Monday, November 23

समाचार

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना
मौसम, समाचार

आज चार प्रदेशमा भारी वर्षाको सम्भावना

मनसुनी वायुको प्रभावले आज देशका चार वटा प्रदेशमा भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विमान विमागले जनाएको छ। विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर सामान्यदेखि पूर्ण बदली रहने छ। आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रही प्रदेश १, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान वर्षा भइरहेको छ। आज दिउँसो धेरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशभर बदली रही  प्रदेश १, कर्णाली, सुदूरपश्चिम र लुम्बिनीका केही स्थानमा मेघ गर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने भएको छ। भारी वर्षासँगै देशका अधिकांश स्थानमा बाढी तथा पहिरोको समेत सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत महाशाखाले अनुरोध गरेको छ।...
भारतमा एकैदिन ३७ हजार कोरोना संक्रमित निको, ५ सय बढीले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३७ हजार कोरोना संक्रमित निको, ५ सय बढीले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ५९ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३३ हजार ६ सय २२ पुगेको छ ।   यस्तै पछिल्लो २४ घण्टामा ३७ हजार ३ सय १२ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २३ लाख ५८ हजार २ सय १० पुगेको छ ।  यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ९ सय ८ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड १५ लाख ५४ हजार १ सय ३२ कोरोना संक्रमित निको भइसकेका छन् ।...
आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै
विशेष, समाचार

आजदेखि १८ वर्ष माथिका विद्यार्थीलाई खोप लगाइँदै

काठमाडौँमा आजदेखि १८ वर्ष माथिका विद्यार्थीहरूलाई कोरोनाविरुद्धको खोपको पहिलो डोज लगाइँदै छ । कक्षा ११ र १२ मा पढ्ने तथा विश्व विद्यालय तहको परीक्षाको प्रवेश–पत्र लिएका विद्यार्थीलाई भेरोसेल खोपको पहिलो डोज लगाइने स्वास्थ्य कार्यालय काठमाडौँले जनाएको छ । आज, भोलि र ८ गते बिहान १० बजेदेखि ५ बजेसम्म काठमाडौँ महानगरपालिकाले तोकिएका वडाका खोप केन्द्र तथा अस्पतालमा सो खोप उपलब्ध गराइने काठमाडौँ महानगरपालिकाले जनाएको छ । विद्यार्थीले सशस्त्र प्रहरी अस्पताल–बलम्बु, वीरेन्द्र सैनिक अस्पताल–छाउनी, राधास्वामी आइसोलेसन सेन्टर–सामाखुसी, नेपाल प्रहरी अस्पताल–महाराजगञ्जबाट खोप लगाउन पाउने छन् । साथै, वीर अस्पताल–रत्नपार्क, निजामति कर्मचारी अस्पताल–बानेश्वर, परोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल–थापाथली, शिक्षण अस्पताल–महाराजगञ्जबाट पनि विद्यार्थीले कोरोना खोप लगाउन पाउने स्वास्थ्य कार्या...
विश्वमा ७ लाख १९ हजार नयाँ संक्रमित थपिए, थप १० हजार ८६९ को मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

विश्वमा ७ लाख १९ हजार नयाँ संक्रमित थपिए, थप १० हजार ८६९ को मृत्यु

 विश्वमा कोरोना संक्रमितको संख्या २१ करोड ७ लाख ९६ हजार ३९० पुगेको छ । यो समाचार तयार पार्दासम्म कोरोना संक्रमित ४४ लाख १६ हजार २१८ जनाले ज्यान गुमाएका छन् । बितेको २४ घण्टामा विश्वमा ७ लाख १९ हजार ८४८ संक्रमित थपिएको वल्डोमिटर्सले जनाएको छ । सोही अविधमा १० हजार ८६९ जनाले ज्यान गुमाएका छन् । ५ लाख ३७ हजार ८२९ जनाले एक दिनमा कोरोनालाई जितेका छन् । अहिलेसम्म विश्वमा कोरोनामुक्त हुनेको संख्या १८ करोड ८७ लाख ३४ हजार ४७२ छ । १ करोड ७६ लाख ४५ हजार ७ सय जनामा सक्रिय संक्रमण छ । उनीहरूमध्ये १ लाख ८ हजार २९९ को स्वास्थ्य अवस्था गम्भीर छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार भारतीय रुपैयाँ १०० को खरिददर १६० रुपैयाँ बिक्रीदर १६० रुपैयाँ १५ पैसा रहेको छ । त्यस्तै अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ५६ पैसा र बिक्रीदर १३९ रुपैयाँ २६ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ २४ पैसा र बिक्रीदर १६३ रुपैयाँ ०६ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०२ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन
राजनीति, विचार, समाचार

लोकतान्त्रिक अभ्यासलाई बलियो बनाउने सोच नेतामा पलाएन

-डा.डिआर उपाध्याय, राजनीतिक दल र तिनका नेताहरू मुलुक प्रति त्यति गम्भिर हुन सकेनन् । नेताहरु मुलुकका लागि भन्दा पनि व्यक्तिगत स्वार्थमा चुर्लुम्मै डुबे । समस्या त यो हो नी । कसरी हुन्छ आफै सत्तामा जाने दाउ नेताहरुले खेलिरहेका छन । हिजो पनि त्यहि अबस्था थियो आज पनि त्यहि छ । नेतामा सुधार भन्ने कुरा पटक्कै आएन । हरेक पार्टीहरूमा संगठन चलाउन अनुशासन चाहिन्छ, कुनै दलमा पनि अनुशासन छैन । त्यहि भएर देश बिग्रिएको हो । देश बनाउने सोच कुनै पनि नेतामा पाइएन । अनि हामी कसरी अघि बढछौं । अनुशासान नहुदा दलहरु आफै कमजोर हुदै गएका छन । त्यो कुरामा कसैको हेक्का छैन । अनुशासनमा कोही बस्न खोज्दैनन् । यसले राजनीतिक संस्कार निर्माण हुन सकेको छैन । राजनीतिक दलका नेताहरूमा नेतृत्व क्षमता भएन । राजनीतिक दर्शनबाट निर्देशित हुन सकेनन् । धेरै मानिस राजनीतिक दलप्रति आकर्षित हुन छाडेका छन । कारण के हो भने दल र त...
उर्मिला श्रेष्ठको नेतृत्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन
अर्थ/व्यापार, समाचार

उर्मिला श्रेष्ठको नेतृत्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन

नेपाल चेम्बर अफ कमर्सले उपाध्यक्ष उर्मिला श्रेष्ठको सभापतित्वमा नेपाल महिला चेम्बर कार्य समिति गठन गरेको छ ।  नव गठित महिला चेम्बरको महासचिवमा लिमा अधिकारी तथा कोषाध्यक्षमा चारु सिखारिया चयन भएका छन् । यस्तै समितिको सल्लाहकारहरूमा अन्जना ताम्राकार, शान्ती लक्ष्मी शाक्य, निलम ताम्राकार, सोफी उपाध्याय रहेका छन् ।  समितिको सदस्यहरूमा राजलक्ष्मी सिंह, जानकी प्रधान श्रेष्ठ, कोहिनुर श्रेष्ठ, स्वरुपा श्रेष्ठ, रज्जु तण्डुकार, विना प्याकुरेल, कल्पना देवी पिया श्रेष्ठ र अदिति गोयल रहेका छन् । चेम्बरका अध्यक्ष राजेन्द्र मल्लले महिला चेम्बरका पदाधिकारी तथा सल्लाहकारहरूलाई मनोनयन पत्र प्रदान समेत गरेका छन् ।  उक्त अवसरमा अध्यक्ष मल्लले नेपाली महिलाहरुको आर्थिक उत्थान हुन सकेमा समृद्धि हासिल गर्न सकिने भएकाले नव गठित महिला चेम्बरले महिला उद्यमशीलता विकास तर्फ ध्यान दिनु पर...
जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह
समाचार

जनैपूर्णिमा र गाईजात्रा सांकेतिक रूपमा मनाउन काठमाडौं जिल्ला प्रशासनको आग्रह

कोरोना भाइरस संक्रमण बढेका कारण जनैपूर्णिमा र गाईजात्रामा स्वास्थ्य मापदण्डको पूर्ण रूपमा पालना गर्दै सांकेतिक रुपमा मात्र मनाउन जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालिप्रसाद पराजुलीले बिहीबार सूचना जारी गर्दै जनैपूर्णिमा, गाईजात्रालगायतका पर्वहरूमा स्वास्थ्य मापदण्डको पूर्णरूपमा पालना गर्दै सांकेतिक रूपमा मात्रै मनाउन आग्रह गरेका हुन्। त्यसैगरी नजिकिएको पर्वमा भिडभाडजन्य गतिविधि नगर्न र नगराउन पनि जिल्ला प्रशासन कार्यालयले सबैलाई अनुरोध गरेको छ। यस्तो छ सूचना...
काठमाडौंमा भोलिदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप
विशेष, समाचार

काठमाडौंमा भोलिदेखि कक्षा ११ र १२ का विद्यार्थीलाई कोरोना खोप

काठमाडौंमा भोलिदेखि कक्षा ११ र १२ का विद्यार्थीले कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काले १८ वर्षमाथिका प्लस टु अध्ययनरत र विश्व विद्यालय तहको परीक्षाको प्रवेश पत्र लिएका विद्यार्थीहरुलाई खोप दिइने बताए । खोप अभियान भदौ ४ गतेदेखि ६ गतेसम्म सञ्चालन हुने उनले बताए । यी हुन् खोप केन्द्रहरु : सशस्त्र प्रहरी अस्पताल, बलम्बुवीरेन्द्र सैनिक अस्पताल, छाउनीराधास्वामी आइसोलेसन सेन्टर, सामाखुसीनेपाल प्रहरी अस्पताल, महाराजगञ्जवीर अस्पताल, रत्नपार्कनिजामति कर्मचारी अस्पताल, वानेश्वरपरोपकार प्रसूती गृह तथा स्त्रीरोग अस्पताल, थापाथलीशिक्षण अस्पताल, महाराजगञ्जकाठमाडौं महानगरपालिकाका ३२ वटा वडाहरु र आवश्यकता अनुसार पालिकाले तोकेको थप खोप केन्द्रअन्य नगरपालिकाको हकमा सोही पालिकाले तोकेको खोप केन्द्र...
काठमाडौंमा भेरोसेलको दोस्रो डोज भदौ ९ गतेदेखि दिइने
विशेष, समाचार

काठमाडौंमा भेरोसेलको दोस्रो डोज भदौ ९ गतेदेखि दिइने

काठमाडौंमा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोज लगाएका नागरिकले भदौ ९ गतेदेखि दोस्रो डोज पाउने भएका छन् । स्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख बद्रीबहादुर खड्काका अनुसार साउन १४ गतेदेखि भेरोसेलको पहिलो डोज लगाई तीन हप्ता पूरा भएका २ लाख १६ हजार नागरिकहरुलाई दोस्रो डोज दिइने छ । काठमाडौं जिल्लाका १४४ खोप केन्द्रबाट भेरोसेलको दोस्रो डोज दिइने उनले बताए । खड्काका अनुसार भेरोसेलको दोस्रो डोज खोप लगाउन पहिलो डोज खोप लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।...