Monday, November 23

समाचार

भारतमा एकैदिन ३४०० कोरोना संक्रमित फेला, ५५२ ले ज्यान गुमाए
अन्तर्राष्ट्रिय, समाचार

भारतमा एकैदिन ३४०० कोरोना संक्रमित फेला, ५५२ ले ज्यान गुमाए

भारतमा पछिल्लो समय कोरोनाभाइरसको संक्रमण र मृत्यु दर घट्दै गइरहेको छ। कुनै समय दैनिक ४ लाख कोरोना संक्रमित फेला परेको भारतमा दैनिक ५० हजार भन्दा कम संक्रमित फेला परिरहेका छन् । अहिले भारतमा नागरिकलाई खोप धमाधम लगाउन थलिएको छ ।  भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ५ सय ५२ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४ लाख ३ हजार ३ सय १० पुगेको छ ।   पछिल्लो २४ घण्टामा ३४ हजार ६७ जनामा कोरोना संक्रमण देखिएको छ । यससँगै कोरोना संक्रमितको कुल संख्या ३ करोड ६ लाख १८ हजार ९ सय ३९ जना पुगेको छ । हालसम्म २ करोड ९७ लाख ४४ हजार ८ सय ३१ कोरोना संक्रमित निको भइसकेका छन् ।  भारतको महाराष्ट्र, राजस्थान, तामिलनाडू, पन्जाब, मध्य प्रदेश, दिल्ली, गुजरात, कर्नाटक, हरियाणा लगायतका स्थानमा पछिल्लो समय कोरोनाको बढी प्रभाव रहेको छ ।...
पेरुलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा
खेलकुद, समाचार

पेरुलाई पराजित गर्दै ब्राजिल कोपा अमेरिकाको फाइनलमा

मंगलबार बिहान कोपा अमेरिका अन्तर्गत भएको सेमिफाइनल खेलमा ब्राजिलले सानदार जित निकालेको छ । निकै रोमान्चक बनेको उक्त खेलमा ब्राजिलले पेरुलाई १–० गोलले पराजित गरेको हो ।  उक्त खेलमा ब्रजिलका लुकास पाक्युटाले गोल गरी टिमलाई फाइनलमा पुर्याए । उनले खेलको ३५ औं मिनेटमा निर्णायक गोल गरे । खेलको अन्तिम समयमा रेनान लोदीको हेडर बाहिरिँदा ब्राजिल अग्रता दोब्बर पार्नबाट चुकेको थियो ।  ५२औं मिनेटमा पेरुका गार्सियाले गरेको प्रहरले पोष्ट छुम्न सकेन । उक्त खेलमा ब्रालिले गोलका लागि गरेको ८ प्रहारमा एक गोल मात्र हुन सक्यो ।  जितसँगै ब्रालि फाइनलमा पुगेको छ । अब बुधबार बिहान हुने अर्को सेमिफाइनल खेलमा अर्जेन्टिना र कोलम्बिया भीड्नेछन् ।  ...
उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थाले
समाचार

उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थाले

 काठमाडौं उपत्यकामा आजदेखि सबैखाले सार्वजनिक गाडी चल्न थालेका छन् । आइतबार बसेको काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको संयुक्त बैठकले उपत्यकामा जोर बिजोर प्रणाली हटाउँदै सबैखाले सार्वजनिक गाडी चलाउन दिने निर्णय गरेको हो ।  सबै यातायातका साधन चलाउन अनुमति दिए पनि स्वास्थ्य सुरक्षाका मापदण्ड पालना गर्नुपर्ने प्रशासनले भनेको छ । सार्वजनिक यातायातमा सिट क्षमताभन्दा बढी यात्रु राख्न पाइने छैन । सफा टेम्पो र निलो माइक्रो पनि सञ्चालन गर्न अनुमति दिइएको छ । यसअघि २५ सिट क्षमताभन्दा बढीका सवारी साधन मात्रै चलाउन दिइएको थियो। सार्वजनिक तथा निजी निर्माणका लागि सामग्री ढुवानीका गाडी बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सञ्चालन गर्न भनिएको छ ।...
थप २६२२ मा कोरोना संक्रमण, २१११ निको
विशेष, समाचार

थप २६२२ मा कोरोना संक्रमण, २१११ निको

 गत २४ घण्टामा नेपालमा २ हजार ६२२ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार १११ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ७ हजार ४९९ पीसीआर परीक्षण गर्दा १ हजार ७४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ४हजार २८ परीक्षण गर्दा ८७७ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २३ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २४८ पुगेको छ । नेपालमा २६ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।...
कलाकारहरु आबद्ध इन्ट्रा फाउण्डेशनको राहत अभियान स्थगित
समाचार

कलाकारहरु आबद्ध इन्ट्रा फाउण्डेशनको राहत अभियान स्थगित

अमेरिकी गैर सरकारी संस्था इन्ट्रा नेशनल वेलफेयर एण्ड सपोर्ट फाउण्डेशन अफ अमेरिकाद्वारा सञ्चालित राहत अभियान स्थगित गरिएको छ । नेपाली कलाकारहरु दीलिप रायमाझी, संजीत भण्डारी, रिचा थापालगायतको सहभागितामा फाउण्डेसनले काठमाडौं उपत्यका र जिल्लाहरुमा राहत प्रदान गरेको थियो । फाउण्डेशन अमेरिकाका प्रबन्ध निर्देशक रुद्र बानियाका अनुसार कोभिड–१९ पछि भएको लकडाउनका कारण अप्ठेरोमा परेकालाई प्रदान गरिँदै आएको राहत कार्यक्रम स्थगित भए पनि अन्य राहत कार्यक्रमहरु भने कायमै रहेको बताए । अभिनेता दीलिप फाउण्डेसनका नेपाल निर्देशक हुन् । अमेरिकामा सात वर्षदेखि सञ्चालित यो संस्था नेपालमा पनि दर्ता भएर सञ्चालित छ । अमेरिकामा दश हजार बढी सदस्य रहेको यो संस्थाका पदाधिकारीहरु अमेरिकाबाट नै नेपाल आएर राहतमा सहभागी बनेका थिए । फाउण्डेशनले अमेरिकामा रहेका नेपालीहरुलाई लक्षित गरी विभिन्न खेलकुदका कार्यक्रमहरु, म...
प्रतिनिधिसभा विघटन मुद्दामा जवाफी बहस शुरु
राजनीति, समाचार

प्रतिनिधिसभा विघटन मुद्दामा जवाफी बहस शुरु

प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता हरिहर दाहालले जवाफी बहस शुरु गरेका छन् । सभामुखका तर्फबाट बहस सकिएपछि आइतबारदेखि रिट निवेदनका तर्फबाट जवाफी बहस शुरु भएको थियो । वरिष्ठ अधिवक्ता रमणकुमार श्रेष्ठले जवाफी बहससमेत गरिसकेका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा आनन्दमोहन भट्टराईका संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी रिट निवेदनमा सुनुवाइ भइरहेको हो । रिट निवेदकका तर्फबाट जवाफी बहस गर्ने वरिष्ठ अधिवक्ता दाहालपछि वरिष्ठ अधिवक्ता शम्भु थापा र बद्रीबहादुर कार्कीले बहस गर्ने छन् । रिट निवेदकका तर्फबाट जवाफी बहसका लागि तीन घण्टा समय निर्धारण गरिएको थियो । एक घण्टा आइतबार नै सकिएको छ । आजका लागि दुई घण्टा मात्र समय बाँकी छ । त्यसपछि अदालतका सहयोगीले दुई घण्टा बहस गर्ने गर्नेछन् । एमिकस क्यु...
यस्तो छ आज सुनको मूल्य
अर्थ/व्यापार, समाचार

यस्तो छ आज सुनको मूल्य

सोमबार सुनचाँदीको मूल्यमा स्थिरता आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन तोलामा ९१ हजार ५०० मा कारोबार भइरहेको छ । आइतबार २ सयले बढेको सुन आज स्थिर भएको हो । महासंघका अनुसार आज तेजाबी सुन ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी १ हजार ३२५ रुपैयाँमा कारोबाबार भइरहेको छ । यो मूल्य हिजो आइतबार कारोबार भएको मूल्य हो ।...
सच्चा राष्ट्रवादी नेताको खाँचो
राजनीति, विचार, समाचार

सच्चा राष्ट्रवादी नेताको खाँचो

डा.डिआर उपाध्याय, हाम्रो देशमा राष्ट्रवादी भावना बोकेका नेता नै पाउन गाह्रो छ । खोक्रो राष्ट्रवादले केही गदैन । नेपाली जनता धेरै सचेत छन । जनतालाई भ्रम छर्ने नेताको भविश्य अव छैन । अव नेपालमा जनताको काम गर्ने नेताको खाँचो छ । भाषणको पनि अव काम छैन । चर्को भाषण सुन्दा सुन्दै जनता वाक्क दिक्क छन ।जनताले नयाँ सोच र चिन्तन बोकेका नेता खोजेका छन । ति नेता जनताले अझै पाउन सकिरहेका छैनन् । देशमा खोक्रो राष्ट्रवादी नेता मात्र छन । कुनै पनि मुलुकका लागि सच्चा राष्ट्रवादी नेताको खाँचो हुन्छ । त्यो नेपालमा पाउन गाहारो छ । नक्कली राष्ट्रवादीको कुरा गरेर साध्य छैन । कैयौं ऐतिहासिक घटनाक्रमबाट पनि त्यही कुरा पुष्टि हुँदै आएको छ । नेपालमा ‘अन्धराष्ट्रवाद’ छन । नेपालमा राजनीतिक दलहरू इमानदार भएनन् । नेताहरु पैसामा बिके समस्या यो हो । चीन कम्युनिष्ट शासन पद्दति अपनाइरहेको मुलुक हो । त्यहाँ एकदलीय ...
थप १६०५ मा कोरोना संक्रमण, २५५२ जना निको
विशेष, समाचार

थप १६०५ मा कोरोना संक्रमण, २५५२ जना निको

 गत २४ घण्टामा नेपालमा १ हजार ६०५ जना कोरोना संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार गत २४ घण्टामा २ हजार ५५२ जना निको भएर घर फर्केका छन्। मन्त्रालयका अनुसार गत २४ घण्टामा ४ हजार ८७६ पीसीआर परीक्षण गर्दा १ हजार ४२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यस्तै ३ हजार २५६ परीक्षण गर्दा ५६१ जनामा एन्टिजेनमा पोजेटिभ देखिएको छ। गएको २४ घण्टामा २७ जनाको कोरोनाका कारण ज्यान गएको छ। मन्त्रालयका अनुसार आइतबारसम्म संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार २२५ पुगेको छ । नेपालमा २६ हजार बढी सक्रिय संक्रमित रहेका छन् ।...
माईकल चन्द निर्देशित ‘ठूल्दाइको फूलमाला’सार्वजनिक(भिडियो)
मनोरन्जन, समाचार

माईकल चन्द निर्देशित ‘ठूल्दाइको फूलमाला’सार्वजनिक(भिडियो)

म्यूजिक भिडियो निर्देशनमा पछिल्लो पटक व्यस्त निर्देशकमा पर्ने चर्चित कोरियोग्राफर माईकल चन्दको निर्देशनमा मेलिना राई र आरसी रिमालको स्वरमा ‘ठूल्दाइको फूलमाला’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । दिपक सिलवालको शब्द एवं संगीत रहेको गीतको एरेन्ज सहस शाक्यले गरेका छन् । https://www.youtube.com/watch?v=2E63qV3bQno शुक्रबार गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक गरिएको छ। सो भिडियोमा डान्स ग्रुप ‘द कार्टुन क्रु’का सरोज अधिकारी र आश्मा विश्वकर्माको अभिनय छ । साथमा शिशिर भण्डारी, रीता कट्टेल र बाल कलाकार किञ्जल रसाईलीलाई भिडियोमा हेर्न सकिन्छ । एमएनटिभी अष्टे«लिया युट्यूब च्यानलबाट सार्वजनिक भिडियो ज्ञानेन्द्र शर्मा हुमागाईंको छायांकन रहेको छ भने सिलन लम्सालले सम्पादन गरेका हुन् । भिडियोलाई माईकल आर्ट्स एण्ड एकेडेमीले कोरयोग्राफी गरेको छ ।...