Monday, November 23

समाचार

एमाले एकताको ‘रोल मोडल’ बन्दै भीम रावल
राजनीति, समाचार

एमाले एकताको ‘रोल मोडल’ बन्दै भीम रावल

लामो समयदेखि आन्तरिक विवादमा फस्दै आएको नेकपा एमालेको एकताका लागि पछिल्लो समय उपाध्यक्ष भीम रावल सक्रिय भएका छन् । अर्का उपाध्यक्ष वामदेव गौतम पनि पार्टी एकताको पक्षमा रहेको बताउँदै आए पनि सोहीअनुसार क्रियाशील हुन नसकेका बेला रावल सक्रिय भएका हुन् ।  माधवकुमार नेपाल समूहमा रहेर अध्यक्ष केपी शर्मा ओलीप्रति आक्रोश पोख्दै आएका उनी पछिल्लो समय सन्तुलित र संयम व्यक्ति दिन थालेका छन् ।  संस्थापन समूह नेपाल समूहलाई पर्खेर नबस्ने भन्दै बैठक राख्न थालेको छ । तर, यसलाई रावलले रोकेका छन् । पार्टी एकताका लागि भन्दै रावलले गरेको आग्रहलाई स्वीकार्दै संस्थापन समूहले आइतबारका लागि बोलाइएको केन्द्रीय कमिटीको बैठकसमेत  स्थगित गरेको छ ।  केही हप्ता अघि बालुवाटारमा अध्यक्ष ओलीसँग भेटेपछि रावल आफैँ पार्टी एकताको पक्षमा सक्रिय भएका हुन् । उनीआवद्ध कार्यदलमा गत असार २७ गते १० बुँद...
समृद्धिको यात्रा तय गर्न नागरिकमा आशा जगाउनुपर्छ
राजनीति, समाचार

समृद्धिको यात्रा तय गर्न नागरिकमा आशा जगाउनुपर्छ

बर्तमान सरकारले नागरिकमा आशा र उत्साह जगाउनुपर्छ । बिभिन्न कारणले यति बेला आम नागरिक निराश छन् । आशा र उत्साहले पनि नागरिकलाई बाँच्न सिकाउँछ । नागरिकको अपेक्षा धेरै छन् । ति अपेक्षा पूरा गर्न सरकार गम्भिरताका साथ लाग्नुपर्ने देखिन्छ । समृद्धिको यात्रा तय गर्न पनि नागरिकमा आशा जगाउनुपर्छ । आशाले नै मान्छेमा एक प्रकारको ऊर्जा दिन्छ । लामो समयदेखिको विकासको सपना पूरा नभएपछि नेपालीहरू निराश छन् । यो निराशाको पृष्ठभूमिमा विकासको व्यग्र चाहना र धैर्यता नेपालीमा छ । नागरिकले राज्यलाई कर तिर्छन तर आपत बिपतमा राज्यले नागरिकको समस्या बुझदैन यो नै हाम्रो देशको प्रमुख समस्या हो । नागरिक प्रति जवाफदेही बन्नु राज्यको कर्तव्य हो । यो कर्तव्य सिद्ध गर्न राज्यप्रणाली निरन्तर चुक्दै आएकोले नागरिकमा निराशा बढेको हो । संविधान निर्माणपछि सर्वसाधारणले आर्थिक सामाजिक रूपान्तरणको ठूलो सपना देखेका थिए । खै त्यो...
भारतमा थप ३९ हजार संक्रमित, ४९१ संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३९ हजार संक्रमित, ४९१ संक्रमितको मृत्यु

भारतमा थप ३९ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । चार महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३९ हजार ७० जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १९ लाख ३३ हजार ५५३ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख १३ हजार ५६४ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकैदिन ४९१ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख २७ हजार ८९२ पुगेको छ ।...
प्रदेश-१ र वाग्मती प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना
मौसम, समाचार

प्रदेश-१ र वाग्मती प्रदेशमा ‘भारी वर्षा’ को सम्भावना

मनसुनी वायुको प्रभावले आज पनि देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाकाले बिहान ६ बजे जारी गरेको सूचनानुसार हाल देशका अधिकांश भू-भागमा सामान्यदेखि पूर्ण बदलीको अवस्था छ । अहिले वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो देशका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ भने राति प्रदेश १ र वाग्मती प्रदेशका एकाध ठाउँमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना रहेको छ ।...
अमेरिकाबाट नेपाललाई बौद्धिक सहयोग दिन एनएनए तयार
समाचार

अमेरिकाबाट नेपाललाई बौद्धिक सहयोग दिन एनएनए तयार

अशोसिएसन अफ नेप्लिज इन द अमेरिकाज् (ए.एन.ए) ले नेपाल सरकारले बौद्धिक सहयोग चाहेमा अमेरिकाबासी नेपाली बौद्धिक जनशक्ति का तर्फबाट सहयोग गर्न तयार रहेको बताएको छ । नेपालका नव नियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई सम्बोधन गर्दै एएनएका तर्फबाट लेखिएको बधाइ सन्देशमा सो कुरा उल्लेख गरिएको छ । एएनएका अध्यक्ष विजयराज भट्टराईले प्रषित गरेको विज्ञप्तिमा नेपाल सरकारलाई त्यस्तो सहयोग आवश्यकता परे एनएनएले नेतृत्व लिएर सहयोग जुटाउन तयार भएको उल्लेख गरिएको छ । विज्ञप्तिमा नेपाल कोभिडको विषम परिस्थितिमा परेको बेला विदेशामा रहेका नेपालीहरुले नेपालमा रहेका आफ्ना परिवार तथा आफन्तहरुको निमित्त ८७१ विलियन नेपाली रुपैंया पठाएको जानकारी पनि दिइएको छ । यो रकम नेपाल सरकारको पूर्ण बजेटको आधा रकम रहेको उल्लेख गर्दै यसरी मातृभूमिको निमित्त चिन्तित तर परिस्थितिबस बिदेशिएका प्रवासी नेपालीहरुको समस्यामा भने स...
‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि किरण गजमेरलाई
मनोरन्जन, समाचार

‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि किरण गजमेरलाई

गायन रियालिटी सो ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि भूटानी शरणार्थी युवा किरण गजमेरले जितेका छन् । झापाको खुदुनाबारीबाट पुनर्वासका क्रममा अमेरिका पुगेका गजमेरले ‘द भ्वाइस अफ नेपाल’ सिजन-३ को उपाधि जितेका हुन् । टप-४ मा पुगेका अन्य तीन प्रतिस्पर्धी आर्यन राई, ज्वाला राई र तरा श्रीष मगरलाई पछि पार्दै सर्वाधिक भोटका आधारमा उनले उपाधि जितेका हुन् । उपाधिसँगै किरणले २५ लाख रुपैयाँ पनि जितेका छन् । उनी टिम प्रमोदबाट टप-४ मा पुगेका थिए ।...
आज २०७८ साउन २४ गते आइतबारको राशिफल
रोचक, समाचार

आज २०७८ साउन २४ गते आइतबारको राशिफल

ज्योतिष शास्त्रमा जन्म समय अनुसार फलादेश हुन्छ । सोही अनुसार उनीहरुको दैनिकी कस्तो रहन्छ ? भन्ने विषयमा भविष्यवाणी गरिन्छ । तपाईको आजको दिन कस्तो रहनेछ ? ज्योतिष एस्ट्रोलोजर राजले यस्तो फलादेश गर्नुभएको छ- मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)अरूलाई प्रभावित पारेर काम बन्नेछ । आयआर्जनका क्षेत्रमा सुधार आउनेछ । नयाँ कार्यको प्रारम्भ हुने र पुनर्मिलनको योग पनि रहेको छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आज न्यायिक कार्यमा सफलता मिल्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । आफन्तको प्रगतिमा मन रमाउनेछ । नयाँ कार्यको योजना बन्नेछ । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज श्रमदान गर्ने अवसर मिल्नेछ । अनुहारमा कान्ति र मनमा शान्ति छाउनेछ । शुभकार्यको चर्चा चल्नेछ । प्रेम प्रसङ्गमा पनि सफल भइनेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)आज आकस्मिक धनलाभ हुनेछ । महिला वर्गबाट सहय...
इन्दिरा गान्धी बन्दा यस्ती देखिइन् लारा
मनोरन्जन, समाचार

इन्दिरा गान्धी बन्दा यस्ती देखिइन् लारा

पछिल्लो समय बलिउड अभिनेता अक्षयकुमारको फिल्म 'बेल बटम' को निकै चर्चा छ । रञ्‍जित तिवारीले निर्देशन गरेको फिल्म 'बेल बटम' को हालै सार्वजनिक भएको ट्रेलर पनि दर्शकले निकै रुचाएका छन् ।  यस फिल्ममा अभिनेत्री लारा दत्ता भारतकी पूर्व प्रधानमन्त्री इन्दिरा गान्धीको भूमिकामा छिन् । ट्रेलरमा लारा इन्दिरा गान्धी जस्तै देखिएकी छिन् । लारा इन्दिरा गान्धी जस्तो देखिन दिनहुँ तीन घन्टासम्म मेकअप गर्नुपर्थ्यो ।  यस फिल्ममा अक्षयकुमार एक जासुसको भुमिकामा देखिएका छन् । फिल्ममा अक्षयसँगै वाणी कपुर,  हुमा कुरेशी, लारा दत्त, वाणी कपुर लगायतका कलाकारको अभिनय रहेको छ । ...
एसईईको नतिजा सार्वजनिक
शिक्षा, समाचार

एसईईको नतिजा सार्वजनिक

यो वर्षको कक्षा १० को एसईई परीक्षाको नतिजा प्रकाशित भएको छ । शनिबार दिउँसो राष्ट्रिय परीक्षा बोर्डले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा आज सार्वजनिक गरेको हो । शनिबारको बोर्ड बैठकले नतिजा प्रमाणिकरण गरेको परीक्षा नियन्त्रक रुद्रप्रसाद अधिकारीले बताए । उनका अनुसार बोर्डले विद्यालयले गरेको आन्तरिक मुल्यांकनलाई नै प्रमाणिकरण गर्ने काम गरेको छ । विद्यालयले मुल्यांकन गरेर सम्बन्धित जिल्ला शिक्षा विकास समन्वय इकाईमा पठाएको नतिजालाई नै प्रमाणिकरण गर्ने काम गरेको उनले बताए । उनले भने, ‘आआफ्ना विद्यार्थीको नतिजा सम्बन्धित विद्यालयलाई थाहा भएकाले सामान्य प्रमाणीकरण मात्र गरेका हौँ ।’ कुन विद्यार्थीले कति जीपिए ल्यायो भनेर विश्लेषण भने नगरेको उनले बताए । यो वर्षको एसईई परीक्षा दिन ५ लाख १७ हजारले आवेदन दिएका थिए । एसईई परीक्षाको नतिजा बोर्डको वेबसाइट, एसएमएस र आईभी...
कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय
समाचार

कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय

यो वर्षको कक्षा १२ को परीक्षा स्थगित भएको छ । आजको राष्ट्रिय परीक्षा बोर्डको बैठकले कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्रालयले शुक्रबार कोरोना महामारीको जोखिम बढेको भन्दै सबै परीक्षा स्थगित गर्न सिफारिस गरेको थियो । परीक्षा स्थगित भएपनि फेरि कार्यविधि बनाएर भौतिक रुपमै परीक्षा लिइने बोर्डले बताएको छ । अब परीक्षा गराउँदा १५ दिन अघि सूचना प्रकाशन गरी परीक्षार्थीलाई जानकारी गराइने बोर्डले जनाएको छ । कक्षा १२ को परीक्षा आगामी साउन ३१ गतेदेखि सञ्चालन कार्यतालिका सार्वजनिक भएको थियो । शुक्रबारको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र(सीसीएमसी)को बैठकले शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयलाई पत्र पठाएर पछिल्लो अवस्थालाई मध्यनजर गर्दै परीक्षा स्थगित गर्न सुझाव दिएको थियो । यस अघि स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले १०० दिनको कार्ययोजना सार्वजनिक गर्...