Monday, November 23

समाचार

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ
राजनीति, समाचार

माओवादी केन्द्र प्रदेश २ सरकारमा सहभागी दुई मन्त्रीले लिए सपथ

प्रदेश २ सरकारमा नेकपा माओवादी केन्द्रबाट दुईजना मन्त्रीले सपथ लिएका छन् । शनिबार प्रदेश प्रमुख डा. राजेश झा (अहिराज) ले भरत साहलाई आन्तरिक मामिला तथा सञ्चार मन्त्रीमा र मुख्यमन्त्री लालबाबु राउतले रुवी कर्णलाई राज्यमन्त्री पदमा सपथ खुवाएका हुन् । साह महोत्तरी क्षेत्र नम्बर १ (१) बाट निर्वाचित सांसद हुन् । त्यस्तै कर्ण सप्तरीबाट समानुपातिक सांसद हुन् । दुवै मन्त्रीले सपथ मातृ भाषामा गर्ने इच्छा व्यक्त गरे पनि कानुनी जटिलताका कारण नेपाली भाषामै सपथ ग्रहण गराइएको थियो । माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन सत्तारुढ दलकै दुईजना मन्त्रीको राजीनामा आजै मुख्यमन्त्री राउतले स्वीकृत गरेका थिए । मुख्यमन्त्री राउत समक्ष आन्तिरक मामिला तथा सञ्चार मन्त्री ज्ञानेन्द्रकुमार यादव र राज्यमन्त्री सरोज सिंह कुशवहाले शुक्रबार राजीनामा बुझाएका थिए । जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले अर्का अध्यक...
थप १ हजार ८७५ मा कोरोना संक्रमण, २१ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप १ हजार ८७५ मा कोरोना संक्रमण, २१ को मृत्यु

गत २४ घण्टामा नेपालमा १ हजार ८७५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १६४ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ६ हजार ८५८ पीसीआर परीक्षण गर्दा १ हजार ३१० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २०८ परीक्षण गर्दा ५६५ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २१ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार शनिबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ५२७ पुगेको छ ।...
पोखरा रङ्गशालामा खेलकुद प्रशिक्षण शुरु
खेलकुद, समाचार

पोखरा रङ्गशालामा खेलकुद प्रशिक्षण शुरु

कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर नियन्त्रणका लागि लागू गरिएको निषेधाज्ञाका कारण रोकिएको खेलकुद अभ्यास र प्रशिक्षण पोखरामा आजदेखि शुरु भएको छ । यसै वर्ष गण्डकी प्रदेशमा तय गरिएको नवौँ राष्ट्रिय खेलकुद तथा अन्तरराष्ट्रिय प्रतियोगितालाई लक्ष्य गरी प्रशासनको अनुमतिमा आंशिकरुपमा खेलकुद अभ्यास तथा प्रशिक्षण शुरु गरिएको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष तोरणबहादुर बानियाँले बताए । सम्बन्धित खेल सङ्घले उपलब्ध गराएको खेलाडीको नामावलीअनुसार सिफ्ट विभाजन गरेर एक सिफ्टमा छदेखि १२ जना खेलाडीले प्रशिक्षण गर्ने‍ उनको भनाइ छ । ‘इनडोर’ खेलका अभ्यास साँझ र बिहानमात्र सञ्चालन हुनेछन् । प्रारम्भमा क्रिकेट, लनटेनिस र मार्सल आर्टस्का प्रशिक्षण शुरु भएको र स्थिति सहज भएको खण्डमा भदौदेखि नै सबै खेलका प्रशिक्षण शुरु गर्ने तयारी गरिएको बताइन्छ । अध्यक्ष बानियाँले भने, “लामो सयम खेलकुद गतिविधि ठप...
भारतमा थप ३८ हजार संक्रमित, ५६० संक्रमितको मृत्यु
अन्तर्राष्ट्रिय, समाचार

भारतमा थप ३८ हजार संक्रमित, ५६० संक्रमितको मृत्यु

भारतमा थप ३८ हजारमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । तीन महिना अघिसम्म लगातार ४ लाख संक्रमित हुँदै आएकोमा पछिल्लो २४ घण्टामा त्यहाँ ३८ हजार ११२ जनामा संक्रमण भएको छ ।  पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड १० लाख ६३ हजार ९८७ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ४ लाख ३० हजार ६८१ जना संक्रिय संक्रमित छन् । यस्तै त्यहाँ एकै दिन ५६० संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख १३ हजार १२३ पुगेको छ ।...
१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्ध खोप दिइँदै, १६ गतेभित्र थप ३२ लाख खोप भित्रिने
समाचार

१८ वर्षमाथिका सबैलाई कोरोनाविरुद्ध खोप दिइँदै, १६ गतेभित्र थप ३२ लाख खोप भित्रिने

सरकारले कोरोना भाइरस (कोभिड-१९) विरुद्धको खोप अभियानलाई तीव्रता दिने भएको छ । नविनयुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको पहिलो मन्त्रिपरिषद् बैठकले यसै वर्ष सबै नागरिकलाई नि:शुल्क खोप उपलब्ध गराउने निर्णय गरेसँगै मातहतका निकायले कामलाई तीव्रता दिएका हुन् । सरकारले तत्कालै १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने गरी तयारी थालेको छ । १८ वर्षमाथिका नागरिकलाई खोप लगाउने योजना तयार भैसकेको स्वास्थ्य तथा जनसंख्या मनत्रलायले जनाएको छ । आवश्यक खोपकोसमेत व्यवस्थापन भैसकेको र केही जिल्लामा खोप पठाइसकिएको मन्त्रालयका सह-प्रवक्ता डाक्टर समिरकुमार अधिकारीले जानकारी दिए । हाललाई भने ५५ वर्षमाथिका नागरिकहरुलाई खोप लगाउने कार्य जारी छ । चरणचद्ध रुपमा सबै नागरिकलाई छिट्टै नि:शुल्क खोप उपलब्ध गराइने स्वास्थ्य मन्त्रालयले जनाएको छ । खोप आपूर्ति समस्याको समाधान भैसकेको मन्त्रालयको दाबी छ । सहप्रवक्...
भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन
अर्थ/व्यापार, समाचार

भद्रपुरबाट चार अर्ब ११ करोड राजस्व सङ्कलन

आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०७७/७८ मा रु चार अर्ब ११ करोड राजस्व सङ्कलन गरेको छ। कार्यालयले वार्षिक लक्ष्यको तुलनामा १२६ प्रतिशत बढी प्रगति हासिल गरेको हो। कार्यालयका प्रमुख कर अधिकृत युवराज श्रेष्ठले आयकरतर्फ रु एक अर्ब ८१ करोड, मूल्य अभिवृद्धि करतर्फ रु एक अर्ब ८५ करोड, अन्तःशुल्कतर्फ रु ४४ करोड र स्वास्थ्य सेवा करबापत रु ९२ लाख सङ्कलन भएको बताए। अघिल्लो आवको तुलनामा गत आवमा ३६ दशमलव ५४ प्रतिशतले राजस्व वृद्धि भएको उनको भनाइ छ। अघिल्लो वर्ष कार्यालयले रु तीन अर्ब एक करोडमात्र राजस्व सङ्कलन गरेको थियो। उनले भापा, इलाम, पाँचथर र ताप्लेजुङका करदाताबाट कोभिड–१९ को विषम परिस्थितिमा पनि लक्ष्यभन्दा बढी राजस्व सङ्कलन गर्न सफल भएको जानकारी दिए।...
६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान
मौसम, समाचार

६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन आह्वान

शनिबार देशभर सामान्य देखि पुर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश तथा लुम्बिनी प्रदेशका थोरै स्थानहरुमा हल्का देखि मध्यम पानी परिरहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर मनसुनी वायुको प्रभाव रहेको देखिन्छ ।  आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, बागमती,  प्रदेश २ तथा  प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ।   त्यस्तै आज राति देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम पानी पर्ने सम्भावना रहेको छ । सुदुरपश्चिम, कर्णाली, लुम्बिनी तथा प्रदेश १ का थोरै  स्थानहरुमा मेघगर्जनसहित ठुलो पानी पर्ने सम्भावना रहेको छ । ...
सफलता श्रेष्ठको स्वरमा ‘म हुँ नेपाली’ सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

सफलता श्रेष्ठको स्वरमा ‘म हुँ नेपाली’ सार्वजनिक(भिडियो)

दश वर्षीया सफलता श्रेष्ठ ‘म हुँ नेपाली’ राष्ट्रिय भावको गीत लिएर स्रोता/दर्शकमाझ आउनुभएको छ । उहाँको स्वर र अभिनय रहेको गीतको भिडियो बिहीबार गोल्डेन क्रियशनको युट्युव च्यानलमार्फत सार्वजनिक गरिएको हो । विश्वकीर्तिमानी सङ्गीतकार सन्तोष श्रेष्ठको सङ्गीत रहेको गीतलाई सन्तोषले नै लेख्नु भएको हो भने दवेन्द्र नेवाःको सङ्गीत संयोजन रहेको छ । हेम प्रभास अधिकारीको निर्देशन र समिर थोकरको कोरियोग्राफी रहेको गीतको भिडियोमा सफलतालाई नै फिचरिङ गरिएको छ । अजय रेग्मीको छायाँकन रहेको भिडियोमा टेकेन्द्र शाहको सम्पादन छ । https://youtu.be/FjXpNozx6to अनामनगरको नेपाल मेघा स्कुलमा कक्षा ६ मा अध्ययनरत सफलता गीत, सङ्गीत र अभिनय भने पछि हुरुक्क हुनुहुन्छ । यो सार्वजनिक गीत उहाँको पहिलो गीत हो । उहाँका बुबा सन्तोष श्रेष्ठ नेपालका ख्यातिप्राप्त सङ्गीतकार हुनुहुन्छ । सन्तोषले थुप्रै गीतमा स्वर पनि द...
काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित
समाचार

काठमाडौंमा भेरोसेल खोप कार्यक्रम स्थगित

खोपको मौज्दात सकिएपछि काठमाडौं जिल्लामा भेरोसेल खोप अभियान स्थगित भएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले विज्ञप्ति जारी गर्दै खोप सकिएकाले तत्काल अभियान स्थगित गर्नुपरेको जनाएको छ । साउन २ गतेसम्म भेरोसेल लगाउने भनिएकोमा अर्को सूचना नभएसम्म अभियान रोकिएको जनाइएको छ ।
निर्देशक खरेलको नयां चलचित्रमा संजित भण्डारी मुख्य नायक
मनोरन्जन, समाचार

निर्देशक खरेलको नयां चलचित्रमा संजित भण्डारी मुख्य नायक

चलचित्र निर्देशक माधव राज खरेलले आफ्नो नयाँ चलचित्रमा मुख्य नायकको भुमिकामा नायक संजित भण्डारीलाई अनुबन्धीत गरेका छन् भाद्र  पहिलो सातावाट  छायांकन हुनलागेको चलचित्रको नाम भने केही दिनमा सार्वजानिक गर्ने बताए । यस अघि कमेडियन कलाकार खड्गबहादुर पुनमगर ‘खबपु’, गोपाल ढकाल ‘छन्दे’, कंचन चालिसे, लगायतका कलाकारहरु अनुबन्धित भईसकेका छन् ।पिम नेपालको प्रस्तुति रहने फिल्मका लागि वरिष्ठ चलचित्रकर्मी मोहन निरौला, नवराज थापा, मुस्कान लामा, नम्रता खरेल पौडेल, डेविड सिंह राजपुत  समेत कलाकारको रुपमा छानिएको र थप कलाकारहरु छनौट प्रकृयामा रहेको निर्माण कम्पनीले जनाएको छ । कमेडी जनारामा निर्माण हुन लागेको फिल्मको कथा सस्पेन्स र थ्रीलर रहने निर्देशक खरेलले वताए ।यस अगाडि मौन फिल्म ‘ढुङ्गे युग’, ‘विरानो माया’, ‘कुइनेटो’, ‘ढुङ्गे युग–२’ निर्देशन गरेका खरेलले गतवर्ष ‘द हिमालयन गोल्ड रस’ सिनेमा निर्माणको तयारी ग...