Monday, November 23

समाचार

भारतमा थपिए ३५ हजार संक्रमित, ४४० संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थपिए ३५ हजार संक्रमित, ४४० संक्रमितको मृत्यु

भारतमा थप ३५ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३५ हजार २०१ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २२ लाख ८५ हजार १०१ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ७४ हजार १४४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४४० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३२ हजार ५५२ पुगेको छ ।...
न्यूजिल्याण्डमा एक जनामा संक्रमण देखिँदा तीन दिन लकडाउन
अन्तर्राष्ट्रिय, समाचार

न्यूजिल्याण्डमा एक जनामा संक्रमण देखिँदा तीन दिन लकडाउन

 एक जना नागरिकमा कोरोना संक्रमण देखिएपछि न्यूजिल्याण्ड सरकारले तीन दिनका लागि राष्ट्रव्यापी लकडाउनको घोषणा गरेको छ । न्यूजिल्याण्डले कोभिड–१९ सङ्क्रमण बिस्तार नहोस भनी तीन दिन देशव्यापी लकडाउन गरेको छ भने कोरोना संक्रमित भेटिएको अकल्याण्ड सहरमा एक हप्ता लकडाउन हुने घोषणा गरिएको छ । मुलुकको अन्य स्थानमा तीन दिनपछि लकडाउन हट्नेछ । न्यूजिल्याण्डका अधिकारीहरूले अहिले भेटिएको कोरोना संक्रमण डेल्टा भेरियन्टको हो कि भनेर सुरक्षा सतर्कता बढाइएको बताएका छन् । अहिले न्यूजिल्याण्डका करिब २० प्रतिशत नागरिकले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेका छन् । न्यूजिल्याण्डमा भेटिएका कोरोना संक्रमितले भ्रमण गरेको मान्डेल सहरमा पनि एक साताको लकडाउन गरिएको छ । प्रधानमन्त्री ज्यासिन्डा अर्डनले लकडाउन अवधिमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द हुने बताइन् । न्यूजिल्याण्ड कोरोना संक्रमणलाई नियन्त्रणमा सफ...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ६७ पैसा र बिक्रीदर ११९ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ६९ पैसा र बिक्रीदर १४० रुपैयाँ ३९ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ७२ पैसा र बिक्रीदर १६४ रुपैयाँ ५४ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४० पैसा र बिक्रीदर ३२ रुपैयाँ ५६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
आज २०७८ भाद्र २ गते बुधबारको राशिफल
रोचक, समाचार

आज २०७८ भाद्र २ गते बुधबारको राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) नयाँ कामको थालानी या योजना बन्ने । दाम, इनाम र प्रतिष्ठा कमाउने वेला छ । न्यायिक कार्यमा सफलता मिल्नेछ । शुभकार्यको चर्चा पनि चल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला ।...
नग्मासँग सुधीरको ‘कसम हो कसम’
मनोरन्जन, समाचार

नग्मासँग सुधीरको ‘कसम हो कसम’

गायक नितिन गजुरेलको नयाँ गीत ‘कसम हो कसम’ सार्वजनिक भएको छ । गीतमा मुनाल शिशिर कोइरालको शब्द तथा दीपकराज विश्वकर्माको संगीत छ । नितिनलाई स्वरमा गायिका अनु चौधरीले साथ दिएकी छन् । मायाप्रेमका शब्दहरु समेटिएको गीतको भिडियोमा सुधीर श्रेष्ठ र नग्मा श्रेष्ठ फिचर्ड छन् । मुनाल शिशिर कोइरालाको निर्देशन रहेको भिडियोमा उत्सव दाहालको छायांकन तथा बिष्णु खड्का सम्पादन छ । हरिदेवी कोइरालाको प्रस्तुति रहेको भिडियो जनता डिजिटलको युट्युवबाट सार्वजनिक भएको हो । https://www.youtube.com/watch?v=_3AG9Zw54FE...
शुरू भयो रेडियो क्यान्डिडको नियमित प्रसारण
विविध, समाचार

शुरू भयो रेडियो क्यान्डिडको नियमित प्रसारण

रेडियो क्यान्डिड ९२.७ मेगाहर्जको नियमित प्रशारण आज, भदौ १ गते, शुरू भएको छ । पेभिलियन मिडिया ग्रुप अन्तर्गतको रेडियो क्यान्डिड काठमाडौँ उपत्यका र आसपासका क्षेत्रमा चौबीसै घण्टा प्रसारण हुनेछ । रेडियो आज बिहान ६ बजे समाचार प्रसारणबाट शुरू भएको हो । रेडियो क्यान्डिड स्थानीय रेडियोहरूसँगको सहकार्यमा र आफ्नो प्राविधिक पक्षमा विस्तार गर्दै निकट भविष्यमा देशभर प्रसारण गर्ने लक्ष्य रहेको छ । रेडियो क्यान्डिडको प्रसारण सेवा यसको आधिकारिक फेसबुक पेज, ट्वीटर, सबैभन्दा बढी डाउलोड हुने एप ‘हाम्रो पात्रो’, खबरहब एप र रेडियो क्यान्डिडको आधिकारिक वेबसाइट डब्ल्युडब्ल्युडब्ल्यु.रेडियोक्यान्डिड.कम मा पनि उपलब्ध छ । रेडियो क्यान्डिडको नियमित प्रसारण शुरू भएको अवसरमा पेभिलियन मिडिया ग्रुपका अध्यक्ष नरेश श्रेष्ठले श्रोता, विज्ञापनदाता, शुभेच्छुक तथा परामर्शदाताहरू सबैमा आभार प्रकट गरेका छन् ।...
‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा
मनोरन्जन, समाचार

‘सुपर डान्सर ४’मा फर्किइन् शिल्पा

गत जुलाई १९ मा पति राज कुन्द्रा पोर्नोग्राफी मुद्धामा पक्राउ परेपछि अभिनेत्री शिल्पा शेट्टीले डान्स रियालिटी शो ‘सुपर डान्सर ४’को सेटबाट ब्रेक लिएकी थिइन् । यो बीचमा शोमा शिल्पाको स्थानमा कैयौं अन्य सेलिब्रेटीले उनको कमी पुरा गरे । अहिले भने शिल्पा ३ हप्तापछि शोमा फर्किएकी छन् । शिल्पाले सन् २०१६ देखि नै शोमा निर्णायकको भूमिका निर्वाह गरिरहेकी छन् । त्यहीकारण निर्माताहरु शोमा शिल्पाको पुनरागमन पर्खिरहेका थिए । ‘पति पोर्न मुद्धामा परेपछि शिल्पाका लागि शोमा फर्किनु निकै जोखिमपूर्ण काम थियो । तर उनले हिम्मत हारिनन् । शोमा शिल्पा फर्किएपछि निर्माता खुशी छन्’, शो निकट स्रोतले भन्यो । शोमा शिल्पासहित अनुराग बसु र गीता कपूर निर्णायक छन् । शिल्पाको अनुपस्थितिमा शोमा संगीता बिजलानी, ज्याकी श्राफ, टेरेन्स लुइस, सोनाली बेन्द्रे, मौसमी चटर्जी र करिश्मा कपुर अतिथि बनेर पुगेका थिए । ‘सुपर डान्स...
एमालेले गर्‍यो माधव नेपालसहित १४ सांसदलाई कारबाही
राजनीति, समाचार

एमालेले गर्‍यो माधव नेपालसहित १४ सांसदलाई कारबाही

नेकपा एमालेले वरिष्ठ नेता माधवकुमार नेपालसहित १४ सांसदलाई कारबाही गरेको छ । सरकारले संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत पुर्‍याएर दल विभाजन गर्न सक्ने गरी राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याए लगत्तै ओली पक्षले नेपाल समूहका १४ जनालाई कारबाही गरेको हो । राजनीतिक दलसम्बन्धी ऐन दफा २८ (१) बमोजिम कार्य नगरी दलको ह्वीप उल्लंघन गरेको भन्दै कारबाही गरिएको एक नेताले बताए । कारबाहीमा पर्ने सांसदहरुमा वरिष्ठ नेता नेपालसँगै मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ, रामकुमारी झाँक्री, विरोध खतिवडा, कल्याणी खड्का, लक्ष्मीकुमारी चौधरी, निरादेवी जैरु, पुष्पाकुमारी कर्ण, सरलाकुमारी यादव, कलिला खातुन, कृष्णलाल महर्जन, भवानी खापुङ र मेटमणि चौधरी छन् ।...
थप ३२ सयमा कोरोना पुष्टि, २७ जनाको मृत्यु
विशेष, समाचार

थप ३२ सयमा कोरोना पुष्टि, २७ जनाको मृत्यु

मंगलबार नेपालमा ३ हजार २७४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ११ हजार ५६५ पीसीआर र ६ हजार १२४ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार ४५६ र ८१८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८ लाख १४ हजार १२७ पुगेको छ । जसमध्ये ६ लाख ८७ हजार ६९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ९२९ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३९ हजार ८७१ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २७ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ३५४ जनाको मृत्यु भएको छ ।...
काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने
समाचार, समाज

काठमाडौँ महानगरभित्रको फोहोर अझै एक साता नउठ्ने

काठमाडौँ उपत्यकाका सडक छेऊ तथा चोकमा यतिबेला फोहोरका डंगुर थुप्रिन थालेका छन् । केही दिनदेखि काठमाडौँको फोहोर उठ्न नसक्दा फोहोर थुप्रिएका हुन् । फोहोर उठ्न नसक्दा काठमाडौँ दुर्गन्धित बन्दै गएको छ । त्यस्तै फोहोरका कारण मुख छोपेर हिड्नु पर्ने बाध्यता छ । काठमाडौँवासीका लागि यो समस्या नयाँ भने होइन । केही वर्षयता मनसुन शुरू भएपछि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनमा समस्या हुने गरेको र मुश्किलले उठ्ने गरेको काठमाडौँ महानगरपालिकाले जनाएको छ । उपत्यकामा उत्सर्जित फोहोरमैलाको अन्तिम विर्सजनस्थल नुवाकोट जिल्लाको ककनी गाउँपालिका वडा नम्बर २ स्थित ल्याण्डफिल साइटमा विर्सजन गर्दै आइरहेको छ । तर हाल निरन्तरको वर्षाका कारण सडक बिग्रिएको र फोहोरका गाडी अन्तिम विर्सजन स्थलसम्म पुग्न समस्या भएको महानगरका प्रवक्ता इश्वरमान डंगोलले खबरहबलाई बताए । विगतमा पनि यो समस्या दोहोरिने गर्थ्य...