Monday, November 23

समाचार

पहिलो महिला मुख्यमन्त्री शाक्यले लिइन् पद तथा सपथ
राजनीति, समाचार

पहिलो महिला मुख्यमन्त्री शाक्यले लिइन् पद तथा सपथ

बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएकी अष्टलक्ष्मी शाक्यले पद तथा गोपनीयताको सपथ लिएकी छिन् । शाक्यले बुधबार प्रदेश प्रमुख  विष्णुप्रसाद प्रसाईँसँग शपथ लिएकी हुन् ।  नेकपा एमालेकी उपाध्यक्ष समेत रहेकी शाक्यलाई बुधबार नै प्रदेश प्रमुख प्रसाइँले संविधानको धारा १६८(१) अनुसार मुख्यमन्त्रीमा नियुक्त गरेका थिए । शाक्य पहिलो महिला मुख्यमन्त्री बनेकी छन् ।  यस अघि एमाले संसदीय दलका नेता डोरमणि पौडेलले राजीनामा दिएका थिए । पौडेलले राजीनामा दिएपछि शाक्यलाई संसदीय दलको नेता चयन गरिएको थियो।...
देशभर बदली,  लुम्बिनी र सुदूपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना
मौसम, समाचार

देशभर बदली, लुम्बिनी र सुदूपश्चिम प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

बिहिबार गण्डकी प्रदेशमा सामान्य देखि पूर्ण बदली रहेको छ भने अन्य प्रदेशहरूमा आंशिक देखि र सामान्य बदली रहेको छ।बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ भने न्युन चापिय रेखा नेपाल भन्दा केही दक्षिण तिर रहेको देखिन्छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको छ । आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरूमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । लुम्बिनी र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानहरुमा ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश नं २, गण्डकी प्रदेश र सुदुरपश्चिम प्रदेशका एक वा दुई स्थानह...
नुवाकोट र रसुवामा पहिरो, एक जनाको मृत्यु, चार जना बेपत्ता
राष्ट्र, समाचार

नुवाकोट र रसुवामा पहिरो, एक जनाको मृत्यु, चार जना बेपत्ता

नुवाकोट र रसुवामा पहिरोले पुर्दा एक जनाको मृत्यु भएको छ । चार जना बेपत्ता भएका छन् भने एक जना घाइते भएका छन् । नुवाकोटको बेलकोटगढी नगरपालिका–५ लामाचउरमा पहिरो जाँदा आज बिहान ४३ वर्षका विष्णुप्रसाद लामिछानेको घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रमुख तुलबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार आज बिहान २:३० बजेको समयमा घरको करेसामा  पहिरो पन्छाउने क्रममा थप खसेको र त्यसमा पुरिएर ज्यान गुमाएका लामिछानेको शव परीक्षणका लागि त्रिशूली अस्पताल लगिएको छ । यस्तै रसुवाको नौकुण्ड गाउँपालिका ५ कोलडाँडामा पहिरोले  घर पुरिँदा चार जना बेपत्ता भएका छन् । एक जना घाइते भएका छन्। पहिरोले घाइते भएका ३६ वर्षीय श्यामबहादुर तामाङका अनुसार पहिरोले उनकी श्रीमती, दुई छोरी र एक छोरा बेपत्ता छन् । बेपत्ताको खोजी जारी रहेको जिल्ला प्रहरी कार्यालय रसुवाका डीएसपी देवेन्द्र पाण्डेले...
भारतमा थपिए ३५ हजार संक्रमित, ५११ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३५ हजार संक्रमित, ५११ संक्रमितको मृत्यु

भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार ७९७ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २३ लाख २० हजार ८९८ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७१ हजार ६७१ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ५११ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३३ हजार ६३ पुगेको छ ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ४९ पैसा र बिक्रीदर ११९ रुपैयाँ ०९ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १३९ रुपैयाँ ५२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६२ रुपैयाँ ९६ पैसा र बिक्रीदर १६३ रुपैयाँ ७८ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
आज २०७८ भदौ ३ गते बिहीबारको राशिफल
रोचक, समाचार

आज २०७८ भदौ ३ गते बिहीबारको राशिफल

आज २०७८ भदौ ३ गते बिहीबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज अनावश्यक यात्रा तथा अनावश्यक झमेलामा परिएला । मनोरञ्जनमा लाग्दा अवसर गुम्न सक्छ । दिनको उत्तरार्ध भने सुखद् रहनेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) शुभ कार्यमा सरिक बाईनेछ । नयाँ नयाँ क्षेत्रमा लगानीको अवसर मिल्नेछ । श्रमको उचित मुल्याङ्कन हुनेछ । अचल सम्पत्ती हात पर्ने योग छ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । चिताएको कामले तीव्रता लिने...
स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ भव्य रुपमा सम्पन्न
मनोरन्जन, समाचार

स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ भव्य रुपमा सम्पन्न

स्पाइनी मुभिज प्रा.लीको प्रस्तुतीमा आयोजना गरिएकोे स्पाइनी ब्याब्लर फिल्म फेष्टिवल २०२१ मा पाकिस्तान, फिलिपिन्स, भारत, अमेरिका, जापान, क्यानेडा, श्रीलंका, बंगलादेश लगायतका देशहरुबाट १२५ भन्दा बढी लामा तथा छोटा चलचित्रहरुको सहभागीता रहेको थियो । फेष्टिवलमा कुईनेटो लगायत अन्य लामा तथा छोटा चलचित्र र डकुमेन्ट्रिहरु सर्वोत्कृष्ट बन्न सफल भएका छन् । राजधानीमा अगष्ट १८ मा सम्पन्न गरिएको कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष रबिन्द्र खड्का, बरिष्ठ चलचित्र लेखक, निर्देशक एवं कलाकार मोहन निरौला, नायक धिरेन शाक्य, बिजय रत्न तुलाधर, बरिष्ठ गीतकार तथा पत्रकार शान्तिप्रिय , पत्रकार सुमन बैरागी, सुर्यचन्द, ज्योती प्रकाश लगायत नेपाली चलचत्रि तथा गीत संगीत क्षेत्रमा कार्यरत कलाकर्मीहरुको उल्लेख्य सहभागीता रहेको थियो । नेपाली चलचित्रको प्रवद्र्धन लागी विभिन्न कार्यक्रहरु आयोजना गर्दे आएको स्पाइ...
कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड
मनोरन्जन, समाचार

कृष्ण रसाललाई उत्कृष्ट मोडलको अवार्ड

उत्कृष्ट मोडल लोक आधुनिक अवार्ड खोलीतिरैमा गीतबाट कृष्ण रसाललाई प्रदान गरिएको छ । राजधानीमा सम्पन्न भएको तेस्रो बोस्टर इन्टरटेन्मेट अवार्डको बिशेष समारोहमा उहाँलाई उक्त अवार्ड प्रदान गरिएको हो । समारोहका प्रमुख अतिथि डा. रामशरण महत्त तथा अन्य विशिष्ट अतिथि तथा अतिथिले बोहोरालाई अवार्ड, प्रमाणपत्र, माला र खादा प्रदान गर्नुभएको थियो । कृष्ण रसालले नेपाली गीत संगीतमा आफ्नो उत्कृष्टता प्रदान गर्दै आउनुभएको छ । उहाँका कार्यले प्रशंसा पाइरहँदा उहाँलाई विभिन्न पुरस्कार तथा अवार्ड प्राप्त भइरहेका छन् । बैंकिङ म्यानेजमेन्ट ट्रेनिङ इन्स्टिच्यूट (बीएमटीआई)को प्रस्तुतिमा शनिबार राजधानीमा तेस्रो बोस्टर इन्टरटेन्मेन्ट अवार्ड सम्पन्न भएको हो । बोस्टर मिडियाको आयोजनामा भएको अवार्डमा क्यापिटल इन्टरटेनमेन्टले इभेन्ट म्यानेजमेन्ट गरेको थियो भने टीभी इको वान, म्यूजिक खबर र रेडियो भ्वाइस अफ नेपालको मिडिया सहका...
अन्जु अधिकारीको ‘नाचौं साथी हो’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

अन्जु अधिकारीको ‘नाचौं साथी हो’ सार्वजनिक(भिडियो)

गीतकार अन्जु अधिकारीको तीज गीत नाचौं साथी हो सार्वजनिक भएको छ ।अधिकारीले यो बर्षको हरितालिका तीजलाई बिषेश महत्व दिदै आफ्नै शब्दमा नयाँ तीज गीत बजारमा ल्याउनु भएको हो । गीतलाई गायिका मेलिना राईले मिठो स्वर दिनु भएको छ भने उहाँले भिडियोमा प्रमुख कलाकारको भुमिकामा अभिनय समेत गर्नुभएको छ । बिन्ध्यावासीनी म्युजिक कम्पनीको युटयुब मार्फत सार्वजनिक भएको छ । आफ्नो मातृभूमिलाई छोडेर परदेशी हुनुको पिडा र परदेश पुगेर पनि त्यहाँ हुने बिभीन्न आरोह अवरोह बीचको संघर्षलाई गीतले प्रस्ट पारेको छ । https://youtu.be/cwpAuoT5NXw आफ्नो देशको कला र संस्कृतिलाई जोगाई राख्नुपर्दछ, भन्ने सकारात्मक सोच बोकेर अगाडि बढिरहनु भएकी अधिकारी अस्ट्रेलियामा बस्ने दिदीबहिनीहरूले मिलेर खोल्नु भएको दिदीबहिनी समाज भिक्टोरिया संस्थामा आबद्ध रहेर बिभीन्न सामाजीक कामहरूमा निरन्तर क्रियाशील देखिनुहुन्छ । यसै बर्षको अन्तिम सम्...
ठाकुर नेतृत्वको ‘जसपा लोकतान्त्रिक’ निर्वाचन आयोगमा दर्ता
राजनीति, समाचार

ठाकुर नेतृत्वको ‘जसपा लोकतान्त्रिक’ निर्वाचन आयोगमा दर्ता

जनता समाजवादी पार्टी (जसपा) नेपाल विभाजित भएको छ । महन्थ ठाकुरको अध्यक्षतामा जसपा नेपाल (लोकतान्त्रिक) पार्टी निर्वचन आयोगमा दर्ता भएको छ । महन्थ ठाकुर पक्षले बुधबार निर्वाचन आयोगमा जसपा नेपाल (लोकतान्त्रिक) दल दर्ता गराएका हुन् । जसको वरिष्ठ नेतामा राजेन्द्र महतो रहेका छन् । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सकिने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ठाकुर पक्षले नयाँ दल दर्ता गरेको हो । ठाकुरको पार्टील चुनाव चिन्ह साइकल रोजेको जनाइएको छ । नव गठित पार्टीमा २४ सदस्यीय केन्द्रीय कार्यकारिणी समिति र १४ जना संघीय सांसद रहेको नेता लक्षमणलाल कर्णले जानकारी दिए । ‘अध्यक्षमा महन्थ ठाकुर हुनुहुन्छ अन्य पदाधिकारी तोकिएको छैन,’ उनले भने । जसपा (लोकतान्त्रिक)को केन्द्रीय कार्यकारिणी समिति २४ सदस्यीय रहेको छ । यसको चुनावचिन...