Monday, November 23

समाचार

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने एमालेको निर्णय
राजनीति, समाचार

सर्वोच्चको फैसला कार्यान्वयन गर्ने एमालेको निर्णय

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको एमालेको स्थायी कमिटीको अनौपचारिक बैठकले सर्वोच्च अदालतको सोमबारको फैसला कार्यान्वयन गर्ने निर्णय गरेको छ। बैठकले फैसला त्रुटीपूर्ण भए पनि कार्यान्वयन गर्ने निष्कर्ष निकालेको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले जानकारी दिए। बैठकले सर्वोच्चको फैसलाले संसदीय प्रणालीको आधारभूत संरचनालाई खल्बल्याउने विश्लेषणसमेत गरेको छ। प्रवक्ता ज्ञवालीले सर्वोच्चको फैसलाले संसदीय व्यवस्थाका आधारभूत संरचना खल्बल्याउने बताए। मंगलबार स्थायी कमिटीको बैठक बसेर सर्वोच्चको फैसलाबारे थप धारणा बनाउने ज्ञवालीले जानकारी दिए। सर्वोच्चले सोमबार प्रतिनिधिसभा विघटनलाई बदर गर्दै काँग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरेको छ। बालुवाटार बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, उपाध्यक्षहरु वामदेव गौतम र भीम रावल, महासचिब ईश्वर पोखर...
थप २३७० मा कोरोना संक्रमण, १८ को मृत्यु
विशेष, समाचार, स्वास्थ्य

थप २३७० मा कोरोना संक्रमण, १८ को मृत्यु

गत २४ घण्टामा नेपालमा २ हजार ३७० जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा १ हजार १३३ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ६८९ पीसीआर परीक्षण गर्दा १ हजार ६९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार ८९५ परीक्षण गर्दा ६८० जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा १८ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसारसोमबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ४ सय पुगेको छ ।...
नारायणगढ–मुग्लिन सडक अवरुद्ध
समाचार

नारायणगढ–मुग्लिन सडक अवरुद्ध

नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको छ । चितवनको इच्छाकामना गाउँपालिका–६ कालीखोलामा सुक्खा पहिरो खसेपछि नारायणगढ–मुग्लिन सडक अवरुद्ध भएको हो । पहिरो खसेपछि बिहान ४ः४५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध बनेको हो । अहिले पनि पहिरो खसिरहेको र सो पहिरो हटाई सडक खुलाउन बिहान ९ बजेसम्म लाग्ने अनुमान गरिएको छ । ...
बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ
अपराध, समाचार

बलात्कार गरेको आरोपमा वडा सचिव पक्राउ

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले सल्यानमा एकजना वडा सचिवलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार पक्राउ पर्नेमा सल्यान त्रिवेणी गाउँपालिका– ५ का वडा सचिव अमर कालाथोकी रहेका छन् । जिल्ला प्रहरी कार्यालय सल्यनाका अनुसार यही असार १९ गते वडा कार्यालयमा नै बलात्कार गरेको आरोपमा कालाथोकीलाई पक्राउ गरिएको हो । तर, युवतीले भने २४ गते मात्र परिवारलाई जानकारी गराएकी थिइन् । पक्राउ परेका कालाथोकीलाई जिल्ला अदालत सल्यानबाट १५ दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।...
इंग्ल्याण्डलाई हराउँदै इटालीले जित्यो युरोकपको उपाधि
खेलकुद, समाचार

इंग्ल्याण्डलाई हराउँदै इटालीले जित्यो युरोकपको उपाधि

घरेलु टोलि इंग्ल्याण्डलाई स्तब्ध पार्दै इटालीले युईएफए युरो २०२० को उपाधि जितेको छ। वेम्बली स्टेडियममा आइतबार राति सम्पन्न खेलमा इंग्ल्याण्डलाई पेनाल्टीमा ३ – २ गोलले हराउँदै इटालीले दोस्रो पटक युरोकपको उपाधि हात पारेको हो। निर्धारित ९० मिनेटको खेल १ – १ गोलको बराबरीमा सकियपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समयमा पनि दुवै टिमबाट थप गोल हुन नसकेपछि खेल पेनाल्टी सुटआउटमा गएको थियो। पेनाल्टीमा बाजी मार्दै इटालीले युरोकपको उपाधि हासिल गरेको हो। पेनाल्टीमा इटालीका डोमिनिको बेरार्डी, लियोनार्डो बोनुची र फेडेरिको बेर्नाडेस्चीले गोल गरे। आन्द्रे बेलोट्टी र जोर्गिन्हो गोल गर्न सकेनन्। इंग्ल्याण्डका ह्यारी केन र ह्यारी मग्वाएरले मात्र गोल गरे। मार्कुस राषफोर्ड, जाडोन सान्चो र साका बाकुयोले गोल गर्न सकेनन्। खेल पेनाल्टीमा जानु भन्दा पहिले १ – १ गोलको बराबरीमा सकिएको थियो। ...
प्रतिनिधिसभा विघटन मुद्दा र सरकारबारेआजै फैसला
राजनीति, समाचार

प्रतिनिधिसभा विघटन मुद्दा र सरकारबारेआजै फैसला

 सत्तारुढ नेकपा एमालेमा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षबीच १०बुँदे सहमति भएको छ । यो सहमतिलाई भोलि बोलाइएको स्थायी कमिटीको बैठकले अनुमोदन गर्ने नेताहरुले बताएका छन् । दुवै पक्षका नेताहरु रहेको कार्यदलले सर्वोच्च अदालतमा विचाराधीन प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दा र सरकारबारे पार्टी एकताको मर्म र भावनाका आधारमा विधिसम्मत एवं संस्थागत निर्णय अनुसार अगाडि बढ्ने सहमति गरेको छ ।...
विपक्षी गठबन्धन र सत्तापक्ष दुवै बेलैमा सच्चिन जरुरी
राजनीति, समाचार

विपक्षी गठबन्धन र सत्तापक्ष दुवै बेलैमा सच्चिन जरुरी

-डा.डिआर उपाध्याय, आज मुलुक सवै हिसावले तहस नहस छ । सरकारी जागिर र सरकारी तलव भत्ता खाने बाहेक अरु सवैको दिल खुसि छैन । किन भने असार सुरु भएदेखि बाढी, पहिरो र डुबानले देशलाई क्षतविक्षत बनायो । अर्कोतर्फ विश्वव्यापी महामारी कोभिडले सवैलाई थिलै थिलो बनाएको छ । अहिले सम्म आर्थिक रुपमा कोही माथि उठन सकेको छैन । पछिल्लो दुई वर्षलाई हेर्ने हो भने कोभिडले जनजीवन नै अस्तव्यस्त बनाएको छ । यस्तो अवस्थामा सरकार गम्भिर बन्नु पर्ने हो त्यस्तो देखिदैन । जनप्रतिनिधिले जनताको गुनासो सुन्नुपर्ने बेलामा कता कता अलमल्लिए जस्तो देखिन्छ । यसरी जनताको सेवा हुदैन । देश संकटमा परेको बेला सवै गम्भिरतापूर्वक लाग्नु पर्ने हो । कोही मुलुक प्रति गम्भिर भएको देखिदैन । सबै आआफ्नो स्वार्थ पूर्ति गर्नेतर्फ लागेका छन । जनताको सेवाका लागी भनेर निर्वाचनमा जनताले मत दिएर जनप्रतिनिधि चुनेका हुन । उनको ब्यक्तिगत स्वार्थका...
नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित
राजनीति, समाचार

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित

नेकपा एमालेको स्थायी कमिटी बैठक स्थगित भएको छ । आज आकस्मिक रुपमा बोलाइएको स्थायी कमिटी बैठक भोलि बस्नेगरी स्थगित भएको हो । बैठकमा स्थायी कमिटीका सबै सदस्यहरूलाई बोलाइएको थियो । एमालेभित्रको विवाद समाधानका लागि गठित कार्यदलको बैठक अहिले सिंहदरबारमा बसिरहेको छ ।  पार्टी एकताका लागि कार्यदलस्तरमा सहमति गरेर स्थायी कमिटीबाट पारित गर्ने भनिए पनि हालसम्म सहमति जुट्न सकिरहेको छैन। कार्यदलको बैठकमा कुनै निर्णय हुन नसकेका कारण आजको बैठक बस्न नसकेको बतायएको छ ।...
थप १८०० बढीमा कोरोना पुष्टि, १५००निको
विशेष, समाचार, स्वास्थ्य

थप १८०० बढीमा कोरोना पुष्टि, १५००निको

आइतबार नेपालमा १ हजार ८३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार ५३५ पीसीआर र ३ हजार ६८३ एन्टीजेन परिक्षणमा क्रमशः १ हजार २३७ र ५९४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ६ लाख ९९ हजार ८८ पुगेको छ । जसमध्ये ६ लाख १९ हजार ८९४ जना निको भएका छन् । पछिल्लो २४ घण्टामा १ हजार ५३३ जना निको भएका छन् । हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या २६ हजार १७३ रहेको छ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेमा २० जना थपिएका छन् । हालसम्म कोरोनाको कारण ९ हजार ३८२ जनाको मृत्यु भएको छ ।...
प्रधानमन्त्री ओलीले भने– खोपको अभावबाट अब तड्पिन पर्दैन
समाचार

प्रधानमन्त्री ओलीले भने– खोपको अभावबाट अब तड्पिन पर्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले साढे पाँच महिनाभित्रमा सबै नागरिकलाई कोरोनाभाइरसविरुद्धको खोप लगाइसक्ने प्रतिबद्धता जनाएका छ।   काठमाडौंको वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन गर्दै आइतबार प्रधानमन्त्री ओलीले सन् २०२१ भित्र सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइसक्ने फेरि प्रतिबद्धता जनाएका हुन् ।  खोप अभावमा कोही तड्पिन नपर्ने बताउँदै प्रधानमन्त्री ओलीले भने, ‘भ्याक्सिनको अभावबाट अब तड्पिन पर्दैन ।’ २०२१ भित्रमा खोप लगाइसक्ने गरी सरकारले तयारी गरिरहेको जानकारी दिएका प्रधानमन्त्री ओलीले केही समय अभाव देखिए पनि अब लगातार खोप आउने र सबैलाई लगाउने गरी कार्य गरिएको बताए । खोप नयाँ नयाँ सम्झौता भइरहेको प्रधानमन्त्री ओलीको भनाइ छ । ...