Friday, November 20

समाचार

रोजिन शाक्य ‘मिसेस नेपाल अष्ट्रेलिया २०२५’ का आधिकारिक कोरियोग्राफर
मनोरन्जन, समाचार

रोजिन शाक्य ‘मिसेस नेपाल अष्ट्रेलिया २०२५’ का आधिकारिक कोरियोग्राफर

अन्तर्राष्ट्रिय फेसन कोरियोग्राफर रोजिन शाक्यलाई मिसेस नेपाल अष्ट्रेलिया २०२५ का लागि आधिकारिक कोरियोग्राफरको रूपमा औपचारिक रूपमा नियुक्त गरिएको छ। हिमाली कल्चर ग्रुप मेलबर्न र इभेन्ट्स नेपाल अष्ट्रेलियाको सहकार्यमा आयोजना हुने यो प्रतियोगिता अष्ट्रेलियामा बसोबास गर्ने विवाहित नेपाली महिलाहरूको प्रतिभा, पहिचान र सामर्थ्यलाई उजागर गर्ने उद्देश्यले सुरु गरिएको एक प्रेरणादायक पहल हो। शाक्यको नियुक्तिसँगै प्रतियोगितामा सहभागी हुने प्रतिस्पर्धीहरूलाई अन्तर्राष्ट्रिय स्तरको नृत्य, प्रस्तुति र व्यक्तित्व विकास सम्बन्धी तालिम प्रदान गरिनेछ। कार्यक्रममा इभेन्ट व्यवस्थापनको नेतृत्व १६ वर्षभन्दा बढीको अनुभव बोकेको ख्यातिप्राप्त संस्था सिजन मिडियाले गर्नेछ। दुई दशकभन्दा बढीको अनुभव बोकेका शाक्यलाई नेपालको सबैभन्दा सफल फेसन कोरियोग्राफरहरूमध्ये एक मानिन्छ। उनले १२०० भन्दा बढी कार्यक्रमहरू कोरियोग्रा...
संगीता र सुनितामीको “सिउँदोमा सिन्दुर​”सार्वजनिक(भिडियो)
भिडीयाे, मनोरन्जन, समाचार

संगीता र सुनितामीको “सिउँदोमा सिन्दुर​”सार्वजनिक(भिडियो)

नेपाली सांगीतिक बजार संगीतमय बन्दै गएको छ। पछिल्लो समय एकपछि अर्को गरेर नयाँ नयाँ गीतहरु सार्वजनिक भईरहेका छन्। हिन्दु नारीहरुको महान चाड हरितालिका तीज आउन बाँकी नै छ। तर पनि तीज गीतहरु आउनेक्रम जारी छ। सोही क्रममा लोकगायिका सुनितामी परियारको विशेष प्रस्तुती, संगीता परियारको सुमधुर स्वर र कलाकार नितु कोइरालाको अभिनय रहेको नयाँ तीज गीत “सिउँदोमा सिन्दुर​” सार्वजनिक गरिएको छ। यस गीत सुनितामी परियारको अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको हो। मुम्बईमा छायाङ्कन गरिएको यस गीतको निर्देशन कर्ण चापागाईंले गरेका छन। गीतमा लक्ष्मण रायमाझी र विमल कौशलको शब्द, जीवन परियार र लक्ष्मण रायमाझीको संगीत तथा सुनितामी परियार र संगीता परियारको स्वर रहेको छ। गीतमा महेश पाण्डेको एरेञ्ज, विमल छिनालको मिक्सिङ, लक्ष्मण सेञ्चुरी स्टुडियोमा रेकर्डिङ गरिएको हो। सिनेमाटोग्राफ...
खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन
मनोरन्जन, समाचार

खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन

काठमाडौं । महाकाव्यकार खेमनाथ दाहालको राष्ट्रिय भावको गीत ‘बुद्धको देश नेपाल’ विमोचन गरिएको छ । काठमाडौंमा आइतबार एक विशेष समारोहबीच नेपाल संस्कृत विश्वविद्यालयका कुलपति प्राडा.कुलप्रसाद कोइरालको प्रमुख आतिथ्यता र वरिष्ठ पत्रकार, साहित्यकार एवं हिमालय टाइम्स दैनिकका प्रधान सम्पादक पुरुषोत्तम दाहालको सभापतित्वमा उक्त गीतको भिडियो स्विच अन गरेर विमोचन गरिएको हो । कीर्तिमानी संगीतकार सन्तोष श्रेष्ठको स्वर र संगीत रहेको यो गीत महाकाव्यकार दाहालको ‘श्वेतपत्र’ महाकाव्यबाट साभार गरिएको हो । राजु कार्कीको संगीत संयोजन, एसबी मुस्कानको संगीत सञ्चयक, प्रकाश मिश्रको संगीत सम्पादक रहेको गीतलाई अकस्टिक स्टुडियोमा रेकर्डिङ गरिएको हो । राजन खरेलको छायांकन एवं दृश्य सम्पादन रहेको गीतको भिडियोमा खेमनाथ दाहाल, उषा दाहाल, सन्तोष श्रेष्ठ र कृष्ण भुसाललाई फिचरिङ गरिएको छ । गीतको दृश्य सम्पादन कक्ष कलिउड हव र...
सिप्रबी सिक्योरिटिज प्रकरणमा जयन्त श्रीवास्तव निर्दोष प्रमाणित, उजुरीकर्ताहरू फरार
अर्थ/व्यापार, समाचार

सिप्रबी सिक्योरिटिज प्रकरणमा जयन्त श्रीवास्तव निर्दोष प्रमाणित, उजुरीकर्ताहरू फरार

काठमाडौं। सिप्रबी सिक्योरिटिज प्राइभेट लिमिटेडको उजुरी प्रकरणमा आलोचित जयन्त श्रीवास्तव निर्दोष साबित भएका छन्। उजुरी गर्ने पक्ष मिता अग्रवाल र ज्योति अग्रवालले गरेको दाबिमा विरोधाभास पाइएको छ भने उनीहरू अहिले फरार छन्। मिता र ज्योतिले दाबी गरेका थिए कि उनीहरू सिप्रबी सिक्योरिटिजका पुराना ग्राहक हुन् तर कम्पनीको रेकर्ड अनुसार उनीहरूको कुनै ट्रेडिङ खाता नै भेटिएन। यसले उनीहरूको उजुरी झूटा रहेको प्रमाणित भएको छ। यसैगरी, दिपेन्द्र अग्रवालले मिडियामा भन्ने गरेको दाबि र उनकी पत्नी र बहिनीले उजुरीमा गरेको बयान बीच पनि विरोधाभास देखिएको छ। यता जयन्त श्रीवास्तव बिरुद्धको प्रोपोगन्डा फेल हुने देखेसँगै दिपेन्द्र अग्रवाल यस प्रकरणमा मौन एवं शोसल मिडियाबाट गायब जस्तै भएका छन्। उनीसँग यस प्रकरणको कुनै सम्बन्ध नभएको पुष्टि भएको छ। उनको निर्दोषिता प्रमाणित भएपछि उनलाई रिहा गरिएको छ। अहिले उजुरी ...
प्रतिक्षा काफ्लेको “मलाई तीजको रहर” सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

प्रतिक्षा काफ्लेको “मलाई तीजको रहर” सार्वजनिक (भिडियो)

काठमाडौं । कलाकार मोडल प्रतिक्षा काफ्लेको अभिनय र गायिका सुजाता उपाध्यायको आवाज रहेको नया तीज गीत “मलाई तीजको रहर”बोलको गीत भरखरै सार्बजनिक भएकोछ। किरण भण्डारीको शब्द संगीत उदयराज पौडेलको एरेन्ज र चन्द्र चौधरीको मिक्सिंग मास्टरिंग रहेको गीतमा सुशील डाँगीको छायांकन तथा संपादन साईमन राजबंशीको कोरियोग्राफी र जिवन शाहीको निर्देशन रहेकोछ। टिपिकल लोक शैलीलाई फ्युजन गरिएको मौलिक तिज गीत गायिका सुजाताकै अफिसियल युट्युब च्यानल”सुजाता उपाध्याय”मार्फत बजारमा आएकोछ। पछिल्लो समय म्युजिक भिडियो तथा टेलिचलचित्रहरुमा छाईरहेकि प्रतिक्षा काफ्ले तीजमा साथीभाई जम्मा भई छमछमी नाच्न मिल्ने यस गीतले दर्शक स्रोताको मन जित्ने कुरामा बिस्वस्त छिन भने क्षणिक चर्चाका लागि छाडा र दुई अर्थी गीतहरुले दुसित बनेको बर्तमान संगीत बजारलाई संग्लो बनाउन तथा देशको कला संस्कृति र मौलिकतालाई बचाईराख्न पनि यस्ता गीतमार्फत ट...
‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन सम्पन्न
मनोरन्जन, समाचार

‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को पहिलो अडिसन सम्पन्न

काठमाडौं – सामरी इन्टरनेशनलको आयोजनामा ‘मिसेस नेपाल इन्टरनेशनल वर्ल्ड २०२५’ को ग्रान्ड पहिलो अडिसन शनिबार मण्डला ब्याङ्क्वेट, तिनकुनेमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा २६ जना साहसी तथा आत्मविश्वासी प्रतिस्पर्धीहरूले आफ्नो लुकेको प्रतिभा र आत्मविश्वास प्रस्तुत गर्दै सबैलाई प्रेरित पारेका थिए। विशेष अवसर रक्षाबन्धनको दिन आफ्ना व्यक्तिगत जिम्मेवारीहरू सकेर आफ्नो सपना, आफ्नो नाम र आफ्नो पहिचानका लागि अडिसनमा उपस्थित भएका सबै महिला प्रतिभाहरूप्रति सामरी इन्टरनेशनलका मुख्य कार्यकारी अधिकृत भरत सामरीले गहिरो सम्मान व्यक्त गर्दै “घर–परिवार मात्र नभई समाजमा अग्रसर हुने हरेक महिलालाई हाम्रो मनदेखि सम्मान गर्दछौं” भनेका थिए। जुरी सदस्यहरूसुनीता दुलाल चर्चित गायिका, अलिजा गौतम निर्देशक, प्राइम टाईम टेलिभिजन तथा अभिनेत्री, निर्णय NSK चर्चित र्‍यापर, हरी गोपाल प्रधान वरिष्ठ पत्रकार, ग्येन्द्र ...
अगष्ट ९ मा सांसद ज्ञानेन्द्र शाहीसंग न्युयोर्कमा “मिट एण्ड ग्रिट” हुदै
राजनीति, समाचार

अगष्ट ९ मा सांसद ज्ञानेन्द्र शाहीसंग न्युयोर्कमा “मिट एण्ड ग्रिट” हुदै

न्युयोर्क, अमेरिका — नेपाली राजनीतिमा युवाशक्ति र राष्ट्रवादी विचारधाराका प्रखर प्रवक्ता मानिनु भएका राप्रपा नेपालका प्रवक्ता तथा प्रतिनिधिसभा सदस्य माननीय ज्ञानेन्द्र शाही अब अमेरिकी भूमिमा नेपाली समुदायसँग प्रत्यक्ष संवाद गर्ने तयारीमा छन्। आगामी अगस्ट ९, २०२५ (शनिवार) साँझ, न्युयोर्कको क्विन्सस्थित सत्य नारायण मन्दिरको सभाहलमा एक भव्य “मिट एण्ड ग्रिट” तथा अन्तरक्रिया कार्यक्रम आयोजना गरिने भएको छ। प्रवासी नेपालीको सक्रिय सहभागिता र उत्साहजनक सहभागितालाई ध्यानमा राख्दै हिमानी ट्रष्ट अमेरिका – न्युयोर्क ब्युरो, प्रवासी नेपाली एकता समाज (पानस) र दर्शन ठकुरी समाज न्युयोर्कको संयुक्त आयोजनामा उक्त कार्यक्रम सम्पन्न हुने भएको हो। कार्यक्रमको मुख्य आकर्षणका रूपमा रहनु हुने सांसद शाहीसंगको यो भेटघाट कार्यक्रममा, अमेरिकामा बसोबास गर्ने नेपाली समुदायका व्यक्तिहरूले राजनीतिक अवस्था, राष्ट्रियता,...
नम्रता, नीलम र बबीको  ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी(भिडियो)
मनोरन्जन, समाचार

नम्रता, नीलम र बबीको ‘किन्दिने हो कल्ले’ मा सुन्तली, सनिशा र जुनाको छमछमी(भिडियो)

काठमाडौं । नेपालीहरुको मौलिक चाड तिज नजिकिँदै गर्दा बजारमा नयाँ नयाँ गीतहरु आउनेक्रम जारी छ । संगीतकर्मीहरु तीज गीतलाई बजारमा ल्याउनमा आतुर देखिन्छन् । तीजको मौलिकतासँगै सन्देशमूलक गीतहरु ल्याउनु आफैंमा चुनौतिमय देखिन्छ । भड्किलो गीतहरु बजारमा ल्याएर चर्चा कमाउने एकातिर छन् भने अर्कोतिर समाजलाई भड्किलो बनाउन हुँदैन भनेर सन्देशमूलक सिर्जना पनि ल्याउने गरेका छन् । यसैक्रममा गायिकात्रय नम्रता तामाङ, नीलम रोका कार्की र बबी नेम्वाङ लिम्बूको स्वरमा रहेको गीत ‘किन्दिने हो कल्ले ?’ सार्वजनिक भएसँगै चर्चामा पनि रहेको छ । पछिल्लो समयको सामाजिक परिवेशलाई लिएर निर्माण गरिएको यो गीतले भड्किलो तीजलाई एउटा सन्देश पनि दिएको छ । पारिवारिक स्थिति र भड्किलो समाज अनुसार फरक रुपमा गीतलाई प्रस्तुत गरिएको छ । गीतकार डीपी खनालको शब्द सिर्जना रहेको गीत ‘किन्दिने हो कल्ले ?’ मा दीपक शर्माको संगीत सिर्जना रहेक...
वसन्ती लामा र राज टाइगरको स्वरमा ‘सुनको चुराले’(भिडियो)
मनोरन्जन, समाचार

वसन्ती लामा र राज टाइगरको स्वरमा ‘सुनको चुराले’(भिडियो)

वसन्ती लामा र राज टाइगरको स्वरमा रहेको तीज गीत ‘सुनको चुराले’ सार्वजनिक भएको छ । सपना बानियाँको शब्द रचना, वसन्तीकै सङ्गीत, सुन्दर लामाको सङ्गीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।  परम्परागत लोकधुन र आधुनिक भावनाको मिश्रण भएको यो गीत अहिले सामाजिक सञ्जालमा चर्चामा छ । ‘माइत जाने कुरा थियो यसपालिको तीजमा, कहाँबाट छिरेउ बुढा तिमी बीचमा- ए सुनको चुराले, लौ दिक्कै पार्‍यौ बुढा तिम्रा कुराले’ जस्ता बोलहरूले गीतलाई रमाइलो र व्यंग्यात्मक बनाएका छन् । आदित्य बुढाथोकीको निर्देशन राहुल बराइलीको कोरियोग्राफी, मुकेश हुमागाईंको छायांकन रहेको भिडियोमा दिक्पाल कार्की, राज टाइगर, सुषमा मगर, पुष्पा बिसुङ्खे लगायतको अभिनय र नृत्य रहेको छ । गीतको भिडियो सदिक्षा फिल्मस युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो । सार्वजनिक भएको छोटो समयमै दर्शकहरूको माया पाउन सफल भएको छ ।...
‘लिटिल मिस्टर एण्ड मिस काठमाडौं’मा ऐश्वर्या, समाइरा,सम्भव र संश्रेय विजयी
मनोरन्जन, समाचार

‘लिटिल मिस्टर एण्ड मिस काठमाडौं’मा ऐश्वर्या, समाइरा,सम्भव र संश्रेय विजयी

कार्यक्रम ललितपुरस्थित ज्यापू प्रतिष्ठानमा सम्पन्न भएको थियो। प्रतियोगितामा निर्णायक मण्डलका सदस्य श्यारोन बज्राचार्य, आशिम सक्सेना र प्रकाश चौहानले सहभागीहरूको प्रतिभा, आत्मप्रस्तुति, प्रस्तुति कला लगायतका पक्षमा आधारित मूल्यांकन गरी विजेता घोषणा गरेका थिए। विजेताहरूको विवरण यस प्रकार छः मुख्य विजेता सिनियर मिस – ऐश्वर्या श्रेष्ठ जुनियर मिस – समाइरा गुरुङ सिनियर मिस्टर – सम्भव शाह जुनियर मिस्टर – संश्रेय तिवारी प्रथम उपविजेता (First Runner-Up) सिनियर गर्ल्स – आराध्या महर्जन जुनियर मिस र मिस्टर – नितीश्री न्यौपाने र संस्कृत चालिसे द्वितीय उपविजेता (Second Runner-Up) सेलिओन कार्की जानवी श्रेष्ठ सहभागी सबै बालबालिकालाई प्रमाणपत्र, पदक तथा गिफ्ट ह्याम्पर प्रदान गरी सम्मान गरिएको थियो। साथै, प्रतियोगितामा सहभागिता जनाएक...