‘कुईनेटो’को शिर्ष गीत“धर्ती आकाश” सार्वजनिक(भिडियो)
मिडिया एण्ड ईन्टरटेनमेन्ट प्रा.लि. र पिम नेपालको संयूक्त प्रस्तुतीमा कमला जोशी निर्माता रहेको चलचित्र कुईनेटोको शिर्ष गीत “धर्ती आकाश” ओएस्आर डिजिटल मार्फत सार्वजनिक भएको छ । नायक श्रीदेव भट्टराई र नायिका श्रीजु अधिकारीको अभिनय रहेको उक्त गीतलाई सुदुरपश्चिमको विभिन्न रमणिय एवं पर्यटकिय स्थानमा छायांकन गरिएको छ । गीतको शव्द गीतकार ललिता कुँवरले लेखेकी हुन् भने संगीत चर्चित संगीतकार सन्तोष श्रेष्ठले गरेका छन् । श्रेयसी चेम्जोङ र यूवराज चौलागाईको स्वर रहेको गीतको एरेन्जर ओम सुनार हुन् ।
https://www.youtube.com/watch?v=BdOEGKaSnco
हाँस्य विधामा समेटिएको चलचित्रमा माया, प्रेम, समर्पण, सद्भाव आदीलाई कलात्मक रुपमा चलचित्रमा प्रस्तुत गरिएको छ । माधव राज खरेल निर्देशित चलचित्र कोभिड १९को असर केही कम हुने वित्तिकै सार्वजनिक प्रर्दशनीमा आउने निर्माण कम्पनीले वताएको छ ।
निर्देशक खरेलकै लेखन...










