Monday, November 23

समाचार

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने
समाचार

चीनले नेपाललाई थप १६ लाख डोज खोप अनुदान दिने

उत्तरी छिमेकी मुलुक चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप अनुदान सहयोग दिने भएको छ। यसअघि पनि चीनले नेपाललाई दुई पटक गरेर १८ लाख डोज खोप सहयोग गरिसकेको छ। नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई बधाइ दिन शुक्रबार काठमाडौंस्थित चिनियाँ राजदूत होउ यान्की प्रधानमन्त्री निवास बालुवाटार पुगेकी थिइन्। सोही अवसरमा चीनले नेपाललाई कोरोनाविरुद्धको खोप सहयोग गर्ने जानकारी दिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। सो भेटमा राजदूत यान्कीले चीनले नेपाललाई सँधै सहयोग गरिरहेको र आगामी दिन पनि सहयोग जारी रहने बचन दिएकी छन्। नेपालले चीनसँग ४० लाख डोज खोप खरिद सम्झौतासमेत गरिसेको छ। सो सम्झौता अनुसार १० लाख डोज नेपाल आइसकेको छ। थप खोप आउनेक्रम जारी छ।...
थप २ हजार ९ सयमा कोरोना पुष्टि, १७ सय निको
विशेष, समाचार, स्वास्थ्य

थप २ हजार ९ सयमा कोरोना पुष्टि, १७ सय निको

शुक्रबार नेपालमा २ हजार ९३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ९ हजार ६१३ पीसीआर र ४ हजार ५६९ एन्टीजेन परिक्षणमा क्रमशः २ हजार ६ र ९३० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख १२ हजार ३७३ पुगेको छ । जसमध्ये ६ लाख २८ हजार २४३ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७७५ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ८२७ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ४३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ५०६ जनाको मृत्यु भएको छ ।...
अव नेताहरु अव गम्भिर बन्नु पर्छ :डा.डिआर उपाध्याय
राजनीति, समाचार

अव नेताहरु अव गम्भिर बन्नु पर्छ :डा.डिआर उपाध्याय

प्रधानमन्त्रीमा नियुक्त भएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले सुरुकै दिनमा कोभिडविरुद्ध सबै नेपालीलाई खोप लगाउने निर्णय गरेका छन् । अहिले सबै नेपालीको प्रमुख चाहना भनेकै कोरोनाविरुद्धको खोप लगाउनुमा रहेको छ । देउवा आम नेपाली जनताका आशाका केन्द्र बनेका छन । मलाई मन पर्ने नेता शेर बहादुर देउवा हुन । किन भने उनी अरु नेता भन्दा इमान्दार छन । देउवा अनुभवी प्रधानमन्त्री पनि हुन । उनी नेपाली जनतालाई राम्रो ख्याल गर्छन । देउवा लप्पन छप्पन नभएका नेता हुन । उनी पढे लेखेका नेता हुन । उनी औठा छाप होइनन् । मुलुक औठा छापले चल्दैन । उनी बढी मिडियामा आउन चाहादैनन् । देउवा जे बोल्छन त्यो गर्छन । यो कुरा म बुझेको छु । ओली राजको अन्त्य भएको छ । ओली अहंकारी थिए । त्यही अहंंकारीले ओली सकिए । ओली सकिनु पर्दथ्यो सकिए ठिक भो । जनताले ओली मन पराएका थिएनन् । उखान टुक्काले देश चल्दैन । देश बनाउन भिजन चाहिन्छ । ओल...
फेरि अर्को खेप अमेरिकी सहयोग काठमाडौं आइपुग्यो
समाचार

फेरि अर्को खेप अमेरिकी सहयोग काठमाडौं आइपुग्यो

कोरोनाविरुद्धको लडाइँमा अमेरिकी सहयोग निरन्तर रहेको छ। केही दिनअघिमात्र १५ लाख डोज खोप सहयोग गरेको अमेरिकाले थप स्वास्थ्य सामाग्री पठाएको छ। काठमाडौंस्थित अमेरिकी दूतावासले कोरोनाविरुद्ध लड्न थप सामाग्री विहीबार काठमाडौं आइपुगेको जानकारी दिएको छ। दूतावासका अनुसार विहीबार ५ लाख र्‍यापिड डाइगोन्सटिक टेस्ट किट सहयोग काठमाडौं आइपुगेको हो। सो सहयोग सामाग्री यूएसएड नेपालकी निमित्त मिशन निर्देशक एड्रीयाना हएसले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव लक्षमण अर्याललाई विहीबार हस्तान्तरण गरेकी छन्। अमेरिकाले यसअघि पनि स्वास्थ्य सामाग्री सहयोग पठाएको थियो।...
युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट
अर्थ/व्यापार, समाचार

युनियन लाइफ इन्स्योरेन्सको आइपिओ बाँडफाँट

युनियन लाइफ इन्स्योरेन्स कम्पनीले सर्वसाधारणका लागि जारी गरेको आइपिओ बाँडफाँट भएको छ । बिक्री प्रबन्धक बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज साँझ शेयर बाँडफाँट गरेको हो । कम्पनीले यही असार २४ गतेदेखि २८ गतेसम्म सर्वसाधारणमा आइपिओ जारी गरेको थियो । संस्थाको आइपिओमा २१ लाख ८२ हजार ७७५ जनाले आवेदन दिएका थिए । आवेदन दिएकामध्येबाट चार हजार ८०८ जनाको दोहोरो आवेदन तथा अन्य कारणबाट ६५ हजार १७५ जना गरी ६९ हजार ९७६ जनाको आवेदन रद्द भएको कम्पनीले जनाएको छ । योग्य आवेदक २१ लाख १२ हजार ७९९ जनामध्येबाट कम्पनीले गोलाप्रथाबाट पाँच लाख ८० हजार ५०० जनालाई न्यूनतम १० कित्ता शेयर पाएको कम्पनीले जनाएको छ । आवेदन दिएकामध्ये १६ लाख दुई हजार २७५ जना आवेदक हात खाली भएका छन् । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित दरका ६५ लाख ५० हजार कित्ता साधारण शेयर बिक्री खुला गरेको थियो ।...
आज साउने संक्रान्ति मनाइँदै
विशेष, समाचार

आज साउने संक्रान्ति मनाइँदै

सौरमासअनुसार प्रत्येक वर्ष साउन १ गते मनाउने साउने (कर्कट) सङ्क्रान्ति पर्व आज देशभर स्नान, दान एवं आफन्त जम्मा भई रमाइलो गरेर मनाइँदैछ । सूर्यले मिथुन राशिको भोग पूरा गरी कर्कट राशिमा प्रवेश गर्ने पहिलो दिन आज देशभर साउने सङ्क्रान्तिका रुपमा मनाउने प्राचीन परम्परा छ ।  साउनदेखि नै सूर्य दक्षिण हुँदै हिँड्ने भएकाले आजैदेखि दक्षिणायन शुरु हुन्छ । माघ १ गते शुरु हुने उत्तरायण र साउन १ गते शुरु हुने दक्षिणायनका दिनलाई विशेषरुपमा मनाइन्छ । अधिकांश नेपाली खेतीमा लाग्ने भएकाले असार महिनाभर कृषि कर्ममा व्यस्त हुन्छन् । त्यसक्रममा हिलो मैलोले लाग्ने छालासम्बन्धी रोग ठीक गर्न लुतो फाल्ने गरिएको धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।  एक महीना काम गर्ने किसान साउन १ गते आफन्तका साथ जम्मा भई रमाइलो गरेर मनाउँछन् । परम्पराअनुसार कागभलायो, कुकरडाइनो, लुतेझार, पानीअमला, ...
प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै
राजनीति, समाचार

प्रधानमन्त्री देउवा आज सरकारी निवास बालुवाटार सर्दै

प्रधानमन्त्री शेरबहादुर देउवा आज बालुवाटारस्थित सरकारी निवासमा सर्दैछन् । उनी आज बिहान १० बजे बालुवाटारस्थित निवासमा सर्न लागेको उनको सचिवालयले जनाएको छ । गत मंगलबार प्रधानमन्त्री नियुक्त भएपछि निजी निवास बूढानिलकण्ठमा बस्दै आएका देउवा आज सरकारी निवासमा सर्ने उनको सचिवालयले जनाएको छ । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली भने बुधबार बालुवाटार छाडेर निवास बालकोटमा सरेका छन् ।...
काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप
समाचार

काठमाडौं उपत्यकामा १० दिन निषेधाज्ञा थप

काठमाडौं उपत्यकामा साउन १० गतेसम्म निषेधाज्ञा थप भएको छ । काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीहरुबीच बिहिबार बसेको बैठकले निषेधाज्ञा १० दिन थप्ने निर्णय गरेको हो । निषेधाज्ञा थपसँगै उपत्यकामा पसल खोल्ने समय एक घण्टा थप गरिएको छ । असार ३१ गतेसम्म सबैथरि व्यवसाय ६ बजेसम्म सञ्चालन हुँदै आइरहेकामा अब बेलुका ७ बजेसम्म पसल सञ्चालन गर्न पाइने छ । म्याद थप भएको निषेधाज्ञामा सबै प्रकारका सभा, सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, डान्सबार, स्वीमिङ पुल, ब्युटी पार्लर, सैलुन भने बन्द नै रहने भएको छ । विद्यालयहरुले पनि भौतिक उपस्थितिमा पढाइ सञ्चालन गर्न पाउने छैनन् ।...
थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, एक हजार ७ सय निको
विशेष, समाचार, स्वास्थ्य

थप दुई हजार ६ सयबढीमा कोरोना पुष्टि, एक हजार ७ सय निको

बिहिबार नेपालमा २ हजार ६७६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ८ हजार २५६ पीसीआर र ४ हजार ५१२ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार ७८२ र ८९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७ लाख ९ हजार ४३७ पुगेको छ । जसमध्ये ६ लाख २६ हजार ४६८ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ७५७ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार ६३९ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा ३३ जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ४६३ जनाको मृत्यु भएको छ ।...
लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी
समाचार

लामो दूरीको गाडी खुलाउँदै काठमाडौँ उपत्यकाको निषेधाज्ञा थप्ने तयारी

लामो दूरीको सार्वजनिक गाडी खुलाउँदै काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा फेरि थप्ने तयारी भएको छ । यसका लागि आज दिउँसो १ बजे काठमाडौँ उपत्यकाका तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बसेर निर्णय हुँने भक्तपुरका प्रजिअ प्रेमप्रसाद भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार लामो दुरीका गाडी खोल्ने या नखोल्ने भन्नेमा आज निर्णय हुनेछ । हवाइ उडानसमेत खुलेपछि यातायात व्यवसायीले लामो दूरीका गाडी खुलाउन दबाब दिँदै आएका छन् । फेरि संक्रमण बढ्दै गएपनि खोप लगाउनेक्रम पनि बढेकाले अझै खुकुलो बनाएर जनजीवनसँगै आर्थिक जीवन पनि सहज बनाउने भन्नेमा प्रजिअहरु एकमत छन् । तथापि यसको आधिकारिक निर्णय काठमाडौँ जिल्ला प्रशासनमा आज हुने बैठकले टुंगो लगाउने उनले बताए । काठमाडौँ उपत्यकाभित्र २५ सिटभन्दा बढीका सार्वजनिक यातायात यसअघिबाटै सञ्चालन आएका छन् । बैशाख १६ देखि जारी निषेधाज्ञा असार ३१ गते राति १...