Monday, November 23

समाचार

न्यादी हाइड्रोपावरको आइपिओ खुला, यसरी भर्नुहोस् ?
अर्थ/व्यापार, समाचार

न्यादी हाइड्रोपावरको आइपिओ खुला, यसरी भर्नुहोस् ?

न्यादी हाइड्रोपावर कम्पनी लिमिटेडको प्राथमिक सार्वजनिक निष्काशन (आइपिओ) बिक्री खुला भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्र लमजुङका स्थानीय बासिन्दा तथा संस्थापक शेयर धनीका लागि आजबाट बिक्री खुला गरेको हो । सो आइपिओ छिटोमा यही भदौ १५ गतेसम्म र ढिलोमा भदौ ३० गतेसम्म बिक्री खुला हुने जनाइएकोछ । कम्पनीले प्रतिशेयर १०० अङ्कित मूल्यका कूल १८ लाख कित्ता साधारण शेयर निष्काशन गर्न लागेको हो । यसमध्ये आयोजना प्रभावित स्थानीयवासीका लागि पाँच लाख, जिल्लावासीका लागि १० लाख र बाँकी तीन लाख कित्ता शेयर कम्पनीले आफ्ना संस्थापक शेयरधनी बुटवल पावर कम्पनी र लमजुङ विद्युत् विकास कम्पनीका कर्मचारीका लागि निष्काशन गर्न लागेको हो । कम्पनीले मस्र्याङ्दी गाउँपालिका–३ (साविक खुदी गाविसका वडा नं १, २, ३ र ६ मात्र) तथा मस्र्याङदी –६, ७ र ८ (साविक बाहुनडाँडा गाविस र साविक भुलभुले गाविसका सम्पूर्ण वडा) का स्था...
अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा
समाचार

अफगानिस्तानबाट अमेरिकाले उद्धार गरेका १२७ नेपाली काठमाडौँमा

अमेरिकाले अफगानिस्तानबाट उद्धार गरेका १ सय २७ नेपाली काठमाडौँ आइपुगेका छन् । अमेरिकी चार्टर बिहानमा उनीहरू मंगलबार बिहान १०:१५ बजे त्रिभुवन विमानस्थल आइपुगेको नागरिक उड्ययन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिए । अमेरिकी दूतावासमा सुरक्षागार्डका रूपमा रहेका ३८५ नेपालीलाई अमेरिकाले त्यहाँबाट उद्धार गरी कतारको दोहा पुर्‍याएकोमा  १२७ जना नेपाल आइपुगेका हुन् । नेपाल फर्कन २ हजार हाराहारी नेपाली उद्धारको पर्खाइमा रहेको बताइरहँदा सरकारीस्तरबाट उद्धारका लागि १ सय ३४ नेपालीले मात्रै स्वदेश फिर्तीका लागि आफ्नो विवरण टिपाएको परराष्ट्र मन्त्रालयले जनाएको छ । कन्सुलर सेवा विभागको वेबपोर्टलमा आइतबार बेलुकासम्म १ सय ३४ जना नेपालीले आफ्नो विवरण दर्ता गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ । उनीहरुलाई एक/दुई दिनमै स्वदेश फर्काउने तयारी छ ।...
बढ्यो सुनको मूल्य
अर्थ/व्यापार, समाचार

बढ्यो सुनको मूल्य

नेपाली बजारमा सुनको मूल्य बृद्धि भएको छ । आज छापावाल सुन प्रति तोलामा चार सय रुपैयाँले बढेर ९१ हजार रूपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार छापावाल सुन प्रतितोला ९० हजार ६०० रुपैयाँमा कारोबार भएको थियो। तेजावी सुनको मूल्य प्रतितोला ९० हजार ५०० रुपैयाँ कायम भएको छ । सुनको मूल्यसँगै चाँदीको मूल्य पनि बढेको छ । सोमबार चाँदी प्रतितोला १ हजार २०० रुपैयाँमा कारोबार भएकोमा मंगलबार १० रूपैयाँले घटेर १२ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।...
तालिबानलाई अफगानिस्तानको सत्ता हस्तान्तरणको तयारी
अन्तर्राष्ट्रिय, समाचार

तालिबानलाई अफगानिस्तानको सत्ता हस्तान्तरणको तयारी

तालिबानले अफगानिस्तान कब्जा गरेपछि शान्तिपूर्ण सत्ता हस्तान्तरणको तयारी भएको छ । यसका लागि समन्वयात्मक परिषद्का सदस्यहरु र  तालिवानका नेताहरुबीच आज कतारको दोहामा भेटवार्ताको तयारी भएको छ । राष्ट्रपति अशरफ घानीले मुलुक छोडेपछि पूर्वराष्ट्रपति हमिद कारजाइको अगुवाईमा तालिबानी नेतालाई शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण गर्न लागिएको हो। अलजजिराका अनुसार परिषद्का सदस्य रहेका इस्लामिक पार्टीका नेता गुल्बुद्दिन हेक्मात्यार आज दोहा जादैछन् ।...
नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै
राजनीति, समाचार

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक बस्दै

नेकपा एमालेको स्थायी कमिटी र संसदीय दलको बैठक मंगलबार बस्ने भएको छ ।  शेर बहादुर देउवा नेतृत्वको सरकारले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरिरहदा एमाले अध्यक्ष केपी शर्मा ओलीले स्थायी कमिटी र संसदीय दलको बैठक बोलाएका हुन्।  ओलीले पार्टीलाई फुटबाट जोगाउन अन्तिम कसरतको लागि संसदीय दल र स्थायी कमिटी बैठक बोलाएका हुन् ।  आज बिहान ११ बजे स्थायी कमिटी च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानमा बस्नेछ भने संसदीय दलको बैठक ३ बजे  संसद भवन बानेश्वरमा बस्नेछ । सोमबार राति वक्तव्य जारी गर्दै  अध्यक्ष ओलीले पार्टी विभाजन गर्ने षड्‍यन्त्र भएको भन्दै यस्ता प्रयासहरुविरुद्ध उभिन अपिल गरेका थिए । ...
भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ सय ३८ जनाको मृत्यु, ३७ हजार निको
अन्तर्राष्ट्रिय, समाचार

भारतमा कोरोना संक्रमणबाट एकैदिन ४ सय ३८ जनाको मृत्यु, ३७ हजार निको

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घटबढ भइरहेको छ । भारतमा कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेका थिए । तर पछिल्लो समय कोरोना संक्रमितको संख्या घटबढ भएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ४ सय ३८ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३२ हजार १ सय १२ पुगेको छ ।   यस्तै पछिल्लो २४ घण्टामा २४ हजार ७ सय २५ जनामा कोरोना संक्रमण देखिएको छ । हालसम्म कोरोना संक्रमितको कुल संख्या ३ करोड २२ लाख ४९ हजार ९ सय  पुगेको छ ।  यस्तै भारतमा पछिल्लो २४ घण्टामा ३७ हजार ३ सय १ जना संक्रमित निको भएका छन् । यससँगै निको हुनेको संख्या ३ करोड १४ लाख ४१ हजार २ सय ६० कोरोना संक्रमित निको भइसकेका छन् ।...
देशभर बदली, बिहीबारसम्म ‘भारी वर्षा’ को सम्भावना
मौसम, समाचार

देशभर बदली, बिहीबारसम्म ‘भारी वर्षा’ को सम्भावना

मंगलबार देशभर सामान्य देखी पूर्ण बदली रहेको छ।  प्रदेश १, प्रदेश २, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनी न्युन चापिय रेखा नेपालको पश्चिमि भू-भागमा तराई नजिक रहेको देखिन्छ । भने पूर्वी भू-भागमा तराई भन्दा केही पर दक्षिण तिर रहेको छ। बंगालको खाडीको उत्तर पश्चिमी भागमा निम्न चापिय प्रणाली रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही प्रदेश १, प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका धेरै स्थानहरुमा र लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा मेघगर्जन र चट्याङ्गसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशभर सामान्य दे...
इंग्ल्यान्डविरूद्धको टेस्ट क्रिकेटमा भारतको शानदार जित
खेलकुद, समाचार

इंग्ल्यान्डविरूद्धको टेस्ट क्रिकेटमा भारतको शानदार जित

भारतले दोस्रो टेस्ट क्रिकेटमा घरेलु टिम इंग्ल्यान्डलाई पराजित फराकिलो रनले हराएको छ । लर्ड्समा सोमबार राति भारतले इंग्ल्यान्डलाई १ सय ५१ रनले पराजित गरेको हो । यस जितसँगै भारतले पाँच खेलको सिरिजमा १-० को अग्रता बनाएको छ । पहिलो टेस्ट वर्षाले प्रभावित भएपछि बराबरीमा सकिएको थियो । सोमबार भारतले ८ विकेट गुमाएर २ सय ९८ रनमा दोस्रो इनिङ्स समाप्तिको घोषणा गर्दै इंग्ल्यान्डलाई २ सय ७२ रनको लक्ष्य दिएको थियो । जवाफी ब्याटिङ थालेको इंग्ल्यान्डले अलआउट हुँदै १ सय २० रन मात्र बनाउन सक्यो ।...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ५० पैसा र बिक्रीदर ११९ रुपैयाँ १० पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ ६२ पैसा र बिक्रीदर १४० रुपैयाँ ३२ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ १७ पैसा र बिक्रीदर १६५ रुपैयाँ रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ०३ पैसा र बिक्रीदर ३२ रुपैयाँ १९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
आज भाद्र १ गते मंगलबारको राशिफल
रोचक, समाचार

आज भाद्र १ गते मंगलबारको राशिफल

आज २०७८ भाद्र १ गते मंगलबार । ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष(Aries) (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) प्रतिष्ठित व्यक्तिहरूसित भेटघाट हुने तथा सल्लाह र सद्भाव प्राप्त हुने सम्भावना छ । धार्मिक र सांस्कृतिक महत्त्वको क्षेत्रमा भ्रमण हुनेछ । बृष(Taurus)  (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज रोकिएको अधुरो कार्यले पूर्णता पाउनेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । प्रेमीको सहयोग प्राप्त हुनेछ । छोटो यात्रा पनि होला । मिथुन(Gemini) (का, कि, कु, घ, ङ, छ, के, को, हा) महत्वपू...