Monday, November 23

समाचार

‘आँधी तुफान २’को छायांकन पुरा
मनोरन्जन, समाचार

‘आँधी तुफान २’को छायांकन पुरा

एक पात्रको हत्याको अनुसन्धानमा परिचालित तीन युवतीको कथा समेटिएको फिल्म ‘आँधी तुफान २’ को छायांकन पुरा भएको छ । छायांकन सुरु भएको ३१ औं दिनमा यसको ‘इन्ड क्ल्याप’ गरिएको हो । फिल्मका निर्माता तथा लेखक मौनता श्रेष्ठका अनुसार फिल्मको एक गीत खिच्न बाँकी रहेकाले त्यसलाई थाँती राखेर बाँकी सबै काम पुरा गरिएको छ । मदन घिमिरे निर्देशित फिल्म काठमाडौं र धुलिखेलमा छायांकन गरिएको छ । चक्र घले निर्माता रहेको फिल्ममा कनिजका कोइराला, आरती आचार्य, याङ्सु श्रेष्ठ, मुकुन्द थापा, संजय खतिवडा, सिवन लामा, सुदीप आचार्य, राजाराम गौतम, गोकुल सुवेदी, सान अधिकारी, सोनी बिसी, जोया बुढाथोकी, रुपा केसी, सरोज दाहाल, रवी गिरी, पुष्कर राउत, विन्दिया, ऋचा, सुदिप, रमेश तामाङ र बालकलाकार अरुण कालीराज लगायतको अभिनय छ । फिल्ममा रामशरण उप्रेतीको छायांकन, प्रेम चुल्ठेको द्वन्द्व, सुरेश अधिकारीको संगीत, हरि उप्रेती र दिन...
मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउँछ – प्रचण्ड
राजनीति, समाचार

मन्त्रिपरिषद्ले अब छिट्टै पूर्णता पाउँछ – प्रचण्ड

नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्ले छिट्टै पूर्णता पाउने बताएका छन् । समाजवादी केन्द्र नेपालले आयोजना गरेको ‘एक्काइशौँ शताब्दीको माक्र्सवाद र समाजवाद’ विषयक अन्तक्रियामा अध्यक्ष ‘प्रचण्ड’ले मन्त्रिपरिषद् विस्तारका विषयमा हिजोबाट नयाँ परिस्थिति बनेको बताए । उनले भने, “आज बिहान मात्रै प्रधानमन्त्री शेरबहादुर देउवा, माधव नेपाल र म बसेका थियौँ, अब ढिलो गर्नुहुँदैन, छिटो टुङग्याउनुपर्छ भनेका छौँ । हिजो दर्ता भएको पार्टीको सनाखत टुङ्गिने वित्तिकै मन्त्रिपरिषद् विस्तार टुङ्ग्याउनुपर्छ भन्ने सहमति भएको छ ।” उनले अहिले सरकारले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशको उद्देश्य लोकतन्त्र र संविधानको रक्षाका लागि भएको जिकिर गरे । उनले भने, “पहिले ल्याएका अध्यादेश लोकतन्त्र र संविधान सिध्याउने उद्देश्यले ल्याइएका थिए, अहिलेको अध्यादेश लोकतन्त्र, संविधान र ...
थप ३०७५ मा कोरोना संक्रमण, सक्रिय संक्रमित ४५००
विशेष, समाचार

थप ३०७५ मा कोरोना संक्रमण, सक्रिय संक्रमित ४५००

गत २४ घण्टामा नेपालमा १६ हजार ४३८ जनाको परीक्षण गर्दा ३ हजार ७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १२६ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ११ हजार ९४६ पीसीआर परीक्षण गर्दा २ हजार ३२१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४ हजार ४९२ परीक्षण गर्दा ७५४ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा ३३ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार बिहिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या १० हजार ४२९ पुगेको छ । हाल सक्रिय संक्रमित ४० हजार ५ सय जना रहेका छन् ।...
तीन फरार प्रतिवादी पक्राउ
अपराध, समाचार

तीन फरार प्रतिवादी पक्राउ

जिल्ला प्रहरी कार्यालयले विभिन्न मुद्दामा कैद र जरिवाना भुक्तानी गर्न बाँकी तीन जना फरार प्रतिवादीलाई पक्राउ गरी जिल्ला अदालत पठाएको छ । पक्राउ पर्नेमा लागुऔषध खैरो हिरोइन मुद्दामा दुई महिना ११ दिन कैद भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–५ का २६ वर्षीय प्रदीपराज कार्की छन् । त्यस्तै चेक अनादर मुद्दामा एक महिना कैद र रु तीन हजार जरिवाना भुक्तान गर्न बाँकी सोही उपमहानगरपालिका–१० का ३४ वर्षीय सन्तोष साह र सवारी ज्यान मुद्दामा एक महिना कैद र रु दुई हजार जरिवाना भुक्तान गर्न बाँकी हेटौँडा उपमहानगरपालिका–१२ का २७ वर्षीय उद्धव तिवारी छन् ।...
‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन शुरु
मनोरन्जन, समाचार

‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन शुरु

सांगीतिक रियालिटी शो ‘नेपाल आइडल सिजन ४’को डिजिटल अडिसन सुरु भएको छ । भदौं १ गतेदेखि शुरु भएको डिजिटल अडिसन भदौं ३१ गतेसम्म चल्नेछ । अडिसनमा सहभागी हुन प्रतियोगीले मोबाइलको ‘प्ले स्टोर’मा गएर एपिवानको एप्लिकेसन डाउनलोड गर्नुपर्नेछ । अडिसन ओपनमा गएर नेपाल आइडल क्लिक गरेर मागिएको विवरण भर्नुपर्नेछ । एप्लिकेशनमा आफ्नै स्वरमा दुईवटा फरक विधाका गीत रेकर्ड गराएर अपलोड गरेर अडिसन दिन सकिने नेपाल आइडलका निर्देशक सुरेश पौडेलले जानकारी दिए । प्रतियोगीहरुबाट गीत अपलोड गर्ने क्रम जारी रहेको उनले बताए । डिजिटल अडिशनमा देश तथा विदेशमा रहेका १६ वर्षदेखि ३० वर्ष उमेर समूहका नेपालीले सहभागीता जनाउन सक्नेछन् । भदौ ३१ गतेपछि आएका गीतमध्येबाट छनोट प्रक्रिया अगाडि बढाइने आयोजकको भनाई छ । ‘नेपाल आइडल सिजन-४’मा यसअघिका निर्णायक नहुने आयोजकले जनाईसकेको छ । निर्णायक को हुने भन्ने शुक्रबार फाइनल गर्ने तयारी र...
राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट
राजनीति, समाचार

राजनीतिक दलसम्बन्धी अध्यादेश खारेज गर्न माग गर्दै सर्वोच्चमा रिट

दल विभाजन गर्न सहज हुनेगरी सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेशविरुद्ध सर्वोच्च अदालतमा रिट पेश भएको छ। अधिवक्ता प्रवेश केसीले जारी भएको अध्यादेश संविधान विपरित रहेको भन्दै रिट दर्ताका लागि पेश गरेका छन् । रिटमा संविधानको धारा ११४ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा जारी भएको अध्यादेश बदर गर्न अन्तरिम आदेश माग गरिएको छ। सर्वोच्च प्रशासनले रिट दर्ता गर्न पेश भएको र दर्ताका सम्बन्धमा अध्ययन भइरहेको जनाएको छ। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारीसमा जारी गरेकी थिइन्। अध्यादेशमा केन्द्रीय समिति वा संसदीय दलमा २० प्रतिशत संख्याका आधारमा दल विभाजन गर्न सक्ने व्यवस्था गरिएको छ। अध्यादेश जारी भएसँगै निर्वाचन आयोगमा माधवकुमार नेपाललाई अध्यक्ष प्रस्तावित गरिएको नेकपा एमाले (समाजवादी) र महन्थ ठाकुर अध्यक्ष प्रस्तावित जनता समाजवादी...
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
अर्थ/व्यापार, समाचार

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

 नेपाली बजारमा सुनको मुल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासघंका अनुसार बुधबार छापावाल सुन प्रतितोला ९१ हजार २ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बिहीबार प्रतितोला ९० हजार ८ सय रुपैयाँमा कारोबार हुने भएको छ । यस दिन सुन ४०० रुपैयाँले घटेको हो । यस्तै तेजावी सुन प्रतितोल ९० हजार ३ सय रुपैयाँमा कारोबार हुने भएको छ । चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदी ११ सय ८० रुपैयाँमा नै कारोबार हुने महासघंले जनाएको छ ।...
बैतडीमा अक्सिजन बैंक स्थापना
समाचार

बैतडीमा अक्सिजन बैंक स्थापना

भारतसँग सीमा जोडिएको जिल्लामा अक्सिजन तथा कन्सन्ट्रेटर बैंक स्थापना गरिएको छ । सुदूरपश्चिम प्रदेश सरकार र दाताको सहयोगमा सङ्कलन गरिएका अक्सिजन सिलिण्डर र कन्सन्ट्रेटर मेसिनसहित स्वास्थ्य कार्यालयमा बैंक स्थापना गरिएको हो । कोरोना भाइरस कोभिड–१९ व्यवस्थापन पूर्वतयारीका लागि बुधबार बैंक स्थापना गरिएको स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले जानकारी दिए । कोभिड–१९ व्यवस्थापनका लागि आवश्यक सामग्री सञ्चित गर्दै बैंक स्थापना गरिएको हो । उनले भने, “कोरोना भाइरसको सम्भावित तेस्रो लहरलाई मध्यनजर गर्दै बैंक स्थापना गरेका हौँ ।” बैंकमा ३३ अक्सिजन सिलिण्डर र ६२ कन्सन्ट्रेटर मेसिन राखिएको छ । अझै थप कतैबाट सहयोग भए बैंकमै राखिने जनाइएको छ । कोरोनाको दोस्रो लहर आउनुभन्दा अगाडि पूर्वतयार नहुँदा कोभिडका बिरामीको उपचारमा समस्या भएको थियो । अब जिल्लामै अक्सिजन तथा कन्सन्ट्रेटर सञ्चित ग...
देउवा-दाहाल-नेपाल छलफलमा, मन्त्रिपरिषद् बिस्तारको तयारी
राजनीति, समाचार

देउवा-दाहाल-नेपाल छलफलमा, मन्त्रिपरिषद् बिस्तारको तयारी

प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रस्तावित नेकपा एमाले (समाजवादी) का अध्यक्ष माधव कुमार नेपाल छलफलमा जुटेका छन् । देउवाले नेपाल पक्षले एमाले (समाजवादी) दल दर्ताका लागि निर्वाचन आयोगमा निवदेन दिएको भोलिपल्ट मन्त्रिपरिषद् विस्तारबारे छलफल थालेका हुन् । अहिले देउवा, दाहाल र नेपालबीच छलफल जारी रहेको छ । सरकार गठन भएको एक महिनाभन्दा बढी हुँदा पनि मन्त्रिपरिषद् विस्तार नगरेको भन्दै आलोचना भइरहँदा देउवाले सत्ता टिकाउन अध्यादेश ल्याएर एमाले  र जसपा फुटाउन मार्ग बनाइदिएका थिए । ती दल फुटेलगत्तै नेता त्रय मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफलमा जुटेका हुन् । मन्त्रालय भागबण्डा मिले आजै मन्त्रिपरिद्ले पूर्णता पाउन सक्ने जनाइएको छ । तथापि नेपालको प्रस्तावित समाजवादी पार्टीले बैधता पाउन केही दिन लाग्ने भएकाले तत्काललाई माओवादी र जसपा...
कञ्चनपुरमा बढे भाइरल ज्वरोका बिरामी
राष्ट्र, समाचार

कञ्चनपुरमा बढे भाइरल ज्वरोका बिरामी

कञ्चनपुरमा भाइरल ज्वरोका बिरामीको सङ्ख्या बढ्दै गएको छ। केही सातायता यहाँका अस्पताल र स्वास्थ्य संस्थामा भाइरल ज्वरोका बिरामी उपचारका लागि आउने क्रम बढेको छ। महेन्द्रनगरस्थित महाकाली प्रादेशिक अस्पतालमा दैनिक एक सयभन्दा बढी भाइरल ज्वरोका बिरामीको उपचारका लागि आउने गरेका अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हरिकुमार श्रेष्ठले जानकारी दिए। 'भाइरल ज्वरो बढे पनि कोरोना भने होइन,' डा. श्रेष्ठले भने, 'कोरोना सङ्क्रमित पाँच जनाको उपचार हुँदै छ।' त्यसैगरी महाकाली अस्पतालमा अक्सिजन हरेक वार्डमा पाइलपालइनबाट पुर्‍याउने गरी काम भइरहेको छ। युएनओपिएस संस्थाको सहयोगमा यहाँ अक्सिजन प्लान्ट जडान गरिने अस्पतालले जनाएको छ। युएनओपिएसले प्लान्टको ८० प्रतिशत उपकरण मगाइसकेको जनाएको छ। अहिले अस्पतालमा पाइपलाइन विस्तारको काम भइरहेको छ। अस्पतालमा सङ्क्रमित भएर उपचारका लागि आउने र निको भएर घर फर्क...