बैठक बसेर विद्यालय खोल्ने विषयमा छलफल हुने खबर पाएको बताए । तीनवटै जिल्लाको डिसिसिएमसीको निर्णयपछि तीनै प्रमुख जिल्ला अधिकारीको बैठक बसेर यस...
डेब्यु खेलमै दुई गोल गरेर म्यानचेस्टरलाई जित दिलाए रोनाल्डोले
खेलकुद, समाचार

डेब्यु खेलमै दुई गोल गरेर म्यानचेस्टरलाई जित दिलाए रोनाल्डोले

शनिवार बेलुका इंग्लिस प्रिमियर लिग अन्तर्गत भएको खेलमा म्यानचेस्टर युनाइटेडले सानदार जित निकालेको छ ।  निकै रोमान्चक बनेको उक्त खेलमा म्यानचेस्टर युनाइटेडले न्युकासल युनाइटेडलाई ४–१ गोलले पराजित गरेको हो । जित निकालेको छ । हालै युभेन्टस् बाट म्यानचेस्टरमा आएका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले यसै खेलमार्फत डेब्यु गरेका छन् । खेलमा रोनाल्डोले २ गोल गरे ।  खेलमा पहिलो हाफको अन्तिम समयमा रोनाल्डोले गोल गरी म्यानचेस्टरलाई अग्रता दिलाए । त्यसपछि खेलको ५६ औं मिनेटमा न्युकासलका जाभिएर मान्किलोले गोल गरी बराबरीमा पुर्याए । त्यसपछि खेलको ६२ औँ मिनेटमा रोनाल्डोले नै गोल गरे ।  त्यसपछि खेलको ८० औं मिनेटमा ब्रुनो फर्नान्डेसले र खेलको अन्तिम समयको दोस्रो मिनेटमा लिंगार्डले गोल गरी म्यानचेस्टरलाई सानदार जित दिलाए । जितसँगै म्यानचेस्टर युनाइटेड ४ खेलमा १० अंकसहित तालिकाको...
बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल
खेलकुद, समाचार

बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण फुटबल खेल्दै नेपाल

नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँग दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ बजे हुने खेलमा नेपाली टोली फेरि पनि जित्ने लक्ष्यका साथ मैदान उत्रनेछ । पहिलो मैत्रीपूर्ण खेलमा डेब्यु खेलाडी  सविता रानामगर र प्रीति राईको गोलले नेपालले जितेको थियो । दोस्रो खेलमा नेपालको सुरुवाती ११ मा परिवर्तनको सम्भावना न्यून छ । पहिलो मैत्रीपूर्ण खेलमा लेफ्ट ब्याक हिराकुमारी भुजेल घाइते भए पनि उनी अभ्यास सत्रमा सहभागी भएकी छन् । यसअघि हिराको स्थानमा सृजनाले डेब्यु गरेकी थिइन् । प्रशिक्षक ग्यारी फिलिप्सले दोस्रो मैत्रीपूर्णसमेत सोही सेट उतार्न सक्छन् । खेल अनुकूल नभएमा उनले नयाँ खेलाडी डेब्यु गराउन सक्छन् । पहिलो मैत्रीपूर्णमा सविता र प्रीतिसहित रस्मी घिसिङ र सृजना सिंहले डेब्यु गरेका थिए । आसन्न एएफसी महिला एसियन कप छनोटको तयारीमा रहेको नेपाली महिला ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज आइतबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११७ रुपैयाँ ३१ पैसा र बिक्रीदर ११७ रुपैयाँ ९१ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८४ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५५ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ५५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३१ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३२ रुपैयाँ  रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
भारतमा एकैदिन ३१ हजार संक्रमित थपिए, ३७ हजार निको
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३१ हजार संक्रमित थपिए, ३७ हजार निको

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटिरहेको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ३ सय ३८ जनाको मृत्यु भएको छ । हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ४२ हजार ६ सय ८८ पुगेको छ ।   पछिल्लो २४ घण्टामा ३१ हजार २ सय ९१ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड ३२ लाख ३२ हजार १ सय ६८ पुगेको छ ।  पछिल्लो २४ घण्टामा ३७ हजार ८ सय ८५ कोरोना संक्रमित निको भएका छन् । यससँगै हालसम्म ३ करोड २३ लाख ९६ हजार १ सय ३१ कोरोना संक्रमित निको भइसकेका छन् । ...
यस्तो छ आजको दिनभरको मौसम
मौसम, समाचार

यस्तो छ आजको दिनभरको मौसम

आइतबार काठमाडौं उपत्यका लगायत देशका विभिन्न स्थानमा बिहानैदेखि घाम लागेको छ । आज देशको पहाडी भू-भागमा सामान्य बदली र तराई भ-ूभागमा आँशिक बदलीको सम्भावना रहेको छ ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा भारतको पुर्वी राजस्थानमा आसपासमा अवस्थित न्युन चापिय क्षेत्र र बंगालको खाँडीको मध्यपूर्वी भुभागमा अवस्थित न्युन चापिय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै  मनसुन न्यून चापिय रेखा औसत भन्दा दक्षिण तर्फ रहेको देखिन्छ ।  आज दिउँसो देशको अधिकांश भू-भागमा  सामान्य बदली रही केहि स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । आज राति पनि देशभर आँशिक देखि सामान्य बदली रही थोरै स्थानहरुमा मेघगर्जनसहित  हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । ...
नील पुन तथा एलिनाको ‘निर्मोही मायालु’को भिडियो सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

नील पुन तथा एलिनाको ‘निर्मोही मायालु’को भिडियो सार्वजनिक (भिडियो)

एलिना चौहान र नील पुनः को स्वर समावेश म्युजिक भिडियो ‘निर्मोही मायालु’ सार्वजनिक भएको छ । शुक्रबार दिउँसो युट्युव रिलिज गरिएको उक्त गीतमा शब्द र संगीत पनि पुनः को नै छ । संगीत निर्माणको काम किरण माइकल घिमिरेले गरेका छन् । https://youtu.be/VMcRqiJm80U गीतको भिडियोमा मोडल द्वय सुधिर श्रेष्ठ र उषा उप्रेती फिचर्ड छन् भने मानवी श्रेष्ठ, सोनी पुनः र रीमा पाइजालाई सहायक भुमिकामा प्रस्तुत गरिएको छ । सार्वजनिक गीतको भिडियोलाई सुब्रत आचार्यले निर्देशन गरेका हुन् । भिडियोमा कोरियोग्राफी प्रमोद भण्डारीको छ भने सम्पादन विकास दाहालले गरेका छन् । उत्सव दाहालले छायांकन गरेको भिडियोलाई सुरेन्द्र थापाले निर्माण गरेका हुन् ।...
थप ११४६ मा कोरोना संक्रमण, २१ को मृत्यु
विशेष, समाचार

थप ११४६ मा कोरोना संक्रमण, २१ को मृत्यु

गत २४ घण्टामा नेपालमा १० हजार ९१६ जनाको परीक्षण गर्दा १ हजार १४६ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार ६६० जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ८ हजार ५४९ पीसीआर परीक्षण गर्दा ९६१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै २ हजार ३६७ परीक्षण गर्दा १८५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ । मन्त्रालयका अनुसार शुक्रबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ९२४ पुगेको छ । हाल देशभर सक्रिय संक्रमितको संख्या २७ हजार ९५८ जना रहेको छ ।...
७४ हजार चार सयले पाए तेह्रथुम पावरको आईपीओ
अर्थ/व्यापार, समाचार

७४ हजार चार सयले पाए तेह्रथुम पावरको आईपीओ

तेह्रथुम पावर कम्पनी लिमिटेडको आईपीओ बाँडफाँट भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईबीएल एस क्यापिटलका अनुसार शुक्रबार शेयर बाँडफाँट भएको हो । कम्पनीले बिक्रीमा ल्याएको कुल शेयरमध्ये २ प्रतिशत अर्थात् १६ हजार कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात् ४० हजार कित्ता सामूहिक लगानी कोषलाई छुट्याएर बाँकी रहेको सात लाख ४४ हजार कित्ता मात्रै सर्वसाधारणमा बाँडफाँट गरेको हो । क्यापिटलका अनुसार आवेदकहरूमध्ये ७४ हजार चार सयजनालाई १० कित्ताका दरले शेयर बाँडफाँट गरिएको छ। कम्पनीको आईपीओमा २३ लाख ५५ हजार ४४७ आवेदकले कुल दुई करोड ७८ हजार चार सय कित्ता शेयरका लागि आवेदन दिएका थिए, जसमध्ये २३ लाख ४६ हजार ६ सय २७ आवेदकको आवेदन स्वीकृत भएको छ । त्यस्तै, बाँकी आठ हजार आाठ सय २० जनाको आवेदन रद्द भएको क्यापिटलले जनाएको छ। कम्पनीले ९ देखि १३ भदौसम्म आठ करोड रुपैयाँ बराबरको आठ लाख कित्ता शेयर निष्का...
बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ/व्यापार, समाचार

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ । आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यता चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।...