Monday, November 23

समाचार

आज केही स्थानहरूमा ‘भारी वर्षा’ को सम्भावना
मौसम, समाचार

आज केही स्थानहरूमा ‘भारी वर्षा’ को सम्भावना

सोमबार देशका अधिकांश भूभागमा आंशिक देखी सामान्य बदली रहेको छ र केही स्थानहरूमा हल्का पानी परिरहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको प्रभाव रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । प्रदेश नं १, लुम्बिनी प्रदेश र सुदुर पश्चिम प्रदेश को एक वा दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ ।  त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ ।  प्रदेश नं १ को एक वा दुई स्थानमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।   ...
विश्वमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो
अन्तर्राष्ट्रिय, समाचार

विश्वमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४३ लाख नाघ्यो

विश्वभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ४३ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा ७ हजार ९०८ जनाको मृत्यु भएसँगै सोमबार बिहानसम्म ज्यान गुमाउने संक्रमितको संख्या ४३ लाख ६ हजार ९०८ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ लाख ६९ हजार ९४२ जनामा संक्रमण पुष्टि भएको छ । योसँगै विश्वभर संक्रमितको २० करोड ३४ लाख ४ हजार ४३४ पुगेको छ । यही अविधमा संक्रमणमुक्त हुनेको संख्या ३ लाख ९५ हजार ९९६ छ ।  पछिल्लो विवरणसँगै विश्वभर संक्रमण जित्नेको संख्या १८ करोड २७ लाख  ३ हजारभन्दा बढी छ । होम तथा संस्थागत आइसोलसनमा रहने सक्रिय संक्रिमतको संख्या १ करोड ६३ लाख ९४ हजार ४०७ छ । यसमध्ये ९८ हजार ८९७ जनाको अवस्था गम्भीर रहेको वर्ल्डोमिटर्सले जनाएको छ । खोपको विकासपछि विश्वभर जारी खोप अभियानले महामारी नियन्त्रण र मृत्युदरमा केही कमी ल्याए पनि समान वितरण हुन नसक्दा अझै महामारी नियन्त्रणमा ...
एमाले नेता नेपाललाई भट्टराईको सुझाव पार्टीमा नफर्कनोस्
राजनीति, समाचार

एमाले नेता नेपाललाई भट्टराईको सुझाव पार्टीमा नफर्कनोस्

पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले एमाले वरिष्ठ नेता माधवकुमार नेपाललाई पार्टी एकता नगर्न सुझाएका छन् । भट्टराईले सामाजिक सञ्जालमा माधव नेपालको नाम नलिए पनि उनैलाई संकेत गरेका छन् । ‘कोरोना झैं प्रतिगमनको पनि नयाँ भेरिएन्ट आउनसक्छ है ! पहिलो असंवैधानिक भेरिएन्ट पराजित भए पनि दोस्रो संवैधानिक वा अर्ली इलेक्सन भेरिएन्ट आउनसक्छ,’ डा. भट्टराईले भनेका छन्, ‘पहिलोले संविधानको सशरीर हत्या गर्दै थियो भने दोस्रोचाहिँ संविधानको आत्मा मार्नेगरी आउनसक्छ । अतः ढुक्क भएर आ-आाफ्ना पार्टी वा गुटतिर नफर्कौं।’...
कोभिसिल्ड लगाएकालाई दोस्रो डोज आजदेखि
विशेष, समाचार

कोभिसिल्ड लगाएकालाई दोस्रो डोज आजदेखि

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिडविरुद्धको खोप अभियानअन्तर्गत आजदेखि कोभिसिल्डको दोस्रो मात्राको खोप अभियान सञ्चालन गर्दै छ। यसअघि कोभिसिल्ड खोप लगाएका ज्येष्ठ नागरिकलगायतका व्यक्तिलाई दोस्रो मात्रा खोप दिन लागिएको हो। स्वास्थ्य मन्त्रालयका अनुसार कोभिसिल्डको पहिलो मात्रा लगाएर बसेका ज्येष्ठ नागरिकलाई आजबाट दोस्रो मात्रा खोप दिन लागिएको हो। दोस्रो डोज खोपको पर्खाइमा रहेका ६५ वर्ष र सोभन्दा माथि उमेरका करिब १४ लाख जना नागरिकलाई अस्ट्राजेनिका खोप दिइने भएको छ। जापान सरकारले कोभ्याक्स मार्फत अनुदानमा दिएको १६ लाख ऐष्ट्राजेनेका खोपमध्ये पहिलो चरणमा ल्याउन बाँकी २ लाख ८७ हजार मात्रा खोप आज ल्याइँदैछ। दोस्रो चरणमा जापानले दिएको बाँकी ८ लाख मात्रा खोप चाडै ल्याइने मन्त्रालयले जनाएको छ। दोस्रो मात्रा दिई बाँकी रहेको खोप भने विभिन्न रोगका बिरामीलाई प्राथमिकतामा राखेर दिइने स्वास्थ्...
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
अर्थ/व्यापार, समाचार

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ३६ पैसा र बिक्रीदर ११८ रुपैयाँ ९६ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १३९ रुपैयाँ २१ पैसा र बिक्रीदर १३९ रुपैयाँ ९१ पैसा रहेको छ । बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ २१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ०५ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ३१ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । कुन देशको मुद्राको दर कति ?...
भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी
खेलकुद, समाचार

भावविह्वल हुँदै बार्सिलोनाबाट बाहिरिए मेस्सी

२१ वर्षसम्म बार्सिलोनाबाट फुटबल खेलेका अर्जेन्टिनी स्टार लियोनल मेस्सीले भावविह्वल हुँदै बार्सिलोना छाडेका छन् । बार्सिलोनाले आइतबार कप्तान मेस्सीको बिदाइ गरेको हो । बिदाइको पत्रकार सम्मेलनमै मेस्सी रोएका हुन् । बिदाइमा बोल्दै मेस्सीले आफूले अघिल्लो वर्ष क्लब छाड्न खोज्दा नदिइएको तर यो वर्ष छाड्न नचाहँदा छाड्नु परेको भन्दै भावुक  बने । ‘म यस क्लब छाड्न चाहदैन थिए । यस क्लबलाई म माया गर्थे । मैले यो पलको आशा गरेको थिएन,’ मेस्सीले बिदाइमा भने, ‘गत वर्ष म क्लब छाड्न चाहन्थे । यस वर्ष म बस्न चाहन्छु । त्यसैले म दुखी छु ।’ क्याटलन क्लबको एकेडेमीमा हुर्किएका मेस्सी बार्सिलोनासँग सम्झौता नवीकरण गर्न असफल भएका थिए । ६ पटकको बालोन डी’ओर विजेता मेस्सी गत जुन ३० बाटै फ्री एजेन्ट बनेका थिए । ३४ वर्षीय मेस्सीले २००४ मा बार्सिलोनाको सिनियर टिममा डेब्यु गरेका थिए । बार्सिलोनाका कीर्तिमान...
आज २०७८ साउन २५ गते सोमबारको राशिफल
रोचक, समाचार

आज २०७८ साउन २५ गते सोमबारको राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिषी एस्ट्रो राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) आज लाभदायक यात्रा हुनेछ । नयाँ कार्यको महत्त्वपूर्ण योजना बन्नेछ । शेयर बाजार र व्यापार, व्यवसायबाट लाभ मिल्नेछ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) आज आलस्य र थकानको अनुभूति हुनेछ । व्यक्तिगत स्वास्थ्य र यात्राप्रति सतर्क रहनु पर्नेछ, तर आफन्तको साथ र सहयोग मिल्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) यात्रा गर्दा सचेत हुनुपर्नेछ । महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ । झञ्झटिलो काम लाईपर्ला । नजिकका व्यक्तिबाट वि...
तारा श्रीस मगरको स्वरमा ‘आमा’सार्वजनिक (भिडियो)
मनोरन्जन, समाचार

तारा श्रीस मगरको स्वरमा ‘आमा’सार्वजनिक (भिडियो)

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को फस्ट रनरअप तारा श्रीस मगरको स्वरमा रहेको गीत ‘आमा’ सार्वजनिक भएको छ । रश्मी काली थापाको शब्द, अष्ट लामाको संगीत रहेको गीतको भिडियो सार्वजनिक भएको हो । भ्वाइस अफ नेपालमा आफ्नो स्वरको जादुबाट सबैको मन जित्न सफल हुनुभएको थियो ताराले । गीतकारका रुपमा रश्मीको यो सार्वजनिक पहिलो गीत हो । https://www.youtube.com/watch?v=uDGfsHZv2MQ जीवन शाहीको निर्देशन रहेको गीतको भिडियोमा अग्रज अभिनेत्री शर्मिला मल्ल र नायिका अफ्सना थापाको अभिनय रहेको छ । आमाका बारेमा लेखिएको यो गीतलाई निक्कै मार्मिक ढंगले प्रस्तुत गरिएको छ । गीत जति मनछुने छ गीतको भिडियो पनि त्यतिकै उत्कृष्ट बनेको छ । परदेशमा रहेका नारीहरूले स्वदेशमा रहनुभएको आमाको सम्झनामा भाव पोखिएको छ । विदेशमा रहँदा आमाको सम्झनाले ब्याकुल बनाएको गीतमार्फत प्रस्तुत गरिएको छ । दिपेन बस्न्यातको छायाँ...
सरकारले खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्ने
समाचार

सरकारले खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको छानविन गर्ने

सरकारले कोरोनाविरुद्धको खोप र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताबारे छानविन गर्ने भएको छ । सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्दै कांग्रेस महामन्त्री समेत रहेका कार्यदल संयोजक पूर्णबहादुर खड्काले कोरोनाकालमा भएका अनियमितताबारे छानविन गर्ने बताएका हुन् । सत्तारुढ दलले गठन गरेको कार्यदलले तयार गरेको प्रतिवेदन सार्वजनिक गर्दै खड्काले भ्रष्टाचारको छानविन गर्नेसँगै आगामी असोजभित्र एकतिहाई जनसंख्यालाई कोरोनाविरुद्धको खोप दिइने समेत सरकारको लक्ष्य रहेको बताए । कालापानी र लिपुलेकका बारेमा कुटनीतिक माध्यमबाट समस्याको समाधानका लागि पहल गर्ने, राष्ट्रिय हितविपरीतको सन्धी सम्झौताका बारेमा पुनरावलोकन गर्ने लगायत सरकारको प्राथमिकता रहेको उनले बताए ।...
थप २५ सय बढीमा कोरोना पुष्टि, ५५ जनाको मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २५ सय बढीमा कोरोना पुष्टि, ५५ जनाको मृत्यु

आइतबार नेपालमा २ हजार ५४८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ३३ पीसीआर र ३ हजार ३४५ एन्टीजेन परीक्षणमा क्रमशः २ हजार १३७ र ४११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ८३ हजार ३५५ पुगेको छ । जसमध्ये ६ लाख ६९ हजार २९९ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा २ हजार २९ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३५ हजार ४८५ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ५५ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण १० हजार ९३ जनाको मृत्यु भएको छ ।...